Monday, May 16, 2011

Type in Nepali Unicode Without Using Any Internet Connection

Type in Nepali Unicode Without Using Any Internet Connection



हजुरहरुको धेरै साथीहरुले Faceook , Hi5, Myspace जस्ता बिभिन्न social networking website मा नेपालीमा नै आफ्नो भनाइ (status) र कमेन्टहरु लेखेको त यहाँहरुले ख्याल गर्नु भएकै छ होला र हजुरहरु मध्ये धेरैलाई सुरुसुरुमा अचम्म पनि लाग्यो होला ।

यस्तो सेवा प्रदान गर्ने थुप्रै वेबसाइट हरु छन् । तर त्यसको लागि इन्टरनेट सेवा उपलब्ध हुनुपर्छ तर आज म हजुर लै एउटा यस्तो Software को बारेमा बताउन गइ रहेको छु । जसको सहायताले हजुरले बिना कुनै इन्टरनेट Connection पनि Unicode नेपाली मा Type गर्न सक्नुहुन्छ । यसको लागि सर्बप्रथम यहाँ क्लिक गर्नुहोश अनि

2. त्यसपछी खुल्ने पेज मा रहेको Smart, easy to use and intuitive! को मुनि Choose Your IME Language मा Nepali Language Choose गर्नुहोश .

3. त्यसपछी Download Google IME मा
...
..
क्लिक गर्नुहोश ।

4. Software Download भएपछी इन्स्टल गर्नुहोश जुन कि निकै सजिलो छ ।

5. अब Unicode Nepali  मा Type  गर्न

(a) Click on start.
(b) Click on Run.
(c) Type Write On the Run Box
(d) press Enter..
(e) Press Alt+Shift Button at the same time.

6.  यति गरे पछी Font मा Mangal मा Change हुन्छ अनि हजुर ले Unicode Nepali  मा Type  गर्न सक्नुहुनेछ त्यो पनि Without any Internet Connection.

Sunday, May 15, 2011

फेसबुकको नयाँ सुविधा : कसले, कहिले, कहाँबाट तपाईको अकाउण्ट प्रयोग गरे ?

फेसबुकको नयाँ सुविधा : कसले, कहिले, कहाँबाट तपाईको अकाउण्ट प्रयोग गरे ?

सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले कुनै एक व्यक्तिको खाता अरु कतैबाट सञ्चालन भएको छ कि छैन हेर्न सकिने र आफ्नो जानकारी बाहेक अरु ठाउँबाट चलेको भए लगआउट गर्न सकिने सुविधा दिन थालेको छ। शनिबारदेखि सबै प्रयोगकर्तालाई फेसबुकले यो नयाँ सुरक्षा सुविधा थपेको हो। यसअघि केही प्रयोगकर्ताले मात्र यो सुविधा पाएका थिए।
यो सुविधा विशेष गरी अर्काको कम्प्युटर वा साइबरमा गएर अथवा आफ्नो कार्यालयको कम्प्युटरमा लग इन गर्ने तर लगआउट गर्न बिर्सनेहरुका लागि उपयुक्त हुन्छ। तपाईँको पासवर्ड अरु कसैलाई थाहा छ भने कुन ठाउँबाट कुन कुन बेला तपाईँको जानकारी बिना उनीहरुले लग इन गरे भन्ने जानकारी पनि तपाईँले सजिलै पाउन सक्नुहुनेछ।
यदि कुनै नयाँ कम्प्युटर वा मोबाइलबाट तपाईँको खातामा लगइन भयो भने हुने बित्तिकै एसएमएस वा इमेलबाट त्यसको जानकारी पाउने सेटिङ मिलाउने सुविधा पनि फेसबुकले थपेको छ।
यसका लागि तपाईँको फेसबुकको दायाँ छेउको माथि रहेको एकाउन्टमा क्लिक गरी त्यसबाट एकाउन्ट सेटिङ्ग्समा क्लिक गर्नुपर्छ। त्यसपछि एकाउन्ट सेक्युरिटी नजिकैको चेन्ज लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ।

त्यहाँ तपाईँको खाताका पछिल्ला गतिविधि देखिन्छ। यदि तपाईँको जानकारी बिना त्यहाँ लग इन भइरहेको रहेछ भने इन्ड एक्टिभिटीमा क्लिक गरेर लग आउट गर्न सक्नुहुन्छ। त्यसैगरी एसएमएस वा इमेलबाट सूचना पाउनका लागि अन वा अफ छान्ने सुविधा पनि त्यहाँ हुन्छ।

Monday, April 25, 2011

फुर्सदमा उपयोगी साइट

फुर्सदमा उपयोगी साइट


कुनै-कुनै साइट यस्ता छन्, जसको प्रयोग गर्दा ज्ञान बढ्नुका साथै मनोरञ्जन पनि हुन्छ।

एसएलसी परीक्षा सकियो। पुस्तकबाट केही समयका लागि छुट्कारा मिलेको छ। अब छुट्टी अन र टेन्सन अफ भएको छ। फुर्सदको समयमा  अनलाइनमा झुम्मिनु अहिले सबै विद्यार्थीका लागि सामान्य भैसकेको छ। त्यो फुर्सदको अनलाइन बसाइलाई पनि प्रभावकारी बनाउन सकिन्छ।

आफ्ना विभिन्न रुचि पूरा गर्न विभिन्न स्थानमा पुग्नुपर्छ। त्यसका लागि खर्च पनि धेरै लाग्छ, तर यो फुर्सदमा ती रुचिसँग सम्बन्धित  जानकारी अनलाइनमार्फत नै प्राप्त गर्न सकिन्छ। अनलाइनमार्फत जानकारी दिने धेरै साइट उपलब्ध छन्। तीमध्ये फरक फरक रुचि पूरा गर्न  उपलब्ध साइटसम्बन्धी केही जानकारीः

guitarplayerworld.com

गितार सिक्न चाहनेहरूले नियमित रूपमा कक्षा लिनु आवश्यक छैन। यसका लागि यो साइटमार्फत अनलाइन पनि सिक्न सकिन्छ। यसमा  सिलसिलेवार रूपमा गितार बजाउने विधि सिक्न सकिन्छ। यसमा गितारसँग सम्बन्धित विभिन्न टेक्निक, जस्तै— गितार ट्याब्स, गितार प्रो फाइल्स, एमपीथ्री फाइल्स, सफ्टवेयर आदिका बारेमा समेत जानकारी उपलब्ध छ। यसको सफ्टवेयर आफ्नो कम्प्युटरमा डाउनलोड पनि  गर्न सकिन्छ।

sketchup.google.com

चित्र वा स्केच बनाउन सिक्नेहरूका लागि यो साइट एकदमै उपयोगी छ। युवापुस्ताका बीच यो साइट लोकप्रिय पनि छ। यसले थ्रीडी मोडल  क्रिएट गर्न पनि सिकाउँछ। यो साइटको सहयोगमा विभिन्न टुल्स प्रयोग गरी आफूलाई मन पर्ने स्केच बनाउन सकिन्छ।

cartoonster.com

यो साइटले अनलाइन एनिमेसन ट्युटोरियल उपलब्ध गराउँछ। यसको मदतले एनिमेसन टुल्स तयार गर्न सकिन्छ। यसमा विभिन्न च्याप्टर  छन्, जसले विभिन्न क्यारेक्टरको चित्र बनाउन र त्यसलाई एनिमेट गर्न सिकाउँछ। यसका लागि प्रयोगकर्ताले एउटा आइडी र पासवर्ड छनोट  गर्नुपर्छ।

teensforplanetearth.org

वातावरण जोगाउने नारा अहिले निकै लोकप्रिय छ। यो साइटको सहयोगले हामी पनि उक्त अभियानमा सामेल हुन सक्छौ। पृथ्वीलाई  प्रदूषणबाट बचाउन कुनै पनि  प्रोजेक्ट छनोट गरी त्यसमा सामेल हुन सकिन्छ।

ज्ञान र मनोरञ्जन एकसाथ

कुनै-कुनै साइट यस्ता छन्, जसको प्रयोग गर्दा ज्ञान बढ्नुका साथै मनोरञ्जन पनि हुन्छ। यी साइटमा भएका विभिन्न प्रकारका खेल वा प्रो ग्रामलाई कम्प्युटरमा डाउनलोड गरी फुर्सदमा उपयोग गर्न सकिन्छ, जसमा पजल, थ्रीडी वा सुटिङ गेम आदि हुन  सक्छन्।

इन्टरनेट अहिले मानिसका लागि अभिन्न अंग भैसकेको छ। यसको सहयोगले धेरै काम गर्न सकिन्छ, संसार बुझ्न सकिन्छ। साथीभाइहरूसँग  विभिन्न अनावश्यक विषयमा गफ गरी समय खेर फाल्नुभन्दा यस्ता महत्त्वपूर्ण साइट अध्ययन गरे केही न केही फाइदा अवश्य हुन्छ।  इन्टरनेटमा खोजी गर्दा यस्ता विभिन्न साइट भेटिन्छन्। खोजीका लागि गुगललगायतका विभिन्न सर्च इन्जिन प्रयोग गर्न सकिन्छ। त्यसमा  आफूलाई मन लागेको विषय टाइप गरे यस्ता हजारौ साइट भेटिन्छन्। आफ्नो रुचिको विषय कुन हो र कुन साइट आफ्ना लागि उपयोगी छ  भन्ने थाहा पाउनु नै महत्त्वपुर्ण कुरा हो। त्यसैले यो लामो फुर्सदमा यस्ता साइट खोजी गरी रुचीकर विषयमा जानकारी लिए भविष्यमा फाइदा  नै हुन्छ।

Sunday, April 24, 2011

अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ

            

अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ

                                                                                 • भ्रष्टाचार
• अत्याचार
• दुराचार

अब लुकाउन सक्ने छैनन् कसैले कुनै कुरा किनकि हामी गर्नेछौँ निगरानी
नेपालीलिक्समार्फत् गर्नछौँ हामी पर्दाफास विकृति र विसंगतिविरुद्ध- सप्रमाण।
विकिलिक्सबाट प्रेरित नेपालीलिक्सको सहयोगमा माइसंसारले थाल्नेछ त्यस्ता कुराहरुको पर्दाफास, जसलाई तपाईँहरुबाट लुकाउन खोजिएको छ। किनकि पारदर्शिताले नै समाजलाई जिम्मेवार बनाउन सघाउँछ। सूचना तपाईँको अधिकार हो। त्यही अधिकारका लागि हामी डट्नेछौँ सारा जोखिम मोलेर। त्यसका लागि चाहिनेछ तपाईँको साथ

स्रोतको रक्षा गर्नेछौँ हामी

• सूचना स्रोतको रक्षा गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त हो। हामी यसलाई अविचलित रुपमा पालना गर्नेछौँ। तपाईँले दिनुहुने कुनै पनि सूचना, कागजात र अन्य प्रमाणलाई हामी गोप्य राख्‍नेछौँ। तपाईँले सामाग्री अपलोड गर्दा हाम्रो सर्भरमा तपाईँको कुनै पनि रेकर्ड रहने छैन। कुनै पनि अवस्थामा हामी सूचनाको स्रोतलाई उजागर गर्नेछैनौँ। तपाईँबाट प्राप्त सूचना, कागजात र प्रमाणलाई हामी पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको समूहले अध्ययन र विश्लेषण गर्नेछौँ र पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर समाजलाई आवश्यक ठहर्ने जानकारीलाई समाचार बनाएर माइसंसारमार्फत् पस्कनेछौँ। समाचारसँगै हामी नेपालीलिक्समा ओरिजिनल स्रोत सामाग्री पनि प्रकाशन गर्नछौँ जसबाट पाठकले समाचार र सामाग्री दुवैको विश्लेषण गरी निष्पक्ष धारणा बनाउन सकून्।

पत्रकारिताको नयाँ मोडल

विकिलिक्सले पत्रकारिताको नयाँ मोडल सुरुवात गरेको छ, जसलाई हामी पनि पछ्याउनेछौँ। हामी नाफामुखी मिडिया हैनौँ, हामी विज्ञापनका लागि औद्योगिक घरानामा भर पर्दैनौँ, त्यसैले हामीलाई विज्ञापन रोक्ने धम्की दिएर कसैले सेन्सरसिप लागू गर्न सक्ने छैनन्। सरकार, सार्वजनिक संस्था, निजी कर्पोरेट हाउस जुनसुकै ठाउँका होस्, गैरकानुनी काम- भ्रष्टाचार, दुराचार हामी पर्दाफास गर्नेछौँ।

म कसरी सहयोग गर्न सक्छु त ?

• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्‍यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्‍यो।
तपाईँसित भएका जानकारी र प्रमाण पठाउन क्लिक गर्नुस् नेपालीलिक्स डट कम।

कसरी पठाउने ?

प्रमाण पठाउन यो पेजमा क्लिक गर्नुस्। अनि तलको फोटोमा देखाइएको निर्देशन पालना गर्नुस्।



Thursday, March 31, 2011

Top 50 Sites in Nepal

वेबसाईटहरु सम्बन्धी गतिबिधी हेर्ने साईट Alexa.com को पछिल्लो तथ्याँक अनुसार नेपालमा सबैभन्दा धेरै खोलिने (हेरिने) Top 50 वेबसाईटहरुको लिस्ट यसप्रकार रहेका छन । यो लिस्टमा नेपाल बाट नै सन्चालित केही वेबसाईटहरु बाहेक worldwide रुपमा प्रचलित वेबसाईटहरु परेका छन । तपाईंहरु पनि एकचोटी check गर्ने कि ?

1. facebook.com
A social utility that connects people, to keep up with friends, upload photos, share links and videos.
2. google.com

Enables users to search the Web, Usenet, and images. Features include PageRank, caching and translation of results, and an option to find similar pages. The company's focus is developing search technology.
3. google.com.np
4. yahoo.com Personalized content and search options. Chatrooms, free e-mail, clubs, and pager.
5. live.com Search engine from Microsoft.
6. youtube.com
YouTube is a way to get your videos to the people who matter to you. Upload, tag and share your videos worldwide!
7. blogger.com Free, automated weblog publishing tool that sends updates to a site via FTP.
8. nagariknews.com Online Nepali News Portal..
9. wikipedia.org An online collaborative encyclopedia.
10. ekantipur.com
11. msn.com Dialup access and content provider.
12. twitter.com Social networking and microblogging service utilising instant messaging, SMS or a web interface.
13. cricinfo.com

International cricket news, live scores, photos, columns and player profiles. Provides archive scorecards, statistics database, ratings and email newsletter. Part of ESPN International. UK.
14. wordpress.com

Free blogs managed by the developers of the WordPress software. Includes custom design template, integrated statistics, automatic spam protection and other features.
15. myrepublica.com Frequently updated news portal containing news and opinion on political affairs, social affairs lifestyle, entertainment, sports and international issue.
16. bbc.co.uk

Headline ticker will automatically update throughout the day with the latest news, sport, trav, finance and weather from the BBC. Available for multiple OS platforms.
17. nepalnews.com Features news, weather and links to newspapers and other news sources for the country.
18. cybersansar.com
19. ntc.net.np Information on Internet access services and a coverage map.
20. microsoft.com Main site for product information, support, and news.
21. bing.com
22. flickr.com Picture galleries available with chat, groups, and photo ratings.
23. hi5.com One of the world's largest social networks.
24. mysansar.com Mysansar is a popuar Nepali blog founded in 2005.
25. explorehimalaya.com Trekking adventures in Nepal, Tibet, Bhutan and India.
26. thehimalayantimes.com Includes News, views, and articles from the largest selling English Daily in Nepal.
27. linkedin.com
A networking tool to find connections to recommended job candidates, industry experts and business partners. Allows registered users to maintain a list of contact details of people they know and trust in business.
28. onlinekhabar.com
29. jobsnepal.com
Provides recruiting solutions for employers and job seekers. Search for jobs by category, salary or company.
30. about.com Directory features links, articles and reviews.
31. rapidshare.com

Users can upload up to 100 meg files for sharing. Provides downloads of 100 megs per hour on the free service. Premium service also available.
32. travian.com

Build a successful town with competition from neighbors. Contains instructions, FAQ, chat, and forums.
33. mozilla.com
34. google.co.uk
The local version of this pre-eminent search engine, offering UK-specific pages as well as world results.
35. thikthak.com

Thikthak.com from Pokhara exibit Celebrities, Music, Events, Wallpaper, Article, interview, hollywood bollywood buzz and Videos. It is an internet magazine with a huge collection of photos.
36. cnet.com Reviews, news, and prices on tech products, as well as free downloads and newsletters.
37. digg.com

Technology focused news site where the stories are chosen by community members rather than editors.
38. indiatimes.com Portal site; includes news stories under subject headings, and links to other information sources.
39. merojob.com

Simplifying Your Job Search. Merojob.com is career management site in Nepal. Find career opportunities in top companies. Post your resume, search jobs and find your job Now ! Search Jobs in Nepal, Kathmandu, Bhaktapur, Bhairahawa.
40. digitalpoint.com Offering the largest webmaster forum, toolset and marketplace on the net.
41. dainikee.com Nepali language news portal with news on politics, business, economy and sports.
42. mazzako.com
43. songs.pk

Download songs of each and every genre, download songs of bollywood, hollywood, pop and . y... ou can even download whole albums please also visit http://www.pakarena.co.cc \r\nand\r\nhttp://pakarena.co.cc/bolly%20songs.htm
44. 1e100.net
45. nibl.com.np
46. joomla.org Open Source Content Management System. [Open Source, GPL].
47. nayapatrika.com
48. chapagain.com.np
49. ncell.com.np
50. fursad.com An online entertainment magazine offering photos, music and articles.

Sunday, March 27, 2011

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपाल राज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो ।
 भूगोल
 नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु पाउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ । नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पुर्बी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
 इतिहास

राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
 नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाई अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।
 यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाई महत्वपुर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो । तसर्थ नेपालको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपुर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज पृथ्वीनारायण शाहबाट वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपुर्ण समय नुवाकोट मै व्यतित भएको थियो ।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपुर्ण मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मार्ग भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरिद जस्ता व्यापक तयारीले लडाँइलाई सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
 बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
 नामाकरण
 नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ ।
 प्रशासन
 प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगरपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।

अञ्चल: बागमती अञ्चल
सदरमुकाम: बिदुर,
क्षेत्रफल: १,१२१ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ६१
नगरपालिका(हरू): बिदुर,
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ३
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: तामाङ्,नेवार,क्षेत्री,ब्रामण,कामी,मगर आदि
प्रमुख भाषाहरू: नेपाली,तामाङ्,नेवारी,मगर आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१०

Friday, March 4, 2011

फेसबुक ग्रुपमा भएको कुनै पनि गवितिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउनु बनाउन चाहनु हुन्छ ? Posted on

फेसबुकको ‘MADANPUR.BLOGSPOT.COM’ मा सामेल हुनु हुने मित्रहरुलाई एउटा जानकारी गराउन चाहान्छु ! तपाईहरुलाई यो  (MADANPUR.BLOGSPOT.COM) हरेक गतिविधिहरुको नोटिफिकेसनको  मेसेज  तपाइको मेल बक्स आएर (मेल बक्स भरिएर ) दिक्क लगाएको छ भने !
त्यो मेसेज तपाइको इमेल बक्समा नआउने बनाउने हो कि ? यदि नआउने बनाउने भने यसो गर्नुस  :-
> पहिला तपाइको फेसबुकको Homeमा Click गर्नुस (त्यसको लागी तपाइको Facebook log on हुनु जरुरि छ )
> त्यस पछी देखिने पेजको लेफ्ट साइडमा “MADANPUR.BLOGSPOT.COM’ भएको ठाउमा Click गर्नुस
> अब तपाई उक्त पेजको दाया (Right) साइडको top (माथि) ‘Member’ (114)  र ‘See all’ देख्न सक्नु हुन्छ, हो त्यसको ठिक मास्तिर भएको  (Up) –“Edit Settings” मा Click गर्नुस !
> अनि यस्तो Windows बक्स आउछ
----------------------------------------------
Edit settings for कोहबरा अनलाइन
[ . ] Email notifications to: (eg: prakash.shoshit@facebook.com)
To turn off all group emails, edit your notifications settings.
  • Show this group in home navigation:AlwaysSometimesNever
  • Send me group chat messages
-----------------------------------------------
र त्यसको
" [  ] Email notifications to: (eg: prakash.shoshit@facebook.com)" भन्ने ठाउमा टिक मार्क हटाएर  (remove Tick marks ) र “Save Setting” मा Click गर्नुस ! काम तमाम !
अब देखि तपाईको मेल बक्स सधै खालि र फ्रेश लाख्नु अनि अनाबश्यक मेल चेक गरेर बस्नु पर्ने झन्जट बाट मुक्ति पाउनुस ! धन्यबाद !
नोट: यदि तपाई कुनै पनि फेसबुक ग्रुप (MADANPUR.BLOGSPOT.COMजस्तै अरु पनि कुनै ग्रुप ) मा सामेल हुनु भएको छ भने, त्यहाँ पनि यसरि नै त्यसमा भएको गतिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउन सक्नु हुन्छ !
अनि फेसबुकको कुनै पनि नोटिफिकेशन इमेल बक्समा नआउने बनाउनको लागि तपाइको 'Account' को 'Account Setting' मा Click गर्नुस !अनि 'notification' भन्ने ठाउमा click गर्नुस अनि त्यहाँ भएको सबै [.] मार्क हटाउनुस [ ] र अन्तमा 'save setting' मा Click गर्नुस ! त्यस पछी कुनै पनि notification तपाइको मेल बक्समा आउदैन ! धन्यबाद !

इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने यो लिंकको तल दीइएको लिंकको  "Smart, easy to use and intuitive!" मा गएर !
Nepali select गरेर त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !
तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !
यो लिंकमा जानुहोस : http://www.google.com/ime/transliteration/
अथवा
Download Google Transliteration Input Method (IME) दुवै एकै हो !
पुनश्च:
यो अन्य (अरु ) कुनै पनि application र Google Chrome मा सजिलै हुन्छ , Internet Explorer मा नेपाली लेख्दा > आएको ठाउमा एक पटक Click गर्नुस , अनि मज्जाले लेख्न सक्नु हुन्छ ! तर यसमा बारम्बार त्यस्तो गरि रहनु पर्छ !

तर programe install गर्ने बेलामा भने नेट हुनु जरुरि छ तर पछी नेट नभएको बेलामा पनि जुन सुकै प्रोग्राम / Application तपाइहरुले नेपाली टाइप गर्न सक्नु हुन्छ !

Thursday, March 3, 2011

परेली झिम्काईबाट थाहा हुन्छ व्यक्तित्वको रहस्य

भनिन्छ आंखा हृदयको ऐना हो । कुनैपनि व्यक्तिको हृदयको हाल उसका आंखाले बताएको हुन्छ । सांच्ची भन्ने हो भने जस्ले आंखालाई पढन जान्दछन उसले कसैको पनि हृदयको हाल सजिलैसंग सम्झन सक्छन् । आंखाको भाषा पढन त धेरैले जानेका हुन्छन तर तपाई त्यस्ता कति जना मानिसलाई जान्नुहुन्छ जो आंखाका परेला झिम्काउने तरिकाबाट उसको स्वभावलाई बताउन सक्छन् । तर ज्योतिष विज्ञानमा यो पनि संभव छ । आउनोस हामीले पनि जानौं आंखाका परेला झिम्काईबाट उस्को व्यक्तित्वको रहस्य … ।
१. पांच सेकेण्डमा एक पटक परेला झिम्काउने व्यक्ति आफ्नो जीवनबाट दुखित, वैभव र सम्बृद्धिहीन हुन्छन् ।
२. दश सेकेण्डमा परेला झिम्काउने मानिस अर्को व्यक्तिमा आश्रित रहने स्वभावका हुन्छन् र यिनीहरु आफ्नो काम अरुबाट गराएर आफुलाई खुशी अनुभव गर्छन ।
३. पन्ध्र सेकेण्डमा परेला झिम्काउनेहरु छिटो निर्णय लिन सक्ने र चतुर हुन्छन् ।
४. बीस सेकेण्डमा एक चोटी परेला झिम्काउने व्यक्तिहरु स्थिर बुद्धि भएका र प्रभावशाली हुन्छन् ।
५. पच्चिस सेकेण्डमा परेला झिम्काउनेहरु आफैमा एक अद्भूत आकर्षण भएका हुन्छन् । यिनीहरुमा सम्मोहित गर्ने क्षमता हुन्छ ।