Saturday, June 4, 2011

भानुभक्त आचार्य (Bhanubhakta Acharya)

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त ‘मो’ शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा ‘म’ लाई ‘मो’ लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा ‘म’को साटो जताततै ‘मो’ लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले ‘बधुशिक्षा’ लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।
भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।

महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)

लक्ष्मी प्रसाद देवकोटा
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

मोतीराम भट्ट जीवनी

मोतीराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका मेरुदण्ड, निर्माता र पथपर्दशक थिए । यिनै मोतीराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्- मोतीराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसै बाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व मान्थे । उनको लागि यो नेपाली माटो विश्वसाहित्य थियो। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए । साँच्चै उनी नेपालका एउटा कर्म वीर सपूत थिए । उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरिदिए- मोतीराम युग । संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै मोतीराम भट्ट थिए ।
मोतीराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए । नेपाली वाङ्मयको उत्थानका लागि मोतीरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् ।
मोतीराम भट्ट नेपाली साहित्याकाशमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । यिनै महान् व्यक्तित्वले नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । भट्टले नै संवत् १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा सममर्पण गरेर पहिलो आधिकारिक समालोचकमा आफ्नो नाउँ लेखाए । कवि भानुभक्त आचार्य को जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसाको थाक पनि लगाएका छन् । उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति ख्याएका थिए । भानुभक्तलाई महान् कवि बनाउन उनले कैयौ फुटकर कविता रच्तै भानुभक्तका नाउँमा पनि समाविष्ट गराएका थिए भनिन्छ । यस कुराको प्रमाण तानासर्माबाट पनि व्यक्त गरिएको छ- आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने पार्नलाई नै उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका थिए । ती फुटकर सिलोकहरूमध्ये धेरै जसो मोतीराम भट्ट आफैँले रचेका थिए ।’’ उदाहरणका लागि घाँसीसम्बन्धी दुई सिलोकहरूमध्ये पहिलोलाई लिन सकिन्छ :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।
यस सिलोकको चौ थो हरफमा प्रयुक्त मो शब्दबाट यसको रचना मोतीराम आफैँले गरेका थिए भन्न सकिन्छ । किनभने भानुभक्तले कतै पनि म लाई मो लेखेका छैनन् तर मोतीरामले भने ’म’को साटो जताततै मो लेखेका छन् । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई घुँडा टेकेर उठाएको हुनुपर्छ । वास्तवमा नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्य जस्ता एउटा साधारण व्यक्तिको यथेष्ट कदर गरेका थिए । उनले आफ्नो चरित्र नायकलाई उठाउन भरमग्दुर गुणग्राहिता दर्शाएका थिए ।
मोतीराम भट्टले भानुभक्त आचार्य का विषयमा लेखेका प्रायः सबै. बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको. छ । उनले भानुभक्तलाई सपनामा पनि जप्ने गर्थे र विपनामा पनि जप्ने गर्थे । मानौ “ भानुभक्त आचार्य नै मोतीराम भट्टका मणि थिए । त्यस बेला मोतीरामले भानुभक्तलाई उचाल्न उनका विषयमा चलाएको कलमको सानो नमुना कवि भानुभक्त आचार्य को जीवन-चरित्र’को भूमिकामा भनिएको यस कथनले स्पष्ट पार्छ :
कदाचित् “कवि भानुभक्त” को कविता हेरेर तपाञीहरुको इच्छा जीवन-चरित्र पनी हेर्न को भयो होला, तस् अर्थ कविको जीवन वृत्तान्त हालमा लेखी छपायाको छू सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनी सु˚ल होला । यथाशक्य कविका निर्मि त श्लोक बयान समेत राखी यो जीवन चरित्र लेखेको छू । कवि भानुभक्त आचार्य का भतीजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन् छू जस् ले मलाई निज कविका अनेक हाल यथार्थ. भन्नुभयो जस् का कृपाले यो पुस्तक् को जन्म भयो ।
मोतीराम भट्ट जोस“गै पनि खुलस्त हुन्थे । उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्टको देशप्रतिको चाहनालाई भावी प्रधानमन्त्री देवशमशेर ज.ब.रा.ले राम्ररी हृदयङम गरेका थिए । देवशमशेर ज.ब.रा.ले पनि मोतीराम भट्टलाई मन पराउने गर्थे । त्यसबेला देवशमशेरको सुधारवादी दृष्टिकोणमा मोतीरामको प्रशस्तै भूमिका थियो । एकातिर देवशमशेर प्रधानमन्त्री हुनु र अर्का तिर त्यसै बेला मोतीरामको निधन हुनाले देवशमशेरले चाहिने जति सुधारमा मोतीराम भट्टको सहयोग पाउन सकेनन् ।
दरबार हाई स्कूलमा अध्ययन गर्दा नै मोतीराम भट्ट नामी भइसकेका थिए । यी पढाइमा पनि तेजिला थिए । यिनले दरबार हाई स्कूलको दशम कक्षामा अध्ययन गरिरहेको बेला अर्थात् १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए । त्यस बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय गराउनासाथ ती पाहुनाले उभिरहेका मोतीरामलाई आफ्नै हातबाट मेच दिएर बस भने । त्यसपछि चन्द्रशमशेरले पनि बस भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा बसेका थिए । त्यसै बेला ती बेलाइतीले पुरस्कारस्वरूप भट्टलाई पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए । उनी ठाउँ हेरी सबैमा आवश्यकताबमोजिम केन्द्रित हुने गर्थे । त्यसताका साहित्यकारहरूलाई एउटै चौतारामा उभ्याएर सङ्गठन गर्न पनि उनी सिपालु थिए । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, स•ठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै थिए । उनी कवि, गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गायक पनि थिए । समस्यापूर्ति को धारामा अभ्यास गराउने खुबी पनि यिनै को थियो । त्यतिमात्र होइन उनी एउटा मौ लिक नाटककार तथा नाटक निर्दे शक पनि थिए ।
नेपाली साहित्यका ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते,शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो । मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । भट्टदम्पतिका प्रथम पुत्रचाहि जन्मनासाथ दिवङ्त भएका थिए । मोतीराम भट्टलाई दीर्धवीजी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे भन्ने कुरा पं. नरदेव पाण्डे व्यक्त्याउँ छन् ।
मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्ष भएपछि यी काशी पुगेका थिए । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रसँग आन्द्रा जोडेका थिए । भारतेन्दु पनि मोतीरामझैँ पोख्त, होनहार र परिश्रमी थिए । भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पि त भइरहे । हुँदाहुँदै मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ् ग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो ।
बनारस बसेका बेला मोतीराम भट्टले राम्राराम्रा गजल गाएका थिए । त्यसै बेला यिनले सितारवादन पनि जानेका थिए । मीठो स्वरलहरीले यिनी मधुर गीत गुन्गुनाइरहन्थे । बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए । करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा पुनः काठमाडौँ भित्रिए । त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे । विवाहपछि यी केही दिन काठमाडौमा नै बसे । त्यसबेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए । बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए । तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन् । त्यसै बखत यिनले नरनारीका युगलरदोहरीरजुहारी गीत सुन्न पाए । वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए । त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले । अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए । त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनीमा झन् सारो ज्ञान पलायो । ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले । त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुट् न लागे । वास्तवमा भानुभक्त आचार्यका कविताले मोतीराम भट्टलाई प्रेरित गरी साँच्चैको मोतीराम बनाइदिए । यसपछि केही महिना काठमाडौमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८ को पुसमा काशी गए । काशी पुगेर यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यसै ताका यी त्यहाँ भारतजीवन छापाखानासँग सम्बन्धित पनि बने । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू भटाभट छापे । त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे । त्यहीँ यिनले समस्यापूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाउन थाले । बनारसमा यस कार्य क्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, र•नाथ, तेजसिंह र तेजबहादुर राना थिए ।
काशीमा बसेकै बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए । त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए । त्यसै ताका यिनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए । बनारसमा नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौ आए । राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौ आएका थिए । त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन् । त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए ।
मोतीराम भट्टले नेपाली भाषासाहित्यलाई तीव्रगतिमा उन्नति गराउन कम्मरमा पटुका कसेका थिए । त्यसै ले उनले काठमाडौमा आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिस“ग मिलेर मित्रमण्डली’ गठन गरे । त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति कविताहरुको निर्माण, परिचालन र कार्या न्वयन हुन थाल्यो । त्यस बेला यिनीहरू सबैलाई मोतीराम भट्टले समस्यापूर्ति कविताको शीर्षक दिएका थिए- ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी । वास्तवमा त्यही शीर्षकबाट मोतीरामलगायत यिनीहरूले औ पचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति कविता रचना गरेका थिए । मोतीराम भट्टलाई यी समस्यापूर्ति कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको थियो । तर उनले निर्माण गर्न थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए सङ्ग्रह भने निस्कन सकेन । समस्यापूर्ति कविताहरूको अभ्यासमा भट्टलाई महत्त्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू थिए- राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज । यसै क्रममा यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए । त्यस परीक्षामा उनी अनुत्तीर्ण भए । यसपछि केही खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए । त्यसबखत उनी त्यहीँ थला परे । केही समयपछि उनी अशक्त शरीर लिएर काठमाडौ आए । सात महिना ओछयानमा थला परेर कुशे औसीमा एकतीस वर्ष लागेकै दिन उनी १९५३ सालमा काठमाडौ पशुपति आर्य घाटमा स्वर्गी य भए ।
२पं. दयाराम भट्ट र रिपुमर्दि नीदेवीका सन्तानका रूपमा मोतीराम र उनकी बहिनी मात्र जीवित थिए । आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनी भट्टलाई त्यस घडी अत्यन्तै विहवल बनाएको थियो । उनी त्यसबेला सुकसुकाउँदै आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराको अन्तिम जीवन हेरेर बसिरहेकी थिइन् । अनि त्यसै बेला मोतीराम भट्टले आफ्नी आमा र बहिनीसमक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन्- अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन । हजुरले पैदा गरिबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनै मा मात्र रह्यो । मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो । यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला ।
मोतीराम भट्ट स्वर्गी य हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए । त्यस बेला रिपुमर्दि नी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसै को पनि पुत्ररसन्तान नहुनाले वंशोच्छेद नै हुन लाग्यो भन्ने भावनाको जागरण भयो । परिणामस्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् संवत् १९५५ मा काशीबाट काठमाडौ झिकाइन् । त्यसै वर्ष ५५ वर्षीय रिपुमर्दि नीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन् । भरखरकी कल्कलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भएपछि भट्ट छोरा पाउने सपनामा नै केन्द्रित हुन थाले । बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै पुगे । यी दम्पतिले संवत् १९५९ को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो- रामेश्वर भट्ट । छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट र्स्वर्ग गए । दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दि नीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे । केही समयपछि दयाकुमारी भट्ट पनि स्वर्गी य भइन् । त्यसपछि रिपुमर्दि नी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे ।
मोतीराम भट्ट विशेषतः श्रृङारवादी साहित्यकार थिए । उनी जोसँग पनि भुतुक्कै हुन्थे । अति मिलनसार भएकाले उनीसँग पनि धेरै ले घनिष्टता जोडेका थिए अनि यी केटीहरू भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रैसँग प्रीति गाँसे । यिनमा केटीहरूसँगको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकांश गजलहरू पनि श्रृ•ङाररसले भरिएका नै पाइन्छन् । यिनले सुन्दरीसँग बोल्न पाए भने मीठामीठा कविता लेख्न थाली नै हाल्थे । यिनका श्रृङाररसका धेरै कविताहरू केटीहरूसँगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् :
यि सानै उमेर् देखि मन् हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
मोतीराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई जम्मा पन्ध्र वर्षजति सेवा गरे । त्यस अवधिमा उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे । यिनले अरू लेखकका पनि कृति प्रकाशित गराए । यिनले लेखेका कृतिहरू हुन् :( १) मनोद् वेगप्रवाह (कवितासङ् ग्रह : १९४२ तिर), (२) प्रह्लाद भक्तिकथा (काव्य : १९४३ तिर), (३) गजेन्द्रमोक्ष (काव्य : १९४४ तिर),(४) पञ्चकप्रपञ्च (काव्य : १९४४), (५) शकुनौ ती (शकुनविचार : १९४४ तिर), (६) स्वप्नाध्याय (स्वप्नविचार : १९४४ तिर), (७) गफाष्टक (केही अष्टक : १९४४ तिर), (८) शकुन्तला (नाटक :१९४४ तिर), (९) सङ्गीत चन्द्रोदय (केही गजल : १९४४ तिर), (१०) उषाचरित्र (काव्य : १९४४ तिर), (११) अनुप्रासमञ्जरी (१९४४ तिर), (१२) चाणक्यनीति (१९४५ तिर), (१३) पद्मावती (नाटक अपूर्ण : १९४५ तिर), (१४) पिकदूत (काव्य : १९४५ तिर), (१५) काशीराज चन्द्रसेन (१९४५ तिर), (१६) गुलसनोवर (आख्यान : १९४६ तिर), (१७) उखानको बखान, (१८) कालभ्रमरसंवाद -काव्य), (१९) हुस्न अ¢ªरोज आराम दिल (उर्दू नाटक), (२०) बालाजीवर्णन (कविता), (२१) भानुभक्तको जीवन-चरित्र (जीवनी तथा समालोचना १९४८), (२२) प्रियदर्शि कानाटक : १९४९ तिर), (२३) तीजको कथा, (२४) केही फुटकर वाणिर्क छन्दका कविता र गजलहरू । यिनले सम्पादन गरेका कृतिहरु यी हुन्- रामायण बालकाण्ड (वि.सं. १९४१) सम्पूर्ण रामायण (वि.सं. १९४४) ।
मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र स•ठनात्मक साहित्यिक कार्य हरू गरेका थिए । उनले गरेका समस्त कार्य हरूको मूल्याङ्न गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छ :
(१) जीवनीकार, समालोचक तथा अन्वेषक
(२) कवि, गजलकार तथा गायक
(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
(४) नाटककार तथा निर्देशक
(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता ।
(१) जीवनीकार, समालोचक तथा अन्वेषक
नेपाली साहित्यजगत् मा पहिलो जीवनीलेखक मोतीराम भट्ट हुन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्य को जीवनीको पुस्तक लेखेका थिए ।
नेपाली साहित्यका आदि समालोचक नै मोतीराम भट्ट थिए । यिनले र्सवप्रथम भानुभक्तको रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरेका थिए । भानुभक्तको जीवन-चरित्रमा खालि भानुभक्त आचार्य को जीवनीमात्र प्रस्तुत नगरी आचार्य का कवित्वशक्तिको मोतीरामले समालोचना गरेका छन् । त्यसै कृतिमा मोतीरामले भानुभक्तलाई आदरस्वरूप आदिकविको नामाङ्कन गरेका छन् । तर भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू भएको हुँदा भानुभक्तलाई जातीय कवि भने न्याय होला । हुन त यसबारेमा मोतीराम भट्टले लेखेका पनि छन्- गोर्खाभाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पहिले भये तर कविताको मर्म जानी भाषापद्य लेखने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।
मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक पनि हुन् । उनले नै भानुभक्तको बालकाण्ड रामायण फेला पारे । १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे । त्यसै बेलादेखि उनले भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे । मोतीरामले नै भानुभक्तका वधूशिक्षा,भक्तमाला’,प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा ल्याएका थिए । यिनले भानुभक्तको अत्यन्तै गहिरिएर खोजिनीति गरे । भानुभक्तका अतिरिक्त यिनले बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको सूचना जनसमक्ष पुर्याएका थिए ।
साहित्य-सृजनामा यी आफ्ना दौँतरीहरूलाई नै अगि सारिरहन्थे । आफ्ना पूर्वज, समकालीन र पछाडिका मान्छेको उनी खुवै प्रशंसा गर्थे । यिनले भानुभक्तलाई कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन् भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन् । त्यसैगरी यिनले राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कवि भनेर सम्बोधन गरेका छन् । मोतीराम भट्टले आफूले मनले खाएको व्यक्तिको स्तुति गरेर कविता पनि लेखिदिन्थे । उनले भानुभक्त, राजीवलोचन र पद्मविलासको काव्यात्मक महिमा निकै राम्ररी गाएका छन् ।
(२) कवि, गजलकार तथा गायक
मोतीराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै बने । श्लोकसङ्ग्रह र मनोद्वेगप्रवाहमा मोतीराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन् । पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को काव्य हो ।
मोतीराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे । यिनले नेपाली भाषामा थुप्रै गजल लेखेर लोकप्रिय बनाएका छन् । त्यस बेला यिनको गजललेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले । भट्टकै प्रेरणाबाट शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली काव्यविधामा गजललाई महत्त्वपूर्ण किसिमले प्राथमिकता दिए । भट्ट गजलकार मात्र नभएर गायक पनि थिए । त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले । दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थाले :
यता हेर्यो यतै मेरा नजर् मा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजर् मा राम प्यारा छन् ।
(३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
समस्यापूर्ति कविता लेख्ने जाँगर चलेपछि अरूलाई पनि यस विषयमा केन्द्रित गर्न उनले काठमाडौ तथा बनारस दुवै ठाउँमा मित्रमण्डलीको स्थापना गरे । संस्कृत वाङ्मयको पुरानो चलनलाई नेपाली भाषामा कायम गराउन उनी खुबै जुटे र समस्यापूर्तिको कविता सर्वप्रथम भट्टले नै आफै लेखे । बनारसमा बसेको बेला यिनले आफ्ना हितैषी साथीहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई पनि समस्यापूर्तिका कविता लेख्न निपुर्ण बनाए । यिनले काठमाडौमा राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई पनि सङ्गठनात्मक रूपमा समस्यापूर्तिको कविता लेख्न वातावरण जुटाए । वास्तवमा उनीहरू पनि क्रमशः क्रमशः समस्यापूर्ति ’ कविता लेख्न निपुण भएका थिए ।
(४) नाटककार तथा निर्देशक
मोतीराम भट्टले नेपाली भाषामा शकुन्तला’, प्रियदर्शिका र पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए । हुन त यिनले उर्दू मा पनि नाटक लेखेका थिए । शकुन्तला नाटक यिनले आफ्ना साथी देवशमशेर ज.ब.रा.को. अनुरोधमा लेखन र निर्देशन गरेका थिए । यिनले निर्देशन गरेको यो नाटक प्रधानमन्त्री वीरशमशेर ज.ब.रा.ले पनि हेरे । यो नाटक दरबारबाट पुनः बाहिर निस्केन । भनिन्छ देवशमशेरबाट नै यस नाटकलाई दबाइएको हुन सक्छ । जे होस् , मोतीराम भट्ट नाटकलेखनमा जति कुशल थिए निर्दे शनकलामा पनि त्यति नै पोख्त थिए ।
(५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता
मोतीराम भट्टले प्रायः भानुभक्त आचार्य का कृतिहरूको मात्र सम्पादन गरेको पाइन्छ । भानुभक्तको बालकाण्ड रामायण यिनै को सक्रियता, सौजन्य र भूमिगत सम्पादनमा प्रकाशित भएको थियो । भानुभक्तकृत भाषा रामायणको यिनै ले सम्पादन गरेका थिए । त्यसैगरी मोतीरामले भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तरा र वधूशिक्षाको पनि सम्पादन गरेका थिए ।
मोतीराम भट्टले नै पहिलो नेपाली मासिक पत्रिकाको प्रकाशनको प्रबन्ध गरे । यिनले निकालेको पत्रिकाको नाउँ थियो- गोरखा भारतजीवन र यो पत्रिका बनारसबाट प्रकाशित भएको थियो । यिनले बनारसका आफ्ना हितैषी मित्र रामकृष्ण बर्माको सहयोग लिएर भारतजीवननामक छापाखाना स्थापना गराए । त्यस छापाखानालाई यिनैले जिम्मा लिई यिनी आफू त्यसको प्रबन्धकका रूपमा बसे । भट्टले त्यही छापाखानाबाट भानुभक्तका कृतिहरू पनि छपाए । भट्टले यस छापाखानाबाट यसका स्वामी रामकृष्ण बर्मा लाई पनि निक्कै आर्थि क लाभ पुर्याएका थिए ।
मोतीरामले नेपालमा आफ्ना मामा कृष्णदेव पाण्डे र आफ्ना अभिन्न मित्र धीरेन्द्रसँग मिली ठहिटीमा पाशुपत छापाखानाको स्थापना गरे । १९५० सालमा खोलिएको यो छापाखाना त्यति बेलाको नेपालको प्रसिद्ध छापाखाना मानिएको छ । पाशुपत छापाखानाको स्थापनापश्चात् त्यहाँबाट नेपाली भाषासाहित्यका थुप्रै पुस्तक र पत्रिकाहरू छापिन थाले । आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिलेर आफ्नो नाउँसमेत जोडी काठमाडौको ठहिटीमा यिनले एउटा पुस्तकालयको स्थापना गरे- मोतीकृष्ण कम्पनी । यिनले त्यस पुस्तकालयमा नेपाली भाषाका यथेष्ट पुस्तकहरू जोड्न थाले । मोतीकृष्ण कम्पनीबाट पुस्तकहरू पनि बेचिने कार्य हुन्थ्यो । उनले नेपाली भाषाको पहिलो पुस्तकालयको निर्माण गरेर नेपाली भाषासाहित्यको सेवा गरेका थिए ।
मोतीराम भट्ट नेपाली साहित्यप्रदेशका एउटा अलौ किक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, स•ठनका प्रेरक, श्रद्धेय र आधिकारिक पुरुष थिए । पढ्दै , पुस्तक लेख्तै, सम्पादन गर्दै, पत्रिका चलाउँदै , पुस्तकालय खोल्दै , छापाखानाको स्थापना गर्दै, अरूलाई लेख्न प्रेरणा दिँदै यिनले नेपाली धर्ती लाई बिर्सि नसक्नुको गुन लगाएका छन् । नेपालका लागि मरिमेट्ने उनी ठूला सपूत थिए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन् । उनका नाउँमा कैयौँ सङ्घसंस्था, बाटाघाटाको निर्माण भएका छन् । उनका नाउँमा हुलाक टिकट निकालिएको छ । उनै को नाउमा युवावर्ष मोती पुरस्कारसमेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिँडीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ ।
बहुमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो । उनको यो मुलुकप्रति अत्यन्तै ठूलो सद्भावना थियो । उनी कट्टर राष्ट्रवादी थिए :
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल् को मुलुक बचि कंचन् रहिगयो।

कवी शीरोमणी लेखनाथ पौड्याल जीवनी

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
पौडयालले र्सवप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्नपितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्‍याएका थिए ।
पौड्याल आफू पन्ध्र वर्षको हुँदाकाठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनिआबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिनगए, तर उनी फेल भए । त्यसपछिउनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनीपण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।
पौड्याल पठनपाठनमानभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदैतराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिरलागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसारत्यसैताका “हलन्त बहिष्कारअभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछिपौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररीटेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए।
राणाका सन्तान पढाउनथालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनलेआफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नैभीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमाबल्लबल्ल लागेको घाम पनि अस्तायो ।
शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनिशारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले ।त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाकोराणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाईचाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपालीकाङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शनगरेका थिए ।
२००८ सालअसार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँआजीवन भत्ता प्रदान गरेका थिए ।
लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथमआफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ”मेरा पूज्य गुरू ! तपाईंले मेरा हातसमाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।”
कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नोशिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिकसङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवैमिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोकपुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदात्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपालीभाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमाकाठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालकाहातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यसघटनाको खुशियालीमा पौड्याल रोएका थिए ।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तमकुँवरले लेखेका छन् “२०११ पुस२० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दैठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइनसारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगतयोगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूपउनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो।
महाकवि देवकोटाका जोडले पौडयाल नेपालएकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाईनपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्‍याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए “तीऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनिसदस्यमा मनोनीत भए ।
पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनकामनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालकामन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दापहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिकनेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।
पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाईगर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनकोबिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्याललेभने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”
राणाकालीन युगमा खुलेर साहित्य लेख्नपाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमासुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफैभन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो ।तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
पौडयालले दुई जनासँग बिहे गरे ।उनका छोरा अनन्त पौडयाल नेपालसरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवीभट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।
पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो ।खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेकोथियो; त्यसैले उनी एउटाआँखामात्र देख्थे ।
२०२२ सालमा पौडयाल तीर्थ गर्न बनारस लागे । तरभारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । उनको त्यो समाचार राजा महेन्द्रलेसुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट्बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपालीसाहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।

बालकृष्ण सम जीवनी

जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो । समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका, कठोर र क्रूर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरू पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्‍यो ।
बालकृष्णशमशेर जबराको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा सम्पन्न भएको थियो । त्यस स्कुलमा दशौं कक्षासम्मको अध्ययन गरिसकेपछि उनले कोलकाताबाट म्याटि्रक उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ उनले विज्ञान विषय लिएर पढ्न थाले । तर त्यसै बखत उनी सैनिक सेवामा प्रवेश भए । यी सैनिक सेवामा सुरुमा नै कप्तानमा भर्ना हुन पुगे । काम गर्दै जाँदा क्रमशः उनी सैनिक सेवामा असन्तुष्ट पनि हुँदै गए, किनभने त्यस बेला समको गहिरो झुकाव नै साहित्य, कला र संस्कृतिमा थियो । सैनिक सेवामा आफ्नो असन्तुष्टि हुँदाहुँदै पनि उनी लेफ्टिनेन्ट कर्र्णोल चाहिं भए ।
बालकृष्णशमशेरले लेफ्टिनेन्ट कर्र्णोल भइसकेपछि सैनिक सेवालाई चटक्कै छाड्ने निधो गरे । परिणामस्वरूप यी वाङ्मयसेवामा नै आबद्ध हुन थाले । त्यस बेला उनको उदारतालाई राणाशाहीहरू पटक्कै देख्न सक्तैनथे । साथै नेपाली जनताचाहिँ समलाई ‘राणा’को पगरीमा गुथ्ने गर्थे । त्यस बखत समसँग जनता पनि राणा भनेर त्रसित थिए । वास्तवमा त्यस बेला समको स्थिति अत्यन्तै नमज्जाको थियो, तर यसो हुँदाहुँदै पनि उनी साहित्यमा लिप्त भए । एउटा सुखसयलमा हर्ुर्केका र बढेका व्यक्तित्वमा पनि सरस्वतीको अनन्त साधना थियो । अनि उनी त्यसैमा समर्पित भएर आफ्नो अभिरुचिमा जुटेका थिए । हुँदाहुँदै यी नेपाली साहित्यमा एउटा अमर रत्नका रूपमा स्थापित भए । अनि त्यसैको परिणामस्वरूप उनलाई त्रिभुवन विश्वविद्यालयले पीएचडी उपाधि पनि र्समर्पण गर्‍यो ।
बालकृष्ण सम नेपाली भाषामा मौलिकताका प्रेमी थिए । संवत् १९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई समकै ओजस्वी नेतृत्वका कारणले ‘नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराइएको थियो । केही कालसम्म त्यही प्रकाशिनी समितिका अध्यक्ष भएर उनले नौला र महत्त्वपर्ूण्ा कार्यहरू गरे । त्यहाँ उनले विशाल सुधार गरे । वास्तवमा राणाकालीन युगमा पनि यिनले जनता र राष्ट्रका लागि काम गरे । संवत् २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा नेपाली पढाउने गर्थे । उनले यो क्रम निक्कै समयसम्म खेपेका थिए ।
राणाशासनको जल्दोबल्दो बेलाका साहित्यकार हृदयचन्द्रसिंह प्रधानले बालकृष्ण समको नाटकको समालोचना गरेका थिए । त्यस समीक्षामा समलाई प्रधानले ‘मौसूफ, लेखिबक्सेको, पढिबक्सेको, हजूर’जस्ता दरबारिया आदरार्थी शब्दहरूको प्रयोग गरे । तर त्यस समीक्षामा आधारित त्यस्ता शब्दहरू समका लागि अप्रिय भए । त्यसैले समले त्यस समालोचनाको बारेमा भनेका थिए, ‘साहित्यमा त्यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ ।’
बालकृष्ण सम जनताका पक्का प्रतिनिधि थिए । त्यसैले उनले सैनिक सेवालाई पनि चटक्कै छाडिदिए । त्यसपछि उनी जनसमूहमा मिस्सिन लागे र जनतासँग गर्दन जोडेर हिँड्न थाले । अनि उनले आफूसँगसँगै आफ्ना छोरा जनार्दन समलाई पनि हिँडाउन थाले । यी बाबुछोराको काम, व्यवहार र पद्धति राणाका लागि सहन सक्ने विषय थिएन, किनभने समहरू आफ्ना धारणा जनताका धारणामा आबद्ध गरी भाषण गर्दै हिँड्थे । परिणामस्वरूप बालकृष्ण सम र जनार्दन सम पक्राउ परे । समलाई जेलखाना चलान गरिएपछि समले त्यहाँ आफ्नो धारणालाई साकार पार्ने प्रतिज्ञा गरे । समले त्यस बेला आफ्ना प्रतिज्ञालाई तीन चरणमा विभाजित गरे :
(१) सामन्ती पाराका स्वस्ति, कुर्र्णोश, गोडामा ढोग्नेजस्ता चलनका सट्टा सबैलाई नमस्कार गर्ने,
(२) सबैमा समानता, सहृदयता र तपाईं शब्दको प्रयोग गर्ने
(३) भादगाउँले टोपीलाई राष्ट्रिय पोशाक मान्ने ।
बालकृष्णशमशेर जबरा जेलमा थुनिएपछि उनले जेलभित्र विभिन्न घटना देखे । जीवनमा मान्छेले मान्छेलाई कसरी सताउँदो रहेछ भन्ने उनले जेलभित्रै प्रत्यक्ष घटना हेरे । जेलभित्र कैदीलाई आँखा चिम्लेर कुटेको क्षण उनका लागि चिरस्मरणीय दुःखद घटना बन्यो । उनीसँगै पक्राउ परेका न्हुच्छेमानले खाएको कुटाइले उनी झनै दुःखित बने । न्हुच्छेमानले कुटाइ खाईखाई मर्नुपरेको घटनाले उनको भावना झनै विहृवलित, शोकाकुल र व्यथित भयो । २००७ सालको जनक्रान्तिको सफलतापछि उनी पनि जेलमुक्त भए । त्यसपछि उनी आफ्नो समवेदना र सहानुभूति अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गए । अनि त्यही कारणले त्यसै दिनदेखि उनले शमशेरको ‘शेर’ लाई चट्टै काटेर आफ्नो थर ‘सम’ लेखे ।
बालकृष्ण सम बहुआयामिक व्यक्तित्वका धनी थिए । त्यसैले यी नेपाली साहित्याकाशैभरि सम्मानित भए । यिनको योगदानका कारणले यी र्सवत्र पुजिए । प्रजातन्त्रपछि मात्र होइन उनी २००७ सालअघि पनि जनप्रिय थिए । सम सधैं जनताका माझमा थिए । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली परिवेशप्रति समको अपार माया, गहन भरोसा र अनुपम श्रद्धा थियो ।
२००७ सालको क्रान्तिपछि समको व्यक्तित्वले झनै झङ्गिने अवसर पायो । त्यसपछि उनी रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए । साथै उनी राजसभा स्थायी समितिका सदस्य पनि भए ।
नेपाली वाङ्मयसंसारमा बालकृष्ण सम एउटा अमर प्राज्ञका रूपमा स्थापित भए । उनी एउटा उच्चकोटिका लेखक थिए, सफल चित्रकार थिए र कुशल अभिनेता थिए । सम एउटा दार्शनिक थिए । उनले लेखेका कैयौं रचनाहरू दर्शनमा आधारित छन् । साथै उनले कैयौं नाटकमा आफूलाई मञ्चित पनि गरे । उनी जेजे विषयमा हात हाल्थे सफल हुन्थे । उनी एउटा कुशल चित्रकार पनि थिए । उनले कैयौं चित्रहरूको पनि निर्माण गरे । चित्रकारितामा पनि समले खूबै प्रशंसा पाए, नाउँ कमाए र त्यसैमा पनि आफूलाई स्थापित गराए ।
समले नेपाली माटामा गर्नु गरे । यिनले नेपाली वाङ्मयमा हात हालेर नेपाली कला, संस्कृति र साहित्यलाई विश्वको कला, संस्कृति र साहित्यको हाराहारीमा पुर्‍याए । परिणामस्वरूप उनले नेपालबाट सम्मान पनि पाए । नेपाली वाङ्मयको उत्कृष्ट र उच्चकोटिको सेवा गरेबापत सम गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भए । उनले राजकीय पदक र त्रिभुवनजयन्ती पदक पनि पाए । नेपाली साहित्यको गरिमालाई नेपालका डाँडापाखा, सहर र बेंसी पुर्‍याएबापत उनलाई ‘त्रिभुवन प्रज्ञापुरस्कार’ पनि र्समर्पण गरियो । साथै नेपाली भाषा, साहित्य, कला, संस्कृतिको उन्नति र विकासमा लामो समयदेखि उल्लेखनीय सेवा गरी नेपाल राष्ट्रको गौरव विदेशमा समेत पुर्‍याएबापट बालकृष्ण सम ‘पुथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए । त्यस पुरस्कारबाट सम्मानित हुने पहिलो स्रष्टा सम नै थिए ।
नेपाली भाषा र साहित्यको सेवाको सिलसिलामा समले नेपालका विभिन्न भूभागको भ्रमण गरे। साथै उनले नेपालका तर्फबाट विभिन्न सभा, समारोह र सम्मेलनमा भाग लिनका निम्ति भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रूस र अमेरिकाको भ्रमण गरे ।
बालकृष्ण समको व्यक्तित्वलाई मुख्यतया तीन भागमा विभाजित गरिन्छ; (क) सांस्कृतिक व्यक्तित्व, (ख) कलात्मक व्यक्तित्व र (ग) साहित्यिक व्यक्तित्व । उनको सांस्कृतिक व्यक्तित्वमा अभिनयले प्रमुख भूमिका खेलेको पाइन्छ भने उनी गीत गाउनमा पनि निपुण देखिन्छन् । समको कलात्मक व्यक्तित्वले चित्रकलाको भूमिकालाई उल्लेख गरेको पाइन्छ । उनका व्यक्तित्वमध्ये साहित्यिक व्यक्तित्वले चाहिँ देशदेशान्तरमा अहम् भूमिका निर्वाह गरेको छ । वास्तवमा सम आयरलैन्डमा जन्मेका भए यीट्स र बर्नार्ड शा हुन्थे, अमेरिकामा जन्मेका भए टी.एस. एलियट हुन्थे र रूसमा जन्मेका भए मिखाएल शोलोखेभभन्दा ठूला पनि हुन्थे । तर एउटा गरिब र पछौटे देशमा जन्मेर बालकृष्ण सम नेपालभित्र मात्रै थन्किन पुगे । यति हुँदाहुँदै पनि उनी आफ्ना यात्रामा कहिल्यै नथाकी नेपाली माटामा करिब आठ दशक हिँडिरहे । त्यहीक्रममा उनका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका छन् ।
नाट्यसम्राट् बालकृष्ण समको महिमामा सञ्चारग्राममा उनको पर्ूण्ाकदको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।

गयिका तारा देवी जीवनी

तारादेवी अर्थात् आधुनिक गायनकी नेपालदेवी
फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै ! यो जिन्दगानीमा ।
तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवनदान दिइन् । तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरू गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायनप्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । वास्तवमा तारादेवीले आफ्ना स्वरहरूबाट नेपाली भाषा मात्र प्रकट गरिन्, नेपाली जनजीवनको चित्रण मात्र प्रस्तुत गरिन् र नेपाली संस्कृति मात्र प्रदर्शन गरिन् । यिनले मीठो सुर, ताल र भाकामा आफ्नो स्वर नेपालका घरदै लामा पुर्‍याइन् :
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्व तकी छोरी हुँ म पार्व ती हो नाउँ ।
कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा संवत् २००२ साल माघ २ गते मङ्गलबार काठमाडौँको इन्द्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षो उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा निःशुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । त्यस बेला गीत गाएर पारिश्रमिक भेट्ता यिनी अत्यन्तै खुसी हुन्थिन् । क्रमशः यिनको गायनको मूल्य पनि बढ्न थाल्यो र पारिश्रमिक पनि दोब्रिन थाल्यो । यिनले आफ्नो योग्यतालाई राम्ररी परिचित गराएपछि रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो र यिनको तलब महिनाको एक सय रुपियाँ हुन थाल्यो । साथै केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा पनि भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र सङ्गीतमा स्नातकको योग्यता हासिल गरिन् । आफ्ना सारा योग्यतालाई बढोत्तरी गरी तीसौँ वर्षम्म सुब्बा भए पनि यिनले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरू नै गाइरहिन् :
उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौ तारीहरूमा
सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा
जहाँजहाँ जान्छौ तिमी, म पहाड बनी पछयाइरहन्छु
ती छहरा, खोला, खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
तारादेवीको स्वर नेपालको गाउँघर, पाखापर्वत र सहरबजारमा गुनगुनाउने गर्छ । त्यति मात्र होइन स्थानीय बासिन्दाले पनि उनको स्वरमा आफ्नो स्वर दिने गर्छन्; अर्थात् उनीहरू पनि तारादेवीले गाएका गीत गुनगुनाउने गर्छन् । वास्तवमा उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ । तारादेवीको स्वरमा त्यस्तो के जादु थियो कुन्नि ! उनले गाएको गीतले बाबरी फुलाएको हुन्थ्यो, इन्द्रकमल फक्राएको हुन्थ्यो र चाँप, बेली र चुआ मगमगाएको हुन्थ्यो । नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्‍याउने तारादेवी नेपाली गायनकी चम्किली तारा थिइन्; जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्थ्यो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाका रूपमा तारादेवीले नेपाली गीतलाई संसारभरि बस्ने नेपालीका कानकानमा पुर्याएकी थिइन् :
कालीपारे दाइ कति राम्रो
ढाकाटोपी काँधै मा गलबन्दी ।
तारादेवीले सुब्बाका कुर्सीमा बसेर ३० वर्षसम्म रेडियो नेपालमा गीत गाइन् । त्यसपछि राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीद्वारा उनी शाखा अधिकृतस्तरीय गायिका भइन् र पछि उनी उपसचिवस्तरीय गायिकामा समेत नियुक्त भइन् । तर उनले त्यो पदको धेरै समयसम्म भोग गर्न पाइनन् । बाल्यावस्थादेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रनेबित्तिकै तारादेवीको मुटुलाई टपक्कै टिपेर फाल्यो । भनौँ रेडियो नेपालबाट तारादेवीलाई बिनाकसुर जागिरबाट हुत्याइयो ।
एउटी सरल, सौम्य र इमानदार गायिका तारादेवीमा जजसले जेजसरी अपमानको टीका लगाउन खोजे तापनि तारादेवीको योगदानको कदर र्सवत्र गरिएको छ । उनले गीत गाएर नै इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन् । त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् ।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेमविवाह भएको थियो । उनका पति हवाई जहाजका चालक थिए । यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर श्रेष्ठ पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षघि जागिर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन् । त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो । उनको महान् व्यक्तित्वमा पुनः हरियाली भर्न नइ प्रकाशनले पहल गर्‍यो । परिणामस्वरूप उनले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन् । उनले जागिरबाट अवकाश पाएपछि तथा उनको छोरो शशि र पतिको देहान्तपछि तारादेवीको यो पहिलो गीत थियो :
आफ्ना भन्ने कति रै’छन् बाँच्तै जाँदा थाहा भयो
बाधाहरू थुप्रै रै’छन् हिँड्दै जाँदा थाहा भयो ।
नइ प्रकाशनको अग्रसरतामा नेपाली गीतिआकाशका २८ जना ख्यातिप्राप्त गीतकारहरूद्वारा तारादेवीमा ‘नेपाली गायनकी शिखर व्यक्तित्व’को सम्मानसहित सामूहिक अभिनन्दन गरिएको थियो । त्यतिमात्र होइन नइद्वारा सम्पादित ‘उकाली ओरालीहरूमा तारादेवी’ नामक तारादेवीविषयक संस्मरणात्मक ग्रन्थ पनि उनैद्वारा र्सार्वजनिक गरिएको थियो ।
तारादेवीले आफ्नो जीवनयात्राका क्रममा नेपालका विभिन्न भूभागमा गई गीत गाएकी थिइन् । साथै विभिन्न मुलुकहरूमा गई उनले नेपाली गायनको प्रत्यक्ष प्रस्तुति पनि गरेकी थिइन् ।
तारादेवीले नेपाली भाषामा तीन हजारभन्दा बढी गीत गाइन् । उनले लोकगीत, भजन र राष्ट्रिय गीतहरू पनि थुप्रै गाइन् । उनको नाउँ आधुनिक गीतमा बलियोसँग गाँसिएको छ किनभने यिनले पच्चीस सयभन्दा बढी आधुनिक गीतहरू मात्र गाइन् । यिनका पचास प्रतिशत गीतमा नातिकाजीको सङ्गीतसंयोजन जुटेको थियो । तारादेवीले नेपाली गीतका परम्परामा चार दशकभन्दा बढी समयसम्म गीत गाइन् ।
तारादेवी धनसम्पति, पद र सम्मानभन्दा माया, प्रेम र स्नेहकी भोकी थिइन् । वास्तवमा उनलाई माया गर्नु भनेको कलालाई माया गर्नु थियो, उनलाई सम्मान गर्नु भनेको कलाको सम्मान गर्नु थियो र उनको कदर गर्नु भनेको राष्ट्रियताको कदर गर्नु नै मानिन्थ्यो किनभने उनले जीवनभर नेपाली शब्दहरूलाई संसारभरि रहेका नेपालीका कानकान, मनमन र ढुकढुकी ढुकढुकीमा पुर्‍याइन् । गीतसङ्गीतको भाकामा यिनले कति आँसु झारिन् र कति हाँसो उडाइन् । अन्ततः उनी पनि यस लोकबाट हिँडिन् । २०६२ साल माघ १२ गते उनको स्वर्गा रोहण भएको थियो । त्यस दिन नेपाल टेलिभिजनले उनको दाहसंस्कारको प्रत्यक्ष विवरण आफ्ना लाखौं दर्शकमाझ प्रस्तुत गरेको थियो । वास्तवमा तारादेवी आधुनिक गायनयात्राकी नेपालदेवी नै थिइन् :
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल

चाँदनी शाह दरबारमा फुलेकी थिइन्

धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।
रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ । तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगत्ले ओजस्विता प्राप्त गर्नु हो ।
चाँदनी शाहको संवत् २००६ कात्तिक २२ गते सोमबार काठमाडौंको लाजिम्पाटमा जन्म भएको थियो । जनरल केन्द्रशमशेर जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणादम्पतीको सुयोग्य संरक्षणमा बीस वर्ष व्यतीत भएको थियो ।
चाँदनी शाहको विवाह तत्कालीन युवराजाधिराज वीरेन्द्रका साथ २०२६ सालमा भयो । वैवाहिक जीवनमा गुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको थियो । प्रणयमा उनिएपछि नै शाहद्वारा पत्रि्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए :
तिमीलाई हासेर बिदा मात्रै दिइसकेथें
आ“सु झरिसकेछन् म तिनलाई पुछ्न थालें
तिमी मलाई छाडी गैसकेका मात्रै के थियौ
तिमी र्फकने दिन म हतारिंदै गन्न लागें ।
चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ दार्जिलिङको सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल जाउलाखेलमा अध्ययन गर्दै कान्तिर् ईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्रवेश गरेकी थिइन् । उनले पद्मकन्या कलेजबाट आईए द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बीए द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी थिइन् ।
चाँदनी शाह सानैदेखि ‘हुने बिरुवाको चिल्लोपात’मा गनिन थालिन् । उनको साहित्य र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो । यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो । उनका मनपर्ने खेलहरू ब्याडमिन्टन, टेबुलटेनिस र रिले थिए ।
चाँदनी शाहमा अङ्ग्रेजी रोमान्टिक कवि विलियम वर्डर्स्वर्थका कविताको प्रभाव थियो । प्रकृतिचित्रणमा रमाउने कवि वर्डर्स्वर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए । साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सृजना भएको थियो ।
चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो । नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडापाखा, खोँच, बेँसी, खोलानाला, झर्ना, हिमाल र पहाडका श्रृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्त्व रहेका छन् ।
त्यसैले उनीबाट आफ्नै माटो, आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पटभूमिमा प्रस्तुत हुने गर्दर्थ्यो । जसमा शाहको प्रणयभावना पनि टयाप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो :
उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा
जहाँजहाँ जान्छौ तिमी म पाइला बनी पछयाइरहन्छु
ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
गीतलेखनझैं चाँदनी शाहमा सङ्गीतकलाको पनि त्यत्तिकै सोख थियो । चाँदनी शाहले आफ्नो विद्यार्थीजीवनमा काठमाडौंको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
चाँदनी शाहका कवितामा सुन्दर, शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ । उनीबाट औपचारिक रूपमा संवत् २०३० सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो । शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ, प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्, मायाप्रीतिका भावहरू सलबलाएका छन्, नेपाल र नेपाली जातिप्रति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन् । चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सृजनामा गाउँका झुप्राझुप्राहरूको वास्तविक अवस्थाको अभिव्यक्त पाइन्छ । हिलोमा होस् या राजदरबारमा होस् जहाँ पनि कमल फुल्न सक्छ भन्ने बेहोराको सग्लो प्रमाण नै चाँदनी शाह थिइन् । किनभने उनी राजदरबारमा नै फुलेकी थिइन् ।
रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहबाट दीपेन्द्र, श्रुति र निराजनको जन्म भयो । उनीबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सृजना गरिए । यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवनदृष्टि पाइन्छ ।
जुनसुकै धारणामा आबद्ध समालोचक, साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको जनजीवन, भावना र चेतनाको ढुकढुकी जीवन्त रूपमा पाइन्छ भनी टिप्पणी गरेका छन् । यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन् । मोतीझैं सुन्दर शैलीले सुसज्जित उनका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ ।
कवयित्री शाहले काव्यसृजनामा मात्रै समय प्रदान गर्ने त्यतिसारो अवसर थिएन । रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनुपथ्र्यो । चाहे राजा वीरेन्द्रसँग देशविदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपतिक्षेत्र विकास कोषको अध्यक्षता गरेर होस् अनि चाहे नेपाल स्काउटको प्रमुख संरक्षक भएर होस्- चाँदनी शाहको राष्ट्रिय दायित्व विराट् थियो । तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ ।
प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहको २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । त्यस गोलीकाण्डले कवयित्रीको भौतिक चोला क्षतविक्षत भएको थियो । त्यस घटनापछि प्रायः सारा नेपाली रोए । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । उनका यस्ता रचनाहरू नेपाली परिवेशमा अनन्तअनन्तसम्म रहनेछन् :
उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो
माटोले बनेको देह त्यो फेरि गएर माटो भो
छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज आएर अन्त भो ।

लिम्बु जातिका नायक र क्रान्तिकारी कवि डबल सुब्बा

खड्गबहादुर नेम्वाङ पल्लोकिरातको लिम्बुवानमा प्रसिद्ध थिए । उनी १९९० सालमा इलाम अमिनीमा बिचारी भए । उनी बारुद, बन्दुक र पिस्तोलका सोखिन थिए । साथै उनी सिकार खेल्नमा पनि पारङ्गत थिए । उनी प्रथम र द्वितीय विश्वयुद्धबाट फर्केका पूर्वसैनिकसँग बन्दुक किन्थे । यिनले तिनै हातहतियारहरू राणाशाही विरुद्ध लड्ने क्रान्तिकारी मुक्तिसेनालाई दिएर सहयोग गरे । क्रान्ति सम्पन्न भएपछि २००८ सालमा गृहमन्त्री बीपी कोइराला इलाम भ्रमण गएका थिए । त्यसै बखत कोइरालाले यिनलाई धन्यवादको पत्रसहित यिनका बन्दुकहरू फिर्ता गराइदिएका थिए । त्यसै साल क्रान्तिमा सहयोग गरेवापत यिनले इलाम अमिनीको सुब्बाको पदमा नियुक्ति पाए । किपटिया लालमोहरिया सुब्बा अमिनीको पनि सुब्बा भएपछि यिनलाई डबल सुब्बा भन्न थालियो । अनि यही सम्बोधनले यिनी प्रख्यात भए । त्यस बेलाको अमिनीको सुब्बापद पछि जिल्ला न्यायाधीशमा रुपान्तर भयो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा पल्लोकिरात लिम्बुवानलाई पनि विशाल नेपालभित्र समाहित गरे । तर त्यसो गर्दा लिम्बुहरूलाई तिनको जिमिभूमिमा तिनकै स्वामीत्व रहने गरी आफ्नो कुलभाइ ठानी पृथ्वीनारायण शाहले “त्यो मुलुक सम्हार गरी जिमीभूमि रहिन्जेल तिम्रा शाखासन्तानतक भोग्य गर” भनी धर्मपत्रको तसल्लीको मोहरस्वरुप ताम्रपत्र गरिदिए । अनि लालमोहर अनुसार लिम्बुको जातिगत स्वामीत्व हुने जग्गालाई किपट भन्न थालियो । किपट जग्गामा राज्यको स्वामीत्व हुँदैनथ्यो । किपटप्रथाका कारणले नै पूर्वाञ्चलमा लिम्बुजातिको वस्ती पनि स्थिर हुन सकेको थियो ।
पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूबाट पनि लिम्बुको भूमिमाथिको स्वामित्व र अधिकार लालमोहरमार्फ कायम राखिदिने परम्परा बस्यो । जिमिभूमिमाथि स्वामित्व रहेका लिम्बु जातिको यो भूस्वामित्वसहितको जातीय अधिकारबाट किपट प्रणाली सुरु भयो । जसअर्न्तर्गत स्थानीय प्रशासनिक र न्यायीक अधिकारसहितको सुब्बाङ्गी प्रथा प्रारम्भ भयो । प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बाङ्गी प्रथामा अमाल गर्ने अधिकार सुब्बालाई वंशानुगत रूपमा प्राप्त हुँदै गयो ।
शाहवंशीय राजाहरूका लालमोहरबाट लिम्बुका जेठो सन्तान क्रमशः सुब्बा पदबाट सुशोभित हुन थाले । त्यसपछि अरुहरुले पनि लिम्बुहरुलाई सुब्बा भन्न थाले । लिम्बुजातिको नेम्वाङ कुलमा जन्मेका खड्गबहादुरका पुर्खा पनि जातिगत रूपमा सुब्बा भनिए । तर खड्गबहादुर नेम्वाङ भने अमाली र जिम्मावाल सुब्बासमेत भएका थिए ।
डबल सुब्बा लिम्बुजातिको जागरणका हर्कुलस थिए । उनी काम गरेर थाक्तैन थिए । उनको पहिलो काम नै लिम्बु जातिलाई उद्बोधन गर्ने हुन्थ्यो । सातसाल अगाडि सेतामगुराली (सेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) हरू शिक्षाको किरणबाट धेरै टाढा थिए । उनी लिम्बुजातिलाई कुरितीबाट मुक्त गर्न शिक्षा दिनु पर्छ भन्ने मान्यतामा लागे । त्यसैले आफ्नै गाउँमा २००६ सालमा प्राइमरी स्कूल स्थापित गर्न उनी सफल भए । उनैले आफ्ना बुबाआमाको नाउँ जोडेर ‘मनरत्न मिडिल स्कुल’ चलाए । त्यस स्कुलको स्थापना भएपछि त्यहाँ सेतामगुरालीले पनि क्षत्रीबाहुनहरूसँगसँगै पढ्न थाले । सो स्कुल पछि उच्चमाध्यमिक विद्यालयमा रुपान्तरित भयो ।
राणाशाहीका बेलामा किपट भूमिबाट लिम्बुहरुलाई पाखा लगाउने चालबाजी क्रमशः सुरु भयो ।अनि लिम्बुहरूले पनि अफ्नो परम्परागत अधिकारका लागि संघर्ष गरे । २००७ सालको जनक्रान्तिमा लिम्बुहरूको सहभागिता बढी हुनुमा यो नै एउटा मुख्य कारण पनि थियो ।
क्रान्तिताका पूर्वाञ्चल क्षेत्रमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बु थिए।क्रान्तिपछि अवसरवादीका भड्काउमा परेर केही सोझासाझा लिम्बुहरूबाट साम्प्रदायिक दङ्गा भड्किसकेको थियो।भड्काउमा परेका जनमुक्तिसेना र साधारण जनताबिच रक्तपातपूर्ण घटना घट्न नदिन क्रान्तिका अगुवाहरूले डबल सुब्बालाई अघि सारे । आफ्ना दाजुभाइ, कुलकुटुम्ब र गन्यमान्य लिम्बुहरूको सहयोगबाट उनले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेले। फलस्वरूप राजा त्रिभुवनको लालमोहरबाट किपटप्रथा यथावत कायम राख्ने घोषणा भयो ।
डबल सुब्बा शान्ति र सृजनाका साँघु थिए । उनी राम्रा कवि पनि थिए । उनले २०१२ सालमा मुनामदनको भाकामा लिम्बुभाषामा “किरात मिकहन साम्लो’ नामक खण्डकाव्य लेखे । लिम्बुभाषाको काव्यसाहित्यमा यो नै पहिलो आधुनिक काव्य मानियो । त्यतिमात्र होइन लिम्बु जागरणमा समर्पित स्रष्टाहरुका लागि डबल सुब्बा भीम थिए । त्यस मामलामा उनी बाधाको पहरा फोर्न पनि पोख्त थिए । उनी सामाजिक जागरणमा त्यतिकै क्रियाशील थिए । त्यसैले उनले लिम्बु चेलीउपर भएको कुरितिजन्य प्रथा उन्मुलन हेतु लिम्बुभाषामा कविता लेखे-
चेलीलाई बेच्नु ढोगौली पैसा धेरधेर थापेर
तीन वर्षम्म टीकामा ल्याउ नछोडी भनेर
ऋणदान बोक्नु घरबारी बेच्नु जुवाईंं पर्ठाई
छोरी र चेली बेचेर खानु घरबास उर्ठाई
हे बन्धु भन कसरी पुग्ला त्यसपछि खानलाई
घरबार उडे सकिन्न साँच्चै ऋणसम्म तिर्नुलाई ।
अनुवाद (बैरागी काइँला :२०३९)
डबल सुब्बाले लिम्बु संस्कृति र साहित्यलाई प्रकाश पार्ने हेतु झनै जाँगर चलाए । लिम्बुलगायत अन्य जातजातिबिच शिक्षाको प्रचार, कुरितीको उन्मूलन र सामाजिक चेतनाको उज्यालोमा जान उनैले बत्ती बालिदिए ।
डबल सुब्बा शिक्षा प्रचारमा दत्तचित्त भएर नै लागे । उनले आफ्नै गाउँ सारताप, पाँचथरमा खुलेको पाठशाला र इलाम तथा झापाका स्कूल भवन र पुस्तकालय भवन निर्माण गरिदिए । बाँचुन्जेल उनले समाजसेवामा आफूलाई समाहित गरिरहे । खास गरेर लिम्बु समुदायको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक, राजनैतिक र सांस्कृतिक जागरणका लागि यिनले योगदान दिइरहे ।
लिम्बुहरूलाई अन्याय पर्‍यो भने डबल सुब्बा आफ्नै छाती तेर्साएर अघि र्सर्थे । यस मामलामा हारे पनि यी चुप लागेर बस्तैन थिए । २०१७ सालमा राजा महेन्द्रको शाही कदमपछि लिम्बुको हकअधिकार र किपटप्रथा कटौती हुन थाल्यो । तर डबल सुब्बा एकनासले सत्ताको विरोधमा नै लागिरहे । २०२१ सालमा भूमिसुधारले लिम्बुहरूको सुब्बाको पद र किपट प्रथाको अन्त्य नै गरिदियो । त्यसपछि पनि लिम्बुहरूलाई अरुहरुद्वारा सुब्बा शब्दले सम्बोधन गरिने चलनचल्ती भने छुटेन । कतिपय लिम्बुले आफूलाई निरन्तर सुब्बा लेख्तै रहे ।
डबल सुब्बाको जन्म १९७१ साल फागुन २९ गते पाँचथरको पौवा गाउँमा भएको थियो । मनप्रसाद नेम्वाङ र उनकी चौथो नम्बरकी भनौ कान्छी पत्नी रत्नकुमारी फागूका यिनी साहिंला छोरा थिए ।
डबल सुब्बाले घरैमा कखरा पढे । उनी सानैदेखि लडाकु तर मिलनसार स्वभावका पनि थिए । उनी अत्याचार, अन्यायका घोर विरोधी थिए । साथै ज्ञानगुनका कुरामा पनि उनी अगाडि नै पर्थे ।
डबल सुब्बा रसिक पनि थिए । उनी नाचगान र लोकबाजा राम्ररी बजाउन सक्थे । उनी चार्डपर्वमा च्याब्रुङ र मुर्चुङ्गा बजाउँदै नाच्ने गर्थे । धान नाच्न जाँदा उनी कसै न कसैलाई मोहित पारी छाड्थे । यही रीतमा यिनले धेरै नारीसँग प्रिति पनि गाँसे । यिनले छ जनासँग विहे गरे । यिनका छओटी श्रीमतीबाट आठजना छोरा र छजना छोरी जन्मे । उनले आफ्ना छोराछोरीको भविष्यका लागि तन, मन र धन दिए । यसैक्रममा उनले सर्वप्रथम आफ्ना छोराहरुको शिक्षामा पनि जोड दिए । उनका छोराहरु पनि हुने विरुवाका चिल्लोपातका रूपमा निस्के । उनका छोराहरू भूविक्रम नेम्बाङ नेपाली काङ्ग्रेसका नेता भए र तिलविक्रम नेम्बाङ अर्थात् बैरागी काइँला नेपाली भाषासाहित्यका एउटा महारथी भए । तिनै महारथी नै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति पनि भए ।
डबल सुब्बाको २०३८ साल भदौ २ गते झापाको खुदुनाबारीमा स्वर्गारोहण भयो । त्यस दिन समाजसेवाको एउटा पाटोमा ओझेल परेको थियो भने लिम्बु जातिको आकाशमा बादल लागेको थियो ।

लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा जीवनी

लोकगायक राम थापा
लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा रहेनन् । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् । अमेरिकादेखि युरोपसम्म, जापानदेखि टिमोर वा हैंटीसम्म जहा“-जहा“ नेपाली छन्, राम थापाका ठटयौला लोकगीतहरू, नेपालीपनका संगीत र नेपाली माटो सुहाउदा स्वदेश गानहरूले नेपालीलाई ऊर्जा दिलाएको हुनपर्छ । रणसंग्राममा होस् वा कलकारखानामा, चुल्होचौकोमा होस् वा खेतबारीमा राम थापाले सबैलाई हसाए, मोहित तुल्याए । आखिरमा आर्यघाटमा हामी सबैलाई रुवाए । प्रसिद्ध गीतकार डा कृष्णहरि बराल भन्छन्, ‘लोकगीतलाई आधुनिकपनमा ढालेर ‘नया“ फयुजन’ दिनसक्ने युगअनुसारका स्रष्टा हुन्, राम थापा ।’ हुन पनि राम थापाले जुन गीतमा संगीत दिए, तिनै गीतहरू कर्णप्रिय बने । बरालका धेरैजसो गीतमा संगीत दिएका छन्, राम थापाले । ‘माइलो दाइ कृष्णबहादुर थापा मगरको निधन भएको ८ महिना नबित्दै दाजु राम थापा मगरलाई पनि चितामा जलाउनुपर्‍यो’, दाजुको निधनमा शोकमग्न कान्छा भाइ पुरुषोत्तम थापा मगर वेदना व्यक्त गर्दै थिए, पशुपति आर्यघाटमा । संगीतकार थापाका एकमात्र छोरा निशाप (निशु) को पनि ०५६ सालमा १७ वर्षो उमेरमा दुःखद निधन भएको थियो । छोराको निधनले विछिप्त मनस्थितिका गायक बेला-बेला ‘अब मेरो सहारा गीत-संगीत र रजनी’ भन्ने गर्थे । हुन पनि पार्थिव शरीरमा दागबत्ती उनको जीवनसंगीनी
रजनी थापाले अर्धचेतन अवस्थामा दिइन् । एउटा प्रतिष्ठित गायकको जिन्दगी आर्यघाटमा आगोको मुस्लोस“गै उडेर गयो ।
‘कुन देशकी परी हौ तिमी… (गायक हिक्मत माली), सुन-सुन मेरा साथी… -गायिका ताथा थापा), रिसाउ“दा झनै राम्री रिसाइ देउन विन्ती… (रविन शर्मा) मा संगीतका परागस“गै मुस्काएका देखिन्छन्, राम थापा । यसैगरी सदावहार गीतहरू- कुन बेला टेक्यौ… (गायिका तारा थापा), वैगुनी छौ भनु“ भने… -प्रकाश श्रेष्ठ), तिमीलाई अचेल कहा“ भेटु“… (प्रेमध्वज प्रधान), बा“धेर किन छोडयौ हातहरू… (सुनिता सुब्बा), फूल झरे पनि का“डा र्झदैन… (रविन शर्मा, तारा थापा) आदिमा फक्रेका देखिन्छन् थापा । ०३८ सालमा रेडियो नेपालमा वाद्य संगीतमा जागिरमा प्रवेश गरेका उनी लोकगायनमा अब्बल दर्जाका गायकका रूपमा देखापरे । ‘हाईहाई वनकाली माई…’ को कर्णप्रिय लोकगीतबाट गायन क्षेत्रमा उदाएका थापा वनकालीको नजिकै रहेको आर्यघाटमा ५१ वर्ष जिन्दगीमा अस्ताए ।
सन् २००३ मा बीबीसीले र्सवेक्ष्ँण गरेको विश्वका विभिन्न राष्ट्रहरूको संगीत प्रतिस्पर्धामा नेपालको संगीत ७ औं स्थानमा आउन सफल भएको थियो । ‘ऋतुहरूमा तिमी हरियाली बतास हौ…’ गीतका गायक अरुण थापा र संगीतकार राम थापा हुन् । दुवै अमर स्रष्टा समाजबाट ओझेलमा परिसके भने उक्त गीतका गीतकार राजेन्द्र थापामात्र हामीमाझ छन् ।
संगीतका विद्यार्थीलाई ‘संगीतको नोटेसन पुस्तक’ उपहार दिएका राम थापा गायक, संगीतकारमात्र नभएर पुस्तकका लेखक पनि हुन् । राजधानीको मुटु कमलपोखरीमा जन्मेका उनले सहरी जीवनको हाउभाउभन्दा गाउ“ले परिवेशलाई रोजे । अनि लोकगीतका माला उनेर श्रोतालाई उपहार दिए । राम थापाका लोकगीतमा जीवनशैलीको शिल्फीपन प्रचुर मायामा भेटिन्छ । कति बस्छयौ माइतीको कौसीमा, कटर-कटरमा त्रि्रो सुहाउ“दो ज्वाइ“ आयो मोटरमा, नेपाली हो चोयाको डोको, ठोक्न मादल ठोक्, सुको पैसा रहेन खल्तीमा आदिजस्ता लोकगीत सुन्दा केही ठटयौलीपन देखाए पनि नेपाली समाजमा सँंगीतिक जलप लगाएको अनुभूति हुन्छ ।

राज्यले बिर्सेका प्रथम शहीद लखन थापा मगर

शहीद लखन थापा मगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् । यसवर्ष शहीद दिवस (माघ १६ गते, विहीबार)मा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे । शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार शहीदका शालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको शहीद स्तम्भ वर्षो एकपटक चिटिक्क पारियो । देशभर चार शहीदका ढलौटे शालिकहरुले गलामा माला भिर्न पाए । सप्ताह लामो यो उत्सवमा देशका प्रथम शहीद लखन थापामगरलाई भने कतै सम्झिइएन ।
जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।
कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो ।
जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापा र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै वि.सं १९३३ फागुन २ गते उनलाई रुखमा झुण्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो । दुइ ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन ।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद त घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन ।
जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् – उनले विद्रोह गरेका हुन् होइनन् – शहादत प्राप्त गरेका हुन होइनन् – प्रश्नहरुको पर्रा उठाइन्छन् । लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन् । इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निर्रथक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढसय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन् ।
सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो । यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन् । राज्यले उनीहरुको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम शहीदले न सम्मान पाएका छन् न त सहयोग नै । के अब लखन थापालाई प्रथम शहीद घोषणा गराउन पनि अर्को आन्दोलन गरेर अरु पनि शहीद बन्नुपर्ने हो – गणतान्त्रिक सरकारले जवाफ देओस् ।

Sunday, May 22, 2011

तपाइको कम्युटर महिला हो कि पुरुष थाहा छ ?


तपाइलाई अचम्म लाग्न सक्छ कि तपाइको कम्प्युटर महिला वा पुरुष के हो भनेर छुट्टाउन सकिन्छ भन्दा । अच्चम्मा नपर्नुस् म तपाइलाई एउटा तरिका दिन्छु यो तरिका अपनाउनु भयो भने तपाइको कम्प्युटर स्त्री हो या पुरुष चिन्न सक्नुहुन्छ ।

विधी :
#सर्बप्रथम आफ्नो कम्प्युटरमा Notepad खोल्नुहोस् ( Start>>Runमा गएर notepad टाइप गरेरEnter  दवाउनुस्)
#त्यहाँ यो कोड कपि गरेर पेष्ट गर्नुस् । CreateObject("SAPI.SpVoice").Speak"Hi welcome to meromaya network"
#अव त्यो फाइललाई सेभ गर्नुस्, सेभ गर्दा फाइलको  नाम computer_gender.vbs दिनुहोला । (सेभ गर्न सिधै ctrl+s गर्न पनि सक्नुहुन्छ ।
#अव सेभ भएको फाइलमाDouble Click गर्नुहोस् 

यदी तपाइले महिलाको आबाज सुन्नुभयो भने तपाइको कम्प्युटर 'स्त्रीजाती' हो र पुरुषको आवाज सुन्नुभयो भने 'पुरुषजाती' हो । 

चिन्नुभएन त तपाइको कम्प्युटर कुन लिङ्गको रैछ ?

तपाइले फेसबुकमा के के लाइक गर्नुभएछ हेर्ने हो ?


फेसबुकमा धेरै Like Page हरु हुन्छन् । हामी त्यसलाई मन परायौ भने लाइक(Like) गर्ने गर्दछौ । आजसम्म तपाइले के के 'लाइक' गर्नुभएछ एकैचोटी हेर्न चाहानुहुन्छ भने 'लाइकजर्नल' तपाइलाई मन पर्न सक्छ । कुन कुन पेजलाई लाइक गरेछु भनेर हेर्नका लागि यो पेजमा जानुहोस् ।
 
  त्यहाँ Access गरिसकेपछी तपाइ एउटा पेजमा जानुहुनेछ त्यहाँ तपाइले हालसम्म लाइक गरेका पेजहरु देखिनेछन् ।


भिडियो हेर्नु भयो ? त्यसलाई आफ्नो कम्प्युटरमा कपि गर्नुहोस्

youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???


त्यसैले आज यस्तो एउटा utility को बारेमा चर्चा गर्नेछु जसको मद्घतले हामीले watch गरेको भिडियोलाई browser cache बाट सजिलै तपाईंले desktop वा local disk मा कपि गर्न सक्नु हुनेछ । यो utility बाट तपाईंले कुनै पनि हेरिसकेको भिडियोलाई सिधै save गर्न सक्नुहुनेछ र यसको लागि अरु कुनैपनि downloading software को जरुरत पर्दैन ।

अब यो utility को बारेमा केही चर्चा गरौ ...
यो utility को नाम हो "Video cache viewer" र यसले माथि भनिए जस्तै तपाईंले watch गरीसकेको भिडियोलाई सिधै कपि गर्न मद्घत गर्छ । सामान्यतया हामीले watch गरिसकेको भिडियो अटोमेटिकल्ली Browser Cache मा store भईसकेको हुन्छ र त्यही store भएको भिडियोलाई यो utility को मद्घतले आफ्नो कम्प्युटरको local disk मा कपि गर्ने हो जसलाई हामीले भबिस्यमा फेरी कुनै पनि बेला watch गर्न सक्छौ । यहाँनिर यो पनि याद राख्नु जरुरी छ कि हामीले हेरेको सबै भिडियोहरु cache मा store हुँदैनन तर पनि धेरैजसो चाँही store नै हुने गर्छ ।

यो "video cache viewer" ले automatically Internet Explorer र Mozilla firefox वेब ब्राउजरको सबै cache हरु स्क्यान गर्छ र त्यहा store भएका video cache (Video file) लाई देखाउछ । यदि cache present छ भने यसले cache application window मा video display गर्छ र त्यो display भएको video लाई नै हामीले आफुले चाहेको ठाउमा save गर्ने हो । त्यसैले अब चिन्ता नगर्नुहोस् , तपाईंले एक चोटि watch गरिसकेको video लाई save गर्न अरु software को प्रयोग गर्नु पर्नेछैन ।
..यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
utility डाउनलोड गरिसकेपछि install गरेर run गर्नुहोस् त्यहा तपाईंले केही option हरु देख्नुहुनेछ तर हामीलाई अरु option को त्यती जरुरी छैन , हामीलाई मात्र “Play selected File” र “Copy selected Files To…” option को जरुरी छ ।

“Play selected File”
यो option त्यहा display भएका video हरु मध्य कुनैलाई highlight गरेर play गर्न काममा आउछ तर तपाईंको कम्प्युटरमा भएको player ले .flv फरम्याटको फाइल support गर्ने हुनु जरुरी छ । (यदि तपाईंसँग .flv player छैन भने यहाँ क्लिक गरेर player डाउनलोड गर्न सक्नुहुनेछ । )

“Copy selected Files To…”
यो option नै सबैभन्दा काममा आउछ किनकी यसैबाट हामीले select गरेको भिडियोलाई आफ्नो कम्प्युटरको local disk मा location browse गरेर save गर्न सक्छौ ।


तपाईंको trial version सफ्टवेर को expire date रोक्नुहोस्।

तपाईंको trial version सफ्टवेर को expire date रोक्नुहोस्।

के तपाईं आफ्नो trial भर्सन सफ्टवेर को date expire हुँदैछ भनेर चिन्तित हुँदै हुनुहुन्छ। येदि तपाईंको एस्तो समस्या छ भने मैले तपाईंको लागि आज एस्तो सफ्टवेर लिएर आएको छु जस्को प्रयोगले तपाईंको तपाईंको समस्या समाधान गर्न सक्नुहुछ। यो प्रयोग  गरेपछी तपाईंको सफ्टवेरले ओर्गिनल जस्तै गरी काम गर्छ र कहिलै पनि expire हुँदैन।यो सफ्टवेर download गर्नको लागि यहाँ क्लिक गर्नुहोला
  

    
यो प्रायोग गर्ने तरिका।
पहिला सफ्टवेर download गरेर install गर्नुस् र खोल्नुस् ।
तेस पछी browse मा क्लिक गरेर जुन सफ्टवेरको expire date रोक्ने हो तेस्को .exe select गर्नुहोस्।
तेस पछी नयाँ date राख्नुहोस् (याद राख्नुहोस् यो सफ्टवेर trail सफ्टवेर expire हुनु भन्दा २ दिन अगाडि नै install गर्नुहोला नत्र काम गर्ने छैन)
कुन्नै टाईम रखिदिनुस्।
तपाईंले date select गरेको सफ्टवेर खोलेर हेर्नुस्। 


Monday, May 16, 2011

फेसबुकमा ‘पोस्ट’ गर्न नहुने १० कुरा

फेसबुकमा ‘पोस्ट’ गर्न नहुने १० कुरा

फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। ‘फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।’ उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :

जन्म मिति र स्थान
जन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्

आमाको बाबुपट्टिको थर
कतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्।

ठेगाना
तपाँईले दिएको ठेगानाले तपाँईलाई सूचनाका चोरमात्र होइनन् घरमा आउने लुटेरालाई समेत सजिलो हुनसक्छ।

छुट्टिका कुरा
‘म यति समय बाहिर छु’ या ‘२ साता काठमाडौं बाहिर छु’ जस्ता स्टाटसले तपाँई चोरलाई निम्ता दिइरहेको त दिइरहेको हुनुहुन्न ?

घरबारहिर निस्कने जानकारी
छोटो समयका लागि तपाँई बाहिरिँदै गरेको कुराले चोरलाई सघाएकै हुन्छ।

असान्दर्भिक फोटोहरु
जातीय घृणा, अश्लिल र कानुनले निषेध गरेका फोटोहरु नराख्‍नुस। तपाँईको हाकिमले तपाँईको फेसबुक स्टाटस हेरिरहेका हुनसक्छन्।

कमजोरी स्विकार
आफ्ना कतिपय कमजोरी वा गल्तीलाई फेसबुकमा नराख्‍नुस्। यसले पूरै जीवनलाई विगार्न सक्छ। आफूले गरेका गल्तो वा कुनै केटा वा केटीसँग गरेका रोमान्सलाई पोस्ट नगर्नुस्।

फोन नम्बर
फेसबुकमा फोन नम्बर राख्दा तपाँईलाई सामान बेच्न बसेकाहरुले हैरान पार्न सक्छन।

केटाकेटीको नाम
पेडोफिलहरुले यस्तो पहिचानको दुरुपयोग गर्न सक्छन्। बच्चाको पहिचान सार्वजनिक गर्नु ठिक होइन।
१०
पूरै प्रोफाइल
फेसबुकमा मात्र होइन, पोस्ट गरिएका प्रोफाइल गुगल सर्चमा पनि सजिलै फेला पर्छ। सबै कुरा खुलाएको प्रोफाइल राख्‍नु ठिक होइन। कुनै पनि कुरा सहि ठाउँमा मात्र दिनुपर्छ।