Monday, February 16, 2009

सलाम जनमुक्ति सेनालाई

संग्रौला

जनसेना दिवसको यो विशाल कार्यक्रममा आउनुभन्दा अगाडि यसमा आउने कि नआउने भन्ने विषयमा मेरो मनमा द्विविधा थियो । यो कार्यक्रम आधासम्म हेरिसकेपछि मलाई के लाग्यो भने यदि म यहाँ नआएको भए देशको एउटा वास्तविकताको पाटो मेरो आाखाबाट गुम्ने रहेछ । मलाई निम्ता गर्ने साथीहरू र मलाई यहाँ आउन कर गर्ने साथीहरूलाई म धन्यवाद दिन्छु ।

म माओवादी होइन । त्यसो त म खाओवादी पनि होइन । म एक सचेत नागरिकको दृष्टिकोणबाट जनमुक्ति सेना नेपालले परिर्वतनका क्रममा गरेका योगदानहरू त्यसको स्थान र दायित्वका बारेमा केही टिप्पणी गर्न चाहन्छु । मैले रुसी र चिनियाँ साहित्यको नेपालीमा धेरै अनुवाद गरेा । रुसी साहित्य र चिनियाँ साहित्यको अनुवाद गर्दा मेरो सम्पर्कमा छापामारहरू आएका थिए । जनसेना आएको थियो । तिनको टोपी, टोपीमा लगाउने रातो तारा र तिनले लगाउने कम्ब्याटको मैले नेपालीमा रूपान्तरण गरेको थिएँ । आज मैले मेरो मातृभूमिको आागनमा नेपाली समाजलाई शोषण, विभेद र अत्याचारबाट मुक्त गर्नका निम्ति आफ्नै आासु र पसिनामा पौडी खेल्दै यहाँसम्म आएको जनसेनालाई देखेको छु । त्यसबाट म गौरवान्वित भएको छु । म हषिर्त भएको छु । सुगौली सन्धिपछि नेपालको सामाजिक न्यायको सङ्ग्राममा सबैभन्दा ठूलो युद्ध लडेको भनेको माओवादी नेतृत्वमा रहेको जनसेना नै हो । सुगौली सन्धिभन्दा अगाडि नेपालीहरूले वीरतापूर्ण लडाइा लडेका हुन् । ती लडाइा विदेशी शत्रुविरुद्ध लडिएका थिए । नेकपा

(माओवादी)को नेतृत्वमा निर्माण भएको जनसेनाले नेपाली समाजभित्र रहेका जनविरोधी प्रतिगामी तत्त्वहरूका विरुद्धमा लडेको छ । यसको आफ्नो छुट्टै इतिहास छ । यसको आफ्नो छुट्टै गौरव छ ।

अहिले केही मानिसहरू भनिरहेका छन्, संविधानसभाको घोषणामा, संविधानसभाको निर्वाचन सम्पन्न गर्ने काममा, राजतन्त्रलाई सिंहासनच्यूत गर्ने काममा, नेपाललाई सङ्घीय संरचनामा लैजाने काममा, नेपालका सबै नागरिकहरूलाई अधिकार र शक्तिको बाँडफााड गर्ने गरी समाजको निर्माण गर्ने काममा जनसेना वा जनयुद्धको खासै योगदान छैन । १९ दिनको जनआन्दोलनको तिनले स्मरण गर्छन् । १९ दिनको जनआन्दोलनबाट नै नेपालका सबै परिवर्तनहरू भएका हुन् भनी तर्क गर्छन् । मलाई त्यो तर्क हास्यास्पद लाग्छ ।

समयको प्रारम्भ १९ दिनको जनआन्दोलनबाट भएको होइन । १९ दिनको जनआन्दोलन निर्माण गर्नका लागि त्यसको पृष्ठभूमिमा रहेको नेकपा (माओवादी)को दसवर्षको जनयुद्ध सिङ्गो नेपालको इतिहासमा न्यायको पक्षमा भएका धेरै आन्दोलनहरूको योगदान रहेको छ । मलाई त के लाग्छ भने १९ दिने जनआन्दोलन त प्रतिफल थियो । त्यसको पृष्ठभूमिमा सबैभन्दा मुख्य त तपाईं जनसेनाले नेपालको परिवर्तनका निम्ति जति रगत बगाउनुभयोे, कैयौं साथीहरू गुमाउनुभयोे र जति भोकै बस्नुभयो, त्यसको योगदान रहेको छ ।

आज जनसेनालाई अछूतका रूपमा व्यवहार गर्दै देशका कपितय तत्त्वहरू र कतिपय पक्षहरू एकजना मात्र जनसेनाको जवानलाई नेपाल सेनामा समायोजन गर्नुुहुँदैन भनेर हल्ला गर्दै हिाडिरहेका छन् । मलाई त्यो हल्ला पागलपनजस्तो लाग्छ । जसले त्यसो भनिरहेको छ, त्यसले जनसेनालाई नेपाली मानेको छैन । त्यसले मान्छे मानेको छैन । अछूतका रूपमा हेरेको छ । जनसेनालाई नेपाली सेनामा समायोजन गर्नुहुँदैन भनेर विभिन्न तर्क गर्नेहरू युद्धका पक्षमा छन् । तिनीहरू नेपाललाई अर्को युद्धमा लैजान चाहन्छन् । त्यसैले त्यस प्रवृत्तिका विरुद्ध, त्यस मनोवृत्तिको विरुद्ध तपाईं हामी सबैले एकजुट भएर लड्नुपर्छ । खास गरिकन यो संविधानसभाको परिणामपछि नेपालका पश्चगामी, यथास्थितिवादीहरू परिवर्तनको विरुद्धमा प्रत्यक्ष रूपमा उभिएका छन् ।

अहिलेको आवश्यकता भनेको परिवर्तनका पक्षका सम्पूर्ण शक्तिहरू एकजुट हुनु हो । पश्चगामीहरूलाई भण्डाफोर गर्दै किनारा लगाउनुपर्छ । त्यो प्रक्रियामा जनसेनाको उपस्थिति अत्यन्त महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ ।

नेकपा (माओवादी)को नेतृत्व सत्तामा गएको छ । सत्तामा सरकारको प्रतिनिधि बनेको छ । यहाँ माओवादीको नेतृत्वमा सरकार बनेको छ । यो सत्ता संयन्त्रको कार्यशैली र संस्कृति सर्वाङ्ग भ्रष्ट छ । त्यो भ्रष्ट राज्यसत्ताका संयन्त्रहरू भएको राज्यसत्तामा, भ्रष्ट कार्यशैली र संस्कृति भएको राज्यसत्तामा नेकपा (माओवादी) भित्रिएको छ । यसको परिणाम दुईवटा हुनसक्छ कि त माओवादी भ्रष्ट संयन्त्र भएको, भ्रष्ट कार्यशैली र संस्कृति भएको सत्तालाई धोइपखाली गर्दै जनहितपक्षको सत्ता निर्माण गर्नेछ । कि माओवादीको नेतृत्व हिजोको संसदीय शक्तिजस्तै सत्ताबाट पठाइने छ । त्यो सत्तामा फस्नेछ र अर्कै रूपमा परिणत हुनेछ । नेपालको वामपन्थी राजनीतिमा यो अत्यन्त ठूलो चुनौती हो ।

त्यसैले माओवादीको नेतृत्वलाई तपाईंहरूले पलपल खबरदारी गर्न आवश्यक छ । सत्तामा गइसकेपछि, गाडी चढिसकेपछि, वरिपरी सुरक्षाकर्मी भइसकेपछि र सलामी प्राप्त भइसकेपछि पेटदेखि दिमागसम्म बोसो लाग्छ । शासकहरूको जब पेटदेखि दिमागसम्म बोसो लाग्छ, तिनीहरू तब अल्छी हुन्छन् । तिनीहरूले जनतालाई देख्न छोड्छन् । आफ्नो आदर्शलाई बिर्सन्छन् । हिजो हिाडेर आएको बाटो बिर्सन्छन् । आफूलाई त्यो उचाइामा कसले पुर्‍यायो ? कसको बलिदानको कति भूमिका थियो भन्ने कुरा बिर्सन्छन् ।

त्यसैले माओवादीका आमसचेत कार्यकर्ताहरू, जनसेनाका कमान्डर र सदस्यहरूले यो सरकारलाई, यो हाम्रो सरकारलाई, मैलेसमेत मतदान गरेर निर्माण गरेको यो सरकारलाई सहयोग गर्नुपर्छ र यसलाई खबरदारी गर्नुपर्छ । यदि कुनै भूलचुक भयो भने हामीले धेरै ठूलो स्वरमा हल्ला पनि गर्नुपर्छ ।

अहिले नेपालको राजनीति दोसाँधमा उभिएको छ । मलाई भन्न मन लागेको कुरा यत्ति नै हो । अन्तिममा म एउटा टिप्पणीका साथ टुङ्ग्याउँछु । तपाईं हुनुहुन्छ, त्यसैले म छु । म कहिलेकाहीा कल्पना गर्छु, नेपालमा जनसेनाले दस वर्षको जनयुद्ध नलडेको भए र माओवादीको नेतृत्वमा जनसेनाजस्तो अत्यन्त समर्पित, देशभक्त र जनप्रेमी शक्तिको निर्माण नभएको भए के हुन्थ्यो होला ? मलाई लाग्छ, इतिहासको यो घडीमा जनसेना नभएको भए गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल सुन्दरीजलको खोरमा हुन्थे । जनसेना नभएको भए मेरो आफ्नो नियति के हुन्थ्यो होला म भन्न सक्दिना । त्यसैले इतिहास, नेपालको परिवर्तनका निम्ति तपाईंहरूले धेरै ठूलो बलिदानी गर्नुभएको छ । तपाईंको काँधमा अझै ठूलो जिम्मेवारी छ । यसले तपाइर्ंको सम्मान, तपाईंका विवेक नेपालका लागि आवश्यक छ । त्यसैले म तपाईंलाई अभिवादन गर्छु, सलाम गर्छु ।

(आठौं जनमुक्ति सेना दिवसका अवसरमा नवलपरासीको हात्तिखोरमा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)

No comments: