Thursday, January 5, 2012

मोबाईलको उपयोगीता – जानी राखे राम्रो!!!

मोबाईल फोन यस्तो साधन हो जस्को प्रयोग दिनानु दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ साधन मोबाईल फोन नै हो, यसमा पाइने बिभिन्न सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको हो, यद्दपी कतिपय सुबिधाहरु सबै प्रयोगकर्ताहरुल ाई थाहा नहुन सक्छ। त्यही मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन रक्षक पनि बन्न सक्छ भन्ने कुरा सायद सबैलाई जानकारी नहुन सक्छ त्यसैले यस बारे छोटकरीमा बर्णन गर्दैछु।

१) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक भएको बेला पनि) पनिडायल गर्न सक्नु हुन्छ। यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ।

२) के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको पन्द्रअंकको नम्बर नै तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन संसारको कुनै पनिमोबाईल सेट सँग नमिल्ने किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल सेट कुनै कारण वस हराएकोखण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराह रु अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।

३) सम्झनुहोस चोरहरुले तपाईंलाई बलजफ्ती पक्रेर ATM मेसिनबाट पैसा झिक्न लगायो जुन बेला चोरहरुको सामु तपाईं मोबाईल वा अरु कुनै माध्यमले अन्य कसैसँग मद्त माग्न सकिरहेको छैन भने, यस्तो अवस्थामा चलाखीपूर्ण तरिका अपनाएर तपाईं प्रहरीको मद्त माग्न सक्नु हुनेछ। जस्को लागि तपाईंले ATM कार्डको पिनकोड नम्बरलाई उल्टोबाट डायल गर्नु पर्ने छ, जस्तै तपाईंको पिनकोड नम्बर १२३४ भए ४३२१ डायल गर्नुहोस र उल्टोबाट पिनकोड नम्बर डायल गरे पनि ATM मेसिनले तपाईंको कार्डको सही कोड नम्बर पहिचान गर्ने छ र पैसा निस्कनेछन तर यसै बेला ATM मेसिन सँगरहेको स्पेसल डिभाइस र तपाईंको मोबाईलको नेट्वोकिङ डिभाइस मिली प्रहरी कन्ट्रोल रुममा आपत्कालिन सूचना प्रदान गर्ने छ र प्रहरीले स्थान को पहिचान गरी तुरुन्त तपाईलाई उद्दार गर्ने छ।

४) यदी तपाईंले कारको चाबी कार भित्रैराखी अचानक ढोका लक गर्न पुगेको खण्डमा र स्पेयर चाबी घर मै भए के गर्नु हुन्छ? एक छीन त आपत नै पर्ला हैन? यदी कारको ढोकामा रिमोट कन्ट्रोल भए नआत्तिनुहोस, मोबाईल द्वारा समाधान लिनुहोस। यस्तो अवस्थामा तपाई आफ्नो कारको ढोका नजिकै उभिनुहोस र घरमा रहेको अन्य सदस्य सँग उहाको मोबाईलमा फोन गर्नुहोस र घरमा रहेको स्पेयर चाबीलाई उस्को मोबाईल नजिकै लगि अनलक वटन दबाउन लगाउनुहोस, त्यसो गरेमा तपाईको कारको ढोका खुल्ने छ, भएन त समाधान!!!

५) यदी तपाईंको मोबाईल सेटको ब्याट्री एकदमै कमजोर वा काम गर्न नसक्ने अवस्थामा छ तर सोही समयमा तपाइलाई ईमर्जेन्सी फोन गर्नु पर्‍योभने के गर्नुहुन्छ? यस्तो अवस्थामा मोबाईलको कि प्याडमा *३३७०# डायल गर्नुस्, तपाईंको मोबाईलमा रहेको रीजर्ब ब्याट्री सन्चालन हुने छ, जस बाट तपाईंले आफ्नो खतरा टाल्नु सक्नु हुनेछ।

No comments: