कतै यहाँको सामाजिक सञ्जालको खाताबाट कोही गलत नियत भएको मान्छेले दुरूपयोग गरी कोही साथीसँग सम्बन्ध त बिगारी दिएन ?
- कतै हजुरलार्इ कुनै पनि वेभसाइट खोल्दा ढिलो खोलिएर झिञ्झ्याट लाग्दो त भएको छैन ?
- वा फेसबुक भित्तामा केहि लेखेर पोस्ट नहुने वा साथीहरूकोमा प्रतिक्रिया लेख्दा पनि नआउने यस्तो समस्या त छैन ? यदि यस्ता समस्या छन् भने तल दिइए अनुसार काम गर्नुस् यहाँको टन्टै साफ !
नोट ः चित्रमा क्लिक गरी ठूलो साइजमा हेर्नुहोला ।
Internet Explorer Browser मा
- नम्बर १, तस्बिरमा देखाइए झै ब्राउजरको दाहिने कुना पट्टी भएको Tools बटनमा थिच्ने र अन्तिम रहेको Internet Options मा क्लिक गर्ने ।
- नम्बर २, त्यसपछि देखिने Display box को Browsing History मुनि रहेको Delete browsing history on exit को बक्समा क्लिक गरी Delete मा थिच्नुहोला ।
- नम्बर ३, त्यसपछि आफूलार्इ डिलिट गर्न परेका अप्सनमा क्लिक गरी पुछारमा रहेको Delete बटन थिच्नुस अब तपाइँको काम तमाम भयो ।
Google Chrome मा
- नम्बर १, गुगल क्रोमको ब्राउजर खोलिसकेपछि दाहिने पट्टी कुनामा रहेको रेन्चीको चिन्हमा क्लिक गर्नुस / त्यसपछि History मा क्लिक गर्नुस् त्यहाँ क्लिक गरेपछि तल २ नम्बर चित्रमा देखाइए झै गरी हजुरको विन्डोमा डिस्प्ले हुन्छ ।
- नम्बर २, तत्पश्चातः दाहिने पट्टी (तस्बीरमा नदेखाइएको) एउटा Edit items भन्ने बटन देख्नुहुनेछ । त्यसमा थिचेपछि देब्रेपट्टी देखिएको Clear all browsing data यहाँको विन्डोमा देखिन्छ । अब त्यसमा क्लिक गरे पछि यहाँले तल देखाएझै गरी यहाँको विन्डोमा देख्नु हुनेछ । अब यहाँको रोजाइ अनुसारको कुराहरूमा क्लिक गरी कति समयदेखिको डाटा डिलिट गर्नु पर्ने हो, आनन्दले छानेर Clear all browsing data मा क्लिक गर्नुस् ।





No comments:
Post a Comment