चाइनिज युवतीहरू सेतो तिघ्रा देख्दैमा यौन तृष्णाले पागल हुने पुरुषहरूले महिला कामदारहरूको यौन आकांक्षामाथि औंला ठड्याउनु लज्जास्पद छ। प्रदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडादायी समय एक पाटोमा र अर्को पाटोमा आफ्नै स्वाभिमान र धर्म संस्कृति तथा पहिचानलाई लिलाम गर्ने नर्तकीहरूको वास्तविक चरित्र प्रष्ट रूपमा देखियो।
फरक पाटो यसकारण कि केही महिलालाई जबरजस्ती कसैले सो नर्कमा फसाइएका छन् भने धेरैजसो महिलाहरू राजीखुशी धेरै सम्पत्ति कमाउनको लागि सो घृणित कार्य गर्छन्।यो २१ औं शताब्दीको कथित हामी युवाहरूको साइबर युग हो। यस जमानाभित्र मौलाएको विज्ञान र प्रविधिको उच्च विकासले हामी सबैलाई चेतनशील बनाउनमा मद्दत गरेको छ। यसका साथसाथै तिव्र गतिमा विकसित हुँदै गइरहेको सूचना तथा सञ्चारको रफ्तारले हाम्रो चेतना अझ उँचो बनाउँदै लगेको छ। यस समयभित्र निरंकुशता, दमन, शोषण, जबरजस्ती तथा अन्याय अत्याचारले कहीँ पनि ठाउँ पाउँदैन यो सत्य हो। अहिलेका हामी युवाहरूले आफ्नो जीवन र भविष्यको निर्णय आफैं गर्न सक्छौं। तथा समाजका कुरीतिहरू विरुद्ध जस्तै- दाइजो, बोक्सी, गौना छोपडी, जन्मघरका भौतिक सम्पत्तिमाथि पुरुषको मात्र अधिकार रहने जस्ता कुप्रथा विरुद्ध युवाहरू विद्रोह गर्न थालिसकेका छन्। मैले यी प्रसङ्गहरू किन लेखिरहेको छु भने कथाकार एलिना थापाजीले लेख्नुभएको कथाका ती नेपाली महिला पात्रहरू त्यहाँ जबरजस्त ती कार्य गर्न बाध्य पारिएका छन् जस्तो मलाई लाग्दैन। किनभने आफ्नो चाहना विपरीत आजको यो जमानामा कसैले पनि जबरजस्त गर्न पाउँदैन र गर्नु पनि हुँदैन भने चेतना विकसित छ।
कथाकार एलिना थापाजीको कथा पढी सकेपछि मैले विगतमा प्रकाशित भएको मेरै लेखहरूप्रति समिक्षा गर्न थालें। किनभने मलेसियामा ३ वटा नेपाली साप्ताहिक पत्रिकाहरू नियमित प्रकाशित हुन्छन्। जुन मध्ये श्रम साप्ताहिक र जनपृष्ठभूमि राष्ट्रिय साप्ताहिक नेपाल र मलेसियाबाट एकैदिन प्रकाशित भई वितरण हुन्छन्। नेपाल सरकारको स्वीकृति पछि विगत केही समयदेखि मलेसियामा पनि नेपाली महिला कामदारहरूको प्रवेश त्रि्र रूपमा छ। मलेसियामा नेपाली महिला कामदारहरूको उपस्थितिलाई लिएर केही अनर्गल हल्लाहरू यस साप्ताहिकहरूमा समाचार र केही लेखहरू मार्फत सार्वजनिक भए। मैले सोही कायरतापूर्ण हल्लाका समाचार र लेखहरूलाई खण्डन गर्दै नेपाली महिलाहरूको पक्षमा २ वटा लेख 'जनापृष्ठभूमि साप्ताहिक' मा लेखें।
हुन त 'श्रम साप्ताहिक', 'जनपृष्ठभूमि साप्ताहिक' र 'नेपाल सर्न्दर्भ' मा जम्मा गरी आज सम्मान ११ वटा कथा, १४ वटा लेख र करिब एक दर्जन कविता मैले लेखिसकेको र प्रकाशित भइसकेका छन्। तर ती मध्ये प्रदेशमा महिला श्रमिकहरूको उपस्थिति र उनीहरूको चरित्रका बारेमा छापिएका केही समाचार र लेखहरूलाई खण्डन गर्दै जनपृष्ठभूमि साप्ताहिकमा प्रकाशित भएको मेरो २ वटा लेख धेरै विवादित र चर्चित बढ्यो। धेरैले हदैसम्म नारीवादी भएको आरोप लगाए। तर मैले सत्य लेखेको थिएँ। मैले त्यस लेखहरूमा लेखेको छु- 'चरित्रमाथि औंला ठड्याउने समाजलाई अग्नि परीक्षा दिएर पवित्रताको ग्यारेन्टी गर्ने गंगा झैं स्वच्छ देवी सीता जन्मेकी देशका हाम्री पवित्र चेलीहरू विश्वको जुनसुकै भुगोलमा रहेर कर्म गरे पनि सधैं स्वच्छ र पवित्र रहनेछन्। आफ्नो स्वाभिमान सगरमाथा झैं अटल राख्नेछन्, धर्म, संस्कृति, परम्परा र पहिचान बिर्सने छैनन्, यी नै नेपाली नारीका गौरवमय अतीत, वर्तमान र परिचयहरू हुन्। त्यसैले आज तलब थाप्यो भोलिपल्ट नै वेश्यालय, बार र डिस्कोहरूमा गएर गोजी रित्याउनमा माहिर नेपाली पुरुषहरूले महिला कामदारहरूका चरित्रमाथि औंला ठड्याउनु सोभा दिँदैन।'
यौनको बारेमा प्रष्ट पार्दै लेखेको थिए 'सहमतिमा सुरक्षित यौनसम्पर्क गर्नु नराम्रो होइन, यौन पनि मानव जाति अपरिहार्य हुन्छ तर यौन पूर्ण रूपमा सुरक्षित र सहमतिपूर्ण अथवा आपसी मेलमिलापमा भविष्य र वर्तमानलाई असर नपुर्याउने खालका गरिएको हुनुपर्छ।' यौनकै बारेमा एक लेखकको लेखलाई खण्डन गर्दै लेखेको थिए 'चाइनिज युवतीहरू सेतो त्रि्रा देख्दैमा यौन तृष्णाले पागल हुने पुरुषहरूले महिला कामदारहरूको यौन आकांक्षामाथि औंला ठड्याउनु लज्जास्पद छ।' महिला अस्मिताको बारेमा पनि प्रष्ट रूपमा लेखेको थिए 'अस्मिता भनेको त आफूमा भर पर्ने कुरो हो न कि जबर्जस्ती कसैले लुट्न सक्छ। यदि कसैले जबर्जस्ती गर्यो भने यो देशमा (मलेसियामा) कानुन छैन... ? कसैले बलात्कार गरोस् त उसलाई यहाँको कानुनले सजाय दिँदैन... ? अवश्य उसले सजाय पाउँछ।' हङकङबाट प्रकाशित हुने नेपाली पत्रिका 'सनराइज साप्ताहिक' -सम्पादक भूपेन्द्र चेम्जोङ्ग) मा पनि मेरो एउटा लेख प्रकाशित भइसकेको छ। उक्त लेखमा पनि मैले लेखेको छु 'नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरूको देश नेपाल नै हो। यसको विकल्प अरु हुनै सक्दैन त्यसैले देवी सीताको पवित्रता, भीमसेन थापाको देशभक्ति, सर्वोच्च शिखर सगरमाथाको गरिमा र गौतम बुद्धको शान्तिलाई आँच पुर्याउने खालका क्रियाकलाप कुनै पनि नेपालीले जहाँ रहे पनि गर्ने छैनन् र गर्नु पनि हुँदैन।'
तर... कथाकार एलिना थापाजीको कथा पढ्दा आज आफैंले हिजोका मेरा लेखहरू समय सान्दर्भिक थिएनन् कि... ? वा मैले गल्ति पो लेखें कि ? भन्ने प्रश्न चिन्ह मेरो मस्तिष्कमा सल्बलाइरहेको छ। सम्पत्तिको लागि आफ्नो स्वाभिमान र चरित्रको लिलाम गर्नु घृणित कर्म त छँदैछ त्यसमाथि ती नेपाली ग्राहकहरू जुन नेपाली महिलासँग नै सेक्स गर्छन्। तिनीहरू पनि घृणित नै हुन प्रदर्शनमा त नेपालको एउटा कुकुर आइपुगे पनि आफ्नै आमाबाबा जस्तो लाग्छ झन् चेलीहरू प्रदेशमा भेट्दा आफ्नै बहिनी वा दिदी जस्तो लाग्दैन र... ? प्रवासी नेपाली साहित्यिक मञ्च केन्द्रीय कार्यसमिति मलेसियामाका कोषाध्यक्ष सहकर्मी सञ्जय राई 'छुच्या' नी श्रम साप्ताहिकमा प्रकाशित लेखको केही अंश यहाँ लेख्दा राम्रो होला उहाँ लेख्नुहुन्छ 'घरमा हुँदा आफ्नै दिदी बहिनी र नाता गोताका दिदीबहिनीहरू चेली, गाउँ छाडेर शहर पसियो भने आफ्नो गाउँका महिलाहरू सबै चेली, देश नै छाडेर प्रदेश आइयो भने आफ्नो देशका नारीहरू प्रदेशमा भेट्दा सबै चेली।' त्यसैले नारीको सम्मान गर्न सिक्नुपर्छ हामीले।
नेपाली नारी हुनु त एलिना थापा जस्तो पो हुनु। एलिना थापा नेपाल र नेपाली चेली जानकी सीताकी सच्चा प्रतिनिधि हुन्। उहाँ साँच्चिकै उदाहरणीय नारी हुनुहुन्छ किनकि दैनिक ५०० दिराम कमाई हुने भनी नेपाली भएर नेपाली महिलाकै देहको व्यापार गरी सम्पत्ति कमाइरहेकी तथा त्यस्तो घृणित कार्यमा लाग्न सल्लाह दिने वेश्यालयका नाइके रेश्मा (दिदी) ले प्रलोभन देखाउँदा पनि एलिना चेलीले आफ्नो स्वाभिमान तथा धर्म संस्कृति पहिचान र चरित्रलाई दैनिक ५०० दिराममा लिलाम गर्न चाहिनन्। परिश्रम गरेर आफ्नो पसिनाको कमाई खाने अठोट बोकेकी एलिना जस्ती साहसी र पवित्र नारी अरु सबै भइदिएको भए न त यूएईका वेश्यालयहरूमा नेपाली नारीहरू पाइन्थ्यो नत विश्वको कुनै पनि कुनाको रेडलाइट एरिया र होटलहरूमा। हुनसक्छ केही नारीहरूलाई जबर्जस्ती यौन पेशामा संलग्न गराइएको पनि होला तर किन पीडितहरूले त्यहाँ विद्रोह गरेर बाहिर आउन सकेनन् ? जबर्जस्ती यौन पेशामा लगाउने नेपाली दलालहरू नेपालका लागि केवल भार मात्र हुन्, समाजका लागि कलंक हुन्, उनीहरूलाई म नेपाली हुँ र मेरो देश नेपाल हो भन्ने अधिकार छैन।आशा छ एलिना थापाजीले अझै त्यस्ता धमिराहरूको पर्दाफास गर्दै जाने छिन् र ती धमिराहरूको नाश हुनेछ जसले म नेपाली हुँ भन्दै गौरवका साथ विश्वमा सिर ठाडो पारेर बाँच्न सकौं।
No comments:
Post a Comment