दौरा सुरुवाल, पटुका, इष्टकोट, टोपी लगाएका पुरुष र चोलो, फरिया र पटुका बाँधेका अनि नाक, कान र घाँटीमा सुनका फुली, बुलाकी, मुद्री, तिलहरी लगाउन रुचाउने महिला सुनुवारहरुको मूलथलो बाराको सिमरौनगढ भएको बताइन्छ । हाल रामेछापको लिम्बु र खिम्ती खोला, ओखलढुङ्गा र दोलखा जिल्लाका केही भागमा यिनिहरु बसोबास गदै आएका छन् । होचो–होचो कद, बाटुलो अनुहार अनि मंगोल वर्णका सुनुवारहरुको जनसंख्या २०४८ सालको जनगणना अनुसार ४० हजार ९ सय ४३ रहेको तथ्यांक छ त्यस्तै वि.सं. २०५८ सालको जनगणनाअनुसार यिनिहरुको जनसंख्या तुलनात्मक रुपमा वृद्धि भई ९५ हजार २ सय ५८ पुगेको तथ्यांक रहेको छ ।
खासगरी खेती, किसानी, पशुपालन र सैन सेवालाई मुख्य पेशाका रुपमा अंगालेका सुनुवारहरु श्रमप्रति विश्वास राख्दछन् । यिनिहरु प्रायगरी ब्रिटिस सेना, भारतीय सेना र नेपाली सेनामा कार्यरत भएको बताइन्छ । कोहीकोहीहरु भारतका विभिन्न प्रान्तहरुमा ज्यालामजदुरी गरेर जीवनयापन गदै आइरहेको बताइन्छ । खासगरी विदेशी सेनामा कार्यरत सुनुवारहरु आर्थिक तवरले सुदृढ रहेका छन् । यस सेवाबाट बञ्चित भएकाहरुको चाहिँ अर्थिक अवस्था दयनीय नै रहेको छ । जसका लागि यिनिहरु ज्यालामजदुरी, व्यापार, खेती, किसानीमा आश्रित छन् । तुलानात्मक रुपमा हेर्दा अरु जनजातिमाझैँ यो जातिमा पनि धनी–गरिबको खाडल रहेको विश्लेषण गर्न सकिन्छ । खेतीपाती अन्र्तगत यिनिहरु धान, मकै, गहुँ, जौ, कोदो, सिमी, बोडी लगायतका बालीहरु लगाउने गर्दछन् । पशुपन्छीहरुमा प्रायजसो यिनिहरु बङ्गुर पाल्न रुचाउँछन् । जाँड–रक्सी घरमै उत्पादन हुने हुँदा बङ्गुरका लागि आवश्यक वातावरण मिलेको बताइन्छ ।
राहचे, नोवालिचा, हलोछा, जिजिचा, चाडे, ब्राचे, दुर्विचा, वामन, याता, कोगुचा, झैप्ती, दर्गचा लगायतका थरहरु भएका सुनुवारहरु मुख्यतया दशै, तिहार, कूलपूजा लगायतका चाडपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् ।
इटहरीकी भौमाया सुनुवारका अनुसार यिनिहरुमा दाजु मरेमा भाउजु स्याहार्ने चलन रहिआएको छ तर मामाचेला, फुपूचेली विवाह गर्ने भने चलन छैन । साली र सालाकी छोरीसँग विहेबारी गर्ने चलन पनि रहेको बताइन्छ । त्यस्तै मनमिलेपछि राजीखुशीका साथ केटा र केटीको प्रेमविवाह गर्ने चलन पनि छ । सुनुवारहरुमा अन्यजातिसँग विवाह गर्न वार्जित गरिएको बताइन्छ । विहेबारी गर्दा आफ्नै जातकोसँग गर्ने प्रचलन छ यदि कसैले नियम उल्लघंन गरी विवाह गरेमा क्षमा मगाएर भोज खुवाउन लगाइन्छ यदि त्यसो गर्न नमानेमा जातिच्यूत गर्ने परम्परा रहेको बताइन्छ । विवाहको सम्पूर्ण कार्यविधिहरु सुनुवार पुरोहित ‘नासो’ले गर्ने गर्दछ । वैवाहिक कार्यक्रममा जाँड, रक्सी र मासु खाएर रमाइलो गर्ने गर्दछन् ।
सुनुवारजातिमा अन्तिम संस्कार मृत्तकलाई गाड्ने र जलाउने दुवै प्रचलनमा रहेको छ । लासलाई खोलाका किनार तथा पहाड, जङ्गलका खोचहरुमा गाड्ने–जलाउने गर्दछन् ।

No comments:
Post a Comment