फूल देखे फूलै राम्रो, जून देखे जूनै राम्रो। यही नै किशोरावस्थाको विशेषता हो। स्वच्छ दिमाग चञ्चल मन, तीव्र जिज्ञासा एवं सबैलाई आफूतर्फ आकषिर्त गरौं भन्ने रहर। त्यसैले पनि किशोरावस्थामा मानिसलाई राम्रो कुराले पनि आकषिर्त गर्छ, खराव कुराले पनि आकषिर्त गर्छ। जसो गर्दा अरूको आँखामा परीन्छ, त्यही गर्नु किशोरावस्थाको विशेषता हो। यो उमेरमा यो काम गर्नुहुँदैन भनेर कसैले अर्ति दियो भने त्यही काम गर्न मन लाग्छ। स्वच्छन्दता र किशोरावस्था एक-अर्काका परिपुरक हुन्।
नारी र पुरुष बराबर हुन् भन्ने चेतना आएपछि आजका किशोरीहरूमा ‘हामी पनि के कम’ भन्ने भावना जागृत भएको छ। यसले किशोरीहरूको कार्यसम्पादनमा गुणात्मक विकास भएको छ। प्रत्येक दिन किशोरीहरूले गरेका सिर्जनात्मक कार्य सञ्चारमाध्यममा देखिनु यही विकासको द्योतक हो। यद्यपि ‘हामी पनि के कम’ भन्ने भावनाले कतिपय अवस्थामा नकारात्मक प्रभाव पनि पारेको पाइन्छ। स्कुल-कलेजमा किशोरीहरूमा बढ्दै गएको दुव्र्यसन एवं यौन स्वच्छन्दताका घटना यसैको एउटा पाटो हो। विशेषगरी आफूलाई आधुनिक सभ्यताका रूपमा परिचत गराउन
स्कुल-कलेज बङ्क गर्ने, धूम्रपान-मद्यपान गर्ने एवं अन्य गलत कुरामा आकषिर्त हुने कारणले अभिभावकहरू चिन्तित हुन थालेका छन्। ‘केटाले गर्न हुने केटीले किन गर्न नहुने ?’ जस्ता प्रश्नले पुरुषले गरेका राम्रा कामप्रति कम ध्यान दिने तर गलत कामको सिको गर्ने प्रवृत्ति बढ्न थालेको छ। यसले समग्र नारी उत्थानको प्रश्नलाई पनि समस्यामा पार्ने सम्भावना छ।
खुला समाज, खुला सञ्चारका साधन एव् भू-उपग्रही सामग्रीले किशोर-किशोरीहरूलाई आकषिर्त गर्नु सामान्य कुरा हो। यसले असल एवं खराव दुवै कुरा भित्राइरहेको छ। आजको अवस्थामा यसलाई कसैले रोक्न सक्दैन तर प्राप्त सामग्रीमध्ये असल कुरालाई मात्र लिने र गलत कुरालाई अस्वीकार गर्ने वातावरण तयार पार्नु आजको हामी सबैको दायित्व हो। गलत कुरा किशोरले गरून् वा किशोरीले त्यो गलत नै हुन्छ। यसका लागि घर, स्कुल-कलेज सबैले उचित शिक्षा दिनुपर्ने पहिलो आवश्यकता हो। किशोरावस्थामा प्रत्यक्ष नैतिक शिक्षा दिँदा त्यसले उल्टो असर पार्ने विभिन्न अध्ययनले देखाएको छ। अध्ययनहरूले अभिभावक एवं शिक्षक-शिक्षिकाहरूको निकट नभएका किशोर-किशोरीहरूलाई गलत कुराले आकषिर्त गर्ने देखाएको छ। यस आधारमा गलत प्रवृत्तिको रोकथाममा पनि अभिभावक एवं शिक्षक-शिक्षिकाको सकारात्मक भूमिका अपरहिर्य देखिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शारीरकि रूपमा किशोरीहरू किशोरको तुलनामा विशिष्ट छन्। महिनावारी, जन्म दिने क्षमता एवं कम तौल किशोरीहरूको फरक विशेषता हो। गलत प्रवृत्तिले किशोरीहरूमा रहेका यी विशिष्ट क्षमतालाई हानि पनि गर्नसक्छ। त्यसैले किशोरीहरूले किशोरहरूको असल कुरामा मात्र प्रतिस्पर्धा गर्नुपर्छ।
No comments:
Post a Comment