Showing posts with label कबीता. Show all posts
Showing posts with label कबीता. Show all posts

Saturday, June 4, 2011

महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)

लक्ष्मी प्रसाद देवकोटा
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

कवी शीरोमणी लेखनाथ पौड्याल जीवनी

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
पौडयालले र्सवप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्नपितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्‍याएका थिए ।
पौड्याल आफू पन्ध्र वर्षको हुँदाकाठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनिआबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिनगए, तर उनी फेल भए । त्यसपछिउनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनीपण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।
पौड्याल पठनपाठनमानभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदैतराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिरलागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसारत्यसैताका “हलन्त बहिष्कारअभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछिपौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररीटेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए।
राणाका सन्तान पढाउनथालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनलेआफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नैभीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमाबल्लबल्ल लागेको घाम पनि अस्तायो ।
शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनिशारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले ।त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाकोराणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाईचाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपालीकाङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शनगरेका थिए ।
२००८ सालअसार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँआजीवन भत्ता प्रदान गरेका थिए ।
लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथमआफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ”मेरा पूज्य गुरू ! तपाईंले मेरा हातसमाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।”
कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नोशिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिकसङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवैमिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोकपुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदात्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपालीभाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमाकाठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालकाहातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यसघटनाको खुशियालीमा पौड्याल रोएका थिए ।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तमकुँवरले लेखेका छन् “२०११ पुस२० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दैठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइनसारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगतयोगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूपउनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो।
महाकवि देवकोटाका जोडले पौडयाल नेपालएकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाईनपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्‍याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए “तीऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनिसदस्यमा मनोनीत भए ।
पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनकामनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालकामन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दापहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिकनेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।
पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाईगर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनकोबिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्याललेभने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”
राणाकालीन युगमा खुलेर साहित्य लेख्नपाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमासुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफैभन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो ।तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
पौडयालले दुई जनासँग बिहे गरे ।उनका छोरा अनन्त पौडयाल नेपालसरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवीभट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।
पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो ।खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेकोथियो; त्यसैले उनी एउटाआँखामात्र देख्थे ।
२०२२ सालमा पौडयाल तीर्थ गर्न बनारस लागे । तरभारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । उनको त्यो समाचार राजा महेन्द्रलेसुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट्बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपालीसाहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।

Wednesday, February 23, 2011

माया (love) किन हुन्छ ?

'लभ' (Love) को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमीका बीच आकर्षण ? यस्ता प्रश्नहरूको उत्तर पाउन वैज्ञानिकहरूले कयौँ प्रयास गरेका छन । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच 'इमोसन' र त्यसमा परिवर्तनको मुख्य कारण हो - शरीरमा हुनेरासायनिक तत्व
'लभ' का बिभिन्न बेग्लाबेग्लै चरणहरू ( इन्फेचुएसन, कडलिङ्ग , एट्रेक्सन ) यहाँसम्म कि विश्वासघात (विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ । वैज्ञनिकहरूका अनुसार आकर्षण वस्तुत: यो न्युरोकेमिकल का भर्चुअल एक्सप्लोजन सरह हुन्छ । 'पिइए' एक केमिकल हो जसले नर्भ सेल्स माझ सुचनाको प्रवाह बढाउँदछ । यो रसायनमा डोपामाइन र नोरिफिनेराइन नामक दुई रसायनहरूले बडो रोचक काम गर्दछन । डोपामाइनले गुड फिल को अनुभुति दिलाउँछ तथा नोरिफिनेराइनले एड्रिनलको उत्पादन बढाउँछ । कसैलाई हेर्दा बढ्ने मुटुको धड्कन यि रसायनकै काम हुन । यी तीनटै रसायनले संयुक्तरूपमा काम गर्दछ । यसैकारणले नयाँ प्रेमीले आफुलाई हावामा उडिरहेको तथा एकदमै ऊर्जा पाएका अनुभव गर्दछ ।
कसैसँग कडल-अप गर्ने मन त्यसै हुदैंन । अक्सिटोसिन जसलाई कडलिग केमिकल पनि भनिन्छ । यो त्यसैको कारण हो । अक्सिटोसिन मदरहुडसँग सम्बद्ध रहेको पनि मानिन्छ तर यसले महिला पुरूष दुवैलाइ बढी कुल र एक अर्काको अनुभबलाई संवेदनशील पनि बनाउँदछ । सेक्सुअल भावनामा पनि यसको खास भूमिका हुन्छ । प्रेमी-प्रेमीकाको तस्विर हेर्नु , त्यसबारे सोँच्नुदेखि आवाज सुन्ने , खास एपिरियेन्स सम्मले तपाईको शरिरका अक्सिटोसिनका उत्पादन बढाउन सक्छ । यदि प्रेमी उपस्थित छ भने यही हार्मोनले एक अर्कालाई अँगालो हाल्न प्रेरित गर्दछ । इन्फेचुएसन कम हुनासाथ रसायनको एक नयाँ समुहले टेकओभर गर्दछ , जसलाई इन्डोफिन्स (खुसी बनाउने रसायन पनि भनिन्छ)ले सिर्जना गर्दछ । यो पीइएझै उत्तेजक हुदैन तर बढी एक्टिभ र कुल गर्ने हुन्छ । यसैले गर्दा इन्फेचुएसनपछि मायको अर्को चरण अर्थात एटेचमेन्टमा अन्तरङ्गता सँगसँगै , विश्वास , न्यानोपन एवम् सगैँ समय बिताउने जस्तो भावना विकसित हुन्छ । जति यी रसायनको बानी बस्दछ त्यति नै प्रेमी-प्रेमिकालाई एक अर्काबाट टाढिन मुश्किल हुन्छ । यसै कारणले लामो सम्बन्ध टुट्न मानिसलाई असह्य हुने गर्छ । यसको कारण यी रसायनको बानी हो ।