अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ
• भ्रष्टाचार• अत्याचार
• दुराचार
स्रोतको रक्षा गर्नेछौँ हामी• सूचना स्रोतको रक्षा गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त हो। हामी यसलाई अविचलित रुपमा पालना गर्नेछौँ। तपाईँले दिनुहुने कुनै पनि सूचना, कागजात र अन्य प्रमाणलाई हामी गोप्य राख्नेछौँ। तपाईँले सामाग्री अपलोड गर्दा हाम्रो सर्भरमा तपाईँको कुनै पनि रेकर्ड रहने छैन। कुनै पनि अवस्थामा हामी सूचनाको स्रोतलाई उजागर गर्नेछैनौँ। तपाईँबाट प्राप्त सूचना, कागजात र प्रमाणलाई हामी पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको समूहले अध्ययन र विश्लेषण गर्नेछौँ र पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर समाजलाई आवश्यक ठहर्ने जानकारीलाई समाचार बनाएर माइसंसारमार्फत् पस्कनेछौँ। समाचारसँगै हामी नेपालीलिक्समा ओरिजिनल स्रोत सामाग्री पनि प्रकाशन गर्नछौँ जसबाट पाठकले समाचार र सामाग्री दुवैको विश्लेषण गरी निष्पक्ष धारणा बनाउन सकून्।पत्रकारिताको नयाँ मोडलविकिलिक्सले पत्रकारिताको नयाँ मोडल सुरुवात गरेको छ, जसलाई हामी पनि पछ्याउनेछौँ। हामी नाफामुखी मिडिया हैनौँ, हामी विज्ञापनका लागि औद्योगिक घरानामा भर पर्दैनौँ, त्यसैले हामीलाई विज्ञापन रोक्ने धम्की दिएर कसैले सेन्सरसिप लागू गर्न सक्ने छैनन्। सरकार, सार्वजनिक संस्था, निजी कर्पोरेट हाउस जुनसुकै ठाउँका होस्, गैरकानुनी काम- भ्रष्टाचार, दुराचार हामी पर्दाफास गर्नेछौँ।म कसरी सहयोग गर्न सक्छु त ?• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्याउन सक्नुहुन्छ। • नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्यो। तपाईँसित भएका जानकारी र प्रमाण पठाउन क्लिक गर्नुस् नेपालीलिक्स डट कम। कसरी पठाउने ?प्रमाण पठाउन यो पेजमा क्लिक गर्नुस्। अनि तलको फोटोमा देखाइएको निर्देशन पालना गर्नुस्। |
No comments:
Post a Comment