Saturday, March 21, 2009

हाम्रो रेडियो राम्रो रेडियो

नेपालमा रेडियो तरंगहरूको नाता क्रान्तिसँग छ । २००७ को क्रान्ति वरिपरि संघर्षकै मोर्चामा नेपालमा रेडियोको जन्म भयो । पछि संघर्षको मोर्चामा जन्मिएको रेडियो सरकारलाई हस्तान्तरण गरेपछि आधा शताब्दीयता सरकारको भजनकीर्तन गर्ने माध्यम बनेको छ ।

मैले प्रसंग जोड्न खोजेको दोलखाबाट गत वर्षको बसन्त ऋतुको सुरुआतमै प्रशारण आरम्भ भएको 'हाम्रो रेडियोो प्रथम वार्षिकोत्सव कार्यक्रमको हो । चैत २ गते बिहान सबेरै शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा -प्रभाकर)को झण्डावाल गाडी कोटेश्वरबाट पूर्वतर्फ हानियो । म त्यसमै झुण्डिएँ । कार्यालयमा विशाल खड्काले चरिकोट तुरुन्तै आउनु भन्ने पुर्जी अघिल्लै दिन पठाइसकेका थिए । शान्तिमन्त्रीलाई आजभोलि शान्ति स्थापना गर्ने जिम्मेवारीले एक मिनेट पनि फुर्सद छैन । वार्ता, सहमति, शान्ति उनका दैनिकी हुन् । हुन त यो संवाददाता उनको युद्धकालीन दैनिकीको पछिल्लो समय उनीसँगै थियो । युद्ध कार्यमा पनि उनको व्यस्तता उत्तिकै हुने गथ्र्यो । अहिले युद्धस्तरमा शान्ति व्यवस्थापनमा उत्तिकै व्यस्तता ।

दोलखाको भूमि नछुदै गाडीभित्रको रेडियो सेटमा 'हाम्रो रेडियो’ घन्कन थाल्यो । स्रोताहरूसँगको 'फोनइन’ कार्यक्रम थियो । ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायत पूर्वका १४/१५ जिल्लामा यसको आवाजको पहुँच थियो । दोलखा सदरमुकाम पुगेपछि दोलखाली क्रान्तिकारी जनताका नेता गंगा कार्की, देवी खड्का, विशाल खड्का, हिमाललगायत सयौं जनताले अबीर र लालीगुराँसको मालाले स्वागत गरे- उहिले उहिले युद्धमा जानुअघि र मोर्चाबाट फर्केपछि यसैगरी स्वागत गरिन्थ्यो । रेडियो टावर ठडिएको डाँडामा पुगेपछि रेडियो स्टेशन म्यानेजर बलराम खड्का, समाचार प्रमुख लक्ष्मण खड्का र धेरै धेरै सहकर्मीहरूले शान्तिमन्त्रीलाई स्वागत गरे र स्टुडियो निरीक्षण गराए । बलराम खड्का जनयुद्धकालमा पूर्वी नेपालमा सञ्चालित 'जनरेडियो’ो टिमका एक सदस्य हुन् र अहिले 'हाम्रो रडियोा स्टेशन म्यानेजर । मलाई सम्झना छ प्रभाकर २०४६ को आन्दोलनताका जनआन्दोलनको अग्रमोर्चामा थिए र 'बिगुल पत्रिका निकाल्थे । जनयुद्धकालमा लडाइाको अग्रमोर्चामा हुने प्रभाकरले क्रान्तिकारी पत्रकारिता र जनसञ्चारमाध्यमको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०६० भदौमा युद्धको अर्को मोर्चा खुलेपछि नेपाली आकाशमा जनताका रेडियो तरंग सुनिन थाले । संघर्षको मोर्चा खुलेपछि रेडियो तरंग पनि प्रभावकारी भए । मध्ये तथा सुदूरपश्चिममा जनरेडियो सञ्चालन गर्न, ओडारबाटै जनादेश साप्ताहिक प्रकाशन गर्न प्रभाकरले सुरक्षा, रासन, इन्धन सबैसबैको व्यवस्थापन पनि गरिदिए । सम्झनाताजै छ पिलीमोर्चामा जान जाजरकोट जुम्लाबीच रुरु पाटन उक्लिंदा प्रभाकर सबै युवा जनसेनालाई पछाडि पार्दै टाकुरामा भएको रेडियोमा पुगेर रेडियोको अवस्था बुझी फेरि यात्रामा अग्रमोर्चामा लाम लागिसकेका थिए । २०६२ को गण्डक यात्रामा उनकै निर्देशन र व्यवस्थापनमा हामीले पाल्पामा क्रान्तिकारी टेलिभिजन प्रशारणको अभ्यास गर्न सक्यौं ।

'प्रत्याक्रमण्ुँका एक दर्जन भिडियो सेट निर्माण भयो । अहिले विश्वले नेपाली जनयुद्धका पछिल्ला श्रव्यदृश्य हेर्न 'प्रत्याक्रमणको श्रृंखलालाई महत्त्वपूर्ण सामग्री ठान्दछ ।

यो सबै कुरा थोपर्नुको अर्थ यो हो कि संघर्षबाटै अधिकार प्राप्ति हुन्छ । सञ्चारमाध्यमको काम जनताको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु हो । चैत २ गते मध्यान्ह चरिकोटमा सुरु भएको 'हाम्रो रेडियोो उद्घाटन कार्यक्रममा बोल्दै प्रभाकरले अगाडि थपे, 'सञ्चार भनेको रक्तसञ्चार जस्तै हो । एउटा समाज जिउँदो हुन सञ्चार हुनुपर्छ । सञ्चार भनेको आन्दोलन पनि हो । 'हाम्रो रेडियोे सञ्चार आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

चरिकोट डाँडामा ठडिएको 'हाम्रो रेडियो’े जनसञ्चार आन्दोलनको नेतृत्व गरिरहेकै थियो । प्रथम वार्षिकोत्सव कार्यक्रममा टाढाटाढाका जिल्लाबाट भएको स्रोताहरूको उपस्थितिले पनि यो जनाउँथ्यो 'हाम्रो रेडियो लोककल्याणको काम पनि गरेकै छ । आफ्नो वार्षिकोत्सवका अवसरमा यो रेडियोले रक्तदान कार्यक्रम पनि गर्‍यो । जसमा १५ जना रक्तदाताले रक्तदान गरे ।

'हाम्रो रेडियो’ पूर्व उत्तर नेपालमा हुर्किदै गरेको जनताको प्यारो रेडियो हो । महान् जनयुद्धका धेरै उपलब्धिहरूमध्ये नेपाली जनसञ्चार क्षेत्रमा भएको प्रगति पनि एक हो । 'हाम्रो रेडियो’जस्तै राम्रा र प्रभावकारी दर्जनौं रेडियो अहिले देशभरि छन् । यिनले शासकहरूको होइन जनताको आवाज बुलन्द गरिरहेका छन् । वर्गसंघर्षको अग्रमोर्चामा यी रेडियोहरू उत्पीडित वर्गको आवाज बन्नेछन् र त्यो आवाज आन्दोलनमा फेरिनेछ ।

No comments: