Sunday, February 1, 2009

स्वर्गमा पनि लोडसेडिङको चिन्ता

स्वर्गमा पनि लोडसेडिङको चिन्ता !
सबैका 'बाजे' -तारादेव भट्टराई) 'बाजे' किन सबैले भनेका हुन् यकिन भएन । यदि ब्राहृमण भएर भनिएको भए सबै चारै जनालाई बाजे भन्नु पर्ने थियो तर उहाँलाई मात्रै सबैले बाजे भन्थे । निष्ठा कर्मले भनँू त्यो पनि थिएन । जसले जहाँ श्रद्धा गरेर खान बोलाए पनि जानु हुन्थ्यो । सबै थोक श्रद्धाले खानु हुन्थ्यो । उहाँलाई जातको कुनै रोकतोक थिएन । जहाँ जुन अफिसमा काम गर्दा पनि चाहे ग्राम विकास होस, स्वास्थ्य मन्त्रालय होस् स्वास्थ्यसेवा समन्वय परिषद् हेास् वा गृह नै किन नहोस् सबै तिर उहाँलाई 'बाजे' नै भन्थे । लिखित रूपमा मात्र उहाँको नाम लेखिन्थ्यो ।

साथीहरूमा पनि उहाँ 'बाजे'कै नामले नै प्रख्यात हुनुहुन्थ्यो । सबै साथीमा उहाँ मात्रै ब्राहृमण भएर भनूँ भने त्यो पनि होइन होला । उहाँको साह्रै नै मिल्ने साथीहरू मध्ये त्रैलोक्यनाथ उप्रेती पनि एक हुनु हुन्थ्यो तर उहाँले पनि सधैँ बाजे नै भन्ने गर्नु हुन्थ्यो । ब्राहृमण भएर पूजापाठ निष्ठाकर्म खास थिएन । ६,७ साल तिरको कुरा होला चारै जना बाबाहरू र हजुरबुबा समेत सेतो धोती लगाएर भान्सामा पिर्कामा बस्ने चलन थियो । त्यो प्रथा कहिले सम्म रहृयो त्यति याद भएन ।

१२,१३ सालसम्म त वटुमै बसोबास थियो । त्यति खेरनै विदेशीहरूसँगको सड्ढत भइसकेको थियो । मलाई अलि अलि सम्झना छ । कोही विदेशी कोठामा आउन लागे भने थाहा पाएपछि हुक्काका पानी छोइन्छ भनेर सबै भन्दा पहिले कोठाको हुक्का हटाउनु पथ्र्यो । विदेशी साथी भाइहरूसँग सह्रै स्नेह थियो । विरामी भएर अशक्त हुँदा पनि कुनै विदेशी आए भने सद्दे जस्तै भएर उनीहरूले 'तटर मटर' नेपालीमा कुरा गरे पनि आफू भने मज्जाले अङ्ग्रेजीमा नै कुरा गर्नुहुन्थ्यो । अन्त्यमा पनि एक जना विदेशी मित्रले लास जलाउन समेत 'वि्रकेट जुन झँसिखेलमा नै बनाइन्थ्यो त्यसबाट लास जलाउन समेत मद्दत गर्नु भयो । उहाँ बराबर आएर बाबाको सन्चो विसन्चो बुझ्नुहुन्थ्यो । ईच्छा लागेकोको कुरा ल्याएर खुवाउनु हुन्थ्यो ।

जुन भाषा भाषीका साथीहरू हुन उहाँ त्यही भाषामा नै कुरा गर्नु हुन्थ्यो । दयावीर सिंह कंसाकारज्यूसँग घरमा गएर खान पीन गरेर रमाइलो गर्नुको साथसाथै घरबाट फोन गर्दा फोनमा पनि नेपाल भाषा, अर्थात् नेवारीमा नै कुरा गर्नु हुन्थ्यो । साथी भाइले त 'बाजे' भने भने उनका छोराछोरी र नाती नतिनाले समेत 'बाजे बुबा' भन्दथे र भन्छन् पनि ।वटुमा बाजेहरूको सङ्ख्या कम भएर हो कि भन्ने पनि लाग्छ तर जेहोस् 'बाजे' साह्रै नै प्रसिद्ध हुनुहुन्थ्यो । झम्सिखेलमा पनि सबैले बाजे नै भन्थे । बाजे भनेपछि उहाँ नै हो भन्ने अर्थ लाग्थ्यो ।

उहाँका काम गर्ने लगनशीलता अफिसमा मात्रै होइन घरमा पनि त्यति कै थियो । आˆनो स्वास्थ्य ठीक रहुन्जेल सधैँ बारी बगैँचामा काम गर्नु हुन्थ्यो । शरीर मोटो भएको कारणले सानो सुकुलमा बसेर गोडमेल गर्नु हुन्थ्यो । अफिसबाट फर्केर पनि सधैँ जसो बारी वगैँचामा काम गर्नुहुन्थ्यो । घरका लत्ता कपडाहरू आफँै सिलाउनु हुन्थ्यो । त्यसको प्रभावले हामी पाँचैजना छोरीहरूले सिलाईको साधारण ज्ञानको लागि बाहिर तालिम लिन जानु परेन ।

पाँचै जना छोरीहरूलाई कुनै कुराको खाँचो महसुस नगराइकन हुर्काउनु भयो । हामीलाई साइकल चढ्न, व्याडमिन्टन खेल्ने र टेबुलटेनिस जस्ता खेलहरू सिक्नको लागि प्रेरणा दिनु भयो । त्यति बेलाको चलन अनुसार छोरीले पढ्न बाहिर जान नहुने, खेलकुदमा भागलिन नहुने भए पनि हामी त्यसबाट पछि परेनौँ । एक पटक हामी दुई दिदी बहिनीलाई लिएर हाल बग्गीखानाको अगाडि सिंहदरवारभित्र उहाँ अहिले गह मन्त्रालय छ त्यहाँको फुटवल ग्राउण्डमा फुटवल खेल हेर्न लानु भएको थियो । उहाँले हामी पाँचै जनालाई शिक्षा दिक्षामा पनि सक्षम बनाउनु भयो । त्यतिबेला अहिलेको जस्तो ट्युसन पढ्ने चलन थिएन । उहाँ आफैँले हामी सबैलाई पढाउनु हुन्थ्यो ।

उहाँ बाबा आमा दुईबाट कहिले पनि छोरा नभएको कुरा खड्किएन र साथसाथै त्यस विषयमा कहिले पनि कुनै कुरा सुनेनौँ । हामी ठूलो भएपछि पनि कतै केही देखिएन । जहाँबाट जे कुरा ल्याए पनि चाहे माछा होस् चाहे सुन्तला होस् सबै विवाहित छोरी ज्वाई नाती नातिनाहरूलाई जम्मा गराएर मात्र खाने चलन थियो । मिलेसम्म हामीहरूलाई पनि जिल्ला जिल्ला घुमाउन लैजानु हुन्थ्यो । वावा बाँचुन्जेल केही कुरा खड्किएन, जुन दिन बाबाको स्वर्गे भयो त्यसै दिनबाट अहिलेसम्म खड्किरहेछ ।

उहाँ आफू अशक्त भए पनि देशको साह्रै चिन्ता गर्नु हुन्थ्यो । हरेक घण्टा उहाँ रेडियोको समाचार सुन्नु हुन्थ्यो । बराबर सबै राजनीतिक व्यक्तित्वको बारेमा कुरा गर्नु हुन्थ्यो । खासगरेर धेरै जसो 'कृष्णजीका हालखबर के छ ? भनेर सोधिरहनु हुन्थ्यो । को भनेर हामीले प्रश्न गर्‍यौँ भने कृष्णप्रसाद भट्टराई भनेको भनेर प्रष्ट पार्नु हुन्थ्यो ।उहाँले राजपरिवारका सदस्यहरूसँग पनि धेरै नजिक बसेर काम गर्नु भयो ।

अन्त्यमा उहाँको प्राण जाने बेलाको अन्तिम वाक्यनै लोडसेडिड्ढबाट सदाको लागि बन्द भयो । प्राण जानु भन्दा पन्ध्र मिनेट अगाडि कति बजे बत्ती बल्छ भनी सोध्नु भएको थियो । त्यतिबेला बेलुकाको सवा छ बजेको थियो । त्यसपछि उहाँले कहिले पनि बोल्नु भएन । यदि स्वर्ग छ भन्ने विश्वास गर्ने हो भने उहाँले स्वर्गमा गएर पनि आˆनो देशको चिन्ता गरेर लोडसेडिड्ढको खबर सुनाउनु हुनेछ भन्ने विश्वास गर्दछु । अन्त्यमा उहाँको शरीर यस धर्तीमा नरहेता पनि जसरी तारालाई हामी सँधै देख्न सक्छाँैं त्यसरी नै उहाँको नाम र कृति सधैँ रहिरहोस् भनेर भगवान् सँग भिक्षा माग्दछु ।

No comments: