भोजपुरको खुकुरी चैनपुरको करुवा
करुवा भन्नै बित्तिकै सबैलाई कल-कल पानी पीएको तिर्सना गराउँछ । गर्मी होस या जाडो करुवा र पानी पीउने रहर सबैलाई हुन्छ । आˆना घरमा आएका पाहुनाहरूलाई काँसको करुवामा पानी दिएर इज्जत गर्ने चलन छ । धेरैलाई थाहा नहुन सक्छ आफैँले पानी पीउने करुवा र आङ्खोरा कहाबाट ल्याईन्छ र कसरी बनाईन्छ भन्ने । पाल्पाको ढाकाटोपी, भोजपुरको खुकुरीले इज्जत धाने जस्तै सङ्खुवासभाको इज्जतचाँही चैनपुरे करुवाले धानेको छ । सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरका अधिकाशं शाक्यहरूको दिनचर्या पानी पीउने करुवा निर्माण गरेर बित्छ । बिहान मिरमिरे उज्यालो हुन थालेपछि मध्यरातसम्म उनीहरू कलात्मक करुवा निर्माण गर्न तल्लिन हुन्छन् । चैनपुरे कलाकौशल र शिल्पकारिताका लागि कम महìवपूर्ण छैन । यहाँ निर्माण गरिने काँसका करुवा, अङ्खोरा, अन्ति,पानस, कप, एवं बुद्व र कृष्णका मूर्तिले विदेशमा समेत छुट्टै पहिचान बनाउन सकेका छन् । चैनपुरमा करिव २ सय ५० वर्ष अघिदेखि नै यसको कारोबार सुरू भएको हुन सक्ने दावी गर्छन चैनपुरेहरू ।
चैनपुरका करुवा व्यवसायी पदम शाक्यले यो व्यवसाय थालेको ५६ बर्ष बितिसकेको छ । उनी आˆनो पुख्यौली कामलाई १० बर्षको उमेर देखि निरन्तरता दिदँै आएका छन् । चैनपुरे करुवा उद्योगलाई निरन्तरता दिदैँ आएका अर्का करुवा व्यवसायी नारद शाक्यका दिन पनि करुवा बनाउदैमा बित्छन् । चैनपुरे ब्रास सेन्टर खोलेर व्यवसायलाई टिकाउदै आएका गङ्गा शाक्य सरकारी नोकरी भन्दा यही व्यवसायमा रमाएका छन् । वाणिज्य शास्त्रमा स्नातक शाक्य आˆनो घरमा निर्मित काँसका सामान चैनपुर, धरान, विराटनगर, काठमाडौँ हुँदै युरोप र अमेरिकासम्म पुर्याउने गर्छन् तर अहिले आएर यो व्यवसाय दुव्लाउन थालेकोमा भने उनी निकै चिन्तित छन् ।
त्यसो त अरूण उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई समेत चैनपुरका करुवाले आकषिर्त पार्ने गर्छ । कलात्मक करुवा, अन्ति, पानस, आम्खोरा र मूर्तिले स्वदेशीको मात्र होइन विदेशीको मन पनि उत्तिकै जितेको छ तर आधुनिक मेसिनबाट उत्पादित करुवाले यहाँका कलात्मक करुवाको बजारलाई हृवात्तै खाइदिएको छ । आˆनो पेसाप्रति आकर्षण घट्न थालेको गुनासो चैनपुरे शाक्यहरूको छ । हाल चैनपुरका ११ घर परिवारले काँसको काम गरिरहेका छन् ।
करुवा निर्माणमा शाक्यहरू
चैनपुरमा काँसको काम गर्ने चार किसिमका शाक्यहरू छन् । हामी सबै ७-८ पुस्ता अघि पाटन नागबहालबाट आएका हौँ स्थानीय ६६ वषिर्य देवेन्द्र शाक्यले भने । बिभिन्न समयमा बेग्ला बेग्लै उदेश्यले शाक्यहरू चैनपुर आए पनि उनीहरूले पाटन छाड्नु पर्ने कारणहरू भने बेग्लै छ । शाक्यहरूको गुठीको नियमअनुसार सबैले पालै पालो भोजको आयोजना गर्नु पर्दथ्यो, पछि आर्थिक कठिनाईका कारण भोज आयोजना गर्न नसक्दा केही शाक्यहरूले पाटन छोडेर उपत्यका बाहिर गई आˆनो पुख्र्यौली पेसाअपनाउन थाले । यसै क्रममा चैनपुर आएका शाक्यहरूले काँस र पीत्तलको काममा रहेको आˆनो निपूर्णताको आधारमा अन्ततः करुवा जस्ता घर सजावटका सामाग्री बनाउन थाले । पुस्तौ देखि सञ्चालन गर्दे आएको काँसको काममा अहिले युवा पुस्ताको आकर्षण कम हुन थालेको छ । स्थानीय सुचित्रा शाक्य भन्छिन, मूलत ः आधुनिकताको प्रभाव, सामाजिक परिवेश, परिश्रम र आर्थिक कठिनाईका कारण हाम्रा छोरा छोरीले यसमा रुचि देखाउन छाडेका हुन् तर यो मात्र प्रमुख कारण भने होइन । सङ्खुवासभा बहुमुखी क्याम्पसमा अध्ययनरत सरीता शाक्यको अनुभव भने बेग्लै छ । स्थानीयस्तरमा कच्चा पदार्थ सजिलै उपलब्ध नहुनु, सामूदायीक वन गठन भएपछि करुवाका लागि आवश्यक पर्ने गोल, चिम्टाईलो माटोको अभाव र बजारको समस्या सिर्जना हुनुले युवा पुस्तामा यो व्यवसाय प्रति वितृष्णा बढेको हो । युवायुवतीलाई यो पेसामा लगाउने हो भने सरकारले मूलत ः बजारको व्यवस्था गरीदिन सक्नुपर्छ । करुवा व्यवसायबाट जीविकोपार्जन गर्दे आएका व्यवसायीहरू भन्छन, ६-७ बर्ष अगाडी सम्म चैनपुरबाट करिव ३०-३५ हजार करुवा बाषिर्क रूपमा निर्यात हुने गर्दथ्यो । अहिले बढ्दो हैन, घट्ने क्रममा छ । त्यसो त करुवा व्यवसायमा लागेरै जीविकोपार्जन गर्ने धेरै शाक्यहरू अहिले आएर रुमलिन थालेका छन । पहिले यसै पेसालाई भविश्य ठान्नेहरू अव के गर्ने भन्ने सोचाईमा छन् । छोरा छोरी पढाउनै पर्यो अनि समाजका अगाडि व्यवहार पनि धान्नै पर्यो उनीहरूको गुनासो छ । करुवा बनाउनु बाहेक उनीहरूको अन्य बिकल्प पनि छैन, त्यसैले यो व्यवसाय टिकाउन पाए हुन्थ्यो भन्नेमा छन उनीहरू ।
उनीहरू एक महिनामा एक किलो तौलका ५०-६० वटा करुवा बनाउन सक्छन् । ती करुवाबाट प्रतिकिलो एक हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ । अन्य जागीर भन्दा यो व्यवसायबाट बढी फाईदा हुने भएकाले अरू पेसामा त्यती रुची राखेनन् उनीहरूले । किन भने करुवाको बजार र यो व्यवसाय आˆनै हातमा छ भन्ने थियो उनीहरूलाइ । करुवा व्यवसायी दिलीप शाक्य भन्छन,तर यतिका करुवा बनाउन परिश्रमको लगानी बढी हुन्छ । नेपालका अरू जिल्लाको तुलनामा चैनपुरमा बन्ने करुवाको काँसको गुणस्तर र डिजाईन राम्रो हुने धारणा ग्राहकहरूको छ । काठमाण्डौ मैतीदेवी बस्ने देवनारायण महर्जन वाषिर्क रूपमा चैनपुरबाट तीनलाख रुपैयाँको करुवा खरिद गर्ने गरेको बताउँछन् । चैनपुरे करुवा हेर्दा जती आकर्षक छन, त्यो भन्दा बढी टिकाउ पनि छन् । चिम्टाईलो माटो, स्तरीय मैन भएका कारण नै करुवा टिकाउ र गुणस्तरीय भएका हुन् ।
करुवा बनाउने तरीका
निर्माण भएको करुवा हेर्दा जती राम्रो देखिन्छ, त्यती नै यो राम्रो पार्न खट्नु पर्छ । वनबाट माटो लिनजाने कामबाट करुवा निर्माणको काम सुरू हुन्छ । करुवा बनाउँदा २५ प्रतिशत राङ, २५ प्रतिशत तामा, २५ प्रतिशत जस्तापाता मिसाएर पीत्तल बनाइन्छ । लिस्याइलो माटोमा मुछिन्छ । त्यसपछि हातले मैनको डिजाइन निकालिन्छ । गोवरमाटो तीन पटक रगडिन्छ, त्यसपछि ओझेलमा सुकाइन्छ । कम माटो र धेरै भूस बाहिर लगाउने र सुकेपछि भित्र बाहिर रगडिन्छ । रगडेको माटो साँचोमा सुकाएर खोलिन्छ । भट्टीमा तताएर मैन र काँस पगालेर निकालिन्छ । त्यसपछि उजेल्ने काम सुरू हुन्छ । करुवा बनाउने प्रक्रियाबारे पदम शाक्यले भने ।
मेहनत गरेर बनाईएका टलक्क टल्कने यस्ता करुवाले कसको मन नलोभ्याउला र ? अमेरिकाबाट नेपाल भ्रमणका क्रममा चैनपुर पुगेकी क्याथरीन गोल्डजिनले विदेशमा समेत चैनपुरे करुवा बारे सुनेकी बताउँदै अहिले देख्ने मौका मिलेको र भ्रमण सकिए लगत्तै तीन दर्जन करुवा उपहार स्वरुप लाने बताउँछिन् । विदेशमा मात्र हैन, सङ्खुवासभा भित्रिने पाहुना, कर्मचारीलाई समेत विदाइस्वरुप चैनपुरे करुवा अनिवार्य उपहार दिने चलन छ ।
चार वर्ष अगाडी सम्म पाँच सय रुपैयाँ प्रति किलो पर्ने करुवा अहिले दुई हजार रुपैयाँ प्रति किलो पाउन पनि मुस्किल छ । कच्चा पदार्थको अभाव, महङ्गो मूल्यमा कच्चा पदार्थ खरिद गर्नु पर्ने बाध्यता नै यसको प्रमुख कारण हो ।
No comments:
Post a Comment