Monday, February 2, 2009

पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज

अन्तर-पार्टी छलफलका मूलभूत विषयहरु

हाम्रो महान् तथा गौरवशाली पार्टी ने.क.पा.-माओवादी) को उच्च नेतृत्व पंक्ति वीचमा विगत लामो समयदेखि छलफल र सापेक्ष सहमति कायम हुँदै आएका तर वारम्वार विविध रुपमा मतान्तर रहँदै आएका आधारभूत विषयहरुलाई १‌ विचाररदर्शन, २‌‌‌ राजनैतिक-फौजी प्रश्न, ३ संगठनात्मक प्रश्न, र ४ सांस्कृतिक प्रश्नमा वर्गीकरण गरी निम्न वमोजिम वुँदागत रुपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ, जसवारे पार्टी भित्र व्यापक छलफल भएर उचित क्रान्तिकारी निष्कर्षमा पुग्नु जरुरी भएको छ -

i विचाररदर्शन सम्वन्धी प्रश्न

१). मा.ले.मावाद र प्रचण्डपथलाई वुझ्ने, लागू गर्ने र विकास गर्ने प्रश्न

- 'प्रचण्डपथ' मा.ले.मा.वादको नेपाली धर्तीमा प्रयोगवाट सिर्जित विशिष्ठ विचार-श्रृंखला हो कि सार्वभौम विज्ञान हो ?

स् कतिपय जिम्मेवार कमरेडहरु र खासगरी क.प्रचण्डको वढी निकट रहेको दावी गर्नेहरुवाट प्रत्यक्ष वा परोक्ष रुपमा 'प्र.प. ले सार्वभौम चरित्र ग्रहण गरिसकेको र त्यसलाई 'प्रचण्ड विचारधारा' को रुपमा अभिव्यक्ति दिनुपर्छ भन्ने खालका भनाइ वारम्वार आइरहँदा क.प्रचण्ड स्वयंवाट तीवारे कुनै सार्थक प्रतिवाद नहुनुलाई कसरी वुझ्ने ?

- सर्वहारावादी विज्ञानको विकास एउटा अमूक फौजी वा गैर-फौजी कार्वाहीको सफलतामा मात्र नाप्ने कुरा हो कि त्यस निम्ति एउटा समग्र, तथ्यसंगत विचारप्रणालीको आवश्यकता हुन्छ, जुन लामो प्रयोगको क्रमबाट पुष्टी हुनुपर्दछ ?

स् कुनै एउटा फौजी वा गैर-फौजी योजना सफल हुने वित्तिकै ुप्र.प.ु ले नयाँ फड्को मार्‍यो भन्ने खालका अभिव्यक्ति पार्टी भित्र आइरहनु कति सही र उपयुक्त हो ?

- प्रत्येक देशका कम्युनिष्ट क्रान्तिकारीहरुले आआफ्नै ुविचारधाराु वा ुवादु को आविष्कारको दावी गर्नु कत्तिको मा.ल.ेमा.वाद संगत हो ? सवै देशका पार्टीहरुले त्यसो गर्दै गएमा सर्वहारा अन्तर्राष्ट्रियताको के हविगत होला ?

- ुप्रचण्डपथु सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति हो कि व्यक्ति क.प्रचण्डको मात्र देन हो ? दोश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले 'प्र.प.' लाई 'सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति' भनेर परिभाषित गरेको र क.प्रचण्डको त्यसनिम्ति मुख्य योगदान रहेको तर जनता, शहीद, कार्यकर्ता र अन्य नेताहरुको समेत तद्तट् भूमिका रहेको भनेर किटान गरिसके पछि पनि जिम्मेवार व्यक्तिहरुवाट 'प्र.प.' लाई व्यक्ति क.प्रचण्डको पर्यायवाचीको रुपमा प्रस्तुत गरिरहनुको अर्थ र औचित्य के हो ?

- अध्यक्ष क.प्रचण्डको फोटो माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको समकक्ष वा हाराहारीमा राख्नु कत्तिको सही र उपयुक्त हो ? कतिपय पार्टी प्रकाशन र कार्यक्रमका मञ्चहरुमा त्यसरी फोटो राखिंदा क.प्रचण्ड स्वयंवाट कुनै प्रतिवाद नहुनुलाई के भन्ने ?

२). आदर्शवादी एकतत्ववाद, द्घैतवादरवहुतत्ववाद र भौतिकवादी एकतत्ववादलाई वुझ्ने र आत्मसात गर्ने प्रश्न

भौतिक जगत र समाजको उत्पति र विकास समवन्धी आधारभूत दार्शनिक र वैज्ञानिक प्रस्थापनाहरुलाई वुझ्ने र आत्मसात गर्ने वारे पार्टी नेतृत्वपंक्तिमा व्यक्त वा अव्यक्त अन्तर लामो समयदेखि देखिने गरेको छ । जसको प्रत्यक्ष असर समाज र पार्टी संगठन भित्रका अन्तरविरोधहरुलाई वुझ्ने र संचालन गर्ने क्रममा देखिदै आएको छ । यस क्रममा खाशगरी आदर्शवादी एकतत्ववाद (idealist monism), द्घैतवाद (dualism) र भौतिकवादी एकतत्ववाद (materialist monism) सम्वन्धी वुझाइ र प्रयोगमा समस्या हुने गरेको छ । कम्युनिष्टहरुले दार्शनिक रुपमा द्घैतवाद वा वहुतत्ववादको होइन एकतत्ववादको नै पक्षपोषण गर्दछन् वा गर्नुपर्दछ । तर क्रान्तिकारी कम्युनिष्टहरुले आदर्शवादी एकतत्ववाद, जसको वैचारिक-सांस्कृतिक अभिव्यक्ति एकेश्वरवाद र राजनैतिक अभिव्यक्ति एकमनावाद (monolithism) हुन्छ,- को होइन भौतिकवादी एकतत्ववाद, जसको वैचारिक-राजनैतिक अभिव्यक्ति द्धन्दात्मक भौतिकवाद -वा विपरितहरुको एकत्व) हुन्छ,- को अनुसरण गर्दछन् । परन्तु हाम्रो पार्टी नेतृत्वका कतिपय जिम्मेवार व्यक्तिहरुले भौतिकवादी एकतत्ववादको सट्टा आदर्शवादी एकतत्ववादको पक्षपोषण जानेर वा नजानेर गर्ने गरेको र भौतिकवादी एकतत्ववादका पक्षधरहरुलाई द्घैतवादी -जसको राजनैतिक अभिव्यक्ति वहुलवादी (pluralist) हुन्छ भनेर वदनाम गर्ने र आफ्नो एकमनावादी गलत चिन्तन र सोचलाई ढाकछोप गर्ने प्रयत्न गरेको पाइन्छ । खाशगरी विपरितहरुको एकत्व वा एकको दुइमा विभाजन को भौतिकवादी द्धन्दवादको आधारभूत नियमलाई तिलाञ्जली दिने वा न्यूनीकरण गर्ने यो प्रवृत्तिले पार्टी भित्र र वाहिरको अन्तरविरोधलाई वुझ्ने र हल गर्ने विषयमा ठूलो समस्या पैदा गर्ने गरेको छ, जसको हल खुला र स्पष्ट वैचारिक संघर्षको तरिकाले गर्न जरुरी छ । पार्टीभित्र हुर्कदै गैरहेको व्यक्तिपूजावादी चिन्तनको दार्शनिक श्रोत आदर्शवादी एकतत्ववादमा भएकाले यसलाई वेलैमा चिरफार गरेर निराकरण गर्न जरुरी छ । सामन्ती वा नोकरशाही पुँजिवादी दार्शनिक आधार -रहेको) आदर्शवादी एकतत्ववादको विरोधको अर्थ वा विकल्प पुँजिवादी वहुलवादको पक्षपोषण नभएर सर्वहारावादी भौतिकवादी एकतत्ववादको आत्मसातीकरण हो भनेर वुझ्नु पनि उत्तिकै जरुरी छ ।

३) आवश्यकता -वाध्यता) र स्वतन्त्रता -मुक्ति) को संसारलाई वुझ्ने प्रश्न

-आवश्यकताको संसारवाट स्वतन्त्रताको संसारमा पुग्ने कम्युनिष्ट क्रान्तिको मूल अभीष्ट हो । 'आवश्यकताको संसारु भनेको वर्गविभाजित समाजका सीमा र वाध्यताले भरिएको संसार हो भने 'स्वतन्त्रताको संसारु भनेको वर्गविहीन, राज्यविहीन पूर्ण मुक्तिको संसार हो । अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा संशोधनवादी र अवसरवादीहरुको मूल विशेषता नै तत्कालीन आवश्यकताको वढाइचढाइ गर्नु वा आदर्शीकरण गर्नु र स्वतन्त्रताको संसार वा साम्यवादी संसार तर्फको यात्रालाई न्यूनीकरण गर्नु वा निषेध गर्नु रहिआएको छ । जस्तो कि, वर्नस्टीनले भन्ने गर्दथ्यो- 'आन्दोलन सवै थोक हो, गन्तव्य केही पनि होइनू, र काउत्स्कीले भन्ने गर्दथ्यो- 'विज्ञानको साइनो आवश्यकताको ज्ञानसंग मात्र हुन्छू । हाम्रो पार्टीका कतिपय नेताहरुले पनि जानेर वा नजानेर 'आवश्यकता' को दुनियाँलाई वढाइचढाइ गर्ने र 'स्वतन्त्रता' को दुनियाँलाई भ्रष्टीकरण वा न्यूनीकरण गर्ने प्रवृत्ति देखिएको छ । आम कार्यकर्ताहरुमा 'आवश्यकता' र 'स्वतन्त्रता' को परिभाषा नै विकृत ढंगले पेश गर्ने गरिएको छ । यसले गर्दा आÏना सवै कमजोरी र विकृतिहरुलाई 'आवश्यकता' को आवरणले ढाकछोप गर्ने र 'स्वतन्त्रता' वा 'मुक्ति' को दुनियाँ तर्फको महान् तथा लामो यात्रालाई 'अराजकतावाद' को विल्ला लगाएर प्रताडित गर्ने वा ओझेलमा पार्ने खतरनाक प्रवृत्ति वढ्दै गएको छ । त्यसैले 'आवश्यकता' र 'स्वतन्त्रता' को सही तथा वैज्ञानिक परिभाषा र वुझाइ स्थापित गर्न यसवारे पार्टी भित्र गम्भीर वहस-छलफलको जरुरी छ ।

- कम्युनिष्ट क्रान्तिकारीहरुको मुख्य पहिचान र दायित्व विद्यमान 'आवश्यकता' को संसारलाई ठीक ढंगले वुझेर र वदलेर 'स्वतन्त्रता' को संसार तर्फको मार्ग प्रश्स्त गर्नु हो । संशोधनवादी र अवसरवादीहरुले आवश्यकताको संसारमा नै टाँसिइरहने नीति अनुसरण गरेकाले माओले एंगेल्सको 'आवश्यकतालाई वुझ्नु नै स्वतन्त्रता हो' भन्ने भनाइलाई थप परिमार्जन र विस्तार गर्दै 'स्वतन्त्रता भनेको आवश्यकतालाई वुझ्नु र आवश्यकतालाई वदल्नु हो' भन्नु भएको थियो । तर हाम्रो पार्टी भित्र अहिले पनि माओको उद्धरण र भनाइको मूल स्पिरिटलाई वंग्याएर 'आवश्यकता' माथि मात्र एकपक्षीय जोड दिने प्रवृत्ति देखिएको छ । पार्टीको आधिकारिक वैठक र भेलाको क्रममा टाँसिने व्यानरहरुमा माओको उद्धरणलाई अपूर्ण वा विकृत ढंगले प्रस्तुत गरिंदा पनि उच्च नेतृत्व तहवाट त्यसको कुनै प्रतिकार हुने गरेको पाइन्न । यसवारे पार्टीभित्र गम्भीर वहसको आवश्यकता छ, किनकि यो अमूर्त शास्त्रीय छलफलको विषय नभएर पार्टीको रणनीति र कार्यनीति निर्धारण गर्ने र आचरण तथा शैली निर्धारण गर्ने धेरै महत्वको वैचारिक प्रश्न हो ।

४). अनुभववाद, जडसुत्रवाद र सारसंग्रहवादवारे

- हाम्रो पार्टी भित्र ज्ञान-सिद्धान्तको दुइ छलांगको सिद्धान्त -अर्थात् व्यवहारवाट ज्ञान र ज्ञानवाट पुनस् क्रान्तिकारी व्यवहारलाई) । ठीकसंग आत्मसात गरेर लागू गर्नु भन्दा आÏनो स्वार्थ अनुरुप कहिले अनुभववादी र कहिले जडसूत्रवादी वन्ने र सिद्धान्त र व्यवहारको सही संयोजनमा ध्यान नदिने खतरनाक प्रवृत्ति वढ्दै गएको छ । वास्तवमा यी दुवै एकांगी र अधिभूतवादी प्रवृत्ति एक अर्काका पूरक र सहयोगी हुने गर्दछन् । साथै यी दुवैको मिश्रणवाट वनेको सारसंग्रहवाद (eclecticism) झन् घातक र खतरनाक हुन्छ । त्यसैले यसवारे गम्भीर वैचारिक संघर्षको आवश्यकता देखिएको छ । खाशगरी सैद्धान्तिक ज्ञानको महत्वलाई न्यूनीकरण गर्ने र अज्ञानतालाई आदर्शीकरण गर्ने प्रवृत्तिले पार्टी र आन्दोलनलाई गम्भीर क्षति पुर्‍याउन सक्ने खतरा विद्यमान रहेको छ ।

ii राजनैतिक-फौजी प्रश्न

५). सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको संयोजनको प्रश्न

- महान् चीनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति र क.माओको देहान्त पछि अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा सवभन्दा महत्वपूर्ण र पेचिलो राजनैतिक प्रश्न सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको सही संयोजनको प्रश्न नै रहँदै आएको छ । सर्वहारा अधिनायकत्व नै परित्याग गर्ने ख्रुश्चोभपन्थी दक्षिणन्थी संशोधनवादीहरु अर्कै कित्तामा पर्ने भएकाले उनीहरुसंगको संघर्ष तत्काल हाम्रो चासोको विषय होइन । क्रान्तिकारी कित्ताभित्र मुख्य समस्या सर्वहारा अधिनायकत्वको तत्कालीन आवश्यकतामाथि एकपक्षीय जोड दिने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको प्रश्नलाई उपेक्षा वा न्यूनीकरण गर्ने तथा सर्वहारा अधिनायकत्वको पुरानै मोडेल -विधि) मा मात्र टाँसिइरहन खोज्ने होक्जापन्थी जडसूत्रीय संशोधनवादी प्रवृत्ति रहेको छ । यो प्रश्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सारतत्वलाई वुझ्ने र त्यसवाट अघि वढ्ने प्रश्नसंग पनि जोडिएको छ । प्रकारान्तरले मा-ले-मावादको रक्षा, प्रयोग र विकासको प्रश्न यसै विषयसंग गहिरोसित जोडिएको छ र यसवारे पार्टीभित्र गम्भीर वहस-छलफलको आवश्यकता छ ।

- सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिको प्रश्न पार्टी, सेना र सत्ताको अन्तरसम्वन्धसंग अभीन्न रुपले गाँसिन पुगेको छ । त्यसैलाई आत्मसात गरेर हाम्रो पार्टीले दोश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा सामान्य रुपमा र 'एक्काइसौं शताव्दीमा जनवादको विकासु सम्वन्धी प्रस्तावमा ठोस रुपमा यो प्रश्नलाई उठाएको थियो र कतिपय विचार र विधिसंग सम्वन्धित युगान्तकारी निर्णय गरेको थियो । खाशगरी पार्टीको निरन्तर सर्वहाराकरण गर्न र पार्टी, सेना र सत्तामाथि जनसमुदायको निगरानी, हस्तक्षेप र नियन्त्रण सुनिश्चित गर्दै सर्वहारा अधिनायकत्व प्रभावकारी ढंगले लागू गर्न तथा निरन्तर क्रान्तिको वाटो हुँदै साम्यवादसम्म पुग्न पार्टी, सेना र सत्तालाई विगतका समाजवादी मोडेलमा झैं एकै ठाउँमा छासमीस नगर्दै लगायतका जुन विचार र विधि विकसित गरेको थियो त्यसलाई हालैको केन्द्रीय समितिको वैठकले उल्टाउन खोजेको प्रतीत हुन्छ । त्यसैले यो अहम् प्रश्नमा पार्टी भित्र गम्भीर वहस-छलफल जरुरी भएको छ ।

६). रणनीति र कार्यनीतिको सही संयोजनको प्रश्न

- जनवाद र राष्ट्रियताको प्रश्नलाई ठीक् ढंगले संयोजन गर्दै र देशभित्र र वाहिरका वर्गीय तथा राजनैतिक अन्तरविरोधहरुलाई सही ढंगले परिचालन गर्दै रणनीतिक दृढता र कार्यनीतिक लचकताको नीति अनुसरण गरेर हाम्रो पार्टीले अहिलेसम्म क्रान्तिकारी जनयुद्धको सफल नेतृत्व गर्दै आइरहेको छ । तर कतिपय जिम्मेवार नेताहरुमा समसामयिक साम्राज्यवादी विश्वमा सामन्तवाद -हाम्रो सन्दर्भमा मूलतस् राजतन्त्र) र साम्राज्यवादरविस्तारवाद वीचको सम्वन्धलाई वुझ्ने सन्दर्भमा भएका त्रुटीपूर्ण सोचाइहरु र मूल नेतृत्वमा देखिने गरेको ढुलमुलपनको कारणले रणनीति र कार्यनीतिको श्रृंखला मिलाउने क्रममा कतिपय समस्याहरु देखिने गरेका छन् । फलस्वरुप विभिन्न रुपमा पंचायतकालमा झैं राजतन्त्र र संसदवादी शक्तिहरु र तिनीहरुका विदेशी मालिकहरुलाई हेर्ने विषयमा गलत सोचहरु देखा पर्ने गरेका छन् । खाशगरी दरवार हत्याकाण्ड पछिको दलाल र नक्कली राजतन्त्रलाई हेर्ने विषयमा कतिपय समस्या रहने गरेका छन् । संसदवादी शक्तिहरुसंग छुट्टै सशस्त्र सेना नभएको र वाहिरी दुश्मन शक्तिहरु र खाशगरी भारतीय विस्तारवादले प्रत्यक्ष सैनिक हस्तक्षेप नगरिसकेको स्थितिमा शाही सेनाको वल र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको आडमा टिकेको राजतन्त्रसंग नै क्रान्तिकारीहरुको प्रमुख अन्तरविरोध रहने सिधा र सपाट कुरामा पनि यदाकदा अस्पष्टता र ढुलमुलपन देखा पर्नु चिन्ताजनक विषय हो । हाम्रो क्रान्तिको आÏनै विशिष्ठतामा जन्मेको जनवादी क्रान्तिको उपचरणको प्रश्न र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिवारे अलमलमा परेको जस्तो देखिनु र राजतन्त्रप्रति आशाको नजरले हेरेको जस्तो देखिनु शोभनीय र सही कुरो हुनसक्दैन । त्यसैले नयाँ जनवादी क्रान्तिको वर्तमान चरण र नेपालको विशिष्ठतामा रणनीति र कार्यनीतिको सही संयोजनको प्रश्नवारे पार्टीमा छलफलको आवश्यकता देखिएको छ ।

७). राजनैतिक र फौजी कार्यदिशाको संयोजनको प्रश्न

- एकीकृत पार्टी वनेदेखि नै राजनैतिक र फौजी कार्यदिशाको उचित संयोजन, अथवा विचार र वन्दूकको संयोजन, अथवा जनदिशा र युद्धको संयोजन, मिलाउन सक्नु नै हाम्रो पार्टी र क्रान्तिको मूल पहिचान रहदै आएको छ । परन्तु कतिपय अवस्थामा राजनैतिक र फौजी कार्यदिशाको सन्तुलन नमिलेको, देव्रे वा दाहिने भट्कावतिर झुकेर एउटा वा अर्को पक्षलाई न्यूनीकरण गर्ने गरेको संकेत देखिने गरेको छ । एकीकृत फौजी-राजनीतिक (politico-military) चिन्तन विकास गर्नु सट्टा एकांगी सुधारवादी वा फौजीवादी चिन्तन हावी हुन खोजेको र एकपक्षले अर्को पक्षलाई निषेध वा न्यूनीकरण गर्न खोजेको देखा पर्दछ । यसवारे क्रान्तिकारी मा.ले.मा.वादी चिन्तन र व्यवहार स्थापित गर्न स्वस्थ अन्तरर्संघर्ष जरुरी भएको छ ।

- आम रुपमा क्रान्तिकारी जनादिशा लागू गर्ने र ठोस रुपमा पार्टी र जनसमुदाय वीचमा पुलको काम गर्ने विभिन्न जनवर्गीय संगठन र मोर्चाहरुको क्रान्तिकारी क्रियाशीलता उजागर गर्ने विषयमा पार्टी भित्र समस्या देखा पर्ने गरेका छन् । यसवारे पनि सिद्धान्तनिष्ठ र वस्तुवादी वहस छलफल आवश्यक देखिएको छ ।

iii संगठनात्मक प्रश्न

८). जनवादी केन्द्रीयताको सही अभ्यासको प्रश्न

- लेनिनको सुप्रसिद्ध भनाइ- 'आलोचनारछलफलको स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता' र माओको भनाइ 'जनवादको जगमा केन्द्रीयता र केन्द्रीयताको मार्ग निर्देशनमा जनवादु लाई पार्टीभित्र अभ्यास गर्न नसक्नु गम्भीर समस्या रहने गरेको छ । परिणामस्वरुप आफु नेतृत्वमा नरहँदा अराजकतावादी वन्ने र नेतृत्वमा पुगेपछि नोकरशाही वन्ने आम प्रवृत्ति जस्तै वनिरहेको छ । खाशगरी विभिन्न तहको नेतृत्वमा रहनेहरुले आÏनो अलिकति पनि आलोचना गर्नेलाई 'अराजकतावादी' को विल्ला लगाएर दुत्कार्ने र पार्टी भित्र सर्वहारावादी अनुशासन र 'स्वेच्छिक केन्द्रीयता' -लेनिन) को सट्टा पाखण्डीपन, दव्वुपन र आम अराजकताको स्थिति व्याप्त हुने वातावरण वनिरहेको छ, जुन हाम्रो जस्तो जीवन र मरणको युद्ध लडिरहेको पार्टी निम्ति कति घातक छ स्वतस् सिद्ध छ । त्यसैले लेनिनपछि टुटेको सच्चा जनवादी केन्द्रीयताको कडीलाई जोडेर चीनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विकसित गरेका नयाँ मूल्य र मान्यताहरुबाट अघि वढ्दै नयाँ सर्वहारावादी संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी भित्र स्वस्थ अन्तरसंघर्ष जरुरी भएको छ ।

९). नेतृत्व केन्द्रीकरणको प्रश्न

पार्टीमा जनवादी केन्द्रीयता र सत्तामा सर्वहारा अधिनायकत्वको मूर्त अभिव्यक्ति -को रुपमा रहेको) नेतृत्वको केन्द्रीकरणको प्रश्नवारे हाम्रो पार्टीमा लामो समयदेखि एक प्रकारको 'शितयुद्धु जस्तै चल्दै आइरहेको छ । आखिर सच्चा सर्वहारावादी नेतृत्वप्रणाली कस्तो हुनुपर्छ ? नेतृत्वको केन्द्रीकरण भनेको माओले भने झैं विचार, वुझाइ, नीति, येजना, कमान र कार्वाहीको एकरुपता हो कि प्रतिक्रियावादीहरुको जस्तो शक्तिको केन्द्रीकरण हो ? सर्वहारावादी नेतृत्व सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति हुन्छ कि व्यक्तिप्रधान हुन्छ ? मूल नेतृत्वमा द्धन्दवादको मूल नियम 'एक को दुइमा विभाजनु लागू हुन्छ कि हुँदैन ? एउटै व्यक्ति पार्टी, सेना र सत्ताको प्रमुख रहने र आजीवन पदमा रहने प्रणालीले क्रान्तिकारी उत्तराधिकारी निर्माण र निरन्तर क्रान्तिको प्रश्नलाई कसरी हल गर्न सक्छ ? मूल नेतृत्वको अवसान हुने वित्तिकै प्रति-क्रान्ति भएका विगतका घटना र पछिल्लो पेरुको अनुभवबाट विश्वका क्रान्तिकारीहरुले के पाठ सिक्ने ? यी विविध विषयमा पार्टीभित्र गम्भीर छलफलको आवश्यकता भएको स्वतस् स्पष्ट छ ।

१०). पार्टी इतिहासको मूल्यांकनको प्रश्न

दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले विगतका पार्टी विभाजन, एकता र ध्रुवीकरणको समीक्षा गरेर ने.क.पा. -माओवादी) लाई कुनै एक पूर्व समूहको विकसित वा परिवर्तन रुप नभएको तर २००६ साल देखिका सवै क्रान्तिकारी धार, उप-धारहरुको सर्वोच्च संश्लेषण भएको र त्यो निरन्तर जारी रहेको मूल्यांकन गरेको थियो । तर ठोस व्यवहारमा आज पनि पार्टीभित्र कुनै प्रश्न उठ्दा विचार र राजनीतिलाई केन्द्रमा राखेर र सत्य र तथ्यमा आधारित भएर भन्दा पनि पुरानै गुट, उप-गुटको आधारमा कित्तावन्दी हुने जुन परिपाटी विद्यमान छ त्यसले यो नयाँ ढंगको पार्टी हो भन्ने पटक्कै आभाष दिन सकिरहेको छैन । साथै कतिपयले पुरानो गुटको आड लिएर आफ्नो कमजोरी लुकाउने, पद सुविधामा मोलतोल गर्ने आदि गरेको देखिन्छ भने आफ्नो गुटलाई वलियो पार्न नयाँ जन्मेका नेता र कार्यकर्तालाई समेत गुटको साँचोमा ढाल्ने घृणित प्रयत्न गरिरहेको पाइन्छ । त्यसरी नै ठूलो पूर्व गुटबाट आउनेहरुमा दम्भ र सानोवाट आउनेहरुमा हीनताबोध र असुरक्षाको भावना प्रष्टै देखिन्छ । यो स्थिति कायम रहेसम्म पार्टी अन्ततस् विकासतिर होइन विनासतिर जाने स्पष्ट छ । यसको अन्त्य गरेर एकीकृत र केन्द्रीकृत पार्टीको निर्माण गर्न पार्टीमा गम्भीर वहस छलफल र अन्तर्संघर्ष अनिवार्य भएको छ ।

११). दुइ-लाइन संघर्ष संचालनको प्रश्न

सिद्धान्तत: '३ गर र ३ नगर' को आधारमा स्वस्थ दुइ-लाइन संघर्ष चलाउने भनिए पनि व्यवहारमा आज पार्टीमा अत्यन्तै अस्वस्थ गलत र अवसरवादी ढंगले अन्तरसंघर्ष संचालन भैरहेको छ । विचार र राजनीतिमा केन्द्रित हुनु सट्टा व्यक्ति र गुटमा केन्दि्रत हुने, स्पष्ट र खुला संघर्षको विधि सट्टा छद्म, षड्यन्त्रमूलक, व्याकवाइटिङको विधि अपनाउने, एकता-संघर्ष-रुपान्तरणको लक्ष्य राख्नु सट्टा कि त एकतादेखि एकता सम्मको कि संघर्षदेखि फुटसम्मको लक्ष्य राख्ने, वर्ग-संघर्ष र अन्तर-संघर्ष वीच अन्तरसम्वन्ध र सापेक्ष स्वायत्तता हुने कुरालाई विर्सेर एकको विरुद्ध अर्कोलाई प्रयोग गर्ने आदि सर्वथा गैर-सर्वहारावादी पद्धति हावी छ । अनि पार्टीमा जति माथि गयो उति यो गलत पद्धति भेटिन्छ । यसको अन्त्यको निम्ति स्वस्थ दुइ-लाइन संघर्ष संचालनको विधि अनुसरण गर्नु अत्यन्त जरुरी भएको छ ।

iv सांस्कृतिक प्रश्न

१२). रुढीवाद, छाडावाद र सर्वहारा नैतिकताको प्रश्न

सामन्तवादी र साम्राज्यवादी संस्कृति, मूल्य-मान्यता, नैतिकता, आचरणको खिचडी जसरी हाम्रो समाजमा व्याप्त छ, त्यसको प्रतिविम्व हाम्रो पार्टीमा हुनु अस्वाभाविक होइन । खाशगरी सामन्ती रुढीवादी र साम्राज्यवादी छाडावादी धार समाज र पार्टीमा प्रवल छ । परन्तु समाजमा न्यून-पुँजिवादी वर्गीय आधार र सामन्ती संस्कृतिको वोलवाला हुनाले रुढिवाद नै मूल समस्या रहने गरेको छ । तर यसवारे पार्टी नेतृत्व पंक्तिमा नै अक्सर एकरुपता पाइन्न र पुँजिवादलाई भन्दा सामन्तवादलाई प्रगतिशील देख्ने दोषपूर्ण चिन्तन यदाकदा हावी हुन पुग्दछ । खाशगरी परिवार, यौन, प्रेम, विवाह, महिलालाई हेर्नेवारे नेतृत्वपंक्तिमा नै गम्भीर कमजोरी देखापर्दछ । त्यसैले यस विषयमा पार्टी भित्र सार्थक वहसको जरुरी छ ।

१३). सांस्कृतिक रुपान्तरणरसर्वहाराकरणको प्रश्न

पार्टीमा शुरुदेखि नै सांस्कृतिक रुपान्तरण र सर्वहाराकरणको आवश्यकता र उपयुक्त प्रक्रियावारे सामान्य छलफल हुने र निर्णय लिने गरे पनि अहिलेसम्म त्यसवारे ठोस योजना प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । वर्ग संघर्षले स्वतस् रुपान्तरण गर्छ भन्ने यान्त्रिक सोचका कारण पनि कतिपय सम्भव सचेत प्रयत्न हुन सकिरहेको छैन । सवभन्दा भम्भीर कुरा मुख्य नेतृत्वकै भनाइ र गराइमा अन्तर हुने र स्वयं उदाहरण वन्ने तत्परता नदेखिएसम्म सांस्कृतिक रुपान्तरण र सर्वहाराकरणको कोरा लफ्फाजी हुनु स्वाभाविक छ । त्यसैले यस प्रश्नमा पनि स्वस्थ अन्तरसंघर्ष चलाउनु आवश्यक भएको छ ।
यी मोटामोटी वुँदा मात्र हुन् । यी सवै र अन्य विषयमा आवश्यकता अनुसार विस्तृत व्याख्या गर्ने र आफ्नो स्पष्ट मत राख्ने काम क्रमशस् हुँदै जानेछ ।
नोट: यी वुँदा वाहेक मुख्यत वर्गसंघर्ष र जनयुद्ध सम्वन्धी महत्वपूर्ण प्रश्नहरु, जस्तै- रणनैतिक प्रत्याक्रमणका योजना र कार्यक्रमहरु, आदि, वारे पार्टीको शीर्षस्थ नेतृत्व पंक्तिमा पूर्ण एकरुपता रहेको छ ।

No comments: