२००७ सालमा काङ्गे्रसले कोलकातामा गठन गरेको जनमुक्ति सेनाका संस्थापक कमान्डरहरूमध्येका जीवित घाइते कमान्डर बुधसिंह गुरुङ हाल काङ्गे्रसले नसम्झेका कारण आफ्नो बेहाल भएको बताइरहनुभएको छ । बुद्धनगरको बुद्ध निवासमा बुधबार बिहान जनदिशासँगको भेटमा भन्नुभयो, 'मलाई काङ्गे्रसले सम्झेन, काङ्गे्रसका नेताहरूले सम्झेनन्, मैले मात्र सम्झेर के हुन्छ र ?’
ओछ्यानबाट उठ्न पनि नसक्ने र पाइपबाट पिसाब फेराइरहेकाले बस्ने कोठा पनि दुर्गन्धित थियो । उहाँ 'थला पर्दै जानुभएको छ
’ भन्ने थाहा पाएर महिला नेतृ शान्ता श्रेष्ठ, काङ्ग्रेस नेता रामहरी जोशी र साहित्यकार आनन्द आदित्य भेटघाटका लागि पुुग्नुभएको थियो । जतिबेला अठासी वर्षका गुरुङ ओछ्यानमा थोरै पनि हलचल नगरी जनदिशालाई भन्दै हुनुहुन्थ्यो, 'सम्झनेले नसम्झे पनि मैले एक हात र एक खुट्टा नेपाल र नेपाली जनताका लागि वीरगन्ज मोर्चामा गुमाएँ ।’ उहाँले सम्झनेले नसम्झेको भनेर काङ्गे्रसका नेता वीपी कोइराला, मातृका कोइराला, गिरिजा कोइराला, किसुनजी, गणेशमान, बलबहादुर राई, शेरबहादुर देउवालगायतका पुराना नेतालाई भन्नुभएको रहेछ । उहाँले 'यी पछिकालाई त म नै चिन्दिना, उनीहरूले चिने मात्र न हो
प्रजातन्त्र ल्याउन ज्यानलाई हत्केलामा राखेर दुई/चारवटा राइफल, पटकाहरू र गुलेली बोकेर कमान्डर थीरबम मल्लसँगै करिब ८० जना रहेको लडाकु फौजको बटालियनको कमान्डिङ गर्दै वीरगन्जमा लड्दा आफूले 'देखेको सपना सपनामै सिमित भएजस्तो
’ गरी भन्नुभयो 'उनीहरू त भेट्नै आउँदैनन् । केही सहयोगका कुरा त परै जाओस् । भेट्न खोज्दा पनि भेट दिँदैनन् ।’ उहाँका कुरा उछिन्दै गुरुङ श्रीमती आशारानीले 'यी काङ्गे्रसका नेताहरूको कुरा गरी साध्य छ र ?’ भन्दै पीडाको पोको कसरी र कतिबेला फुकाउँजस्तै गरी अगाडि भन्नुभयो, 'त्यो खुमबहादुर खड्का छ नि, खुमबहादुर Û त्यसले गृहमन्त्रालयमा भेट्नै दिएन । अलि जिद्दी गरेर भेट्दा सहयोग गर्ने पाँच पैसा छैन भनेर कुरै गर्न चाहेनन् भाइ Û हाम्रा कुरा त कसले सुन्छ र ?’ उहाँलाई ०५० सालको मन्त्रिपरिषद् बैठकले दिने भनेको ३ विघा जग्गा पनि अहिलेसम्म उपलब्ध भएको रहेनछ । सो प्रसङ्गमा श्रीमती गुरुङको तर्क थियो, 'ठाउँ तोकेर दिनुपर्ने रे
मन्त्री जोशीकै प्रस्तावअनुसार घरेडीसँगै नियमित आर्थिक सहयोग दिने भनिएको मासिक २३५० रुपियाँ कमान्डर गुरुङले पाइरहनुभएको छ । तर त्यसले त उपचार गर्नै पुग्दैन
कमान्डर गुरुङको अहिलेको अवस्था बुझेपछि महिला नेतृ शान्ता श्रेष्ठले आफूले ५ हजारबाट सहयोग राशी जम्मा गर्न लागेको बताउनुभयो भने साहित्यकार आनन्द आदित्यले आफूले खाइपाइ आएको जागिरको पाँच प्रतिशत मासिक खर्च कटाएर कमान्डर गुरुङलाई दिने सोचेको बताउन थाली हाल्नुभयो । साथै, उहाँ तीनै जनाले कुनै सहयोग कार्यक्रम आयोजना गर्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो ।
किन सम्भिइएन कमान्डर बुधसिंहलाई ?
उठाऊ साथी ढाल-दरबार
पुग्नैपर्छ सिंहदरबार, सिंहदरबार, सिंहदरबार’
को राष्ट्रिय गीत बनाएर गाउने जनमुक्ति सेनाहरूलाई दिल्ली सम्झौतापछि बनेको सरकारले ००७ फागुन २७ गते रक्षा दलमा परिणत गर्ने र त्यसलाई मुलुकको अर्धसैनिक बलका रूपमा सङ्गठित गर्ने निर्णय गर्यो । जनमुtmि सेनाका प्रमुख मेजरहरू पूर्णसिंह ठाकुर, ज्ञानबहादुर सुब्बा र थीरबम मल्ल थिए । मल्ल वीरगन्जको सङ्घर्षमा सहिद भए पनि, ठाकुर र सुब्बालाई कमान्डर बनाउनुको सट्टा नोदविक्रम शाहलाई रक्षा दलको कमान्डर बनाइयो । ००७ सालकै सशस्त्र सङ्घर्षमा सहभागी कमान्डर श्याम तामाङका अनुसार यहीबाट जनमुक्ति सेना विघटन गर्ने काम भयो ।
इतिहासका विद्यार्थीहरूका अनुसार कमान्डर पूर्णसिंह ठाकुरलाई नवगठित रक्षा दल र काङ्गे्रसबाट अलग गरियो भने अर्का कमान्डर ज्ञानबहादुर सुब्बालाई 'ग
सम्पूर्ण जनमुक्ति सेनाको व्यवस्थापनका सन्दर्भमा यो भए पनि घाइते कमान्डर बुधसिंहको कहानी भने अर्कैछ । गुरुङ श्रीमती आशारानीले 'उहाँ -श्रीमान्) घाइते भएपछि हामी कोलकातामै थियौं । राजा त्रिभुवन स्वीजरल्यान्ड जाने बेलामा भेटेर एउटा चिठ्ठी लेखेर दिएँ । बुधसिंह तिमी यहाँ बसेर कसले चिन्छ र ? तिमीले नेपालका लागि लडेकाले नेपाल जाऊ । तिमीलाई बस्ने खाने बन्दोबस्त गरी दिन्छु भनेकाले यहाँ आयौं । केही पनि भएन । तर हिम्मत नहारेर बुधसिंहले स्वाभिमानपूर्वक सयौं केटाकेटीलाई ट्युसन पढाएर परिवार पाल्नुभयो बाबु
बुधसिंहको जिउँदो इतिहास
बुधसिंह गुरुङ काङ्गे्रसले जनमुक्ति सेना गठन गर्दाका कमान्डर पूर्णसिंह ठाकुर, ज्ञानबहादुर सुब्बा -जीवी याक्थुम्बा), दिलमानसिंह थापामगर, छत्रबहादुर राई -सिवी वान्तवा), नरेन्द्र लामा, श्याम तामाङ, दिलबहादुर राई, मानबहादुर राई, वीरजङ्ग घले, रामप्रसाद थापामगर, गुलामसिंह थापामगर, दिलबहादुर क्षेत्री, दानबहादुर क्षेत्री, छविलाल नेपाली, रामसिंह नेपाली, बाबुलाल मोक्तान, डिकमान लामा, हर्षबर्द्धन लामा र लोकबहादुर राना -तामाङ) मध्ये एक हुनुहुन्छ ।
उहाँलाई कोलकातामा काङ्गे्रसका वीपी कोइराला, सुवर्ण शम्शेरले कोठामा बोलाएर सबै मिलेर लडौं, नेपाल राणा शासनबाट मुक्त गर्न पर्यो भनेको कुरा हिजो जस्तो मान्ने श्रीमती गुरुङले भन्नुभयो, 'त्यसपछि उहाँ -श्रीमान्)ले जनमुक्ति सेनालाई तालिम दिन थाल्नुभयो ।’ हाम्रो नेपाल मुक्त गर्न जाऊ’ भनेर दार्जलिङ कोलकाताबाट ट्रकका ट्रक युवाहरू नेपालको सङ्घर्षमा होमाउन थालियो ।
भारतको हिमाञ्चल प्रदेश, कााकडा जिल्ला, भाक्सु धर्मशाला, पल्टन बजारमा जन्मनुभएका बुधसिंह गुरुङ सशस्त्र सङ्घर्षमा भाग लिनुअघि सन् १९३६ मा पञ्जाबको भाक्सुमा खुलेको गोर्खा पल्टनमा भर्ती हुनुभएको थियो । उहाँलाई इष्ट इण्डिया कम्पनी सरकारले दोस्रो विश्वयुद्ध चलिरहेको बेला १९४२ मा मलाया पठाइयो । त्यहाँ गएको भोलिपल्टै जापानी अतिक्रमणकारीले जितेपछि युद्धबन्दी बन्नुपर्यो । मलायाको इफोमा ६ महिना, सिंगापुरमा २ वर्ष ३ महिना, बर्मामा ४ वर्ष बसेका गुरुङलाई सन् १९४५ मा भारतीय स्वतन्त्र सङ्ग्रामका नेता सुवाषचन्द्र बोसले भेेटेर आजाद हिन्द फौजमा सङ्गठित गर्नुभयो । बोस ताइहुकु एर्पोटमा विमान दुर्घटनामा परी मरे पनि गुरुङ कोलकाता पुग्नुभयो । उहाँ त्यहाँ पुगेको बेला अङ्ग्रेज फौजले पक्रेर लालकिल्ला हुँदै दिल्ली पुर्यायो ।
जब उहाँलाई दिल्ली पुर्याइयो, त्यसपछि दिल्ली जिल्ला अदालतले दुर्गा मल्ल, दलबहादुर गुरुङसहित उहाँलाई पनि फाँसीको सजायँ सुनाइयो । एक्लाएक्लै कोठामा राखियो । त्यो कुनै फिल्म थिएन, जीवनको राजीनामा दिने घडी थियो । कमान्डर गुरुङ भन्नुहुन्छ, 'म ढुक्क थिएँ मेरा आफन्तको मात्र मलाई चिन्ता थियो । तर मलाई फाासी दिने भनिएको दिन भारत स्वतन्त्र भयो ।’
Û’ भन्दै उहाँले अगाडि भन्नुभयोे, 'हेर्नुहोस्, राजा त्रिभुवनले लेखेको चिठ्ठी पनि प्रधानमन्त्री मातृका कोइरालाले गायब पारे भने अरू के गरे होलान् ? आफै सोच्नुहोस् न ।’ २०६० मा काङ्गे्रसले सुशील कोइरालाको जिब्राको उपचार गर्न अमेरिका पठायो तर त्यहीबेला बाजे बुधसिंहको उपचार गर्नेबारे काङ्गे्रस नेताहरू कुरै सुन्न नचाहेको देख्दा 'देख्नेलाई भन्दा भन्नेलाई लाज’ हुने स्थिति आएको तीतो यथार्थ नाति विकासले सुनाउनुभयो । ’ श्रेणीको वडा हाकिम बनाएर इलाममा पठाइयो । सुब्बाले आधुनिक अतियारले सुसज्जित एक बि्रगेड रक्षादल पनि उतै इलामतिर लिएकाले उनलाई पन्छाउन राजदूत बनाएर पठाइयो । जसले गर्दा कमान्डरहरूको अनुपस्थितिमा जवानहरू कमान्डविहीन बने । राणाको चाकरी गर्न जान्ने मात्र रक्षा दलमा टिक्न सके । बाँकी जम्मै घरका न घाटका भए । 'त्यसपछि कसले कसलाई सम्झने ? भन्ने भैगो’ तामाङको कथन छ । ’ नाती विकासले बताए । त्यसो त २०११ सालमा नेपाल आएका कमान्डर बुधसिंहलाई काङ्ग्रेसकै सरकार हुने बेला बेखर्ची हुँदा कम्युनिस्ट कार्यकर्ताको साथ पाएर भूगोलपार्कमा अनसर बसेर पाँच सय रुपियाँ सहयोग पाएको तीतो विगत भुलेर पनि भुल्न नसक्ने बनेको छ । Û नदिनेका हजार निहुँ भएर १५ वर्ष बित्यो ।’ त्यो प्रस्ताव पनि ००७ सालमा घाइते अवस्थामा रक्सौलको डङ्किन अस्पतालबाट दरभङ्गाको लहोरिया सराय र पटना लिने ल्याउने सहयोगी नेता रामहरी जोशीले शिक्षा तथा पर्यटनमन्त्रीको हैसियतले क्याबिनेटमा ठाडो प्रस्ताव राखेकाले भएको थियो । त्यो कुरा सम्झादै पूर्वमन्त्री जोशीले त्यो बेला पनि ४२ वर्षपछि बुधसिंहसँग भेट भएकाले त्यो प्रस्ताव गरंे भने अहिले पनि भर्खरै थाहा भएकाले फेरि ८ वर्षपछि भेट्न आएँ’ भन्नुभयो । उहाँ आफैं पानी पानी भएजस्तो गरी 'सिंगो काङ्गे्रसजनको ग्लानीको विषय हो, उहाँको वास्ता नहुनु पनि भन्दै हुन्थ्यो । ’ पनि भन्नुभयो । कमान्डर बुधसिंहले काङ्गे्रसले सम्झने भन्नुको तात्पर्य नेपालमा लामो समयसम्म काङ्गे्रसले नै शासन गर्यो, त्यस पार्टीका कयौं नेताहरू मन्त्री बने । त्यतिबेला उनीहरूले कहीा नसम्झेकोमा थियो । जिन्दगीले कहाँ कहाँ पुर्याउँछ ? कसैलाई पनि थाहा हुन्न । गुरुङ अहिले नेपालमा हुनुहुन्छ । गुरुङलाई सशस्त्र सङ्घर्षमा काङ्गे्रसले सम्झे पनि सत्ता र सरकारमा पुगेको काङ्गे्रसले नसम्झेकोमा उहाँलाई चित्त दुखाइ छ । 'अहिलेको सरकारले केही हेरे त हुन्थ्यो तर म माग्न जान्न
’ भन्दै गुरुङले आफू र आफूजस्तैलाई राज्यले नचिनेकोमा दुःख प्रकट गनुभयो । त्यसैले पनि होला, उहाँले अहिलेको माओवादीद्वारा गठित जनमुक्ति सेनालाई समायोजन गर्ने कुरा चलिरहेको बेला केही कसैको पनि धोका नहोस् भन्दै जनदिशासँग भन्नुभयो 'सबै मिलेर देश बनाउने हो, जनमुक्ति सेनालाई कोही कसैले पनि धोका नदेऊ ।’
No comments:
Post a Comment