सत्तामा त्यत्रो लामो समय बस्दा कुनै चासो नराखेको कांग्रेस संविधान सभा सेना समायोजन जस्तो संवेदनशिल विषयलाइ पन्छाएर सानेपामा रहेको पार्टी कार्यालयको भब्य बंगलाको निर्माण सकाउनतिर लागेको छ । करिव आठ वर्ष वितिसकेको थियो भब्य महलको नक्सा बनाएर शुरु भएको भवन निर्माण २ तला बनेर रोकिएको । अहिले आएर त्यो भब्य महललाइ नक्सा अनसारको आकारलाइ पुर्णता दिनतिर लागेको छ कांग्रेस ।
पांच तला निर्माण गरिने लक्ष राखेको कांग्रेसको केन्द्रिय कार्यालयले पुर्ण आकार पाउने हो भने एमालेको बल्खु दरवार माथ खाने निश्चित नै छ । भवनको दोस्रो तलामा गाडि जानेसम्मको कल्पना गरेर समाजवादी पार्टीको भवन निर्माणको काम शुरु भएको थियो । एमालेको भवन बामदेव गौतमले बनाइदिए झै कांग्रेसको भवन बनाउने ठेक्का पाएका थिए गोविन्दराज जोशिले । तर जव ११ औं महाधिवेशनमा जोशि केन्द्रिय सदस्यमा पराजीत भए तवदेखी कांग्रेसी महलको र्दुदशा शुरु भयो । बन्दै गरेको भवन रोकियो । भब्य महल जोक बन्यो ।
त्यसपछिका दिनमा पनि कांगे्स सत्तामा बस्यो तर भवनप्रति कसैले चासो देखाएनन । किन बनेन भनेर सोध्ने हो भने कांग्रेस नेताहरुको रेडिमेड जवाफ हुन्थ्यो-पैसा नभएर । कांग्रेस अनी पैसाको अभाव जोक भएन त ?
तर प्रतिपक्षमा बसेपछि गत भदौमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य डा। रामशरण महतलाई भवन र्निमाण समितिको संयोजक तोक्यो । अनी भवन निर्माण शुरु भयो-१० माघवाट । एक वर्षभित्र चौथो तला बनाउने रे । यसका लागि चार करोड खर्चको व्यवस्था भइसकेको रहेछ ।
कृष्णप्रसाद भट्टराई पार्टीको सभापति भएको ताका २०५२ मा पार्टी कार्यालय बनाउन झण्डै एक करोडमा जग्गा किनेको थियो कांग्रेसले । २०५३ वैशाख ३० गते उनै भट्टराईले भवनको शिलान्यास गरेर निर्माणको काम शुरु गरेका थिए । भवन रहेको क्षेत्रको कुल क्षेत्रफल ५ रोपनी १३ आना २ पैसा छ ।
भवनमा कर्भड हल पार्किङ र बगैचा समेत गरी ३६ हजार आठ सय ८८ वर्गफिट ओगटेको रहेछ । पाँच तले भवनमा ४४ वटा कोठा हुनेछ । त्यसमा पुस्तकालय साचार कक्ष र पि्रन्टिङ प्रेस राख्ने योजना छ । भवनका लागि प्रारम्भमा पार्टीका कि्रयासील सदस्यबाट एक सय रकम उठाएको थियो । कांग्रेसका झण्डै एक लाख १७ हजार कि्रयासील सदस्य थिए । निर्माण समितिले टेकुमा रहेको बाणिज्य बैकमा खाता खोलेका थिए । कांग्रेसले उद्योग ब्यापारीहरुसंग समेत चन्दा र दान लिएर भवन निर्माण सुरु गरेका थिए । महत समितिले पनि पार्टीका सभासदहरु संग पुस महिना देखि मासिक दुई हजार भवन निर्माणको लागि उठाउने गरेको छ । एक सय १३ जना सभासद रहेको कांग्रेसले उनीहरुसंग आगामी छ महिना सम्म सो रकम उठाएर भवन बनाउने लक्ष लिएको थियो ।
यदी पांच जना इन्जीनियरको सहयोगमा बनेको नक्सा अनुसारको भवन बन्यो भने एमालेको बल्खु दरवार माथ खाने निश्चित छ । भवन राम्रै बनोस शुभकामना । तर जसरी भवनका लागि कांग्रेसी जुटेका छन त्यसरीनै संविधान बनाउन जुटे कति उत्तम हुने थियो ।
No comments:
Post a Comment