केही वर्षयता नेपाली कांग्रेस नेपाली जनता र विदेशीहरूबीच बूढाहरूले नेतृत्व गरेको पार्टीका रूपमा चित्रित हुँदैछ । तर, कांग्रेसको केन्द्रीय नेतृत्वलाई मात्र हेरेर यो भनिएको होइन ।
विश्व परविेशमा युवाहरूको नेतृत्वमा राष्ट्र र समाज रूपान्तरणको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । नेपालकै सन्दर्भमा पनि राजनीतिक दलहरूमा कांग्रेसबाहेक अधिकांश ५५ वर्षमुनिका देखिन्छन् । ४७ वषर्ीय अमेरकिी राष्ट्रपति बाराक ओबामा मात्र होइन, बूढाहरूले पोलिटब्युरोमा बसेर शासन गर्ने चीनसमेतमा निश्चित उमेरपछि मान्छे मानसिक रूपले कार्यकारण्िाी पदमा रहेर काम गर्न असक्षम हुन्छ भनी भर्खरै निषेध गरएिको छ, युवाहरूले नेतृत्व सम्हालेका छन् । अझ नेपाली कांग्रेसको आदर्श भारतीय राष्ट्रिय कांग्रेसले यसै वर्ष हुने लोकसभा चुनावलाई ख्याल गर्दै सम्पूर्ण पार्टीलाई नवजीवन दिन 'युथ बि्रगेड ग्रुप टू लुक इन्टु फ्युचर च्यालेन्ज' भनी ३५ वर्षमुनिकालाई राजनीतिमा जिम्मेवारी दिने कार्ययोजना अघि सारेको छ ।
नेपालमा कम्युनिस्टहरूको उपस्िथति कांग्रेसको भन्दा झन्डै तीन गुणा बढी हुनु पनि कम्युनिस्ट नेतृत्वको युवा ऊर्जाशीलतालाई नै मान्न सकिन्छ । त्यसैले मुलुकमा लोकतन्त्रको भविष्य खतरामुक्त छैन भनिरहँदा कम्युनिस्ट बाहुल्यताबाट तर्सेर भन्नुपर्ने निरीह परििस्थतिमा कांग्रेस पुगेको छ । तर, विडम्बना के भने कांग्रेस स्वयं लोकतन्त्रलाई सुरक्षित गर्न चाहिने युवा ऊर्जालाई पार्टीमा उपेक्षा गरेर हिँड्दा लोकतन्त्र असुरक्षित हुने र कम्युनिस्टको प्रभाव स्वाभाविक रूपमा बढ्ने कुरा बुझ्न सकिरहेको छैन । तसर्थ कांग्रेसको भविष्य र नेपालमा लोकतन्त्रको सुरक्षाका लागि पार्टीको आगामी अधिवेशनमा युवा हस्तक्षेप अनिवार्य भएको छ ।
संविधानसभाको चुनावी परण्िाामले कांग्रेस पार्टीतर्फ युवाहरूको विकर्षण प्रस्टै देखिन्छ । यो भयावह परििस्थति आउनमा नेपालका युवाहरूभन्दा कांग्रेसको नेतृत्वले युवाहरूलाई गरेको उपेक्षा नै जिम्मेवार हो । त्यसैको परण्िााम, विगतका चुनावी प्रक्रियामा कांग्रेसले प्राप्त मतको तुलनामा संविधानसभा निर्वाचनमा सबैभन्दा कम मत प्राप्त भयो । वि.सं. २०१५ को आमनिर्वाचन, ०३७ को जनमतसंग्रह, ०४८, ०५१ र ०५६ को आमनिर्वाचनमा कांग्रेसले पाएको मतको उतारचढावलाई राजनीतिमा स्वाभाविक मान्न सकिन्छ । तर, संविधानसभाको चुनावमा पाएको २२ प्रतिशत मतले नेपालमा लोकतन्त्रको सुरक्षित अवस्था मान्न नसकिने आधारहरू निर्माण हुँदैछन् । अझ बहुसंख्यक युवाहरूको आकर्षण कम्युनिस्ट तथा जातीय पार्टीतर्फ बढिरहेको सन्दर्भमा कांग्रेसमा युवा विकर्षणका कारणहरूको खोजी गर्नुपर्ने देखिन्छ ।
संविधानसभामा चुनावमा कांग्रेस पराजयका विभिन्न कारणहरूमा शान्तिसुरक्षालाई नै बढी दोष दिइन्छ, मानिन्छ । झापामा कांग्रेसका केशवकुमार बुढाथोकीलाई चुनाव जित्ने शान्तिसुरक्षा छ अनि छेवैमा उठेका गृहमन्त्री कृष्ण सिटौला हार्दा शान्तिसुरक्षा छैन । पर्साका रमेश रजिाल र कपिलवस्तुका दीपकुमार उपाध्याय ९० प्रतिशत मधेसी समुदायको बाहुल्य भएको क्षेत्रमा चुनाव जित्न सम्भव भयो तर मोरङमा करबि ४० प्रतिशत पहाडी समुदाय भएको क्षेत्रबाट कांग्रेस उम्मेदवार मधेसी जनअधिकार फोरमसँग हार्दा मधेसी हावाहुरी भनिन्छ । माओवादीले अनेकन् प्रहार गर्दा पनि दैलेखका गणेशबहादुर खड्का कांग्रेसबाट चुनाव जितेर सभासद् भए तर माओवादीको प्रभाव न्यून भएको पूर्वी तराईका राजमार्ग आसपासमा कांग्रेस करबि तेस्रो पार्टी हुन पुग्यो ।
कांग्रेस पार्टीले न जितको वस्तुनिष्ठ समीक्षा गरेको छ, न हारका कारणको खोजी गर्ने जाँगर देखाएर सुधार प्रक्रियाको प्रारम्भ गरेको छ । भर्खरै पार्टी सभापति गिरजिाप्रसाद कोइरालाले जनजागरण अभियानलाई सम्बोधन गर्ने क्रममा न्यून युवा सहभागिताले कांग्रेसप्रति युवाहरूको आकर्षणहीनता पुनःपुष्टि गरेको छ । यही अवस्था रहिरहे युवाविहीन कांग्रेस पार्टीले भोट मात्र कम पाउने होइन, भएको भोटलाई पनि सुरक्षा प्रदान गर्न नसकेर प्रतिरक्षात्मक अवस्थामा पुग्नेछ । युवाप्रति कांग्रेसको व्यवहारलाई दर्शाउन गत निर्वाचनमा गगन थापालाई समानुपातिकमा र ८० वषर्ीय महिलालाई प्रत्यक्षतर्फ मैदानमा उतारेको उदाहरण नै पर्याप्त छ । यो कांग्रेसले चुनावमा गरेका उट्पट्याङ र जगहँसाइको सबैभन्दा गतिलो नमुना पनि हो ।
संविधानसभा चुनावमा युवाको स्िथतिलाई पार्टीगत रूपमा हेर्नु आवश्यक छ । नेपालमा युवा मतदाताको संख्या ६७ लाखको हाराहारीमा छ । अर्थात् १८ देखि ३५ वर्षका युवाहरूको समूह नै राजनीतिको निणर्ायक तहमा छन् । कांग्रेसले यस समूहबाट मुस्िकलले चुनावमा तीन जनालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । टिकट वितरणमा उमेरको समूहगत स्िथति हेर्दा कांग्रेसले जुन उमेर समूहलाई आधार बनाएको छ, त्यो समूहको मत नै देशमा अत्यन्त न्यून छ ।
२५ देखि ३५ वर्ष उमेर समूहमाथि माओवादीको र फोरमको विश्वास अभूतपूर्व देखिन्छ । कांग्रेस र एमालेले युवाहरूलाई वास्ता नगरेको कारण युवाहरूले नयाँ पार्टीलाई आफ्नो विश्वास र समर्थन गरेको प्रस्ट छ ।
कांग्रेसका ८५ वषर्ीय सभापति गिरजिाप्रसाद कोइरालाको उमेर समूहका नेपालमा ४० हजार मानिस होलान्, त्यसैगरी कार्यवाहक सभापति सुशील कोइरालाको उमेर समूहका पाँच लाख पनि छैनन् । अधिकांश कांग्रेसका नेता ६० वर्षमाथि वा आसपासका छन् । नेपाली समाजको बदलिँदो आकांक्षा र युवाहरूको चाहना आफूजस्तो नेताको खोजीमा छ । समाजको चलायमान वातावरणमा युवाहरू सक्रिय नेतृत्वको खोजीमा रहनु स्वाभाविक हो । जनताको समृद्धि र खुसीयालीका लागि स्वप्नशील लोकतान्त्रिक नेताको आवश्यकता छ । नेताले सपना देख्छन् अनि समृद्ध नेपाल निर्माण गर्नर् विचार, कार्यक्रम र कार्यकर्ता परचिालन गर्छन् । सम्भव भएको जनताको कार्य आफ्नो जीवनकालमा निष्ठा र इमानदारीपूर्वक गर्छन् र आफूले सुरु गरेको राष्ट्र निर्माणको राजमार्गमा नयाँ नेतालाई अगाडि सारेर राजनेता कहलिन्छन् । कांग्रेसका अधिकांश नेताहरूसँग सपना पनि छैन, सपना पूरा गर्ने समय पनि छैन । अनि, कुन सपना पूरा गर्न युवाहरू आकषिर्त हुने ? एउटा जमाना थियो, 'बीपीको सपना साकार पाछौर्ं' भनी देशभरकिा चेतनशील युवाहरू गर्जना गर्थे ।
बीपी कोइराला ३६ वर्षमा ००७ सालको क्रान्तिनायक भएका थिए । उनले ४१ वर्षमा ०१२ सालको वीरगन्जको छैटौँ महाधिवेशनबाट कांग्रेसभित्र समाजवादलाई संस्थागत प्रवेश गराए । ४५ वर्षमा प्रधानमन्त्री हुने अवसर जनताबाट प्राप्त हुँदा प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न उनलाई कुनै द्विविधा भएन । बीपीको अनुपस्िथतिमा ३१ वर्षपछि झापाको कलवलगुडीमा सम्पन्न कांग्रेसको आठौँ अधिवेशनदेखि यस पार्टीमा बहस, विचार र छलफललाई निषेध गरयिो । प्रतिबन्धित कालको कांग्रेसमा नेता र कार्यकताबीच दूरी बढाएको थियो, सम्पर्क र सम्बन्धमा राजनीतिक रूपले प्रस्तुत हुनुनपर्ने संस्कार विकसित भएको थियो । कांग्रेस नेता र उनका कार्यकर्ताबीच उमेरको ठूलो खाडल थियो । पार्टीमा सिद्धान्तको छलफल, विचारको परमिार्जन र बहसको वातावरण निषेध गर्न कांग्रेस नेताहरूले आफ्नो ढल्कँदो उमेरलाई हदैभन्दा बढी दुरूपयोग गरे । पार्टीका युवाहरूले बूढाहरूलाई मान र सम्मान प्रकट गररिहँदा तिनले पनि आफू बूढो भएको चालै पाएनन् । वृद्धहरूलाई सम्मान र समर्पण गररिहँदा पनि कांग्रेसको लोकतान्त्रिक विचारलाई जनतामाझ पुर्याउन केही ऊर्जावान्हरू लागिपरेकै थिए ।
कांग्रेस पार्टीमा समानान्तर युवा नेतृत्व र प्रौढ विचारको समागम लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमि निर्माणदेखि प्राप्तिसम्म सामान्य उतारचढावबीच पनि अगाडि बढिरहेको थियो । नेपाली समाजमा आएको परविर्तनको पदचाप कांग्रेसका युवाहरूले नबुझेका होइनन् । कृष्ण खनाल र नरहर िआचार्यहरूको राजनीतिक सीप र लोकतान्त्रिक ज्ञान पनि देशभर िगणतान्त्रिक नेपालको आलोक भएर पि“mजिएको थियो । माओवादीहरू राजासँग वार्ता गर्छु भन्दा खबरदारी गर्ने अधिकांश लोकतन्त्रवादीहरू नै थिए । लोकतन्त्रका लागि गुरु घिमिरे, गगन थापा, कुन्दन काफ् ले, प्रदीप पौड्याल, टीका चौधरीजस्ता न्ााम कहलिएका थुप्रै युवा नेता थिए । तर, पार्टीको नोकरशाहीले युवा दबाब मात्र होइन, प्रौढ विचारलाई समेत आन्दोलनको सफलतासँगै बदलाको भाव राखेर हुर्मत लिने सिलसिला अगाडि बढायो ।
संसद् पुनःस्थापना र गणतन्त्रको पदचापसँगै सरकारको नेतृत्व गररिहँदा कांग्रेस हाररिहेको थियो । गिरजिाप्रसाद कोइराला गणतन्त्र नेपाल निर्माणको क्रममा घेरा र द्विविधामा परे । त्यही द्विविधाको समय नेपाली समाजमा संगठित युवा समूह माओवादीका नाममा मुलुकभर िफिँजियो । लोकतन्त्रवादी युवाहरू रक्षात्मक अवस्थामा पुगे, उनीहरूको भविष्य अन्धकार र अनिश्चयमा धकिलिएको थियो । कांग्रेसमा न्याय हुन्छ र लोकतन्त्रवादी युवाहरू राजनीतिको मूलधारमा आउँछन् भन्ने विश्वास आमजनतामा रहेन । कांग्रेसका युवाहरूको भाषण सुन्न आएकाहरू पनि 'यी कांग्रेसमा सुरक्षित छैनन्' भनी टिप्पणी गरेका कैयन् उदाहरण छन् । तर पनि लोकतन्त्रवादी युवाहरूमाथि कांग्रेस पार्टी र लोकतन्त्रको सुरक्षाका लागि पार्टीको आगामी अधिवेशन अवसरका रूपमा अगाडि आउँदैछ । कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन यसमा जमेर बसेको सामन्ती ढाँचामाथि युवाहरूले प्रहार नगरी सम्भव छैन । बीपी कोइरालाले 'उत्साही हौ तरुण, तिमीले आँट्न सक्ने कुरा गर्न सक्छौ' भन्ने उक्ति लोकतन्त्रवादी युवाहरूले स्मरण गर्नैपनर्ेे बेला आएको छ ।
लोकतन्त्रवादी युवाहरूको काँधमा हिंसाबिना नयाँ नेपालको सामाजिक संरचना निर्माणको आधारहरू खोजी गर्नुपर्ने जिम्मेवारी छ । वाईसीएल र युथफोर्सभन्दा संगठित हिंसा लागूपदार्थको दुव्र्यसनी युवाहरूमा छ । खाडी मुलुक र मलेसियामा रहेका लाखौँ युवाको देशप्रति भरोसा डगमगाएको छ । भारतीय सहरका गल्लीहरूमा देहव्यापार गरेर पेट पाल्न बाध्य लाखाँै युवतीको अन्धकार जीवनमाथिको हिंसा मानव सभ्यता र नेपाली जातिका लागि कलंकका रूपमा छ । कांग्रेसका युवाहरूले यस्ता कुरामाथि हस्तक्षेप गर्ने साहस बढाउनुपर्नेछ ।
नेपाली युवाहरूले अनेकन् दुःखकष्ठ झेलेर पनि घरलाई शान्त राख्न सकेका छैनन् । युवाहरूका लागि उत्पादनशील कार्य नेपालमा कुनै सरकारले निर्माण गर्न सकिरहेको छैन, दलहरू स्वार्थवश यसो गर्न चाहन्नन् । अझ कांग्रेस पार्टीका अधिकांश बूढा नेताहरूले नेपालमा आफ्ना सन्तानको भविष्य सुरक्षित नदेखेर छोराछोरी र नातिनातिनाहरूलाई विदेश पठाएका छन् । बेरोजगार युवाहरूको काँधमा बन्दुक राखेर राजनीति गर्ने उनीहरूको स्वार्थ छ । कम्युनिस्टहरूको त धर्म नै युवाहरूलाई निरन्तर हिंसामा संलग्न गराउने विश्व उदाहरण छ । त्यस कारण आगामी कांग्रेस अधिवेशनमा विविधतायुक्त युवाहरूको खोजी र संरचनागत प्रवेशको तयारी अहिलेबाट प्रारम्भ गनुपर्छ ।
नेपाली कांग्रेस पार्टी अहिले हाड, मासु र रगत नभएको अस्िथपन्जर भएको छ । यसको पुनःजीवनका लागि नयाँ रक्तप्रवाह गर्न युवाहरू अगाडि आउनेछन् । आशा गरौँ, आगामी कांग्रेस अधिवेशनले कांग्रेसजन र लोकतन्त्रवादीलाई यो अवसर प्रदान गर्नेछ ।
No comments:
Post a Comment