Wednesday, January 11, 2012

गूगल मा आफ्नो खोजलाई परिस्क्रित गर्ने ८ वटा तरिकाहरु

गूगल हामी सबैको साथी , यसले हामीलाई जुनै  विधाको बारेमा पनि जानकारी लिनमा मदत गर्दछ / शायद गूगल बिना संसार निकै नै पछाडी हुन्थ्यो होला/ यसमा हामी कुनै कुरो खोज्दा त्यो शब्दलाइ search box मा type गर्दछौं तर कतिपल्ट आफुले खोजेको कुरो नपाऊन पनि सकिन्छ कि त गूगल ले हामीले खोजेको भन्दा अरु अरु नै असान्दर्भिक कुरा हरु देखाउन  थाल्दछ अनि हामीले  फेरी शब्दहरु फेरी फेरी  type गर्न पर्छ जबसम्म आफुले खोजेको कुरो निक्लिदैन/ आउनुहोस अब expert तरिकाले गूगल search गर्न हामी पनि सिकौं/


१) सटिक वाक्यांस ( Explicit Phrase )             जस्तै तपाइलाई internet marketing  को बारेमा खोज्न मन छ भने सिधै internet marketing टाइप गर्नुको साटो यो phrase लाइ double inverted commas "----" ले बन्द गरिदिनुहोस /
उदाहरण : "internet marketing "
२)शब्द हरुलाई समाबेस नगर्नुहोस( Exclude Words )      जस्तै तपाई  internet marketing को बारेमा खोज्न चाहनुहुन्छ तर त्यसभित्र भएको बिज्ञापन(advertising ) लाइ प्राथमिकता दिन चाहनु हुन्न भने  जुन वाक्य लाई  तपाई गूगल ले आफ्नो खोज मा नदेखावोस भन्न चाहनुहुन्छ , त्यो शब्दको अगाडी "-" चिन्ह को प्रयोग गर्न सक्नु हुन्छ /
उदाहरण : internet  marketing -advertising 
३) बिशेष साईट मा खोज्दा (Specific Site Search    कुनै साईट मा आफ्नो खोजको केहि सन्दर्भ सामग्री खोज्दा ( त्यो साईटमा Search गर्ने सुबिधा नभएपनि )  Site:वेब साइटको नाम.com प्रयोग गर्न सक्नु हुन्छ /
उदाहरण: "internet marketing " site:pakhribasupdates .blogspot .com 
४) एकै प्रकारका शब्द हरु खोज्नु पर्दा (Similar  Words  and  Synonyms  )          तपाई आफ्नो खोजमा एकै अर्थ लाग्ने शब्द हरु पनि भेटाउन चाहनुहुन्छ भने त्यो शब्द को अगाडी "~" चिन्हको प्रयोग गर्नुहोस/
उदाहरण: "internet  marketing " ~professional 
५) बिशेष document को प्रकार (Specific Document Type )     कुनै बिशेष प्रकार को फाइल हरु खोज्नु पर्दा filetype: को प्रयोग गर्नुहोस/
उदाहरण : Power Point   presentation खोज्दै हुनुहुन्छ  भने "internet  marketing " filetype :ppt टाईप गर्नुहोस   6) यो कि त्यो (This  or  That )       गूगललाइ तपाई जे खोज्ने सुझाब दिनुहुन्छ , त्यसले त्यहि नै खोज्छ  तर तपाइले आफ्नो खोज संग सम्बन्धित अरु पनि खोज्न मन छ भने आफ्नो खोज हरुको बिचमा OR  थप्न सक्नुहुन्छ / OR जहिले पनि capital letters मा हुनुपर्छ /
उदाहरण :internet marketing OR advertising
७) फोन सुची (Phone Listing)          तपाइलाई कसैले फोन गर्यो तर तपाइले त्यो नम्बर चिन्नु भएको छैन भने गूगल मा भएको  phonebook feature  प्रयोग गर्न सक्नु हुन्छ /यो सुबिधा देश पछि फरक हुन सक्छ / 
उदाहरण : phonebook:9807373898
८) Calculator                 ठुलो ठुलो हिसाब गर्नु पर्दा Calculator खोजिरहनु  पर्दैन , गूगल कै खोज बाकस मा नम्बरहरु  type गर्दा हुन्छ /
उदाहरण : 48938939*८७८९८४

No comments: