Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Saturday, June 4, 2011

राज्यले बिर्सेका प्रथम शहीद लखन थापा मगर

शहीद लखन थापा मगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् । यसवर्ष शहीद दिवस (माघ १६ गते, विहीबार)मा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे । शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार शहीदका शालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको शहीद स्तम्भ वर्षो एकपटक चिटिक्क पारियो । देशभर चार शहीदका ढलौटे शालिकहरुले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम शहीद लखन थापामगरलाई भने कतै सम्झिइएन ।
जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।
कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो ।
जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै वि.सं १९३३ फागुन २ गते उनलाई रुखमा झुण्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो । दुइ ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन ।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद त घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन ।
जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् – उनले विद्रोह गरेका हुन् होइनन् – शहादत प्राप्त गरेका हुन होइनन् – प्रश्नहरुको पर्रा उठाइन्छन् । लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन् । इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निर्रथक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढसय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन् ।
सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो । यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन् । राज्यले उनीहरुको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम शहीदले न सम्मान पाएका छन् न त सहयोग नै । के अब लखन थापालाई प्रथम शहीद घोषणा गराउन पनि अर्को आन्दोलन गरेर अरु पनि शहीद बन्नुपर्ने हो – गणतान्त्रिक सरकारले जवाफ देओस् ।

Wednesday, February 23, 2011

के हो पुच्छ्रेतारा ?

पुच्छ्रेतारा ठूला र त्यति गोलाकार नभएका वरफका डल्लाहरू हुन्, जुन सुर्यकोcomet.gif वरिपरि घुमिरहन्छन् । तिनीहरु सूर्य बन्नुभन्दा धेरै वर्ष पहिले बिस्फोट भएको तारामा बनेको तत्त्वहरुबाट बनेका हुन्छन् । त्यस्ता डल्लाहरु ब्रह्माण्ड भरि दश खरबभन्दा बढिको संख्यामा भएको अनुमान गरिन्छ । यिनिहरु सूर्य भन्दा कयौ लामो दूरीमा यात्रा गरिरहेका हुन्छन । तर हामिले यसलाई सूर्यको नजिक आएको बखतमा मात्रै देख्न पाउदछौ । अहिले सम्मको तथ्यंक अनुसार मानीसले जम्मा एक हजार वटा पुच्छ्रेतारा देखेको छन । अहिलेसम्म देखिएका मध्य सबैभन्दा ठूलो पुच्छ्रेताराको भित्री केन्द्रमा एक छेउ बाट अर्को छेउसम्मको दूरी 20 माइल अर्थात 32 कि. मि. रहेको छ ।


पुच्छ्रेताराहरु जब सूर्यको नजिक आउछन तब तापका कारण बरफ ग्यँसमा परिवर्तन हुन्छन । तसर्थ त्यहाभित्र रहेका धुलाहरु बाहिरिन्छन जुन हाम्रो सौर्यमण्डल भन्दा निक्कै पुरानो हो जसले अर्बौ वर्ष पहिले ब्रह्माण्डको अवस्था कस्तो थियो भन्ने जान्न सहयोग पुराउदछ ।


प्रायजसो पुच्छ्रेताराहरु सूर्यबाट धेरै टाढा रहेर चक्कर काट्दछन । कुन बेला ती पुच्छ्रेताराहरु सूर्यतर्फ आउँछन ?


यसमा दुइटा सम्भावनाहरू हुन्छन्:



  1. Halley comet (ह्यालि पुच्छ्रेतारा) जस्ता केहि सूर्यका गुरुत्वाकर्षण शक्तिका कारण पुरा नपग्लेसम्म सूर्यलाई परिक्रमा गरिरहन्छन । ह्याली कोमेन्ट एउटा यस्तो कोमेन्ट हो जुन प्रत्यक 76 वर्षमा सूर्यको नजिक आउछ । यो आउने बेलामा यसको ठूलो भाग पग्लिएर वाफ र धुलोको ठूलो पुच्छर देखिन्छ । यो सन् 1986 मा सूर्यको नजिक आएको थियो र अब सन् 2061 मा फेरि नजिक आउनेछ । सूर्यको गुरुत्वाकर्षणमा फसेका अन्य पुच्छ्रेताराहरु सूर्यको नजिक आउन कयौ वर्ष लगाउछन । जस्तै ह्याकुच्के (Hyakutake) पुच्छ्रेतारा यो प्रत्यक 110,000 वर्षमा सूर्यनजिक आइपुग्छ ।

  2. अन्यपुच्छ्रेताराहरू अत्याधिक गतिका कारणले गर्दा वा सूर्यको नजिकको मार्ग नभइ जाने हुनाले कहिल्यै फर्कदैनन । Swan (स्वान) त्यस्तै एउटा पुच्छ्रेतारा हो । यस्ता पुच्छ्रेताराहरु सूर्यको गुरुत्वाकर्षण क्षेत्रमा नफसि भाग्न सफल भएमा तिनीहरु अन्य ताराहरु भएको विशाल अन्तरिक्षको यात्रामा लाग्छन ।

कुकुरले बिरालोलाई किन लखेट्छ ?

कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भए पनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । 'कुकुर-बिरालोको झगडा' भन्ने उखान त नेपालीहरूमाझ प्रख्यात नै छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ । र, यो वैज्ञानिक रहस्य जीवको क्रमविकाससँग सम्बन्धित छ ।
कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । 10 हजार वर्षभन्दा पहिले मानवसमाजले यसलाई घरपालुवा बनाउनुभन्दा अगाडि कुकुर शिकार गर्थ्यो । प्राकृतिक रूपमा प्राप्त हुने शिकार गर्ने कलाको प्रयोग गरेर सामुहिक रूपमा शिकार गर्ने कुकुर सफल शिकारी थियो । शिकार गर्ने प्राकृतिक रूपमा प्राप्त कलाहरूमध्ये कुनै वस्तु वा जीवको चालद्धारा उत्तेजित हुने व्यवहार पनि एक हो । त्यसैले कुकुर बिनाकारण बिरालोमाथि जाइलाग्ने नभई बिरालोको चालले उसलाई उत्तेजित पार्नाले हो ।

यस्तो पनि हुन्छ
 
तपाईले कुकुरलाई देखाएर कुनै खेलौना पर फाल्नुभयो भने त्यस खेलौनाको चालले गर्दा उत्तेजित भई त्यसलाई शिकारको रूपमा लिएर त्यो खेलौनालाई 'मार्न' खोज्छ किनभने कुकुरले प्र
कृतिबाटै चालबाट उत्तेजित हुने व्यवहार सिकेको हुन्छ । त्यसैले बिरालो आफ्नै काममा मस्त भई यताउता गरिरहँदा कुकुरको ध्यान उसप्रति आकर्षित हुन्छ र बिरालोको चालले उसलाई उत्तेजित तुल्याउँछ ।

Tuesday, February 22, 2011

आइमाईलाई मार्‍यो भने बोक्सी हुन्छन् भन्ने किसान

तपाईलाई किसान जाति को हुन् थाहा छ ? बिभिन्न पत्रपत्रिका, वेबसाइटहरुमा उल्लेख भए अनुसार नेपालका अल्पसंख्यक जातिहरु मध्ये किसान जातिलाई पनि एक मानिन्छ । किसान जातिहरुको मूलथलो भारतको उडिसा र बिहार प्रान्त भएर त्यहीँबाटै उब्जाउ जमिनको खोजीमा नेपाल छिरेको आधार मानिएको छ । नेपालको झापा जिल्लाको धाइजन र धुलाबारी गाबिसहरुमा किसान जातिहरुको बसोबास रहेको छ । भारतको उरावँ जातिसँग समानता रहेका किसाहरु जमिनको खोजीमा नेपाल छिरेका कारण भूमिहीन रहेका छन् ।


नेपालमा किसान जातिहरुको जनसंख्या तुलनात्मक रुपमा कमि रहेको छ । २०४८ सालको जनगणनाअनुसार किसानहरुको जनसंख्या २ हजार ५ सय र २०५८ सालको जनगणनाअनुसार २ हजार ८ सय ७६ जना रहको तथ्यांक छ । जनसंख्याको दृष्टिकोणलाई आधार मन्दा किसानहरु लोपोन्मुख जाति हुन् भन्न सकिन्छ ।

किसान जाति शिक्षा क्षेत्रमा निकै पछि परेको छ । शिक्षाको चेतना आएको छैन र गरिबीका कारण पनि आफ्ना नानीहरुलाई यिनीहरु स्कुल पठाउन अर्समर्थ रहेका छन् । स्कुल जानेहरुको संख्या अत्यन्तै थोरै छ । स्कुल गएपनि २/४ कक्षाभन्दा बढी पढेको पाइँदैन् । शिक्षाप्रतिको चेतनामा कमी भएका कारण यिनीहरुको घरछेऊमै स्कूल भएपनि यिनीहरु स्कुल जान तयार हुँदैनन्


किसान जातिभित्र ग्वाला, कँवर, तुरी, रौतिया, नागसिया लगायतका थरहरु रहेका छन् । किसानहरुमा एउटा रोचक प्रथा के छ भने आफूहरु भूमिहीन भएर अरुको मोहीका रुपमा जग्गा कमाए पनि किसानका 'राजा' भन्ने पद्वी दिइने गरेको पाइन्छ । राजाका एकजना मन्त्री र सिपाही पनि हुन्छ । यस परम्पराबाट के प्रष्ट हुन्छ भने यिनीहरु शासकिय रुपमा रहन चाहन्छन् । तर यिनीहरुको शासकिय इतिहास कहिँ पनि रहेको छैन ।


किसान जातिमा केटा र केटीले एकअर्कालाई मन पराए भने सँगै घुम्न जाने, मेलापात, जात्रा जाने, हाँसखेल गर्ने र सँगसँगै सुतेर रात बिताउने समेत गर्दछन् । त्यसलाई गलत दृष्टिले हेरिदैन् । यदि केटीले पेट बोकीहाली भने पनि बिवाह गरे भइहाल्छ । त्यसलाई गलत दृष्टिले हेरिदैन तर बिवाह गर्न आनाकानी गरेमा राजाले दण्ड दिने गरिन्छ । यस जातिमा मागी बिवाहभन्दा प्रेमबिवाह बढी प्रचलनमा छ । यिनीहरुमा छोरी बिवाह गर्ने र दाजुका मृत्यूपछि भाउजू स्याहार्ने प्रथा पनि रहेको छ ।


किसान जातिको मुख्य खाद्यान्नमा मकै, कादोको आँटो, ढिँडो, फापरको रोटी र कन्दमूल नै हो । तर्राई भेकमा बसोबास गर्ने हुँदा भात पनि खान्छन् । यिनीहरु माछामासु, जाँडरक्सी निकै खान्छन् र रमाइलो पनि निकै गर्नुपर्छ । जंगली कन्दमूल पनि खोजेर खाने गर्दछन् । किसानहरु भूमिहीन भएका कारण जीविकोपार्जनका लागि अरुको जमिनमा अधिँया, बटैयामा जमिन जोत्ने र अरुको मजदुरी गर्ने गर्दछन् । त्यसबाहेक बनजंगलबाट दाउरा काटेर ल्याई बिक्री गरी जिविका चलाउँछन् ।


किसानहरुले बोल्ने भाषा द्रविड हो । यिनीहरुको आफ्नै लिपि छ, जसलाई उराँव भनिन्छ । यिनीहरुको परम्परागत नाम कुन्तम हो भने कोल, कुडा, कोरा, मर्ेधा, मोर्भा, बिर्हर र नगेसिया पनि भनेको पाइन्छ । आखिर सबै अन्त्यमा मर्नै पर्ने हुन्छ । किसानहरुका मानिस मर्दा लासलाई गाड्ने र जलाउने दुवै गरिन्छ । गाड्न वा जलाउनका लागि अलग्गै चिहानको व्यवस्था गरिएको हुँदैन । खोलाका किनार खोल्साखोल्सी हेरेर गाड्ने अथवा जलाउने गरिन्छ । किसानहरुमा एउटा अन्धविश्वास के पनि छ भने उनीहरुका आइमाईलाई मार्‍यो भने ती बोक्सी हुन्छ ।


'पढो लिखो नकाम, माटो खेलाए कामै काम'


'कुमाल Kumals' जातिलाई पेशागत आधारमा 'कुमाले' पनि भन्ने गरिन्छ । 'कुमाले' शब्दको उत्पति कुम्भकार, कुम्हाँर, कुमाल हुँदै बनेको पाइन्छ । कुमाल जातिहरु बिभिन्न ठाउँअनुसार बिभिन्न प्रकारका छन् तर तिनीहरुको साझा कार्य भनेकै माटामा खेल्नु हो । अर्थात माटाका भाडाकुडाँहरु बनाउने हो । हालसम्म पहाडी कुमाल, नेवार कुमाल र थारु कुमाल गरि ३ प्रकारका कुमालहरु बसोबास गर्दै आएका छन् । मध्यमाञ्चल विकास क्षेत्रका कुमालहरु अर्थात भक्तपुर आसपासका कुमालहरु आफुलाई 'नेवार कुमाल' भन्ने गर्दछन् । नवलपरासी, चितवन, धादिङ्ग, प्युठान, पाल्पा, सल्यानटार लगायतका जिल्लाहरुका कुमालहरु आफुलाई 'पहडी कुमाल' भन्न रुचाउँछन् । त्यसैगरि दाङ देउखुरी लगायतका ठाउँहरुमा बासोबास गर्ने कुमालहरु आफुलाई 'थारु कुमाल' भन्न रुचाउँछन् ।

तीनै थरिका कुमालहरुले माटाका भाँडाकुडा बनाउने परम्परागत पेसालाई अझैपनि त्याग्न सकेका छैनन् । कुमाल जातिहरुको यो पेशा इसापूर्व ७ औं शताब्दीतिर लुम्बिनी र कपिलबस्तुमा 'मृत्तिका कला'का रुपमा विकसित हुदैं आएको विज्ञहरुको ठम्याई छ । कुमालहरुका विषयमा अध्ययन र अनुसान्धान गर्न अहिले एकदमै गार्‍हो भएको छ । मृत्तिका कलाका आधारमा भन्ने हो भने यिनीहरुलाई 'प्राचीन आदिबासी' पनि भन्न सकिन्छ । यसबाहेक यिनीहरुका बारेमा कुनै त्यस्तो प्रमाणिक इतिहासहरुका बारेमा कहिँपनि उल्लेख गरिएको छैन । विं.सं. २०४८ सालको जनगणनाअनुसार कुमाल जातिहरुको जनसंख्या ३७ हजार ५ सय पुरुष र ३९ हजार ७६ गरी जम्मा ७६ हजार ६ सय ३५ रहेको छ । त्यसैगरी वि.सं. २०५८ सालको जनगणनाअनुसार यिनीहरुको जनसंख्या ९९ हजार २ सय ८९ रहेको तथ्यांकमा उल्लेख छ ।

कुमालहरुका थरहरुका सम्बन्धमा भन्नुपर्दा बिभिन्न ठाउँका आधारमा थरहरु राखिएको अनुमान गर्न सकिन्छ । जस्तै दाङ देउखुरीका कुमालहरु ठाउँअनुसार श्रीगहने, खैराने, महताने, दैतहाने र पचहाने थर लेख्ने गर्दछन् । त्यसैगरि अन्य थरहरुमा पाल्पाली, बगाले, चुदेँली, खत्री, अर्घाली, स्रि्रेली, प्युठानी, ठिगाने, पोख्रेली, लाहुखत्री, राजपुत, चाप्कोटे, मस्वे, मसुके, अठभया, पर्वतै, नयाँचिउतार राना लगायतका रहेका छन् । कुमाल जातिहरुको भाषा पनि ठाउँअनुसार फरक-फरक पाइएको छ । दाङ देउखुरीका कुमालहरु थारु भाषा बोल्ने गर्दछन्, पहाडी कुमालहरु नेपाली भाषा बोल्ने गर्दछन्, त्यसैगरि नेवारी कुमालहरु नेवारी भाषा बोल्ने गर्दछन् ।

कुमाल जातिको भेषभूषामा पनि स्थानअनुसार भिन्नता पाइन्छ । थारु कुमालहरु थारुकै पहिरनहरु लगाउने गर्दछन् । उनिहरु कम्मरमुनि ती रंगको लहँगा लगाउँछन् त्यो कुर्कुच्चासम्म लामो हुन्छ । कम्मरमाथि चाहिँ चोलिया भनिने घाँटीसम्मको कपडा लगाउने गर्दछन् । पहाडी कुमालहरु कम्मरमुति धोती र कम्मरमाथि कमिज, सर्ट र कम्मरमुनि कछाड वा हापपेन्ट लगाउने गर्दछन् । त्यसैगरी नेवार कुमालहरु महिलाहरुले कम्मरमुनि धोती र कम्मरमाथि चोलो लगाउँछन् र कम्मरमा मटुका बाँध्छन् । पुरुषहरुले इच्छाअनुसार सर्टपेन्ट, इष्टकोट र सुरुवाल लगाउने गर्दछन् ।

कुमालहरुको घरको बनावट पनि फरक-फरक छ । दाङका कुमालहरुको बस्ती गुचमुच परेको हुने गर्दछ । त्यसको कारण कसैलाई पनि थाहा छैन । यिनीहरुका घरका घरहरु कतै फुसको छानो, फुसकै भित्ता, कच्ची गारो लगाइएको हुन्छ । आधुनिकीकरण प्रभाव जहाँतहीँ परेको बेला यिनीहरुलाई त्यो प्रभाव परेको छैन । कारण यिनीहरुका घरका बनावटहरु अहिलेसम्म परिवर्तन भएको छैन । यिनीहरुको घरमा एकमात्र ढोका रहने गर्दछ जो पूर्वतर्फहुने गर्दछ । यिनीहरुको पेशा माटाका भाँडा बनाउने भएको हुँदा आँगन भने प्रशस्तै राखेका हुन्छन् । उनिहरुले त्यहाँ भाँडाका भाँडाकुडाँहरु बनाउने गर्दछन् । यिनीहरुको आम्दानीको ठूलो स्रोत भनैकै माटाका भाँडाकुडाँहरु हुन् । पहाडी कुमालहरुका घरका बनावट अलिक आधुनिक शैलीको छ । यिनीहरुले लहरै घर बनाएका हुन्छन् । यिनीहरुको घर कच्ची भएपनि तला भएको हुने गर्दछ । यिनीहरु घर रातो माटोले लिप्ने गर्दछन् जबकि दाङ देउखुरीका कुमालहरु घर लिप्ने गर्दैनन् ।

शिक्षा आर्जन गर्ने काममा कुमालहरु पछाडि परेको अनुमान लगाउन सकिन्छ । शिक्षा क्षेत्रमा थारु, पहाडी र नेवारी सबै कुमालहरु पछाडि परेका छन् । त्यसैले उनिहरु सधैं "पढो लिखो नकाम, माटो खेलाए कामै काम" भन्ने उखान दाहोर्‍याई रहेका हुन्छन् । कुमाल जातिहरुको समाज पितृसत्तात्मक छ । कुमाल युवतिहरु यौवन अवस्थामा प्रवेश गरेपछि आफुलाई मनपर्ने केटा खोजी बिवाह गर्न स्वतन्त्र छन् । यिनीहरुमा जारी बिवाह, प्रेम बिवाह, बालबिवाह, विधवा बिवाह रहिआएको छ ।

यिनीहरुको खानपिनमा भात, तरकार र माछामासु सधैंजसो रहने गर्दछ । यिनीहरु सुँगुर र बँगुरको मासु बढि खान रुचाउँछन् । पाहुना आएका बेला, चार्डपर्वका बेला र कुल देवता पूजा गर्ने बेलामा यिनीहरुलाई माछा मासु र जाँडरक्सी नभई हुँदैन । थारु, नेवार र पहाडी जे भएपनि यिनीहरुको खापिनमा समानता रहेको छ । यिनीहरुमा बिरामी हुँदा धामी, झाँक्री र झारफुक गर्ने प्रचलन ब्याप्त छ । यिनीहरु धामी झाँक्रीमा विश्वास राख्ने हुँनाले सुँगुर र राँगाका बलि दिने गर्दछन् । कुमालहरु प्रायजसो हिन्दू र बौद्ध धर्म मान्ने गर्दछन् । चाडपर्वमा थारु कुमालहरु अष्टमी, माघी, दशैं, अत्वारी, गुरिया र होली मनाउने गर्दछन् । पहाडी कुमालहरु दशैंतिहार, माघेसंक्रान्ति, शिवरात्री, तिज जस्ता चाडपर्वहरु मनाउने गर्दछन् । त्यसैगरी नेवारी कुमालहरु नेवारकै संस्कार अर्न्तगत नेवारहरुकै चाडपर्व मान्ने गर्दछन् ।

कुमालहरु मृत्यु संस्कार गर्दा थारु कुमालहरुले लासलाई उत्तानो पारेर गाड्ने गर्दछन् र घरमा आएर दालभात, रक्सी, मासु खान्छन भने पहाडे कुमालहरुले गाड्ने वा खोलामा बगाउने दुवै गर्छन् । आजभोलि पर्वते समाजको प्रभावमा आएर जलाउने पनि गर्न थालेका छन् । यिनीहरु किरिया बस्दा १३ दिनसम्म बस्ने गर्दछन् ।

कलेजो हेरेर शकुन–अपशकुन छुट्याउने गुरुङहरु



छोटा–मोटा पिडौला, नयन, नङ्ग नसा केही भित्रै गएका, गला केही उठेका, गर्धन पिठ्युँ, छाती चेप्टो भएका गुरुङहरुलाई ‘तमु’ पनि भनिन्छ । अन्नपूर्ण, मनास्लु पर्वतको दक्षिणी भू–भाग र गण्डकी प्रदेशमा मुख्य बसोबास क्षेत्र भएका गुरुङहरु आफुलाई ‘तमु’ भनेको रुचाउँछन् । यिनिहरुको मौलिक भाषामा ‘तमु’ भनेको ‘फलामको हतियार अथवा बन्चरो धारण गर्ने लडाका’ भन्ने हुन्छ । यिनिहरुको अनुहार मगर र थकालीहरुसँग मिल्ने गर्दछ । यिनिहरुको भाषा तिब्बतबर्मेली हो । ‘गुरुङ भाषा’ तामाङ भाषा र थकाली भाषाको बीचमा अति नजिकको सम्बन्ध रहेको बताइन्छ । गुरुङहरुको आफ्नो भाषामा केही समस्या पर्यो भने त्यसको समाधानका लागि सहोदर तामाङ भाषाको साहारा लिने गर्छन् र त्यसबाट पनि समस्या सुल्झिएन भने तिब्बती भाषाको सहयोग लिने गर्छन् ।


वि.सं. २०५८ सालको जनगणनाअनुसार ५ लाख ४३ हजार ५ सय ७१ जनसंख्यामा रहेका गुरुङ महिलाहरु मखमलको चोलो, जामा, मुगाको माला र सुनका गहना लगाउँछन् त्यस्तै पुरुषहरु शीरमा कालो टोपी, गादो पारेको कछाड, इस्टकोट लगाउँछन् । आजकल पश्चिमेली संस्कृति र बढ्दो आधुनिकताको प्रभावले गुरुङ युवायुवतिहरु आफ्नो जातिय पोशाक(भेषभूषा)लगाउन चासो नदिएकोमा गुरुङ सँस्कृति र पहिचान संरक्षणमा लागेकाहरु दुःखेसो व्यक्त गर्ने गर्छन् । गुरुङ समुदायमा चार जाते(घले, घोदाने, लामा, लामिछाने) र सोह्र जाते(घ्याब्रे, क्यावछे, कुरुमछे, जिंग्रे, धोर्जे, दोर्जाली, रिमाली, फोज, चोर्मी, पोम, थि, भिगी, पैजी, खत्रा, योज, खोलाली) हुन्छन् भनिएपनि आफुहरुमा ‘सानो र ठूलो जात’ भन्ने नरहेको बताउँछन् । सानो जात र ठूलो जातको खोल ओढाएर हिन्दुशासकहरुले आफुहरुलाई टकराव पैदा गराउनका लागि र नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि निराधार र कु–नियतवश फैलाएका कुराहरु मात्रै भएको पुष्टी गर्छन् ।
यिनिहरुले हालका दिनमा सैन्य सेवालाई प्रमुख पेशा बनाएता पनि यिनिहरुको मुख्य पेशा कृषि र पशुपालन नै हो । हाल यिनिहरु नेपाली सेना, भारतीय सेना, र ब्रिटिस सेनामा बढ्दो संख्याले भर्ती भईराखेका छन् । यिनिहरु सैन्य सेवाबाट आर्जित रकमले जग्गा जमिन खरीद गर्ने गर्छन् र त्यसमा खेतीपानी गर्ने गर्छन् । खेतीमा धान, मकै, कोदो, जौ, आलु यिनिहरुको मुख्य अन्नबाली हुने गर्दछ । यिनिहरु राडी, काम्लो पनि बुन्ने गर्छन् । पहाडी तथा हिमाली भेगका गुरुङहरु ऊन उत्पादन र मासुका लागि ठूलो संख्यामा भेडा पाल्ने गर्दछन् र भेडा चराउन वर्षातको समयमा हिमालीक्षेत्रतर्फ र हिउँदोको समयमा न्यानो ठाउँतर्फ लैजान्छन् । चैत लागेपछि मात्र फर्किन सुरु गर्छन् । वैशाख र असोज महिनामा भेडाका भुत्ला काटेर ऊन उत्पादन गर्छन् । घाटु, सोंरठी र रोदी नाचसँगै यिनिहरु ल्होछार चाड पनि धुमधामसँग मनाउने गर्छन् । ल्होछार भनेको ‘नयाँ वर्ष’ हो । यो प्रत्येक वर्षको पौष १५ गते मनाउने गर्छन्, यतिखेर वर्षभरिको लामो दिन हुने गर्दछ । यिनिहरु ल्होछारलाई १२ वटा जीवजन्तुमा विभक्त पारेर मनाउने गर्छन् । प्रत्येक वर्षमा एउटा जनावर ल्होछारको प्रतिक हुने गर्दछ । जसमा तो–ल्हो(बाघ वर्ग), हि–ल्हो(बिरालो वर्ग), मुप्रि–ल्हो(गरुड वर्ग), सप्रि–ल्हो(सर्प वर्ग), त–ल्हो(घोडा वर्ग), ल्हु–ल्हो(भेडा वर्ग), प्र–ल्हो(बाँदर वर्ग), च्ह्या–ल्हो(चरा वर्ग), खि–ल्हो(कुकुर वर्ग), फो–ल्हो(मृग वर्ग), च्यु–ल्हो(मुसा वर्ग), ल्वो–ल्हो(गाई वर्ग) पर्दछन् । यिनिहरु तिहारमा देउसी–भैलो खेलेर सँगालेको धान, चामल, पैसाले स्योकैं(सहभोज) खाएर ल्होछार बनाउने गर्छन् । यदि तिहारमा देउँसी भैलो खेलेको छैन भने चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माईतीले घ्यू, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासुभात खाई ल्होछार चाड मनाउने गर्छन् तर स्योकैं खाएर मात्र ल्होछारको सार्थकता रहँदैन । विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपर्युक्त अगुवाई र ज्योतिषीले शुभमुहूर्त विचार गरी पुरोहितहरुले स्वस्तिशान्तिको कर्म गर्न अत्यन्त आवश्यक हुन्छ । गुरुङ समाजले ‘पज्यु’, ‘ल्हयेवृँ’, ‘लम’ गरी तीन वर्गका पुरोहितलाई विभिन्न कर्मकाण्ड गर्न मान्यता दिएको छ । पज्यु अथवा झाँक्रीबाट ‘था क्यारव’ कर्म गरेर भूत, प्रेत र दोख–दोखालो मन्साउने काम, ‘ल्हयेबृँ’ अथवा घ्याबृँबाट ‘थासोँ’ फालेर साँज वा साँदु पूजा गरेर स्वस्तिशान्ति गर्ने काम, ‘लम’ अथवा लामाबाट आयु साधन गरी सह बटुलेर धन ऐश्वर्य वृद्धि गराउने काम गरी ल्होछारको दिनमा सबैले आ–आफ्नो ग्रहशान्ति र कुशल–मंगल प्राप्तीका लागि घ्यूको बत्ती बालेर चोखोपानी, अक्षता र अन्य चोखो खानेकुरा चढाई धूपीको धुप बालेर सिमे–भूमे, मातृ–पितृ र कुलदेवताको पूजाआजा गर्ने गर्छन त्यसपछि आफ्ना मान्यजनहरुलाई मानमतिनो र ढोगभेट गर्ने गर्छन् । मान्यजनहरुले पुरुषहरुलाई बेसारमा मलेको नौसरा, नौ गाँठो र महिलाहरुलाई सातसरा, साता गाँठोको ‘प्हैव’अर्थात ‘रुपको डोरो’ लगाईदिएर शुभआशिष र आँशिमलाँ(शुभकामना) दिने गर्छन् ।

यिनिहरुमा पाएसम्म चारजातेले चारजातेभित्रै र सोह्रजातेले सोह्रजातेभित्रै विवाह गर्ने चलन रहेको छ । यदि आफ्नै जातकी दुलाहा–दुलही नभेटिए विधि–विधानअनुसार नियम पुर्याई अन्यत्रबाट पनि गर्न पाउँछन् । यिनिहरुको मामा–चेली र फुपू–चेलीमा पनि बिवाह हुन्छ । यदि नगरेमा ३० रुपैयाँ जरिवाना गरिने बताइएको छ । बिवाह भएको केहीदिनपछि दुलही माईत जान्छे । छोराछोरी भएमा मात्र स्थायी रुपले घरमा बस्छे । सन्तान भएको १÷२ वर्ष यिनिहरु एक उत्सव गर्छन् र भोज खान्छन् । यिनिहरुले परम्परादेखि सिल्दोनाल्दो अर्थात् सिमेभुमेलाई आफ्नो रुक्षकका रुपमा मान्दै आएका छन् । यिनिहरु वरिपरि डाँडाकाँडा, नदिनाला आदि प्राकृतिक स्रोतलाई पनि रक्षकका रुपमा मान्दै मासु र रगत चढाएर पूजा गर्ने गर्छन् तर मन्दीरमा गएर पशुबलि भने गर्दैनन् । देवतालाई बलि दिएको पशुको कलेजो हेरेर यिनिहरुले शकुन–अपशकुन छुट्याउने गर्छन् भनिन्छ । यो यिनिहरुको अत्यन्तै चाखलाग्दो परम्परा मानिन्छ । तर यो कहाँसम्म सत्य हो सो कहीँ पनि खुलस्त रुपमा भनिएको छैन । यिनिहरु मृत्तकको अन्तिम संस्कार गर्दा ग्रहनक्षत्र हेरेर मात्र गर्छन् र त्यसैअनुसार मुर्दालाई जाड्ने वा जलाउने निश्चित हुने गर्दछ । यिनिहरुले मुर्दा गाड्नलाई साझा चिहान छुट्याएका हुन्छन् । यिनिहरुमा पनि १३ औं दिनसम्म जुठो बार्ने गरिन्छ ।

बच्चालाई ठूलीआमाको दुध खुवाउने चेपाङहरु



चेपाङ जातिलाई प्रजा पनि भनिने गरिन्छ । चेपाङहरु को हुन्, यिनीहरु कहाँबाट आए, यिनीहरुको मूल थलो कहाँ हो ? भन्ने प्रश्नहरु अनुत्तरित हुने गर्दछ । विज्ञहरुको आ–आफ्नै परिभाषा छ । चेपाङहरुको मुख्य बसोबास भएको जिल्लाहरुमा मकवानपुर, धादिङ, गोरखा, लमजुङ, बारा, पर्सा र चितवन हुन् । यिनीहरु प्रायः पहाडका अत्यन्तै अप्ठ्यारा र भिराला पाखाहरुमा बसोबास गर्न रुचाउँछन् ।
चेपाङका किम्वदन्ती :

चेपाङहरुका विम्वदन्ती बढो रोचक रहेको छ । चेपाङहरु ‘चेवन’ ऋषिका ठिमाहा सन्तान हुन् रे । चेवनका सन्तान भएकोले चेवन–चोवन–चेवाङ हुँदै चेपाङ भएका हुन् रे । अर्को किम्वदन्ती अनुसार एउटी अविवाहित केटीले अपरिचित व्यक्तिबाट अनैतिक यौन सम्बन्ध स्थापित गरी एक सन्तान जन्माइन् र आफू त्यो दोषबाट बच्नका लागि उक्त बच्चालाई जंगलमा फाली ढुङ्गाले छोपी छोडेर गइछन् तर उक्त बच्चा संयोगवश बचेर ठूलो भयो र पछि त्यसको नाम च्यापिएको ठाउँबाट निकालेको भनि ‘चेपाङ’ राखियो ।

चेपाङहरु मंगोलियन आकृतिका हुन्छन् । चेपाङ र तामाङहरु छुट्याउनै गाह्रो हुन्छ । मझौला कद, नाक थेप्चो परेको र सानो ठूलो अनुहार गहुँगोरो वर्ण, फूर्तिलो शरीर यहि नै यिनीहरुको शारिरीक बनावट हो । चेपाङ जातिमा कछारे र पुकुन्थली गरी दुई थर छन् । कछारेहरुले आफूलाई सुन प्रजा भन्न मन पराउँछन् भने पुकुन्थलीहरुमा जारंगे, बरे, साउने, रुपाकोटे, भारा, प्रोसो, रुम वाङरागे, पोद, बांगे, नाइके, जुङरागे, ग्यामरांगे, रिवांगे आदि थरहरु छन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ५२ हजार २ सय ३७ सरकारी तथ्यांक रहेका यिनीहरु खेतिपातीको सहारामा भन्दा जंगलका तरुल, गिठा, भ्याकुर, सिस्नोको साग, टाँकीको साग, च्याउजस्ता कन्दमूल आदिको सहारामा बाँच्न विवश छन् । कन्दमूलका साथसाथै यिनीहरुले मृग, बँदेल, घोरलजस्ता जस्ता जनावरको शिकार गरेर पेट पाल्दछन् । यी पनि पाउन छाडियो भने यिनीहरु भोकमरीको चपेटामा पर्दछन् र स्कुल पढ्न जाने केटाकेटी पनि स्कुल छाडी जंगलतिर कन्दमूलको खोजी हिँड्दछन् ।

यस्ता समस्याले केटाकेटीलाई स्कुलै छुटाउनु पर्ने स्थिति पनि खडा हुन्छ । जंगली कन्दमूल बाहेक यिनीहरुको खानाको मूख्य परिकार कोदो, मकै, जौ, फापर आदिको ढिँडो हो । जाँड यिनीहरु अत्याधिक मात्रामा खान्छन् । यो बालबाललिका, वृद्धवृद्धा, युवायुवति सबैले एकनाससँग खान्छन् । जाँडबाहेक मासु पनि प्रशस्त खान्छन् । घरपालुवा जनावरमध्ये भैँसी, बाख्रा, सँुगुर, कुखुरा आदिल खान्छन् । खाना खाँदा साना–ठूला सबैको बराबर भाग लगाइन्छ ।

चेपाङहरुको पहिरनमा भोटो, कछाड, मजेत्रो, लङौटी, चाँदीका बाला, फुली, बुलाकी, चुरापोते पर्ने गर्दछ । यिनीहरु पहिरनका दृष्टिले एक किसिमले अर्धनग्न देखिन्छन् । चेपाङहरुका घरहरु प्रायःजसो ढुँगा, माटो, काठ, बाँसद्वारा निर्मित छाप्रा र कटेरा हुन्छन् । घरको छानो फुसले छाएको हुन्छ । कसैका घरमा झ्याल राखिएका हुँदैनन् त्यसैले यिनीहरुका घरहरु अँध्यारा र धुवाले गर्दा ध्वाँसे परेका हुन्छन् । हरेकका घरमा पिँढी हुन्छन् । पाहुनाहरुलाई गर्मीका दिनमा त्यहि सुताइन्छन् ।

चेपाङहरुले हिन्दूहरुले मान्ने केही चाडपर्वहरु मनाउने हुँदा यिनीहरु हिन्दू धर्मावलम्बीझैँ पनि लाग्दछन् तर यिनीहरु पूर्ण रुपमा हिन्दू नै हुन् भनी ठोकुवा गर्न सकिदैन । यिनीहरु अलौकिक शक्तिमा निकै विश्वास राख्छन् । चेपाङहरुले पाँडेलाई बोलाउँछन् र पांडेले ढ्याङ्ग्रो ठोकेर रातभरि देवीदेवताको नाम उच्चारण गर्दछ र उफ्रिन्छ । बोक्सी, पिचास वा देवीदेवता रिसाएमा मात्र विरामी परिन्छ, अनिष्ट हुन्छ, देवी शक्ति खुसी भएमा सबै ठिकठाक हुन्छ भन्ने अन्धविश्वास पालेर बसेका हुन्छन् । यिनीहरु देवीदेवतालाई बाख्रा, सुँगुर, कुखुराको बलि दिन्छन् । चेपाङहरुले पुज्ने देवीदेवतामा कुलपूजा, सिकारी, देवता, भूमिपूजा र पशुदेवताको पूजा हो । कूलपूजा हरेक पाँच वर्षमा गर्छन् । यो पूजामा बाख्रा, सुँगुर, कुखुराको बलि चढाउँछन् । कुलपूजा गरेमा पूर्खाको आत्माले शान्ति पाउँछ भन्ने विश्वास छ । त्यसैगरि सिकारी देवताको पूजा गरेमा ती देवता खुसी भई सिकारमा सफलता पाइने विश्वास गर्छन् । सिकार जाँदा कुखुराको बलि चढाउने र कुनै जनावर मार्न सके त्यसको रगत चढाउने गर्दछन् । त्यो पूजा गर्दा राँगाको बलि चढाउँछन् र जाँडरक्सी खान्छन् । चेपाङहरुले पशुरक्षाका लागि पशुदेवताको पूजा गर्दछन् । यसलाई ‘गैँडु पूजा’ भन्दछन्, कुखुराको बलि दिन्छन् र पशूहरुको सुख र समृद्धिको कामना गर्छन ।

चेपाङहरुमा गर्भधारण गरेकी महिला र उसको लोग्नेले मरेको मान्छेलाई छुन नहुने, कुनै पनि प्राणीलाई मार्न नहुने परम्परा बोकेका हुन्छन् । बच्चा जन्म्यो भने आमाको दुधभन्दा पहिले ठूलीआमा वा धाईआमाको दुध खुवाउँछन् । ७ दिन १० दिन या २० दिनसम्म सुत्केरी बार्छन् । बच्ची जन्मेकोमा ६ वा ७ दिनमा र बच्चा जन्मेमा ८ दिनमा न्वारन गर्छन् । नाम राख्दा जुन बारमा जन्मेको छ त्यसैका नामबाट राखिन्छ । चेपाङले बच्चा जन्मेको ५ महिनामा अन्नप्रासन गराउँछन् । अन्नप्रासनका दिनमा मामाले जाँड मासु लिएर जान्छन । छेवर भनेको केश मुण्डन हो । केटाको पहिलोपटक कपाल उसका मामाले काटन् चलन छ । यसका लागि खासै विधि भएको पाइँदैन ।

चेपाङ जातिमा मामाचेली फुपुचेलाका बिचमा बिवाह गर्ने चलन छ । यिनीहरुमा मागी बिवाहलाई मान्यता दिएको पाइन्छ । केटाका तर्फबाट केटीका तर्फ बिवाह प्रस्ताव लिएर जाँदा एक बोतल रक्सी लिएर जानुपर्दछ । त्यसलाई चेपाङहरु ‘सोधनी पुङ’ भन्दछन् र प्रस्तावमाथि केटापक्षबाट स्वीकृति दिइयो भने पुनः केटाका पक्षबाट एक बोतल रक्सी लिएर जानुपर्दछ । त्यसलाई ‘ठेगान पुङ’ भनिन्छ । चेपाङहरुमा बिवाह गर्दा शुक्रबार र मंगलबारलाई राम्रो बार ठान्दछन् । मागी बिवाहका अतिरिक्त यो समुदायमा भाउजु बिवाह, साली बिवाह, विधवा बिवाह पनि प्रचलनमा छन् । चेपाङहरुले मृतकलाई दाहसंस्कार नगरी गाड्ने गर्दछन् । किरिया सम्बन्धमा एउटै नियम छैन । कसैले ७ दिन त कसैले १३ दिनमा किरिया बस्छन् । किरिया अवधिभर भोजभतेर वर्जित हुन्छ । किरिया सकिदा दिनमा भने भोजभतेर गर्ने चलन छ । भोजमा जाँडरक्सी र मासु खान्छन् । पाँडेले ढ्याग्रो ठोक्दै मृतात्माको शान्तिको कामना गद शुद्ध गर्दछ ।

चेपाङलाई रकम बाँडफाँड :
आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानबाट प्रजा विकास कार्यक्रमका लागि चालु आवमा प्राप्त रु. ४५ लाख रकम चेपाङ बसोबास क्षेत्रमा बाँडफाँड गरिएको छ । नेपाल चेपाङ सङ्घका महासचिव सन्तबहादुर चेपाङले सम्बन्धित जिल्ला विकास समितिले बनाएको बजेट योजनाअनुसार वितरण गरिएको सो रकम चेपाङ बसोबास क्षेत्र चितवनमा रु. दस लाख ५० हजार, मकवानपुरमा रु. १५ लाख ५० हजार, धादिङमा रु. आठ लाख, गोरखामा रु. सात लाख ५० हजार, तनहुँमा रु. दुईलाख २५ हजार र लमजुङमा रु. एकलाख २५ हजार रहेको बताउनुभयो ।

वनतरुल मासिदा चेपाङ चिन्तामा :
लोपोन्मुख चेपाङ जातिको जीवन निर्वाहका लागि आवश्यक कन्दमूलमध्ये एक वनतरुल मासिँदै गएकोमा चेपाङहरू चिन्तित हुन थालेका छन् । चेपाङहरू आफ्नो जीवन निर्वाहका लागि जङ्गली कन्दमूल गिठ्ठा, वनतरुल, भ्याकुर, सिस्नोलगायतका चीजहरू प्रयोग गर्ने गर्दछन् । ती कन्दमूलहरूमध्ये वनतरुल अहिले जङ्गलमा पाउन छाडिएको चितवन जिल्लाको उत्तरी भेग केराक तिङसराका केशव चेपाङले बताउनुभयो ।
जङ्गली परिकारमध्ये सबैभन्दा मीठो परिकारको रूपमा खानामा वनतरुललाई लिने गरिन्छ । त्यो नै मासिन लागेपछि चेपाङमा चिन्ता छाएको पनि उहाँले बताउनुभयो । वनतरुल मासिनुमा आफ्नै कमजोरी ठात्रुहुन्छ नेपाल चेपाङ सङ्का केन्द्रीय सदस्य जीतेन्द्र चेपाङ । उहाँका अनुसार खाद्यात्र अभावका कारण अधिकांँश चेपाङहरू जङ्गली कन्दमूलमध्ये तरुल नै बढी खनेर खानाले वनतरुल मासिन थालेकाले यो समस्या आएको हो । वनतरुल जगेर्ना गरेर पनि यसको उपयोग गर्न सकिने चेपाङ सहजकर्ता दिलबहादुर चेपाङ बताउनुहुन्छ । तरुल खत्रेक्रममा तरुलको बोटबाट तल खत्रे र तरुल मात्र निकाल्ने र बाँकीलाई पुरेर जस्ताको तस्तै राख्ने हो भने यो समस्याबाट उन्मुक्ति पाउन सकिने उहाँले बताउनुभयो ।

चेपाङ स्वायत्त प्रदेश :
चेपाङ राष्ट्रिय मुक्ती मोर्चा नेपाल गोरखा जिल्ला समितिले गोरखामा आज पत्रकार सम्मेलन गरी चेपाङहरुको बसोवास रहेको क्षेत्र गोरखा, चितवन, धादिङ, मकवानपुर जिल्लाका ४२ वटा गाविस समेटेर चेपाङ स्वायत्त प्रदेश बनाउनुपर्ने माग गरेका छन् । । चेपाङको घना बस्ती रहेको २९ गाविस समेटेर चेपाङ प्रदेश र प्रत्येक जिल्लामा चेपाङ आधारइलाका निर्माण गर्नुपर्ने उनीहरुको माग छ । चेपाङहरुको बाहुल्यता भएको क्षेत्रको जल, जमिन, जङ्‍गल, जडिबुटी र खानीमा पूर्ण स्वामित्व हुनुपर्ने, चेपाङहरु बसेको इलाकालाई चेपाङ आधार इलाका बनाउनुपर्ने, प्राथमिक तहको शिक्षा चेपाङ भाषामा हुनुपर्ने तर्क उनीहरुको छ ।

बेहुँली बेपत्ता पारेर बिवाह गर्ने झाँगड


सुनसरी, मोरङ्ग, सर्लाही, पर्सा लगायतका क्षेत्रहरुमा सानो-सानो संख्यामा बसोबास गर्दै आएका 'झाँगड Jhangads' समुदायलाई प्रकृतिपूजक भनिने गरिएको छ । कसैकसैले यिनीहरुलाई नेपालमा विद्यमान द्रविडमूलका जाति मान्दै आएका छन् । यिनीहरु हजारौं वर्षेखि नेपालको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्दै आएको विज्ञहरु बताउँछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ४१ हजार ७ सय ६४ जनसंख्या रहेको यिनीहरुको भाषालाई 'कुरुखमुन्दरी' भन्ने गरिन्छ । झाँगड समुदायको भाषालाई अधिकांश विज्ञहरुले द्रविण मूलको भएको बताएका छन् । झाँगडहरु हाम्रो छिमेकी मुलुक भारतको मध्यप्रदेशमा पनि रहेका छन् तर तिनीहरु र यिनीहरुबीच केही पनि समानता छैन ।
झाँगड समुदाय तराई देहात क्षेत्रमा बसोबास गर्ने भएकोले यिनीहरु घर फुसले छाउने गर्दछन् । टाँटीहरु चित्राले बेरेर गोबरको माटोले लिप्ने गर्दछन् । त्यसैगरी भुँइबाट चिसो नआओस् भनेर पराल ओछ्याएर लिप्ने गर्दछन् । प्रत्येक घरहरुमा हावा, घामका लागि दलान छुट्याएका हुन्छन् । दलानमा गर्मीका बेला पुरुषहरु आराम गर्ने गर्दछन् ।

प्रायः झाँगड समुदायहरु कृषि र मजदुरीलाई आफ्नो प्रमुख पेशा बनाउँदै आएका छन् । कोही-कोही तरकार खेती पनि गर्ने गर्दछन् । त्यसैगरी कोही चोयाको टोकरी, भकारी, मान्द्रो, थुन्से आदि बनाएर बिक्री गरी अतिरिक्त आयआर्जन गर्ने गर्दछन् । यिनीहरु पशुपालनमा पनि विशेष चासो राख्छन् । गाई, भैसी, कुखुरा, खसी, सुँगुर लगायतका घरपालुवा जनावरहरु पाल्ने गर्दछन् । विशेषगरी सुँगर पालनमा यिनीहरु चासो राख्ने गर्दछन् ।

शैक्षिक क्षेत्रमा झाँगडहरु अत्यन्तै पछाडि परेका छन् । दिनभरी आफ्नो इलममा व्यस्त हुने हुँदा अर्थात मजदुरी गरी आयआर्यजन गर्ने हुँदा यिनीहरुले शैक्षिक प्रगति गर्न सकेका छैनन् त्यसैले गर्दा यिनीहरु सरकारी जागिरमा नगण्य मात्रामा प्रवेश गरका छन् । बि.सं. २०५६ सालको आम निर्वाचनमा झाँगड समुदायबाट ४ जना उम्मेद्वार भएदेखि अहिलेसम्म यिनीहरु राजनीतिक क्षेत्रमा लागेका छैनन् ।

झाँगड समुदायको बैवाहिक विधि झनै रोचक छ । यिनीहरु बैवाहिक बन्धनमा बाँधिनका लागि लमीको निकै ठूलो भूमिका रहने गर्दछ । लमीले बेहुँला-बेहुँली ठिक पारेपछि हेर्ने हेराउने काम हुन्छ । बेहुँली मन परेमा बेहुँलाका बाबुले पैसा तिरेर कुरा छिन्ने गर्दछन् । बेहुँलीका घरमा जन्ती जानुभन्दा पहिले बेहुँला अरुकै घरमा केही समय बस्ने गर्दछ त्यतिञ्जेलसम्म बेहुँली भागेर बेपत्ता भएकी हुन्छे । त्यसपश्चात बेहुँलीका साथीभाइहरुले बेहुँली खोजेर ल्याउँछन् अनि बेहुँला र जन्तीलाई बोलाउन पठाउने गर्दछन् । बिवाह सुरु हुने गर्दछ । यिनीहरुको मौलिक परम्पराअनुसार बेहुँलाबेहुँलीबीच बिवाहमा सिन्दुर साटासाट गर्ने चलन छ त्यसश्चात सम्पूर्ण बैवाहिक कार्यक्रम सम्पन्न हुने गर्दछ ।

झाँगड समुदाय प्रमुख रुपमा फागुन महिनामा दूर्गा पूजा, भदौ महिनामा कर्मधर्म पूजा, असोज महिनामा च्याँ चामल चढाएर कालीपूजा, फागुपूणिर्मामा होली, असोजमा दशैँ, प्रत्येक १२ वर्षा दूर्गाको बलि पूजा लगायतका चार्डपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् । यिनीहरु आफ्नो कर्मकाण्ड सम्पन्न गर्नका लागि आफ्नै पुरोहित डाक्ने गर्दछन् । अन्य जातका पुरोहितबाट कर्मकाण्ड गराउँदैनन् । यिनीहरुको पुरोहितलाई 'धामी' भन्ने गरिन्छ । झाँगड समुदायहरुको अन्तिम संस्कार जलाएर र गाडेर गर्ने गरिन्छ । यिनीहरु १३ दिनमा जुठो बार्ने र शुद्धिकरण गर्ने गर्दछन् ।

महिलाले नाङ्गै भएर हलो जोत्नाले पानी पर्छ भन्ने 'थारु'

नेपालका ‘थारु Tharus’ जातिहरुहरुको बसोबास पश्चिम महाकालीदेखि पुर्व मेचीसम्म रहेको छ । थारुहरुको मूल थलोका बारेमा बिभिन्न मतभिन्नता पाइन्छ । कसैले यिनीहरुलाई सिन्ध प्रदेशको 'थर' भन्ने ठाउँबाट आएका हुन् भनेका छन् भने कसैले मुसलमानी आक्रमणबाट बच्न भारतको चित्तौडबाट पहाडी भू-भागतर्फआएका जाति हो भनेका छन् । कसैकसैले थारु जातिहरुलाई शाक्य वंशसँग आपसी सम्बन्ध टुटेर थारु जाति भएको दाबी गरेका छन् । यसरी थारु जातिहरुका सम्बन्धमा विभिन्न विज्ञहरुसँग विभिन्न मत रहेको पाइन्छ । जे भएपनि थारु जातिहरु हाम्रा लागि अन्जान जाति होइनन् । बि.सं. २०४८ सालको जनगणनाअनुसार थारु जातिहरुको जनसंख्या ११ लाख ९४ हजार २ सय ४४ र बि.सं. २०५८ सालको जनगणनाअनुसार १५ लाख ३३ हजार ८ सय ७९ रहेको छ ।थारु जातिहरु केही मात्रामा गहुँगोरो भएपनि अधिकांस काला हुन्छन् । नेप्टो नाक, बाक्लो ओठ, मझौलो कद, श्रमजीवी भएका हुँदा कस्सिएको शरीर र दाह्री जुँगा कम भएको शारिरीक बनावट भएका हुन्छन् । थारुहरु गर्मी ठाउँमा बस्ने हुँदा ज्यादाजस्तो आधा शरीर ढाकिने कपडा लगाउने गर्दछन् । कपडामा कम्मरमुनि लङौटी या कट्टु, कम्मरमाथि भोटो, टाउँकामा टोपी, पाउमा काठमा खराउ या खाली खुट्टा हिड्छन् । थारु जातिहरुका स्वास्नी मानिसहरु दुई थरिका वस्त्रहरु लगाउने गर्दछन् । जसमा कम्मरमुनि घुँडासम्मको गुन्यु लगाउँछन् जसका मुजा अघिल्तिर हुन्छन् र कम्मरमाथि आधा बाउले चोली लगाउँछन् जसको पछाडि तुना बान्ने हुन्छ र पछाडिकोबीचमा चिरिएको हुन्छ । अबिवाहितहरुले पछिल्तिर तुना बान्ने चोलो लगाउँछन् भने बिवाहितले अघिल्तिर तुना बान्ने चोली लगाउँछन् । माहिलाहरुले लाउने अर्को थरिको पहिरन हो लहंगा र चोलिया । लहँगा कम्मरदेखि कुर्कुचासम्मको हुन्छ । यसका मुजाजति सबै पछिल्तिर । यो तीन रंगको हुन्छ । कम्मर कालो, बिचमा बुट्टे र पुछारको रातो हुन्छ । यस्तो पहिरन दाङ देउखुरीका थारु महिलामा पाइन्छ । थारु महिलाहरु गहना लगाउन आसाध्यै मन पराउँछन् । यिनीहरुले लगाउने गहनामा हातका पाखुरा र कुहिनामा चुरा र बाजु, घाँटीमा हंसुली सिक्काका माला, कानमा कर्णफूल, औलामा औंठी, कम्मरमा कम्मरपेटी, गोडामा पाउजेव, गोडाका औंलामा औठीजस्तै बिछीया, शिरमा शिरबन्दी, निधारमा टिकुली, नाकमा नत्थे लगाउँछन् । यी सबै गहना चाँदीकै हुन्छन् । सुन देख्नमा पाइँदैन । थारु महिलाहरुमा हात गोडामा गोदना गोदाउने प्रचलन ब्यापकरुपमा पाइन्छ । जनजातिहरुमा सबैभन्दा बढी गहना लगाउने जाति थारु नै हो । यिनीहरुले सात किलोसम्मका गरगहना लगाइएको पनि भेटिएको छ ।

थारुहरुको थरहरु तथ्यांकमा कहि पनि उल्लेख छैन् । हालसम्म चौधरी, मोरङीया, खवास, दनुवार, दंगौरा, कठरिया, कनकट्टा, कोचिला, खस, खरल, खाँ, खुनाहा, खौसिया, गच्छदार, जोगी, चित्तौनिया, डंगरीया, तवदार, थन्दार, दनुवार, दंगौरा, दाबदिया, परिहार, बर्दिया, बहन्थ, बाँढ, बाँतर, बोक्सा, बोट, भगत, महाउतो, माझी, रझठीया, राजघरिया, राजहातिया, राना, राजी, रौतार, लम्पुछिया, लालपुरिया, विश्वास, हेमलजिया, सरदार, सुनाहा, सोलरिया लगायतका थरुहरुलाई थारु जाति मानिन्छ । थारुहरुका केही जातिले हिन्दू धर्म मान्ने र ब्राहृमण पुरोहितद्वारा धार्मिक कृत्य सम्पन्न गराउने र गरे तापनि प्रायः जसोसबै थारुहरुले आफ्ना धार्मिक कृत्य 'भान्जा'बाटै गराउँछन् । भान्जाको अभावमा गुरुवा, भर्रा सोखाबाट धार्मिक काण्डहरु गराउने गर्दछन् । थारुजातिहरुका गाउँका ग्रामदेवतालाई 'बरमथान' भनिन्छ । थारुजातिहरुमा पनि छूवाछुत प्रथा कायम रहेको पाइन्छ । यिनीहरुमा 'राना' थारुलाई उपल्लो दर्जाको कुलीन र 'बाँतर' थारुहरुलाई सार्‍है निच मान्ने गरिन्छ ।

थारु समुदायमा बिवाह सानै उमेरमा गरिदिने प्रचलन छ । त्यसमा पनि अनमेल बिवाह प्रमुख रुपमा रहेको हुन्छ । अहिलेपनि घरायसी बिभिन्न कामहरु गर्नका लागि ८/१० वर्षे बालक केटाका लागि १७/१८ वर्षी वयस्क केटी खोजेर बिवाह गरिदिने चलन यथावतै रहेको छ । थारु समुदायमा मागी बिवाह, चोरी बिवाह र जारी बिवाह प्रचलनमा रहेको छ । थारु जातिमा बिवाह गर्दा केटापक्षले केटीपक्षलाई दिइने पैसालाई 'झंगा' भन्ने गरिन्छ । थारु समुदायमा बिवाह गर्दा रोचक पक्ष के छ भने दुलहीको डोलीभित्र एउटा बत्ती र विषको प्याला माइतीतर्फाट राख्ने गरिन्छ । जसबाट बाटामा कुनै शत्रुले आक्रमण गरेर अपहरण गर्ने प्रयास गरेमा त्यहि बत्ती लिएर भाग्ने र भाग्न नसके आफ्नो अस्मिता रक्षार्थ विषपान गरी आत्महत्या गर्न सकियोस् । थारुजातिमा दाजु मरेमा भाइले भाउजु स्याहार्ने चलन पनि विद्यमान छ । भाइ नभए केटीका सासुससुराले अन्यत्रैबाट केटो खोजीदिएर घरमा ल्याई बुहारीसँग बिवाह गरिदिने प्रथा पनि विद्यमान छ, जसलाई थारु समुदायमा 'भ्वाँर पैंठना' भनिन्छ । थारु समुदायमा बिवाहका सबै विधि पूर्वका र पश्चिमका थारुहरुमा फरकफरक हुन्छ । थारु समुदायमा जन्म संस्कार चाहिँ बालक जन्मेको सात, नौ या दस दिनमा नामाकरण गरिदिएर सुत्केरी चोख्याइन्छ । सुत्केरीको सालनाल नझरेसम्म भुइँमै सुताइन्छ । सालनाल झरेपछि मात्र खाट, पलङमा सुत्न दिइन्छ । नामाकरणलाई थारुहरुले 'घटना करैन' भन्ने गर्छन् ।

थारु जातिलाई अन्धविश्वासले गाँजेको छ । थारुहरु बढि भूतप्रेतमा विश्वास गर्ने गर्दछन् । उनिरुको सामाजिक जीवन नै भूतको भावनामा अडेको हुन्छ । प्रत्येक थारु गाउँमा 'बरमथान' बनाइएको हुन्छ जसलाई ग्राम देवता भनिन्छ । प्रत्येक थारुका घरघरका गृहदेवता हुन्छन् जसलाई 'गन' भनिन्छ । हलोको टाउको गाडेर 'यक्षिणी' र कोलको मुढो गाडेर 'श्मशान'को पूजा गर्दछन् । थारु बस्तीमा भूतप्रेत भन्ने चलन असाध्यै छ । पहाडी र मधेसी समुदायले थारुहरुमा भूतप्रेत असाध्यै हुने हुँदा थारुको तन्त्रमन्त्रबाट डराउँछन् ।

अझैपनि वर्षाममा पानी परेन भने थारु समुदायका महिलाहरुले रातिको समयमा नाङ्गै भएर खेतमा हलो जोत्ने गर्दछन् । त्यसो गर्नाले वर्षा हुन्छ भन्ने अन्धविश्वास रहेको छ कञ्चनपुर जिल्लाका दैजी गाबिसका थारुहरु वर्षायाममा पानी नपरेर सुख्खा पर्‍यो भने सोही गाबिसका मुख्य अध्यक्ष वा गाउँको मुखियालाई रुखमा बाँधेर पिट्दै इन्द्रदेवसँग वर्षाको आहृवान गर्ने गर्दछन् । मुखियालाई यसरी पिटेमा वर्षा हुन्छ भन्ने विश्वास रहिआएको छ । पिर्टाई खाने मुखियालाई छुटाउन अर्कोपक्षले ठुलै संघर्ष गर्नुपर्ने हुन्छ । हार्ने पक्षले दण्ड जरिवाना तिर्नुपर्ने हुन्छ र भोज भत्तेर पनि गर्नुपर्छ । कञ्चनपुर जिल्लाकै बगुन भन्ने ठाउँमा पानी पार्नका लागि भ्यागुताको जोडी खोजेर ल्याई बिवाहको विधिअनुसार कर्मकाण्ड गरी धुमधामसँग बिवाह गरिदिने गर्दछन् । यहि अन्धविश्वास नेपालका झापा, मोरङ्ग आदि पूर्वी जिल्लाका थारु लगायत बिभिन्न जातिहरुमा पनि पाइन्छ ।

थारु समुदायमा मृत्यू हुँदा लासलाई जलाउने र गाड्ने दुवै गर्ने गरिन्छ । पूर्व थारुहरुले मृतकलाई नदी किनारामा लगेर दाहसंस्कार गर्ने गरिन्छ र पश्चिमतिरका थारुहरुले गाड्ने गर्दछन् । उमेर पुगेको, बिवाह गरेको र सम्पन्न परिवारको भएमा जलाउने गर्छन् । गाड्दा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो पारेर गाड्छन् । जलाउनेहरुले पनि पुरुषलाई घोप्टो र महिलालाई उत्तानो पारेर जलाउँछन् । कतैकतैका थारुहरुले बालकलाई गाड्ने र पौढलाई दाहसंस्कार गर्ने गर्दछन् । किरिया बस्दा जालभित्र बस्दछन् । जाँडरक्सी भने नभई हुँदैन् । किरिया १३ बस्ने गरिन्छ । ११ औं दिनमा महादान गर्ने गरिन्छ । महादान बाहुनलाई नै दिन्छन् । थारुहरुमा आफ्नो वर्गको बाहेक ब्राहृमण पुरोहित पनि राख्ने चलन छ । आफ्नो वर्गको पुरोहित राख्नेले दाहसंस्कारको काम सकेपछि काजक्रिया पनि सक्दछन् र भोज खुवाएर चोखिन्छन् भने ब्राहृमण परोहित राख्नेहरु तेह्र दिनसम्म जुठो बार्छन् र १३ औं दिनमा चोखिन्छन् । चोखिँदा दिनमा रक्सी र मासुका साथ भोज गराउँदै मृत्यू संस्कार समापन गरिन्छ ।

आलौकिक दनुवारहरु


दनुवार नेपालको पहाडी क्षेत्रमा विशेष गरेर नदी किनारमा बसोबास गर्ने आर्य मूलको एक जाति हो । नेपालका दनुवारहरु निकै हदसम्म थारु जातिसँग निकटता राख्दछन् । भारतमा मूलथलो भएका दनुवारहरु मुसलमानी आक्रमणबाट बच्नका लागि राजस्थान, मेवाड, राजपुताना आदि क्षेत्रबाट उनीहरु नेपाल पसेको बताइएको छ । दनुवारहरुको बसोबास बसोबास मूलतः दून व खोंच उपत्यका क्षेत्रमा भएको पाइन्छ । बाग्मति, कमला, सुनकोशी प्रवाहित क्षेत्र यिनीहरुको मुख्य बसोबास भएको पाइन्छ । विं.सं. २०४८ सालको जनगणनाअनुसार यिनीहरुको संख्या ५० हजार ७ सय ५४ उल्लेख छ । जसमा २४ हजार ४ सय ५८ पुरुष २६ हजार २ सय ९६ महिला रहेका लछन् । २०५८ सालको जनगणनाअनुसार यिनिहरुको जनसंख्या ५३ हजार २ सय २९ रहेको छ

रातो वर्ण मझौलाकद, चेप्टो गोला अनुहार, गालाका हाड केही अग्लो भएका, साना आँखा, कालो कपाल भएका मंगोलमूलका दनुवार हुन् भन्ने चुच्चो नाक, ठूला आँखा, पातलो र अग्लो शरीर, लाम्चाो अनुहार भएको दनुवारहरु हिन्दू आर्यमूलका हुन् । मंगोलमूलका दनुवारहरु काठमाण्डौं, नुवाकोट, पाँचखालतिर बसोबास गर्ने गरेको पाइन्छ । हिन्दू आर्यमूलका दनुवार सिन्धुली, सर्लाही, उदयपुर, गाईघाटका खोँचहरुमा बस्छन् । त्यस अतिरिक्त यिनीहरु ललितपुरको डकु, छाप, काभ्रेको पाँचखाल, बालुवा, भगवति, महादेवस्थान, साठीघर, साँखुका साथै रसुवा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौं, गोर्खा, कास्की आदि ठाउँमा पनि बसोबास छ । दनुवारहरुको बसोबास भएको जिल्ला करिब ३० जति भएको बुझिएको छ ।

यिनीहरुको भेषभूषा त्यस स्थानको हावापानीअनुसार भएको पाइन्छ । तरार्ई क्षेत्रका दनुवारहरुको गन्जी, धोती, कछाड, लुँगी गर्मीमा र जाडोमा कमिज, स्विटर, कमिज पाइन्ट लगाउँछन् । महिलाहरुले ब्लाउज, सारी, युवतिहरुले ब्लाउज सारी वा कुर्तासुरुवाल लगाउँछन् । गहनामा चाँदीका चुरा, घाँटीमा हँसुली, सिक्री, जन्तर नाकमा नत्था लगाउँछन् ।

दनुवारहरुको प्रमुख पेशा कुषि, मजदुरी र पशुपालन हो । फुसर्दका समयमा माछा मार्न जाने, शिकार खेल्न जाने पनि गर्दछन् । अलिअलि पढेकाहरु जागिरमा प्रवेश गरेको पनि पाइएको छ । थारु संस्कृतिको निकट मानिने दनुवारहरुका घरहरु थारुहरुका जस्ता लामालामा पनि हुँदैनन् र धेरै कोठा भएका पनि हुँदैनन् । तापक्रम र मौसमी गतिविधिका आधारमा निर्माण गरिने यिनिहरुको घरहरु तराईमा काठ र बाँसको प्रयोग गरेरर बनाइएको हुन्छ र छानो फुसको हालिएको हुन्छ । धनी दनुवारहरुले काठको प्रयोग धेरै गरेका हुन्छन् र छाना पनि जस्ता या टायलले छाएका हुन्छन् । तराई र भित्री मदेशमा दनुवारका घरमा प्रायःजसो भुइँतला गाई र बाख्रा राख्ने गर्दछन् । पहाडका दनुवारहरुका घरका भुइँतालामा अगेनो र बस्ने ठाउँ बताइएको हुन्छ ।
दनुवारहरु अलौकिकि र अदृश्य शाक्तिमाथि विश्वास राख्दछन् । तिनै शक्तिको उपासनामा कार्यसिद्धि गर्ने प्रायास गर्दछन् । धामी, झाँक्री, तन्त्र, मन्त्रको ब्यापक प्रयोग गर्दछन् । कुनैकुनैं दनुवारहरुले त आफ्ना पुर्खाहरुले आवश्यक परेमा तान्त्रिक शक्तिको प्रयोग गरेर बाघको स्वरुप लिनसक्ने शक्ति भएको पनि बताउँछन् । ठूलो बाढी पनि सजिलै तरेर हिँड्न सक्ने, खोलामा अलप हुनसक्ने, एउटा खोलाको माछा अर्को खोलामा ल्याउन सक्ने शक्ति भएको बताउँछन् । दनुवारहरुले बिभिन्न खाले देवीदेवता पुज्दछन् । कमला खोँचका दनुवारहरु आफ्नो बस्तीको पूवपट्टि काष्ठप्रतिमा बनाई आफ्ना इष्टदेवतालाई बर्षेपिच्छे पुज्छन् । खासगरी बाली लगाउने र उठाउने बेलामा सामुहिक रुपमा पुज्ने गर्छन् र तिनै इष्टदेव नै दनुवार बस्तीलाई बाह्य पैशाचिक शक्तिबाट बचाईराखेको विश्वास गर्दछन् ।

दनुवार समाजमा जन्म, नामाकरण, छेवर, बिवाह र अन्त्येष्टि संस्करलाई मुख्य रुपले मनाइन्छ । पाँचखाल नुहाइदिन्छन् । तीनदेखि एघार दिनमा न्वारन गरी नामाकरण गर्दछन् । पर्वत क्षेत्रका दनुवारहरुले १०–११ दिनमा न्वारन गर्छन् । दनुवार र थारुहरुले एउटै खालका नाम राख्ने गर्दछन् । महिनाका नामबाट, बारका नाममबाट बालकको नाम राखेका हुन्छन् तर पहाडी दनुवारहरुले भने राम, सीता, कृष्ण, लक्ष्मण नाम राखी त्यसमा बहादुर जोड्छन् ।

छेवर संस्कार हिन्दू समाजको केशमुण्डन जस्तै हो । छेवर गर्दा बालकलाई धोई सफासुग्घर पारेर केश काटिन्छ । केश मामाले काट्नुपर्छ । मामाले सुरु गरेर हजामले पूरा गर्दछ । त्यसपछि बाकलाई टोपी लगाइदिन्छन् र उपहार दिने चलन छ । काटेको केश नदी वा पवित्र विसर्जन गर्दछन् ।

दनुवार समाज विविध गोत्रमा विभक्त छन् । बिवाह गर्दा एउटै गोत्रबाट नगरी गोत्र फरक पारेर गर्ने चलन छ । यिनीहरुमा मागी बिवाह, प्रेमबिवाह र अपहरण बिवाह प्रचलित छ । मागी बिवाहमा केटापक्षबाट केटीपक्षमा प्रस्ताव पठाइन्छ । त्यस्तो प्रस्ताव आयो भने स्वीकृति वा अस्वीकृति जनाउनुपर्छ । स्वीकृतिलाई ‘बागदत्त’ भन्दछन् । मागी बिवाहलाई खर्चिलो मान्नेहरु अन्य बिवाह गर्ने गर्दछन् । बिवाहमा बढी आर्थिक भार दुलाहा पक्षलाई पर्ने हुँदा दनुवार जातिमा छोरा जन्मिदा रुन्छन् या चिन्ता गर्न थाल्छन् । दनुवार समाजमा सम्बन्धविच्छेद अत्यन्तै सरल छ । लोग्नेसँग मन मिलेन भने केटी माइती गएर बस्छे । केटो श्रीमति लिन जान्छ तर ऊ घर फर्किन मान्दिन । त्यसपछि समाज बस्छ र केटापक्षलाई बिवाह खर्च फिर्ता दिन्छन् र केटीपक्षले पनि दिएको दाइजो फिर्ता माग्छन् र फिर्ता गराइन्छ । त्यसपछि केटाकेटी दुवै पुनबिवाह लागि योग्य हुन्छन् अर्थात् पारपाचुके हुन्छ ।

अन्य जातिहरुमामाझैँ दनुवार जातिमा पनि बिभिन्न थर छन् । राई, अधिकारी, जनैधारी र नाइलन वस्त्रधारी चार थर भएको पाइन्छ । कसैकसैले यिनिहरुको एक थर धामी पनि बताएका छन् र झारफुक गर्नेहरुलाई धामी दनुवार भनिन्छ । आफूलाई अरुभन्दा उच्च देखाउने उद्वेश्यले नामको पछाडि अधिकार दनुवार लेख्नेहरु पनि छन् । त्यसका अतिरिक्त जनै लगाउने दनुवार पनि छन् जसले ब्राह्मणको रुपमा पुजापाठ गर्ने गर्दछन् । यी बाहेक मिर्दाहा, गुरो, कुमार, राय, रवान, चौधरी, सिंह पनि दनुवार जातिभित्रै पर्दछन् । पूर्व तराईका दनुवारहरुमा कछारे र रझन भन्ने २ थरी छन् । रझनहरुले आफूहरुलाई कछारेभन्दा उच्च ठान्दछन् ।
दनुवार समाजमा मृत्यूलाई एउटा सहज प्रक्रियाका रुपमा लिइएको छ । यो समाजमा कसैको मृत्यू भयो भने यदि बालक छ भने नदी किनारमा गाउँका छेउछाउ पाखामा लगेर गाड्ने गरिन्छ तर वयस्कलाई भने दाहसंस्कार नै गरिन्छ । कसैकसैले मात्र वयस्कलाई गाड्छन् । यिनिहरुमा छोराले मात्र किरिया बस्नुपर्छ भन्ने मान्यता छैन दाजुभाई पनि सरसल्लाहबाट किरिया बस्न सक्छन् । मृतकका नातिलाई समेत किरिया बसालेको पाइन्छ । जतिजना छोरा भए पनि एक जनामात्र किरिया बस्ने चलन छ । किरिया बस्नेले हातमा बाँसको लठ्ठी र कलम बोकेर गाउँ घुम्छन् । तिनिहरुलाई छुनु हुँदैन । बाह्रै मदिनमा किरियापुत्री हुने चलन छ ।

हिन्दू सामाजमा जस्तो लास नजलुन्जेल कुरेर बस्ने, ओल्टाई पल्टाई गरे जलाउने काम यिनिहरुले गर्दैनन् । लासमा दागबत्ती दिएर घर फर्किन्छन् र भोलिपल्ट लासको निरिक्षण गर्न घाटमा जान्छन् । यदिन जल्न बाँक रहेछ भने ती अंशलाई पुनः जलाएर घर फर्किन्छन् । यिनीहरुमा १३ दिनसम्म किरिया बस्ने चलन छ । तेह्रौ दिनमा घाटमा गएर पिण्डदान दिएर पितृलाई अन्तिम बिदाई गर्ने चलन छ । तेह्रौं दिनमा घाटमा गएर पिण्डदान दिएर पितृलाई अन्तिम बिदाई गर्ने चलन छ । तेह्रौ दिनमा गाउँले र मलामीलाई भनेर खुवाउने चलन छ । दनुवार जातिको पुरेत ‘हजाम’सन्तुष्ट भएन भने भतेर खान मान्दैन र ब्राह्मण पुरोहितलाई नखान आग्रह गर्छ । त्यस्तो भयो भने कर्ताले दान दक्षिणा थप गरी पुनः भतेर खान अनुरोध गर्छन् । अनिमात्र उनीहरुले खान्छन् दनुवारहरुमा १३ दिनको श्राद्धबाहेक मासिक, वार्षिक, श्राद्ध गर्ने चलन छैन ।

‘ला कछाड लगा’ भन्दै पारपाचुके गर्ने दुराहरु


‘दुराहरु(Duras)’ कस्ता शारिरीक बनोट हुन्छन भनी थाहा पाउन मगर र गुरुङहरुलाई हेरे पुग्छ । होचो कद, गहुँगोरो अनुहार, चेप्टो छोटो नाक भएका दुराहरु मंगोल वर्णका हुन्छन् । लमजुङ जिल्लाको दक्षिणी भेग लगायत हाँडी खोला, सिँदुरे, लुर्लङकोट, रवजे गाउँ, ठूला स्वारा, भोर्लेटार, सिमौल चौर, चिसकु, आम डाँडा, सीसाघाट, धर्मपानी, रामथुंकी, तनहुँसुर आदि प्रमुख ठाउँहरुमा यिनिरुको मुख्या बसोबास रहेको छ । लगाई र खुवाईमा मगर र गुरुङ जातिको सिको गरेका दुरा समुदायका पुरुषहरु कछाड, कमिज, टोपी, भोटो, कोट, पेन्ट कमिज, स्वीटर ज्याकेट आदिहरु मनोमानी ढंगले लगाउँछन् । त्यस्तै महिलाहरु पनि साडी, चोलो, लुङ्गी लगाउँछन् ।

एकै ठाउँ गुचमुच्च भई जोडाएर घर बनाउन मन पराउने दुराहरु अन्य जाति(विशेष गरी मगर, गुरुङ, लिम्बु)जस्तै गरी सेनामा जागिर खान मनपराउँछन् । नेपाली सेना, भारतीय सेना, ब्रिटिस सेना यिनिहरुको रोजाईमा पर्ने गर्दछ । यिनिहरुको प्रत्येक घरबाट एकजना भए पनि सेनामा भर्ति हुने गरेको बताइन्छ । यिनिहरु घरमा गाई, भैंसी पालेर दुध खाने गर्दछन् । त्यस्तै कुखुरा, खसी र भैंसी पालेर मासु खाने गर्दंछन् । अन्य मतुवाली जाति जस्तै यिनिहरु पनि जाँडरक्सी असाध्यै खान्छन् ।

दुरा समुदायको आफ्नै जातीय संस्कार, पहिचान, संस्कृति भए पनि यतिखेर विभिन्न कारणले ओझेलमा पर्दै गरेको बताइन्छ । आधुनिक शैली र पश्चिमेली सँस्कृतिको कारण युवा पिढीहरु दुरा संस्कृति र परम्परा विस्तारै विर्सदै गएको बताइन्छ । दुरा समुदायको सति र बाह्रमासे घाटु नाच एकदम प्रचलित रहेको छ । सति घाटु नाच्दा रजस्वला नभएका दुई कन्याबाट सुरु गरिन्छ । नाच सिकाउनका लागि पारङ्गत भएका एकजना गुरु पनि सँगै राख्ने गरिन्छ । घाटु नाचको अन्तिम नाच हेर्न जानेहरुलाई भोजका रुपमा जाँडरक्सी, मासु खुवाइन्छ । यस्तो भोजलाई ‘खोइ खाने’ भनिन्छ । बाह्रमासे घाटु नाच चाहिँ बाह्रै काल नचाइने गरिन्छ ।

दुराहरु हिन्दु धर्म र बौद्ध धर्म मान्ने गर्दछन् । हिन्दु धर्म मान्नेरु ब्रत बस्ने, रामायण पढ्ने, स्वस्थानी पूजा गर्ने, दशै तिहार मनाउने गर्दछन् । त्यस्तै बौद्ध धर्म मान्नेहरु लामा ‘घ्याप्रिङ’(कर्मकाण्ड गर्ने पुरोहित) बोलाई वर्षमा पितृ पूजा गर्दछन । कात्तिक र चैत महिनामा कुलपूजा गर्दछन् । यिनिहरु पनि धामी झाँक्रीमा असाध्यै विश्वास राख्छन् । हरेक कुरामा भाकल गर्ने, बली चढाउने गर्दछन् ।

दुरा समुदायमा बच्च जन्मेको तीन दिनको दिनमा न्वारन गरिदिने चलन छ । पहिलो चोटी जेठो छोरो जन्मे ‘पुटपुटे’ भन्ने गरिदिइन्छ । बच्चाको पुटपुटे गरिदा बच्चाका मावली र गाउँलेहरुलाई आमन्त्रण गरिन्छ । सबैले बच्चालाई आर्शिवाद र उपहार दिने गर्दछन् । आमन्त्रित पाहुनाहरुलाई सम्मान स्वरुप दुई सय, एक पाथी रक्सी, छानेको जाँड, मकै पिँडालुको अचार दिने गर्दछन् ।

दुरा समुदायको बिवाह संस्कार रोचक रहेको छ । बिवाह गर्दा एउटै थरबट गर्ने गरिदैन । मागी बिवाह गर्दा केटा र केटीको स्वीकृति विना नै गरिदिने गरिन्छ । विवाहको कुरा मिलेपछि साइपाटामा लगेको भाले र केटीपक्षबाट एउटा पोथी ल्याई काटिने गरिन्छ । त्यसपछि कलेजो बाहेकको भागलाई पकाई कलेजोद्वारा जोखना हेर्ने गरिन्छ । यस्तो प्रचलन गुरुङहरुमा पनि कायम रहेको छ, यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस् ।

दुरा समुदायको पारपाचुके(सम्बन्धविच्छेद) प्रसङ्ग अत्यन्तै रोचक रहेको छ । जसरी नेवारी महिलाहरु बेल फुटाएर पारपाचुके घोषणा गर्दछन्, मुस्लिमहरु तीन चोटी ‘तलाख’ भनेर पारपाचुके गर्छन त्यसरी नै यिनीहरु पनि पारपाचुके गर्दा लोग्नेले ‘ला गुनियो लगा’ भन्ने गर्दछ र स्वास्नीले लोग्नेलाई पारपाचुके गर्दा ‘ला कछाड लगा’ भनेर पारपाचुके गर्ने गर्दछे । यसरी यिनिहरुको पारपाचुके हुने गर्दछ ।

दुरा समुदायमा अन्तिम संस्कार गर्दा ‘घ्याप्रिङ’ बोलाइने गरिन्छ । घ्याप्रिङले पूजाका बाजा बजाउन थाल्दछ । सो बाजा सुनेपछि सबैले हातहातमा रक्सी लिएर बाटैमा गएर घ्याप्रिङलाई रक्सी खुवाउने गर्दछन् । घ्याप्रिङले डाँडाकाँडा, हिमाल, खोच चारैतीर देविदेवताका नाम पुर्कादै ढ्याङ्गो बजाउने गर्दछ । मृत्तकलाई सेतो कात्रो ओढाइने गरिन्छ । घ्याप्रिङले लासलाई लात लगाई घुँडाले हिर्काउने गर्दछ । लासलाई ‘धिकुटही’ भनिने काठको बाकसमा राखी गाडिने गरिन्छ । कसैकसैले जलाउने पनि गरेको बताइन्छ ।

नेवारहरु जनजाति हुन कि होइनन् ?

'नेवार Newars' समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न छ । यो एक अल्पसंख्यक जाति हो । काठमाण्डौं उपत्यका मूलथलो भएका यिनीहरुको जातिगत धारणामा विज्ञहरु अल्मलिएका छन् । कसैकसैले यिनीहरुका पूर्खाहरु किराँत लिच्छवी हुन् भनेका छन् भने कसैकसैले यिनीहरुमा आर्य, मंगोल र आस्टे्रलाइट आदिवासीहरुको सम्मिश्रण रहेको छ भनेका छन् । नेवार जातिमा विशेष जानकार राख्ने लुसियानो पेटेज, वान्र्डर्फ डा. राजेश गौतम, ओलफिल्ड लगायतका जानिफकारहरु आ-आफ्नै मत प्रस्तुत गर्छन् । अझै पनि नेवारहरु तिब्बतबाट नेपाल आएका मानिस र भातबाट नेपाल आएका मानिसको सम्मिश्रणबाट उत्पति भएका जाति हुन, नेवारहरुको आदिमस्थल दक्षिणको 'नायर' प्रदेश हो र कर्नाट वंशीय राजा नान्यदेवका साथ नेपाल आएका हुन्, भन्ने धारणा रहेको छ । कहाँसम्म त्यो सत्य हो खोजीको विषय हुनजान्छ । अझ कसैकसैले त नेवारहरु जनजाति नभएको र यिनीहरु खासगरी भारतीय र तिब्बतीमूलको मिश्रणबाट बनेको एक नयाँ समुदाय हो भनेका छन् ।
साँच्चै, नेवार समुदाय जनजाति हुन कि होइनन् ? आफुहरु जनजाति हो कि होइन ? भन्नेमा स्वयम् नेवारहरु नै अल्मलिएका छन् । तत्कालीन श्री ५ को सरकारको 'राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान' कार्यदलले नेपालका ६१ जनजातिहरुलाई समेटेर तयार पारेको प्रतिवेदनमा नेवार जातिलाई पनि जनजातिमा समाविष्ट गरेको थियो तर पछि संसदमा नेवारहरुले आफुहरुलाई जनजातिको सूचीमा राखेकोमा आपत्ति जनाएपछि नेवार समुदायलाई जनजाति सूचीबाट हटाइएको थियो । अचम्म के छ भने ! नेवारहरुको एक समुहले आफुहरु जनजाति होइन भनि जनजातिको सूचीबाट हटाउन लगाए भने नेवारहरुकै अर्को समुहले नेवारहरुलाई जनजातिभित्रै राखिनुपर्ने माग गरे । झन् नेवारहरुको 'नेपालभाषा मंकाखलः' भन्ने जातिय संस्थाले त आफुहरुलाई जनजातिमा समेटिनुपर्ने भन्दै जनजाति महासंघमा आफुलाई आवद्ध गराइसकेको छ । भलै, जाति र जनजाति कस्तालाई भन्ने बारे अस्पष्ट रहेका बेला दाङ देउखुरीका मधुसुधन पाण्डेद्वारा लिखित पूस्तकमा नेवारहरु ब्राहृमण(जोशी, गुरुवाचार्य)देखि शुद्र(पोडे, कसाई, कुचीकार)सम्म रहेकाले उनिहरुलाई जनजाति भन्न नहुनेमा तर्क प्रस्तुत गरेका छन् । खयर जे होस् यो टाँसोमा नेवार जातिहरुको चिनारी प्रस्तुत गर्ने जमर्को गर्छु ।
नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याइएका छन् । ब्यापार तथा व्यवसायलाई सधैंभरि आफ्नो पेशा मान्दै आएकोलाई तुलाधर, तण्डुकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, माटाका भाडाकुडाँका साधनहरु बनाउनेलाई कुमाले, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकःमी, नर्सरी तथा फूलबारीमा काम गर्नेलाई माली, प्रायः खेतबारीमा खेतीपातीको काम गर्नेलाई ज्यापु, तोरीको तेल पेल्ने अर्थात तेलहनका व्यवसाय गर्नेलाई सायमी र मानन्धर, फलामजन्य क्रियाकलाप गर्नेलाई नकःमी र कौले, कपाल अथवा केश काट्नेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई चित्रकार, लुगामा रङ्ग लगाउनेलाई रजितकार, बाजा बजाउन जान्ने र लुगा सिउनेलाई कुम्ले, मासुका कारोबार गर्नेलाई खड्गी, चर्पी सरफाई गर्नेलाई सुवर्णकार, पुरोहित कर्म गर्नेलाई गुभाजु, बज्राचार्य, वरे र शाक्य र काँससम्बन्धी कारोबार गर्नेलाई कंसकार भनिन्छ । त्यसैगरि नेवार समुदायभित्र राजोपाध्याय, देउवाहुन, भटुवाहुन, झावाहुन, प्रधान, मल्ल, मास्के, अमात्य राजभण्डारी, वैद्य, श्रेष्ठ, डंगोल, सुवाल, मानन्धर, पुतवार, दली, कुलु, द्योला, च्याखंल, हालाहुल लगायतका थरहरु रहेका छन् ।

विं.सं २०४८ सालको जनगणनाअनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवार जनसंख्या रहेको छ । त्यसैगरि वि.सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसंख्या उल्लेख छ । नेवार समुदायको आफ्नै भाषा लिपि रहेको छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । यद्यपि कहिँकहिँ यिनीहरु क्षेत्रीय भाषा बोल्ने गर्दछन् त्यसैले होला हाल नेवारहरु आफ्नो भाषा बिर्सने क्रममा छन् । नेवारहरुको लिपिलाई 'रञ्जना लिपि' भनिन्छ ।

शिक्षाको क्षेत्रमा नेवार जाति अन्य जाति भन्दा निकै अघि छन् । नेवार समुदाय शिक्षित भएकै कारणले होला यिनीहरु हरेक ठाउँमा अघि छन् । नेवारहरुले मुख्य पेशाका रुपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँजहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँत्यहाँ नेवारहरुको वर्चस्व कायम छ भन्दा फरक नपर्ला ।

नेवार समुदायमा साँस्कृतिक विविधता छ । यिनीहरुका लागि जात्रा पर्व र भोज कुनै नौलो कुरा होइन । यिनिहरु बिभिन्न धार्मिक तथा देवीदेवताका नाच नाच्छन् । यिनीहरु चैत महिनामा घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, बैशाख-जेष्ठमा रातो मच्छिन्द्रनाथको जात्रा, भोटो जात्रा, श्रावणमा गाईजात्रा, भदौंमा इन्द्रजात्रा, कुमारी जात्रा, चैत मशान्त र बैशाख संक्रान्तिमा बिस्केट जात्रा, ठिमी जात्रा, दुईमाज्यूदेवी जात्रा, चण्डेश्वरी जात्रा, इन्देश्वरी जात्रा, बाह्रवर्षे जात्रा, पलाञ्चोक भगवति जात्रा, त्रिशूल जात्रा, प्रेत चतुर्दशी जात्रा, हरिसिद्धी लगायतका जात्राहरु निकाल्ने गर्दछन् । त्यसैगरि यिनीहरु जेष्ठ महिनामा सिठीनखः, बैशाख महिनामा मातृऔंशी, द्यगुपूजा, भदौंमा पितृऔंसी, गणेश चथा, कार्तिकमा 'म्ह' पूजा, नेपाल संम्बत् लगायतका चाडपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् ।

नेवार समुदायको बैवाहिक विधि निकै रोचक छ । नेवार समुदायमा बिवाह गर्दा जात छुट्याइने गरिदैन । प्रेम बिवाहमा जात तलमाथि भएपनि मागी बिवाहमा भने तलमाथि पारिने गरिदैन । नेवार बालिकाहरु ७ देखि ९ वर्षमा 'बेल(फल)' सँग विबाह गरिदिने प्रचलन छ यिनीहरुमा । सानै उमेरमा नेवार बालिकाहरुको बेलसँग बिवाह गरिदिने हुनाले उनिहरु कहिल्यै विधुवा नहुने धारणा राख्छन् । बिवाह गर्दा उनिहरु एउटा सुपारी साथै राख्ने गर्दछन् । केही गरी श्रीमान्को मृत्यु भए सुपारी फिर्ता गरी ‘पारपाचुके’ गरिने प्रचलन छ । यिनीहरुका लागि पारपाचुके गर्ने कुनै समय हुँदैन । श्रीमानको शव अन्तिम संस्कारका लागि लगिरहेको बेलामा श्रीमतिले झ्यालबाट सुपारी खसालीदिए पनि पारपाचुके हुने गर्दछ यति सम्म कि चितामा श्रीमानको शव जलिरहेको अवस्थामा लासमाथि सुपारी राखिदिए पनि पारपाचुके हुने गर्दछ । पारपाचुके गर्ने/नगर्ने निर्णय पूर्ण श्रीमतिमा निहित हुने गर्दछ । पारपाचुके गरिसकेको नारीलाई नेवार समुदाय पुनः कन्याका रुपमा बिवाह गरिदिने गर्दछन् । नेवार समुदाय बिवाहका लागि धेरै समय लगाउने गर्दछन् । यिनीहरुको बैवाहिक विधि झन्झटिलो हुने गर्दछ ।

नेवार समुदाय जति साँस्कृतिक कर्मकाण्डमा धनि छन् त्यति नै अन्धविश्वासी पनि । यिनीहरु लाखे र भूतलाई विशेष स्थान दिन्छन् । नेवारी भाषामा राक्षसलाई 'लाखे' र भूतलाई 'ख्या' भन्ने गर्दछन् । जनकलाल शर्माको 'हाम्रो समाज एक अध्ययन' भन्ने पुस्तकका अनुसार कोही व्यक्ति आफ्नो शिर काटेर मर्‍यो भने त्यो 'मुलकता ख्या' भन्ने भूत बन्छ । कोही व्यक्ति आत्महत्या गरेर, धेरै पीडा सहेर वा अगति परेर मर्‍यो भने त्यो 'अगतित्वों ख्या' भन्ने भुत बन्छ । घरभाडा बस्ने मान्छे मर्‍यो भने त्यो 'सीक अगति ख्या' भन्ने भूत बन्छ । घरघरमा ढुङ्गा हान्ने भूतलाई 'हानाछें ख्या' भनिन्छ । मध्यरातमा चल्ला जस्तै कराएर केटाकेटीलाई तर्साउने भूतलाई 'भूजिंखा ख्या' भनिन्छ । बाटामा एक्लै हिँडेका बेला नामै लिएर बोलाएर तर्साउने भूतलाई 'नाँ-सु-ख्या' भनिन्छ । यसरी नेवार समुदाय भूतप्रेतमा विश्वास गर्ने गर्दछन् त्यसैले उनिहरुले आफ्नै भाषामा तिनीहरुको नामाकरण गरेका हुन् ।

नेवार समुदाय हिन्दू, बौद्ध, क्रिस्चियन, धर्म मान्ने भएकाले यिनीहरु आ-आफ्नौ धार्मिक विधिद्वारा मरेकाको अन्तिम संस्कार गर्ने गर्दछन् । हिन्दू धर्म मान्ने नेवार समुदायहरु सेतो कपडा लगाएर १३ औं दिनमा चोखिन्छन् ।

लासलाई टुक्रा–टुक्रा पारी खुवाउने भोटेहरु



होचो र डल्लो कद भएका ‘भोटेहरु Bhotes’ हिमालबासी भन्दा पनि हुन्छ । यिनिहरु उत्तरी सीमाक्षेत्रका हिमश्रृखंला तथा हिमचुलीहरुमा युगौंदेखि बसोबास गर्दै आएका छन् । यिनिहरुलाई चीनको पकड रहेको तिब्बत ‘भोट’को नजिकै बसेको र सम्बन्ध पनि तिब्बती जनता र तिब्बती भागसँग बढी भएकोले एवम् व्यापार, व्यवसाय पनि त्यतैतिर गर्ने हुदाँ ‘भोटे’ भनिएको बताइन्छ । यिनिहरु मनाङ्ग, मुस्ताङ, बाजुरा, मुगु, हुम्ला, डोल्पा, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि बसोबास गर्दै आइरहेका छन् ।

तिब्बतीय जातिहरुसँग यिनिहरुको समानता हुने हुदाँ तिब्बतीय भाषा र धर्म मान्दछन् । यिनिहरु बुद्ध धर्मको एउटा शाखा ‘महायान धर्म’को ‘लामा धर्म’ मान्दछन् । तीर्थयात्राका लागि यिनिहरु लुम्बनी, स्वयम्भू, बौद्धनाथ, भारतको गया लगायतका दर्शनीय ठाउँहरुमा जाने गर्दछन् । त्यहाँ आफ्ना गुम्बामा पुस्तक, थान्का आदि चढाउँछन् । पूजापाठ, हवन गर्दछन र सामुहिक खाना खुवाउँछन् । यिनिहरु उच्च हिमाली क्षेत्रमा यिनिहरु बसोबास गर्ने हुनाले सबै जना न्यानो ‘बख्खु’ र विशेष टोपी लगाउँछन् । महिलाहरु बख्खु तथा टोपीहरु ऊनद्वारा बनाइएका हुन्छन् । महिला भोटेहरु विशेष प्रकारको लुङगी लगाउँछन् ।


अन्य जातिहरुमा जस्तै यिनिहरुमा पनि अझैसम्म छुवाछुत प्रथा कायम रहेको छ । जनावर मार्ने र बिक्री गर्ने बगरे, आरन थापी भाँडा पिट्ने लोहार र सुनारलाई सानो जातमा गणना गर्ने गर्दछन् । लामा, व्यापारी, चौरीं, भेडा, च्याङ्ग्रा पाल्ने पेशामा लागेका र खेतीपाती गर्नेहरुलाई ठूला जातमा गणना गर्ने गर्दछन् । यिनिहरुको थर विभाजन प्रणाली चाहिँ ठाउँअनुसार बेग्लाबेग्गै रहने गर्दछ अर्थात सोलुखुम्बुमा बसोबास गर्नेहरुको छुट्टै, ओलाङचुङगोलमा बसोबास गर्नेहरुको छुट्टै, तोप्केगोला र थुदाममा बसोबास गर्नेहरुको छुट्टै, चेपुवा, हटिया, चेमताङ र किमाथाङ्गामा बसोबास गर्नेहरुको छुट्टै, मनाङमा बसोबास गर्नेहरुको छुटै थर निर्धारण गरिएको हुन्छ । जहाँ बसेपनि यिनिहरुले अपनाउने पेशामा भनेचाहिँ समानता पाइने गर्दछ । सबैको मुख्य पेशा सटही व्यापार र पशुपालन हुने हुन्छ । पशुपालनमा यिनिहरु भेडा, च्याङ्ग्रा पाल्दछन् त्यस्तै व्यापारमा यिनिहरु जडीबुटी, माला तथा बालाहरु, स्थानीय घरेलु उत्पादनहरु पर्दछन् । विकट भेगमा रहेका अधिकांश भोटेहरु केही महिनाका लागि व्यापार तथा अन्य कामको सिलसिलामा मधेश झर्ने गर्दछन् र केही पैसाको जोहो गरी नुन, तेल लगायतका सामानहरु लिएर पुनः आफ्नो गाउँ फर्कने गर्दछन् ।

भोटे समुदायमा यदि युवायुवतिको मन मिलको छ भने विधीसंगत ढंगले विवाह गरिदिने गरिन्छ । केही ठाउँहरुमा सानै उमेरका केटाकेटीहरुलाई बाबुआमाले विधि पुर्याएर विवाह गरिदिने प्रचलन पनि रहि आएको छ । यिनिहरुको बहुपति विवाह प्रसङ्ग अत्यन्तै रोचक रहेको छ । त्यो केहो भने, दाजुभाइ धेरै भएको परिवारमा जेठो दाजुले सबैभन्दा पहिले विवाह गर्ने गर्दछ । जेठो दाजुले विवाह गरेर श्रीमती ल्याएपछि त्यी महिला त्यस घरमा जति दाजुभाइ छन् ती सबैकी श्रीमती हुन्छे । यसप्रकारको अनौठो प्रचलन खासगरी पूर्वको खुम्बु क्षेत्र र मुस्ताङ जिल्लामा रहेको बताइन्छ । प्राप्त स्रोतअनुसार व्यक्तिपिच्छे श्रीमती राख्दा अलग–अलग घर बनाउनुपर्ने, अलग–अलग भान्सा बनाउनुपर्ने, घर बनाउन पर्याप्त जमिन नहुने हुनाले त्यस्तो झन्झटबाट बच्न दाजुभाइ, आमाबुवाको मिलेमतोमा त्यस्तो प्रथा विकसित भएको बताइन्छ । यिनिहरुको समुदायमा हिन्दू समाजको जस्तो केटीहरुको सतित्व र कौमार्यलाई महत्व नदिइने बताइन्छ । यिनिहरुको साँस्कृतिक नाच तथा धार्मिक कार्यहरु पनि चाख लाग्दा रहेका छन्, फाल्गुण महिनामा मनाइने ‘ल्होछार’, आषाढ महिनामा मनाइने ‘रिमकु’, ‘पोटुक’, ‘योक्याटासी’ लगायतका पूजाहरु धुमधामका साथ मनाउने गर्दछन् ।

भोटे समुदायको मृत्यु संस्कार अत्यन्तै आश्चर्यजनक र फरक छ । यो जातिमा मानिस मर्दा गरिने अन्तिम संस्कार सायद नेपालमै अरुजातिसँग मिल्दैन होला । यिनिहरुको समुदायमा मान्छे मर्यो भने अन्तिम संकार गर्न लामाहरु बोलाउँदछन् । लामाहरुले मृत्तकको लासलाई आवश्यक कर्मकाण्ड सकी साईत हेरी गाड्ने, जलाउने वा टुक्राटुक्रा पारी गिद्ध वा चिललाई खुवाउने जे निर्णय दिन्छन् सोही अनुसार अन्त्येष्ठि कार्य सम्पन्न गर्ने गरिन्छ । प्राप्त स्रोतअनुसार गाड्ने, जलाउने लगायतका मृत्यू संस्कार प्रायः प्रत्येक जातिमा पाइए पनि लासलाई टुक्रा–टुक्रा पारेर गिद्ध वा चिललाई खुवाउने अनौठो प्रचलन यिनिहरुमा मात्र भएको बताइन्छ । यिनिहरु जुठो तथा बरखी बार्ने गर्दैनन् । अन्तिम संस्कारको कार्य सकिनासाथ यिनिहरुका सम्पूर्ण कार्यहरु यथावत् रुपमा चल्न थाल्दछन् ।

‘देशै रमाइलो’ गाएर हुर्रा नाच्ने मगरहरु


जनसंख्याको हिसाबले नेपालको तेश्रो ठूलो जाति र आदिबासी जनजातिहरुको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदायको बारेमा संक्षिप्त चर्चा गर्नु पहिलो केही ऐतिहासिक पृष्ठहरु पल्टाउन आवश्यक देखिन्छ ।
  • नेपालका प्रथम शहीद लखन थापा(मगर) हुन् ।
  • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा मगर हुन् ।
  • नेपालको सेनापति उपाधी पाउने पहिलो व्यक्ति विराज राना हुन् ।
  • नेपालको प्रथम महिला डिएसपी पार्वती थापा मगर हुन् ।
  • ८ औं साफ खेलकुदमा बक्सिङ्गतर्फबाट स्वर्ण पदक दिलाउने दाजुभाइ प्रकाश र रामचन्द्र थापा मगर हुन् ।
  • पहिलो मगर प्रहरी महानिरिक्षक खड्कजीत बराल मगर हुन् ।
  • हालसम्म नेपाली लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बसन्त थापा मगर हुन् ।
  • मगर समुदायबाट एसएलसी बोर्डफस्ट हुने पहिलो व्यक्ति भक्त आले हुन् ।
  • मगरभाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेखबहादुर सारुलाई चिनिन्छ ।
  • पृथ्वीनारायण शाहलाई राज्य एकिकरणताका जयन्त रानालाई हातमा पार्न निकै कठिन परेको थियो । निकैचोटी प्रयास गर्दा पनि सफल भएका थिएनन् । त्यही झोंकमा उनलाई छाला काडेर मारिएको थियो ।
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसंख्या भएका मगरहरु प्रायः सुन्दर वर्णका हुने गर्दछन् । विगत र अहिले मगर समुदायको जनसंख्यालाई हेर्दा क्रमशः बढ्दै गएको अनुमान लगाउन सकिन्छ । पाल्पा, साङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरुमा प्रमुख बसोबास रहेका यिनिहरु अर्घाखाँची, रुपन्देही, काठमाण्डौं, रामेछाप, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर लगायतका क्षेत्रहरुमा पनि बसोबास गर्दछन् । यिनिहरुको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको अनुमान लगाउन गाह्रो नपर्ने हुन्छ ।

भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो÷निलो पटुकी, गलामा पहेँलो÷हरियो पोते साथैमा कण्ठमाला÷मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरु आफ्नै भाषा बोल्ने गर्दछन् । भोट–बर्मेली भाषा अन्र्तगत पर्ने यिनिहरुको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ । मगर समुदायमा घर्ती, थापा, पुन, राना, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, असलामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका मगर लगायतका थरहरु रहेका छन् ।

मगर समुदायमा पनि अन्य जनजातिहरु जस्तै कृषि पेशामा आश्रित रहेको छ । अधिकांश मगर समुदायहरु खेती–किसानी गर्दछन् । घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन् । विकट भेकका मगरहरु डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन् । यसका साथै मगरहरु घरनिर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन् । घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरुको बाहुल्यता रहेको पाइन्छ । हालका दिनहरुमा केही शिक्षित मगरहरु हस्पिटल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनैतिक क्षेत्रहरुमा पनि संलग्न रहेको बताइन्छ ।

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ । नेवारहरु जस्तै यिनिहरु पनि साँस्कृतिक रुपमा निकै सम्पन्न छन् । अझैं पनि मगर समुदायले नाच्ने कौडा नाच, घाटु नाच, नचरी नाच, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ । विशेषतः यिनिहरुको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ । हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ । हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ । मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ । देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरुको मत छ । ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ । मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ । रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ । यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन । पश्चिममा तत्कलीन शासकहरुबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरुले यो नाच आफैँले जन्माएको बताइएको छ ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा मुढेबास रहेको बताइन्छ । हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ । धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ । धनकुटामा विशेषतः भोटेहरुले मादल बनाएर मगरहरुलाई जिम्मा लगाउने गर्दछन् । मादल पाएपछि मगरहरु सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन् । गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन् । अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरुको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन् ।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ । किनकी हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरु तम्तयार भएर बसेका हुन्छन् । नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ । त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन् । हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ । मादलेहरु, भट्याउनेहरु दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरु हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन् । यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ । यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ । ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो । यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ । यिनिहरु विवाह गर्दा आफ्नो जातभित्रै गर्ने गर्दछन् । मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन् । यिनिहरु एकै थरमा भने वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन् । पहिले–पहिले यिनिहरुले बाहुन पुरोहितलाई वैवाहिक कर्मकाण्ड गराउन लगाउने गर्दथे तर मगरहरुको संस्था लाङघाली संघले बाहनु पुरोहितबाट वैवाहिक कर्मकाण्ड नगराउने नीति लिएपछि मगरहरुकै पुरोहित ‘भुसाल’द्वारा वैवाहिक कर्मकाण्ड सम्पन्न गर्ने गरिन्छ । मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ । विवाह भईसकेपछि केटाकेटीहरु केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ । चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरुप तिरिने रुपैयाँ हो । चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ । मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ । यिनिहरु मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन् ।

मर्दा बन्दुक पड्काउने राईहरु


खासगरी 'राई Rais' जाति नभई पदवी हो । यता राई पदवी भएको थाहा पाएपछि अहिले संखुवासभा सभापोखरीका ५८ घरपरिवारका २ सय ५० जनाले जातिय पहिचान हराउन लागेको भन्दै राई थर परिवर्तन गर्ने बताएका छन् । उनिहरुले थर परिवर्तन गर्न राखेको मागप्रति जिल्ला प्रशासन कार्यालयले पनि सहमत भएको छ । उनिहरु राई थर परिवर्तन गरी वनेम लिम्बू लेख्न चाहन्छन् । संखुवासभाका करिब ५ सय घरपरिवार जातीय पहिचानको खोजीमा छन् । सो क्षेत्रमा लिम्बूहरु राई, राईहरु लिम्बू, शेर्पाहरु तामाङ्ग र तामाङ्गहरु शेर्पा थरबाट चिनिने गरेका छन् । यी सबै जातिको इच्छाअनुसार वास्तविक थर परिवर्तन गरिने प्रशासनले जनाएको छ । जनजाति महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद तामाङ्गका अनुसार थर परिवर्तनले जातिय हिसाबमा राई, लिम्बू, भोटे, शेर्पाको संख्या यकिन भएको थिएन । थर परिवर्तनपछि जनजातिका बिभिन्न थरको वास्तविक संख्या पत्ता लाग्नेछ ।

राई जातिमा अलग-अलग भाषा बोल्ने र अलग-अलग चालचलन रितिरिवाज भएका थरहरु पाइन्छन् । राईहरु कहाँबाट आएका हुन् भन्नेबारे अस्पष्ट छ । राईहरु को हुन - भन्नेमा विज्ञहरु अल्मलिएका छन् । नेपाली शब्दसागर शब्दकोषमा राई प्राचीन नेपाली भाषामा राजाहरुलाई बुझाउने कर्णाली प्रदेशको सम्मानबोधक शब्द, नेपालको किराँती एक जाति, प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने उल्लेख छ । यिनीहरु नेपालका मूल बासिन्दा हुन भन्नेमा चाहिँ कुनै द्विविधा भने छैन । पौराणिक ग्रन्थहरुमा समेत किराँत शब्दको उल्लेख भएको र नेपालमा लिच्छवीहरुको शासनभन्दा पहिले किराँतहरुको शासन भएको तथ्यले पनि यसलाई पुष्टि गर्छ । तसर्थ राईहरु नेपालका आदिबासी हुन् ।

खासगरी राईहरुको मूलथलो पूर्वी पहाडको वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भएको बताइन्छ । अर्थात इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ्ग र धनकुटा यिनीहरुको मूलथलो हो भन्न सकिन्छ । यसका साथै राईहरु सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाहरुमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन् । बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ । त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ ।

पहाडी क्षेत्रमा राईहरु घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागेअनुसार घर बनाउने गर्दछन् । यिनीहरु घरमा पूर्वतर्फएउटा र दक्षिणतर्फएउटा ढोका राखिएको हुन्छ । घरहरु अधिकांस दुईतले हुन्छन् । घरको छानो खर चित्राले छाइएको हुन्छ । गेरु र कमेरो माटोले घर लिपेका हुन्छन् ।

राईहरु प्रायः गरी सुँगुर तथा बँगुर पाल्ने गर्दछन् । यिनीहरु सुँगरका मासु अत्याधिक मात्रामा खाने गर्दछन् । जाँडरक्सी पिउने हुनाले यिनीहरुलाई 'मतुवाली' पनि भन्ने गरिन्छ । यिनीहरु आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरु लगाउँछन् । बान्तवा थरका राईमा रक्सी, बोकाको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ । जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने चलन पनि प्रशस्तै छ । यो जातिमा महिलाहरुले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला लगाएका हुन्छन् ।

राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन् । यिनीहरु गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन् । ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपहरिया राईहरुले सात दिनसम्म समूहसमूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन् । यसमा बाजीसमेत राखिएको हुन्छ । तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरुमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन् । कुनै कुनै वयस्क तरुनीहरुले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रुपमा थापिदिने पनि गर्छन् । जित्नेहरु गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन् । त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्रीभरि जाँड, रक्सी, एउटा सँगुर, ७ रुपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ । हरेक राईहरुले कम्मरमा खुकुरी भिरेकै हुन्छन् । शहरमा बस्ने राईहरुमा भने यो प्रथा भेटिदैन ।

राई जातिका केटाकेटीहरुले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह गर्ने गर्दछन् । मायाप्रेमकै सिलसिलामा केही गरी केटीले पेट बोकिहालिछ भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ र यदि गरेनछ भने पनि सुत्केरी खर्च केटाले तिर्नुपर्छ । अन्य जातिमाझैँ यो जातिमा पनि विधवा भाउजु स्याहार्ने चलन छ ।

राईहरु पनि नेवार जस्तै भूतप्रेतमा विश्वास गर्छन् । राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन् । यो भूत चूल्हो, अगेँनो र राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन् । सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन् । त्यसैले कपाल दुख्न थाल्यो भने राईहरु कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन् । यस्तो कार्यलाई राई भाषामा 'टाङ ची' भनिन्छ । वान्ता भयो भने यसले हैजाको रुप पनि लिनसक्ने विश्वास गर्दछन् । राईहरुमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन् ।

राईको मृत्यू भएपछि बन्दुक पड्काउने चलन छ । बन्दुक पड्काउनाको कारण मलामी बोलाउनु हो । बन्दुकको आवाजले मानिसहरु जम्मा हुन्छन् भन्ने धारणा छ । मानिस मरेपछि मृतकलाई कतै जलाउने कतै गाड्ने गरिन्छ । मलामी जाँदा हातमा खुँडा, खुकुरी, बन्दुक, तरबार बोकेर हाहा...हुहु... गदै लैजाने चलन छ । जलाउने र गाड्ने काम सकिएपछि जाँड चढाउने चलन छ । गाडेको लासको मुखमा बाँसको नली राखिएको हुन्छ जसबाट दिनहुँ सात दिनसम्म बाहिरबाट जाँड हाल्ने चलन छ । यिनीहरु ३, ५, ७, १० दिनमा मरेको कर्मकाण्ड सक्ने गर्दछन् ।

भित्तो फुटाएर लास निकाल्ने लेप्चाहरु


‘लेप्चा’ वा ‘लाप्चा’ जे भने पनि यिनीहरुलाई सीमान्तकृत लोपोन्मुख जाति मानिन्छ । अग्ला र मझौला कद भएका, नाक लामो तथा थेप्चो, रातो वर्ण हृष्टपुष्ट शरीर भएका यिनीहरुलाई सहनशिल र विनम्र स्वभावका एकमात्र जाति भनिन्छ । लेप्चाहरुको उत्पतिको बारेमा हालसम्म ठोस ऐतिहासिक प्रमाण उपलब्ध हुन सकेको छैन् । यिनीहरु तेह्रौ–चौधौं औं शताब्दीतिर पूर्वबाट सिक्कम पसी, त्यहीँबाट उत्तर पसेको बताउँछन् जानिफकारहरु । नेपाल एकिकरणको अभियानमा पृथ्वीनारायण शाहलाई ‘याक्ला थो’ नामका व्यक्तिले ठूलो योगदान पु¥याएका थिए । सोही योगदानको उच्च कदर गर्दै सुगौली सन्धिपछि उनलाई त्यसक्षेत्रमा पूर्वी सीमानाको रक्षा गर्न जिम्मा दिई भारतको सिक्किमबाट एक सय लेप्चा घरपरिवार ल्याई बसोबास गर्न दिइएको इतिहासकार इमानसिंह चेम्जोङ्गको मत रहेको छ ।

लेप्चाहरु आफूलाई ‘रोङ्ग’ भन्ने गर्दछन् । जसको अर्थ ‘पर्खनु वा कुर्नु’ भन्ने हुन्छ । उनिहरुका अनुसार आफ्नो सृष्टि देवता ‘छटासेथीङ्’ले देशमा भोकमरी तथा अनिकाल परेमा ३३ वटा गुप्त भण्डारबाट धन र अन्न बितरण गर्न आउने जनविश्वासका कारण आफुहरुलाई ‘रोङ्ग’ भनिएको बताउँछन् । यिनीहरुको मुख्य बसोबास भएको क्षेत्र कञ्चनजङ्घा हिमाली क्षेत्र, त्यस्तै गरी पूर्वी नेपालको इलाम, भारतको सिक्किम, दार्जिलिङ्ग र कालिम्पोङ्गलाई मानिन्छ । विशेषगरी यिनीहरु पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछन् ।

पूर्वी इलामको तामसालिङ्ग, जोगमाई, गोर्खे, पशुपतिनगर, गोदक, लक्ष्मीपुर, इरौटार, शान्तिपुर, पञ्चकन्या, फिक्कल, श्रीअन्तु, समालबुङ्क, जिर्मले लगायतका गाबिसहरुमा लेप्चाहरु अहिले पनि बसोबास गर्दै आएका छन् । प्रचीनकाल देखि नै इलाम जिल्लामा लेप्चाहरुको बसोबास भएको हुँदा त्यहाँका धेरैजसो ठाउँको नाम लेप्चा भाषाबाटै नामाकरण गरिएको छ । लेप्चा भाषामा ‘इ’ को अर्थ ‘पुत्का’ र ‘लाम’को अर्थ ‘पाइने ठाउँ’ भन्ने हुन्छ, अर्थात पुत्का ‘मह पाइने ठाउँ’ भएकोले त्यस ठाउँको नाम ‘इलाम’ रहन पुगेको भनाई छ ।

लेप्चाहरुलाई आफ्नै संस्कृति र रहनसहनमा हुर्किएको, आफ्नै भाषा भएको, कसैको जातिय संस्कृतिको प्रभावमा नपरेको जाति मानिन्छ । लेप्चाहरुलाई धनुकाँडमा पारङ्गत जाति मानिन्छ यसका साथै यिनिहरु आफ्नो प्रमुख पेशाका रुपमा पशुपालन गर्दछन् । पशुहरुमा गाई, सुँगुर र कुखुरा पाल्दछन् । चाडपर्व तथा बिहेबारीमा विशेषगरी सुँगुरको मासु प्रयोग गर्दछन् । घुयत्रो, सोला, भाला, धनुकाँडमा पारङ्गत हुने हुँदा सिकार पनि गर्ने गर्दछन् । यिनीहरुलाई ‘बातावरण संरक्षक जाति’ भन्दा पनि हुन्छ । फलफूल र कन्दमूलका बोटविरुवाहरुको संरक्षण गर्ने गर्दछन् । फुलफूल र कन्दमूल बढी मात्रामा खान्छन् । यिनिहरु जंगलमै फलफूल नसड्ने गरी सञ्चय गर्न सक्दछन् । यिनिहरु नारीलाई विशेष सम्मान गर्दछन्,कुनै पनि जनावरको पोथीलाई मार्दैनन् ।

यिनिहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन्, यससम्बन्धी एक रोचक प्राचीन प्रसङ्ग पनि छ– करिब इसापूर्व ३३०–३२० तिर यिनीहरुका राजा ‘पनु’ले राज्यभिषेकमा गोरुको रगतमा दुवै हात डुबाई ‘सारा जनतालाई बराबर ठान्नेछु, कसैलाई काखा र कसैलाई पाखा गर्नेछैन, सबैलाई बराबरीको व्यवहार गर्नेछु’ भनेर सपथ खाएका थिए रे । यसैताका देखि यिनीहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन् ।

वि.सं. २०५८ सालको जनगणनाअनुसार ३ हजार ६ सय ६० मात्र जनसंख्या रहेको यिनीहरुको मनपर्ने खाद्यन्नमा घैया(जोकुपाजो), धान(कचेर), जौ(कुन्युङ), मकै(कोङ), जुनेलो(मंकुप), कोदो(कठुकठत), फापर(तघुल) लगायतका पर्दछन् । यिनीहरुलाई जुनसुकै चाडपर्वको कर्मकाण्डमा रक्सी नभई हुँदैन । यिनीहरु रक्सीबाट शुद्धी प्राप्त हुने ठान्दछन् । यिनिहरु विशेषगरी बौद्ध धर्म मान्दछन् । तर अन्य बौद्ध धर्मालम्बीहरु जस्तै शेर्पा, तामाङ भन्दा यिनिहरुको भाषा, लिपि र संस्कारमा फरक रहेको छ । यिनिहरुका बिवाह र मृत्यू संस्कार जस्ता विधिमा आफ्नै जातीय लामा पढाउँछन् । बच्चा जन्मिएको ३ दिनमा कुखुर काटेर जाँडरक्सी र फलफुलको पञ्चामृत ‘ठ्यु’ ख्वाएर चोख्याउने गर्दछन् ।

लेप्चाहरुको बैवाहिक संस्कार रोचक रहेको छ । लेप्चाहरु सामान र गोत्रमा बिवाह गर्दैनन् । यिनीहरु बिवाहलाई आफ्नो भाषामा ‘ब्री’ भन्दछन् । जसको अर्थ हुन जान्छ ‘दुई प्राणीलाई एउटै बनाउनु’ । त्यस्तै यिनिहरुको भाषामा बेहुँलालाई ‘म्येक’ र बेहुँलीलाई ‘न्योम’ भन्दछन् । यिनीहरुको बैवाहिक संस्कार अरुजातिभन्दा फरक छ । बिवाह गर्दा बिभिन्न ७ वटा चरणहरु अपनाउनुपर्ने हुन्छ । जन्ति जाँदा बेहुँलापक्षबाट नगई बेहुँलीपक्षबाट जाने गर्दछन्, जन्ती जाँदा बेहुँली सहित १२ जना जाने गर्दछन्(अहिले यो परम्परा कसै–कसैलेमात्र लागु गरेको पाइन्छ) मागी बिवाह हो भने केटी मागेको समान्यतया डेढ वर्षदेखि तीन वर्षपछि बिवाहको काम सम्पन्न हुन्छ । त्यसबीचमा केटाले केटीकै घरमा बस्नुपर्ने हुन्छ, अनि मात्र बिवाह सम्पन्न हुन्छ र बेहुँली बेहुँलाको घर जान्छिन् । मागनी गरी सकेकी केटी यदि अर्कैकेटीसँग गएमा केटीकी बिहिनी अथवा काकाकी छोरी वा भदैनी समेत दिई डोली भर्ना गर्नुपर्ने अनौठो चलन पनि यिनिहरुमा रहेको छ ।

लेप्चाहरुको धर्म र संस्कृतिमा पनि छुट्टै पहिचान छ । विशेषगरी यिनीहरु पर्वतको पूजा गर्दछन् । पर्वतको पूजा गर्दा यिनीहरु ठूल्ठूल्ला ढुंगाको दुई समुहलाई पर्वत श्रृखंलाको प्रतिकका रुपमा ग्रहण गर्दै पूज्दछन् । सिक्किममा लेप्चाहरु १५ दिनसम्म अनेकौं मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर ‘नामआल नामवन’ पर्व अर्थात् नयाँ वर्षलाई धुमधामसँग मनाउने गर्दछन् । यसपाली भने सिक्किमका लेप्चाहरु आफ्नो छुट्टै राज्य र अधिकारको ग्यारेण्टीको माग गर्दै मनाएका छन् । त्यस्तै पूर्वी इलामका लेप्चाहरु गाउँ–गाउँमा आफ्नो जातिय पोशाक ‘दाम्प्रा दामबोन’मा सजिएर नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

लेप्चाहरुको मृत्यू संस्कार पनि रोचकै छ । यिनिहरुको समाजमा मानिसको मृत्यू भएपछि घरको ढोकाबाट मृतकलाई बाहिर निकाल्दैनन् । अर्कै ठाउँमा भित्तो फुटाएर लास बाहिर निकाल्छन् । यिनिहरु लासलाई जलाउने र गाड्ने दुवै गर्दछन् ।

हाल आएर यिनिहरुमा आफ्नो धर्म संस्कृति, रहनसहनको बचाउ गर्नुपर्छ भन्ने चेतना आएको छ । इलामस्थित यिनिहरुको संग्राहलयमा ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका बस्तुहरु राखिएको छ । इलाम महोत्सबसँगै स्थापना गरिएको सो संग्राहलयमा प्राचीन धर्म ग्रन्थ ‘नामथार’, लिपि, ऐतिहासिक कागजपत्र, बाजागाजा, तोप, संगीन, तरबार तथा हातहतियार, दम्बुन दम्बा, जातिय पोशाक लगायतका पुरातात्विक महत्वका सामाग्रीहरु राखिएको छ । त्यहाँ दुर्लभ लेप्चा जातिको उत्थानका लागि ‘रोङ्गसेजुमढी’ नामक उत्थान मञ्च पनि स्थापना भएको बताइएको छ ।