कुनै व्यक्ति बाबुआमाको एक्लो सन्तान हुन्छ भने कुनै दोस्रो वा तेस्रो वा जुम्ल्याहामध्येको पनि हुन सक्छ । एउटै परिवारको सन्तान भए पनि जन्मक्रमले ती सन्तानको व्यक्तित्व, बानी-व्यवहार आदि निर्धारण गर्न सक्छ । साथै केही हदसम्म जन्मक्रमले उसको सफलतालाई पनि प्रभाव पारेको अनुसन्धानले देखाएको छ । एक्लो वा पहिलो सन्तानले उच्च शैक्षिक दक्षता हासिल गर्नुका साथै धेरै मान-प्रतिष्ठा प्राप्त गरी धन आर्जन गर्न सक्छ । तर दोस्रो सन्तानले अलि संर्घष्ा गर्नुपर्ने हुन्छ भने कान्छो सन्तान अरुभन्दा बढी सिर्जनशील र चलाख हुन्छ ।
न्युयोर्कका एक मनोवैज्ञानिक बेन डेटनरका अनुसार पहिलो सन्तान बढी सकारात्मक, आफैं निर्णय गर्न सक्ने हुन खोज्छ भने पछिल्ला सन्तान विरोधी र नयाँ कुराप्रति जिज्ञासु स्वभावका हुन्छन् । ँध्जथ ाष्चकत दयचलक चगभि तजभ धयचमि बलम बिकत दयचलक धबलत या अजबलनभ ष्त -’ भन्ने पुस्तकका लेखक माइकल ग्रोस ९ःष्अजबभि न्चयकभ० भन्छन्- ँबच्चाको जन्मक्रमले उसको व्यक्तित्व, बानी-व्यवहार, सिक्ने क्षमता, कमाइ गर्ने क्षमतामा असर पारेको हुन्छ ।’
पहिलो सन्तान
व्यक्तित्वः अन्य सन्तानको तुलनामा पहिलो सन्तान महत्त्वाकांक्षी, अरुलाई आफ्नो दबाबमा राख्न सक्ने, अनुशासित, सकारात्मक स्वभाव भएको हुन्छ । साथै आफ्नो प्रतिष्ठा तथा दर्जामा आँच आउने डर भए पनि ऊ सफलताका लागि दृढ भएर लाग्ने स्वभावको हुन्छ ।
व्यवसायः यिनीहरुले औषधि विज्ञान, इन्जिनियरिङ, कानुनी व्यवसायजस्ता व्यावसायिक र पुराना चलिआएका सरकारी पेसालाई अंगाल्छन् । ओहायो युनिभर्सिटीको र्सर्वेक्षणअनुसार पहिलो सन्तान बौद्धिक क्षेत्रको पेसातिर लागेको पाइएको छ । पहिलो सन्तानले अरु सन्तानको तुलनामा अलि बढी नै कमाउँछन् ।
कामको तहः पहिलो सन्तान बढी मात्रामा उच्च व्यवस्थापक वा भाइस प्रोसिडेन्टजस्ता तहमा बसेर कार्य गर्छन् ।
प्रसिद्ध पहिलो सन्तानहरुः हिलारी क्लिन्टन, विन्स्टन चर्चिल, बिल क्लिन्टन, ओप्रा विन्प|mे, सिल्भेस्टर स्ट्यालन ।
दोस्रो (माइँलो) सन्तान
व्यक्तित्वः माइँलो सन्तान वाकपटुता तथा वार्तालापमा माहिर हुन्छ । ऊ सम्झौता गर्न सक्ने र शान्त स्वभावको हुन्छ । कुशल प्रवृत्तिका साथै परिवारसँग भन्दा साथीहरुसँग उसको बढी घनिष्टता हुन्छ ।
व्यवसायः यिनीहरु नर्सिङ, कानुनी व्यवसाय, युद्धकला, मेसिन अपरेटरसम्बन्धी काममा रुचि राख्ने र यसैमा सफलता प्राप्त गर्न खोज्ने हुन्छन् । यिनीहरुले जेठो र कान्छाको तुलनामा कम कमाउँछन् ।
कामको तहः माइँला सन्तानहरु प्राविधिक एवम् व्यावसायिक कर्मचारीको तहमा कार्य गरी यही पेसामा बढी सन्तुष्टि हुन्छन् ।
प्रसिद्ध माइँला सन्तानहरुः डेभिड लेटरम्यान, रिचार्ड निक्सन, म्याडोना, राजकुमारी डायना ।
कान्छो सन्तान
व्यक्तित्वः कान्छा सन्तानहरु आमाबाबुका प्यारा हुन्छन् । यिनीहरु रहरलाग्दा, मजाक गर्ने र सिर्जनशील हुन्छन् । साथै अरुलाई फकाएर काम लिन सक्ने हुन्छन् ।
व्यवसायः यिनीहरु बाहिरी कार्यमा तथा कला क्षेत्रमा आकषिर्त हुन्छन् । पत्रकारिता, विज्ञापन, सूचना प्रविधि, व्यापार, एथलेटिक्स आदि क्षेत्रमा यिनीहरुले सफलता प्राप्त गर्न सक्छन् । यिनीहरुले जेठोको भन्दा कम र माइलाको भन्दा बढी कमाउँन् ।
कामको तहः कान्छा सन्तान प्रशासक र प्रायः कारिन्दाको तहमा कार्य गर्ने हुन्छन् । तर उनीहरु अरुको तुलनामा आफ्नो कामबाट कमै सन्तुष्ट हुन्छन् ।
प्रसिद्ध कान्छा सन्तानहरु ः जिम क्यारी, स्टिभ मार्टिन, क्यामरोन डियाज, रोजी ओ डोनेल, बिली क्रिस्टल ।
एक्लो सन्तान
व्यक्तित्वः यिनीहरुको पहिलो सन्तानको जस्तै बानी-व्यवहार हुन्छ । बाबुआमाले उनीहरुबाट चाहेको आशाप्रति उनीहरु अभ्रि्रेरित हुन्छन् । विद्यालयमा सफलता हासिल गर्न र उद्देश्य प्राप्त गर्न उन्मुख हुन खोज्छन् । साथै एक्ला सन्तानहरु आत्मविश्वासी, बढी कल्पनाशील भएका, आलोचना मन नपराउने र सबै कुरामा दक्षता हासिल गर्न खोज्ने स्वभावका हुन्छन् ।
प्रसिद्ध एक्ला सन्तानहरुः ज्याक वेच ९व्बअप धभअिज०, टाइगर वुडस्, एलन ग्रिनस्प्यान, मारिया सारापोभा ।
जुम्ल्याहा सन्तान
व्यक्तित्वः समान उमेर, समान वंशाणु र एकै समयमा जन्मेका कारण प्रायः उनीहरुको बानी-व्यवहार उस्तै-उस्तै हुन्छ । पछि व्यक्तित्वमा केही फरक आए पनि उनीहरु आफू-आफूबीच बढी नजिक हुन्छन् । अन्य दाजुभाइको तुलनामा जुम्ल्याहा सन्तानले आफू-आफूमा झगडा र वादविवाद कम गर्छन् ।
प्रसिद्ध जुम्ल्याहाहरुः एबिगेल र इस्थर प|mाइडम्यान, मेरी क्याट र आस्ले ओल्सन, जोएल र बेन्जी मेडन, जेन्ना र बारबरा बुस ।
No comments:
Post a Comment