हामीले पनि आफ्नै भाषामा फेसबुकमा नाम लेख्ने र भित्ते लेखन वा टिप्पणी गर्नै पर्दछ भन्ने होइन तर कम्तीमा पनि राम्रा अभ्यासहरूले हामीले पछ्याउन सक्यौं भने त्यसले हामीलार्इ केहि हानी गर्दैन भन्ने मात्र हो । तपाइँ लाग्ला देवानागिरी लिपीमा आफ्नो नाम राख्दा साथीहरूले फेसबुकमा साथी बनाउन खोज्दा नाम नभेटिएला भन्ने डर तर विचलित हुनु पर्ने कारण नै छैन । तल चित्रमा प्रस्तुत गरिए झैं यहाँले आफ्नो फेसबुक खाताको व्यवस्थापन गर्न सक्नुहुन्छ ।
सबभन्दा पहिले आफ्नो फेसबुक खाता खोलेर दायाँतिरको माथिल्लो भागमा रहेको Account मा क्लिक गर्नुस र Account setting मा जानुहोस । त्यसपछि Language मा गएर Primary language मा गइ सबभन्दा अन्तिम रहेको नेपाली भाषालार्इ छनौट गर्नुस । उदाहरणको लागि तलको चित्र हेर्नुस ।
अब यति गरिसके पछि यहाँले आफ्नो देखिने नाम नेपालीमा र साथीहरूले खोज्दा सजिलोको लागी त्यहि नाम अंग्रेजीमा राख्न पनि सक्नुहुनेछ । जसको लागि तलको चित्रलार्इ ध्यानपूर्वक हेर्नुहोस र त्यहाँ देखाए अनुरूप गर्नुस ।
पहिलो नाम र थर नेपालीमा लेख्नुस साथै साथीले अंग्रेजीमा यहाँको नाम लेखेर खोज्दा यहाँलार्इ नै भेटोस् भन्ने हेतूले Alternate Name को बक्समा अंग्रेजीमा नाम लेख्नुस साथै आफूले गरेको परिवर्तनलार्इ सुरक्षित गर्नुस ।
र, अब राष्ट्रियताको सानो अंश आफूमा सुरक्षित रहेको र सधैं नेपाली भएर बाँच्ने कोशिस गरिरहेको एक नेपाली नागरिकको पहिचान फेसबुक दुनियाँका साथीहरूमाझ बाड्नुस ।
हुन्छ ???
यदि हजुरलार्इ नेपाली युनिकोडमा लेख्न आउँदैन भने तलको बक्समा रोमनमा टाइप गरी स्पेश हान्नु भयो भने कुनै पनि शब्द आफसेआंफ नेपाली युनिकोडमा बदलिन्छ । त्यसपछि त्यसलार्इ कपि गरि चाहेको स्थानमा लगेर पेस्ट गर्न सक्नुहुन्छ ।
यदि हजुरलार्इ नेपाली युनिकोडमा लेख्न आउँदैन भने तलको बक्समा रोमनमा टाइप गरी स्पेश हान्नु भयो भने कुनै पनि शब्द आफसेआंफ नेपाली युनिकोडमा बदलिन्छ । त्यसपछि त्यसलार्इ कपि गरि चाहेको स्थानमा लगेर पेस्ट गर्न सक्नुहुन्छ ।


No comments:
Post a Comment