Tuesday, February 3, 2009

कानुन व्यावसायीहरुद्वारा धमलासँग भेट

'बम बिष्फोट, हतियारको कारोवार र फिरौति' जस्ता अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पत्रकार ऋषि धमलासँग कानुन व्यावसायीहरुले भेटेका छन् ।
 प्रहरी थुनामा रहेको पत्रकार ऋषि धमलालाई भेट्न नेपाल वार एसोसियशनका अध्यक्ष बिश्वकान्त मैनाली, पूर्व अध्यक्ष शम्भु थापालगायत कानुनव्यावसायीहरु प्रहरी थाना पुगेका छन् । 'बम बिष्फोट, हतियारको कारोवार र फिरौति' जस्ता अपराधमा संलग्न रहेको आरोपमा माघ २१ गते बेलुका पक्राउ परेका धमलालाई भेट्न कानुनव्यावसायीहरु २२ गते दिउँसो १२ बजे महानगरीय प्रहरी प्रभाग, सिंहदरवार पुगेका हुन् । धमलालाई भेटेपछि कानुनव्यावसायीहरुले प्रहरीले आजै धमलालाई अभियोगसहित अदालत लाने तयारी गरिरहेको बताए । 'धमला ठिक अवस्थामा छन् तर, उनी निकै आत्तिएको देखियो' धमलालाई भेट्ने एक कानुनव्यावसायीले भने ।

पछिल्लो समय राजधानीमा बम बिष्फोट गराईरहेको रणवीर सेना नामको हतियारधारी समूहसँग संलग्न रहेको आरोपमा धमलालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

No comments: