नेपालका अल्पसंख्यक र पछौटेपनमा रहेको जातिमध्ये थामी जाति पनि पर्ने गर्दछ । थामी जातिका बारेमा जानकारी हासिल गर्न मैले सुनसरी इटहरीका स्थायीबासी नरबहादुर थामीलाई केही कुराहरु सोधेको थिए । उनका अनुसार थामी जातिहरुको उत्पत्तिबारे किटानसाथ भन्न सकिदैन् । स्थान र व्यक्तिअनुसार उनिहरुका परिभाषा पनि फरक रहेका छन् । किम्बदन्तीअनुसार थामीहरु ठिमीका बासिन्दा भएको मानिन्छ । ठिमीबाटै एक भाइ पूर्वतिर गएर राई र लिम्बुका पूर्खा भएको तथा उनिहरु पुनः फर्केर आई पर्वत गएमा जग्गा जमिन प्रशस्त पाइन्छ भन्ने कुराको आधारमा अरु दाजु भाइलाई पनि पर्वत लैजान प्रयास गर्दा ति दाजुभाइले तिमीहरु जाओ हामी यहि थामिन्छौं भन्ने जवाफ दिएका कारण यिनीहरुलाई थामी जाति भनिएको हो । थामी जातिहरुको प्रमुख बसोबासस्थल भनेको पूर्वी नेपालको सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लाहरु हुन् । हाल आएर थामीहरु सुनसरीको इटहरी, रामपुर, धरान, मोरङ्गको बिराटनगर, झापाको दमक लगायतका क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा बसोबास बसोबास गरेको पाइन्छ ।
थामीहरुको जनसंख्या २०४८ सालको जनगणना अनुसार ९ हजार ४ सय १५ पुरुष र ९ हजार ६ सय ८८ महिला गरि जम्मा १९ हजार १ सय ३ रहेको छ । त्यसैगरि २०५८ सालको जनगणनाअनुसार यिनीहरुको जनसंख्या महिला र पुरुष गरि २२ हजार ९ सय ९९ रहेको पाइन्छ । हाल आएर यिनीहरुको संख्या घट्दो क्रममा छ । किनकी यिनीहरु थामी जाति बाहेक अरु जातीसँग बिवाह बन्धमा बाँधिएका छन् ।
थामी जातिहरुको भाषाका सम्बन्धमा पनि बिभिन्न विज्ञहरुको मत बिभिन्न प्रकारको पाइने गरेको छ । कसैले यिनीहरुको आफ्नै भाषा छ भनेका छन् भने कसैले किराँती जातिका याख्या राई र लिम्बुहरुसँग मिल्दोजुल्दो छ भनेका छन् । भाषाका साथसाथै यिनीहरुको खानपिन, भेषभुषा, वस्त्रआभूषण, चार्डपर्व, बिवाह र मृत्यू संस्कारहरु राईजातिसँग मिल्दोजुल्दो छ । खासगरि थामीजातिहरुमा तामाङ जातिहरुको प्रभाव परेको पाइन्छ । यिनीहरु तामाङ जातिसँग बिहेवारी पर्ने गरेका छन् ।
थामी जातिका मूख्य पेसा काठ मिस्त्री, मजदुरी, भारी बोक्ने, काठ चिर्ने र जंगल फडान गर्ने रहेको पाइन्छ । आफ्नो मूख्य पेसा भएकै कारण यिनीहरु जंगल फडानीमा पारङ्गत भएका छन् अर्थात अग्रपंक्तिमा छन् । थामी जातिहरु पशुपालनमा गाई, बाख्रा, कुखुरा पर्दछन् । यिनीहरु सुँगुर पाल्दैनन् किनकी यिनीहरुले सुँगुर छोएमा भूमे देवता रिसाएर अंगभंग हुने अन्धविश्वास राख्छन् तर हाल तराईतिरका ठिमाहा थामी जातिहरुले सुँगुर पनि पाल्ने गरेका छन् ।थामी जातिहरुको बिवाह प्रसंग पनि रोचक रहेको छ । यिनीहरुका बिवाह संस्कारमा जग्गेमा बसेका दुलाहादुलहीका अगाडि पुरेतले मन्त्र पढ्ने गर्दछन् । त्यसपछि केटाको भाइ भए भाइले अथवा अन्य कुनैले बेहुलाबेहुलीको ६ पटक टाउको ठोक्काई दिएपछि बिवाह सम्पन्न हुन्छ । थामी जातिहरुको मृत्यू संस्कारमा मृतकलाई जलाउने र गाड्ने दुवै गरिन्छ । जलाए पनि गाडे पनि एउटा काँसको भाडो सिरानमा राख्ने प्रचलन छ । अन्त्येष्टि सकिएपछि यिनीहरु मतुवालीझैँ जाँड रक्सी खाने गर्दछन् । यिनीहरु जुठो ३ दिन मात्र बार्छन् । जुठो बार्दा नुन, सिस्नु, कोदो, फापर भने खाने गर्दैनन् । यिनीहरुलाई चोखिदा जाँड, रक्सी र मासु अनिवार्य चाहिने हुन्छ ।

No comments:
Post a Comment