– समर्थक र विरोधी दुबैछन यसका । तर मतलव छैन प्रेममा डुबुल्की मार्नेहरुलाई । उनीहरु आलोचनालाइ पिएर भएपनि योजनामा छन-कसरी स्मरणिय बनाउने यसपालीको भ्यालेन्टाइन ।
– कम छैनन हाम्रा स्वदेशी प्रेम कथाहरु पनि । सीता रामको प्रेमराधा कृष्णको प्रेम । विश्वामित्र-मेनकाको प्रेम । मुना मदन मालती मङ्गले… । अनी दिपेन्द्र र देब्यानीको प्रेम । तर हामीलाई त्यसमा चासो छैन । केवल आलोचना मात्र गर्ने हो गरिरहन्छौं । भ्यालेन्टाइन दिवसको विकल्पमा स्वदेशी प्रेम दिवसको उत्पत्ति गर्न सक्दैनौं ।
आयो फेरी त्यो दिन । प्रेमको त्यागलाइ सम्झाउने दिन । छुट्टिएका मनहरुलाई मिलाउने दिन मिलेका मनलाई थप कसिलो बनाउने दिन । छुट्टीएकाहरुका लागि मिलनको बाटो खोल्ने दिन । मिलेकाहरुलाइ सम्बन्ध थप कसिलो बनाउने दिन । प्रेम अभिब्यक्त गर्ने महोत्सव । १४ फेबु्रअरी अर्थात प्रेम दिवसकसैका लागि विदेशीहरुको नक्कलकसैका लागि जे भएपनि प्रेम अभिब्यक्त गर्ने सु-अवसर । समर्थक र विरोधी दुबैछन यसका । तर मतलव छैन प्रेममा डुबुल्की मार्नेहरुलाई । उनीहरु आलोचनालाइ पिएर भएपनि योजनामा छन-कसरी स्मरणिय बनाउने यसपालीको भ्यालेन्टाइन ।
विदेशीको नक्कल भन्नेहरुका लागि उनीहरुको रेडिमेड जवाफ छ प्रेमको कुनै जात हुन्न कुनै सिमा हुन्न । जसले जुन रुपमा शुरु गरेको भएपनि प्रेम साट्ने दिन सबैको हो । यो स्वदेशी विदेशी हुन्न ।
के हो त प्रेम दिवस
फरक फरक धारका छन किम्वदन्तीहरु प्रेम दिवसका बारेमा । तर प्राय पढिने र सुनिने आख्यान भनेको रोममा रहेको एक पादरीको कथावाट शुरु भएको हो प्रेम दिवस । वसको नाम थियो भ्यालेन्टाइन जसले अरुको प्रेमका लागि आफ्नो जीवनको बलिदानी दिए । अनी उनको त्यही बलिदानीको स्मरणमा उनले सहादल पाएको दिनलाइ प्रेम दिवसको रुपमा सुचिकृत गर्दै नामाकरण गरियो भ्यालेन्टाइन डे ।
किबदन्ती अनुसार ई।स २७० ताका रोम नजिकै बस्ने एकजना पादरी थिए सेन्ट भ्यालेन्टाइन । त्यो बेला रोमन साम्राज्य युद्धमा होमिएको थियो । उसका लागि धेरै भन्दा धेरै विर साहसिक लडाकुहरुको आवश्यकता थियो । प्रेमले मोह जन्माउछ र ब्यक्ति कमजोर बन्छ भन्ने तत्कालीन रोमन सम्राट क्लौडियसको आफ्नै धारणा थियो । त्यसैले उनले आफ्नो सिपाहीहरुलार्य बिबाह गर्नमाथि प्रतिबन्ध लगाए ।
त्यही बेला निस्किए क्रान्तीनायक बनेर भ्यालेन्टाइन । उनी एक चर्चको पादरी थिए । उनले आफ्नो जीवन दाउमा लगाएर तत्कालीन सम्राटको घोषणा विपरित लुकाइ लुकाई सिपाहीहरुको विवाह गराइदिन्थे चर्चमा ।
एक कान दुइ कान मैदान हुंदै यो खवर क्लौडियसकोमा पुग्यो नै । ृनले तत्काल सेन्ट भ्यालेन्टाइनलाइ पक्राउ गरे र जेलमा कोचे । जेल जीवनमै उनको प्रेम बस्यो जेलर एसटेरियस कि छोरीसँग । उनकी प्रेमिका दृष्टिहीन थिइन । जव भ्यालेन्टाइन उनको प्रेमममा परे उनको आंखाको ज्योति फर्कियो ।
आफ्नो घोषणाको अवज्ञा गरेकोमा रोमन सम्राट उनीसित क्रुद्ध थिए धेरै । त्यसैले उनले आपुनो रिस शान्त पार्न भ्यालेन्टाइनलाई फासिको सजाय सुनाए । उनलाई झुण्ड्याउने निश्चित भयो । झुन्डीनु अगाडि उनले आफ्नी प्रेमिकालाइ प्रेम पत्र लेखे । जसमा लेखिएको थियो- ः म तिमीलाई धेरै माया गर्छु । यहीवाट शुरु भयो प्रेम ब्यक्त गर्ने दिवस भ्यालेन्टाइनको नाममा । जसको हांगो अहिले विश्वभर फैलिइरहेको छ ।
भ्यालेन्टाइन दिवस विदेशी संस्कृतिको नक्कल हो भन्ने हो भने कम छैनन हाम्रा स्वदेशी प्रेम कथाहरु पनि । सीता रामको प्रेमराधा कृष्णको प्रेम । विश्वामित्र-मेनकाको प्रेम । मुना मदन मालती मङ्गले… । अनी दिपेन्द्र र देब्यानीको प्रेम । तर हामीलाई त्यसमा चासो छैन । केवल आलोचना मात्र गर्ने हो गरिरहन्छौं । भ्यालेन्टाइन दिवसको विकल्पमा स्वदेशी प्रेम दिवसको उत्पत्ति गर्न सक्दैनौं । अरुले प्रेम गरेको पनि सहन गर्न सक्दैनौं । तरआजको पुस्ता के डराउथे कसैको आलोचनामा । काग कराउंदै गर्छ पिना सुक्दै गर्छ भने झै आलोचक कराउंदै गर्छन प्रेम जोडि प्रेममा चुर्लुम्म डुब्दै जान्छन ।
हुनेहरु आफ्नो सम्बन्ध कसिलो बनाउंनेछन ।ब्यक्त गर्न नसक्नेहरु यही मौका छोपेर लर्बरिएको स्वरमा हातमा रातो गुलाव बोकेर प्रस्ताव राख्नेछन-के तिमि मेरो भ्यालेन्टाइन बन्ने छौं ? विल यु बि माइ भ्यालेन्टाइन ?
No comments:
Post a Comment