०६२ चैत्र २३ को साझ भारतसगको सिमानामा रहेको मधेसको एउटा घना बस्तीमा जनमुक्ति सेनाको दोस्रो डिभिजनका योद्धाहरूले अन्तिम सेल्टर लिए । सधैं दुरगम र पहाडी भूभागमा रहेका सेना र प्रहरीको पोष्टमा मात्र आक्रमण गर्न अभ्यस्त जनमुक्ति सेना यस पल्ट सुगमताको प्रयोग गर्दै दुइवटा बस र दुइवटा ट्रकमा चढे सम्पुर्ण कमान्डो फोर्स बस र ट्रकमा थियो । २३ गते सांझ पर्दैजांदा कमान्डो फोर्स गाडीको एक घण्टा यात्रापछि र्सलाहीको मलङगवा पर्ूव २ किमि नजिक पुगे र रोकियो । गाडीको यात्रा त्यति नै थियो उनीहरूको । स्थानीय मधेसी जनताको सहयोगमा टिम सबै पङक्तिबद्ध भएर आ आफ्नो फर्मेशन र ग्रुपमा पूरै सदरमुकाम घेरा हाल्यो । अनि सम्पर्ूण्ा फोर्स आर्कमा पुगेको खबरसँगै आक्रमणलाई अगाडि बढायो ।
र्सलाही सदरमुकाम मलङगवा आक्रमण सुरु भएपछि सदाझैं जनमुक्ति सेनाको आक्रमण निस्तेज पार्न तोराबोरा बम खसाल्दै हेलिकोप्टर पक्कै आउंछ र त्यसको प्रतिकार गर्नुपर्छ भन्ने पुर्ण तयारीका साथ योद्धाहरू बसेका थिए । जनमुक्ति सेनाले खेतहरूमा चारैतिर हवाई प्रतिकारका लागि घरेलु वायु मोर्टर तयारी अवस्थामा राखेका थिए । आक्रमणपहिले नै हेलिकोप्टरबाट हुनसक्ने सम्भावित आक्रमणको प्रतिरोध गर्नका लागि भनेर वायु मोटार एन्टी एयरक्राफ्ट हतियार आकाशतिर सोझयाएर राखिएको थियो । राति १ बजे मलङगवाको प्रवेशद्वारका रूपमा रहेको महेन्द्र राजमार्गको नवलपुरस्थित सेनाको अर्जुनवाण गुल्म र मलङगवामा जनमुक्ति सेनाले एकैसाथ आक्रमण तीव्र पारिरहेका थिए । आक्रमणको प्रत्यक्ष कमान्ड गर्नुभएका दोस्रो डिभिजन कमान्डर राजेशका अनुसार चौतर्फी एक साथ आक्रमणको एक डेढ घण्टामै लक्ष्यअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार, डीएसपी कार्यालय, आर्मी क्याम्प, सशस्त्र क्याम्पमा कारबाही पूरा भइसकेको थियो । यसै क्रममा काठमाडौंबाट हवाई आक्रमणका लागि आएको सैनिक नाइटभिजन हेलिकोप्टरले बम बर्सउन सुरु गर्यो ।
लडाइ भीषण चलिरहेको थियो । जमिनबाट मोर्टार आकाशबाट तोराबोरा नामको बम झारिरहेको थियो । कमान्डर राजेश स्मरण गर्दै भन्नुहुन्छ, हाम्रो तर्फाट पनि सदरमुकाम आक्रमण सिद्धिएको अवस्थासंगै रकेट आक्रमणमा हेलिकोप्टर पनि ध्वंस भई हाम्रो वरिपी हेलिकोप्टरका टुक्राहरू र्झन पुगे ।
जनमुक्ति सेना आफैंले आधुनिक र घरेलु प्रविधि मिलाएर बनाएको हतियार पहिलोपटक प्रयोग गरेर हेलिकोप्टर खसाए पछि आफूहरूलाई लडाइ नै अर्को चरणमा प्रवेश गरेको अनुभूति भएको पर्ूर्वी कमान्डअर्न्तर्गत डेपुटी कमान्डर बलदेव बताउनुहुन्छ ।
उहाका अनुसार उक्त सैनिक हेलिकोप्टर खसाउने, हतियार अन्दाज गरेर आकाशमा हान्ने र हेलिकोप्टरमा ठोक्किएपछि विष्फोट हुने केट लञ्चर नामको थियो । जनमुक्ति सेनाका डेपुटी कमान्डर बलदेवका अनुसार हवाई आक्रमणलाई कन्ट्रोल गर्न तीनवटा टिम हेलिकोप्टर जताबाट आए पनि आक्रमण गर्ने तयारीका साथ बसेको थियो । राति असाध्यै गोलाबारुद बर्सि रहेका थिए । त्यहा ठूलाठूला माइनहरू विष्फोट भइरहेका थिए । केही बेमारमा हेलिकोप्टर आयो र तोराबोरा बम बर्सर्ाा थाल्यो । त्यसको केही क्षणमै हेलिकोप्टरका टुक्राहरू खस्न थाले । त्यसपछि मात्र जनमुक्ति सेनालाई थाहा भयो हेलिकोप्टर ध्वस्त भएको । कमान्डर बलदेव भन्नुहुन्छ, हामीले बनाएका हतियार यतिसम्म शक्तिशाली रहेछन भन्नेकुरा यसबाट प्रमाणित भयो । उहाका अनुसार जनमुक्ति सेनाले हेलिकोप्ट खसाएको उक्त रकेट लन्चर अनलिमिटेड थियो । अहिले पनि त्यो हतियार पर्ूवको एउटा क्यान्टोनमेन्टमा सुरक्षित रहेको कमान्डर बलदेव बताउनुहुन्छ ।
कमान्डर राजेशका अनुसार वायु मोर्टर्ााघरेलु उत्पादनको हतियार हो, त्यसबाट प्रक्षेपण गरिएको गोली दर्ुइदेखि पाच किलोमिटर माथि आकाशमा गएर विष्फोट हुन्छ । यसको अस र आकाशको एक किलोमिटर क्षेत्रसम्म पर्छ । यसको मुख्य उपयोगिता हवाई आक्रमणको प्रतिरोध गर्नु हो । यो हतियार सामान्य मोर्टर्ााो विकसित रूप थियो । कमान्डर राजेश आक्रमणको स्मरण गर्दै भन्नुहुन्छ, हाम्रो कारबाहीे लक्ष्यको हिसाबले र्सलाही मलङगवा त जित्यौं तर थप हवाई सपोर्ट सैनिक हेलिकोप्टर पनि ध्वंस गर्न सफल हुंदा झन खुसीको रक्तसञ्चार भयो त्यतिखेर आएएन ३७ कलसाइन भएको शाही सेनाको उक्त एमआइ १७ हेलिकोप्टर राति देख्न सकिने नाइटभिजन हेल्मेट जडित हुन्थ्यो । ०५९ को सुरुतिर नेपाल भित्रायाएका यस्ता हेलिकोप्टर जनसेनाले आक्रमण गरेका लगभग सबै स्थानमा गएर बम खसाल्न र गोली प्रहार गर्नमा प्रयोग भएका थिए ।
त्यसो त जनमुक्ति सेनाले यसअघि पनि धेरै ठाउ हेलिकोप्टरलाई घाइते बनाएका थिए । मलङगवा आक्रमणको अघिल्लो दिनमात्र बर्दियाको मैनापोखरमा भइरहेको र्सार्वजनिक कार्यक्रममा शाही सेनाले लडाकु हेलिकोप्टरबाट गोली हान्न थालेपछि जनसेनाले त्यसमाथि प्रत्याक्रमण गरी सेनाको हेलिकोप्टरलाई क्षति पुर्याएका थिए । चैतको तेस्रोसातामात्र शाही सेनाले राजधानी नजिकैको सिन्धुपाल्चोकको ठोकर्पामा हुन लागेको र्सार्वजनिक कार्यक्रममा अन्धाधुन्ध आक्रमण गरी तीन जनसेना र एक र्सवसाधारणको विभत्स हत्या गरेको थियो ।
जनयुद्धकालमै अछामको मङगलसेन सफल कारबाहीपछि घेराबन्दीमा आएको सैनिक हेलिकोप्टर कालिकोटकोकोटबाडामा पनि ड्यामेज पारिएको थियो । त्यसपर्ूव पनि रोल्पाको होलेरी कारबाहीपछि घे राबन्दीमा गएको सैनिक हेलिकोप्टरलाई पनि रोल्पाकै नुवागाँउमा ड्यामेज पारेको थियो । यी सबै हवाई आक्रमणको योजना गरिएको कारबाहीभन्दा भिन्न मलङगवा कारबाहीमा पार्टर्ीीे योजनाअनुसार ढाडमा टेके र टाउकोमा हान्ने सैनिक अभियान एक सफल कारबाही थियो, साथमा हेलिकोप्टर झार्नुले झनै तत्कालीन शाही शासनको केन्द्रमा खैलाबैला गएकै हो । कमान्डर राजेशले स्मरण गर्नुभयो ।
हेली झार्ने केन्द्रीय योजना यस्तो थियो ।
०६१ सालको साउन भदौमा बसेको माओवादीको केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निर्ण्र्ाागर्यो । साथै बैठकले शाही सेनाको हवाई हमलालाई निस्तेज पार्नेगरी फौजी तयारी अगाडि बढाउने पनि तय गर्यो । सोही निर्ण्र्ाानुसार देशभर हवाई हमलाविरुद्ध आक्रमण र प्रतिरक्षाको व्यापक तयारी पनि गरिए । तत्कालीन समयमा पर्ूर्वी क्षेत्रमा खटिनुभएका जनमुक्ति सेना डेपुटी कमान्डर बलदेवका अनुसार ०६२ असोज कात्तिकमा सम्पन्न केन्द्रीय समितिको अर्काे बैठकले प्रत्याक्रमणको दोस्रो योजना पारित गरी ढाडमा टेके र टाउकोमा हान्ने फौजी योजनाअर्न्तर्गत हवाई हमलाविरुद्धको तयारीलाई तीव्रता दिने निर्ण्र्ाागरेको थियो ।
तर माओवादीले आफ्नो केन्द्रीय समितिको निर्ण्र्ाार्सार्वजनिक गरेको भोलिपल्टै मङसिर १४ गते शाही सेनाको हवाई हमलामा परी जनसेनाका डिभिजन कमान्डर किमबहादुर थापाको सहादत हुनपुग्यो । त्यसकारण पनि शाही सेनाको हवाई हमला जनसेनाका लागि ठूलो चुनौती बन्दै गएको थियो । र त्यसका विरुद्ध जनसेनाको तयारी अझ तीव्र हुन जरुरी पनि थियो ।
व्रि्रोहीहरूविरुद्ध प्रतिक्रियावादी सेनाहरूको सबैभन्दा प्रभावकारी हतियार हवाई आक्रमण नै मानिन्छ र व्रि्रोहीहरूका लागि त्यस्ता हवाई आक्रमण सबैभन्दा ठूलो चुनौती बनेको थियो तर साम्राज्यवादी र प्रतिक्रियावादीका अत्याधुनिक हवाई प्रविधिहरूलाई नेपालका व्रि्रोहीका सामान्य घरेलु प्रविधिबाट पनि चुनौती दिए । नेपालका जनमुक्ति सेनाले विदेशीहरूले शाही सेनालाई जनयुद्ध दबाउन दिएको एम १७ नामक लान्स र हेलिकोप्टर झारेर आफ्नो प्रतिरोधलाई नया उचाइमा पुर्याए ।
चैत २४ गते नै तत्कालीन जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्डले एक विज्ञप्ति निकाली यस कारबाहीलाई निरङकुश राजतन्त्रका विरुद्ध निर्ण्ाायक सङर्घष्ाको प्रक्रियामा हासिल गरेको सफलताकोे नया कर्ीर्तिमान संज्ञा दिनुभएको थियो ।
उहाले दुश्मनको पहिलोपटक हेलिकोप्टर खसाउने सिङगो जनसैन्यपङक्ति र विशेषत पर्ूर्वी कमान्डर आक्रमणमा संलग्न त्यसअर्न्तर्गतको डिभिजनका सम्पर्ूण्ा कमरेड र योद्धाहरूमा हार्दिक बधाई एवम
† धन्यवादसमेत दिनुभएको थियो । जनमुक्ति सेनाका सर्वोच्च कमान्डर प्रचण्डले उक्त आक्रमणलाई दुश्मनको कथित हवाई आक्रमणका विरुद्ध भव्य विजय भन्नुभएको थियो ।
No comments:
Post a Comment