प्रेमपछिको सुखद जीवनको कल्पनाले अधिकांश युवायुवतीहरुले रातो गुलाबसहितका उपहार बाँड्छन । सन्त भ्यालेन्टाइन र उनको अमर प्रेमलाई सम्झन्छन । अनी यही प्रेम दिवसको दिन प्रेमको प्रतिकको व्यापार समेत चम्कन्छ नै ।
भ्यालेन्टाइन डे अनी प्रेमको प्रतीक रातो गुलाबको व्यापार । प्रेमीहरुको दिवसका दिन रातो गुलाबभित्र प्रेमको अमरत्व खोज्ने युवायुवतीका कारण एकाएक चम्कन्छ यसको व्यापार। जसले गर्दा भ्यालेन्टाइन डेका लागि नै भनेर रातो गुलाबको विशेष व्यवस्था गर्छन् काठमाडौंका फूल व्यापारीहरु । मौसमको प्रतिकूलताका कारण अहिले नेपालमा रातो गुलाब नगन्य मात्रामा फुल्ने गर्छ । जसले गर्दा भ्यालेन्टाइन डेका लागि भारतबाट आयात गर्नुपर्ने बताउँछन् पुष्प व्यवसायीहरु । नेपालमा वार्षिक १७ करोडको फूलको कारोबार हुन्छ । २ करोडजति फूल नेपालले विदेशमा निकासी गर्दै आएको छ । आत्मनिर्भरताको बाटोमा अगाडि बढेको नेपालको फूल खेतीले अझ पनि बेमौसमी बजारलाई धान्न सकेको छैन । जसले गर्दा विदेशबाट आयात भएका संस्कृतिहरुलाई विदेशी फूल मगाउनुपर्ने बाध्यता भएको व्यवसायीहरुको तर्क छ ।
विदेशी गुलाबको फूल नेपाली गुलाबको तुलनामा निकै महगो पर्छ । नेपाली स्थानीय गुलाबको एउटा फूल २५ रुपियाँसम्म पर्छ । भ्यालेन्टाइन डेका दिन काठमाडौंको एउटा फूल पसलबाट ३ देखि ४ हजारवटा गुलाबका फूल बिक्री हुन्छन् । यस हिसाबले हेर्दा काठमाडौंमा रहेका ५६ वटा खुद्रा पसलबाट २० लाखभन्दा बढीको गुलाब बिक्छ । १४ फेब्रुअरीका दिनका लागि गुलाबको फूल बेंगलोरबाट कोलकाता एवं दिल्ली हुदै नेपाल आउनपु्ग्छ ।
फूल व्यापारीहरुका साथै भ्यालेन्टाइन डेले काठमाडौंका कार्ड पसलेहरुलाई समेत निकै व्यस्त बनाउंछ । भ्यालेन्टाइन डेका दिन कति कार्ड आदान-प्रदान हुन्छ भन्ने कुनै तथ्यांक छैन । तर पनि एउटा कुरा के प्रस्ट छ भने शुभकामना कार्डको कारोबारबाट समेत प्रशस्त पैसा विदेशिएको छ । विदेशिने क्रम जारी छ ।
प्रेमपछिको सुखद जीवनको कल्पनाले अधिकांश युवायुवतीहरुले रातो गुलाबसहितका उपहार बाँड्छन । सन्त भ्यालेन्टाइन र उनको अमर प्रेमलाई सम्झन्छन । अनी यही प्रेम दिवसको दिन प्रेमको प्रतिकको व्यापार समेत चम्कन्छ नै ।
No comments:
Post a Comment