Friday, April 3, 2009

लाङ्टाङको तयारीमा

२-३ दिन लाङटाङ नगई भएन , आन्तरीक पर्यटक हुनु पर्‍यो भनेर ! ओहो यो नेपाल हाम्रै त हो नि , जहाँ जतिखेर घुमे पनि फ्री ! तराई बन्दले गर्दा पनि आन्तरीक पर्यटकको लर्को अब हिमाल तिर हिडने त होइन ?
५ दिनमा ५ हजार खर्च गरेर हिमाल हेर्न पाइने यो सस्तो लामटाङ रुट छ भन्ने थाहा पाउनु भो भने बिदेशी भन्दा नेपाली पर्यटक नै बढी हुन के बेर ?
ग्लेसिएर पग्लिदै !

लाङ्टाङ खोलाको मुहान यो हिमताल सुक्यो भने चाँही पक्कै पनि ग्लोबल वार्मिङको असर पर्‍यो भन्ने नै होला । समुद्र नभएपनी भएको त्यही खोला नाला र कुलेखानीहरु धेरै सुके भने फेरी उही त हो नि लोड्सेडिङ शत प्रतिशत नै । २०० औ ब्लग पोस्ट पढनु भएकोमा धन्यवाद !

फर्कदै लाङ्टाङतिर !

लाङ्टाङ पुग्नु अघी यात्रामा भेटिने साना नानीहरुको आँखाले पनि हामी कती पिछडिएका छौ भन्ने बोध गराईरहेको हुन्छ । हिमाल जस्तो अबोध र चन्चल अनी स्वच्छ मन शायद यिनै बालकहरुको नै होला । लाङ्टाङ खोलाको सुशेलिमा हिमाल जाने सिजन मार्च अप्रिल सुरु हुने प्रतिक्षामा कतै बिदेशीको लस्करमा कतै तपाईं पनि त हुनुहुन्न ?


केन्जिङको कथा खोज्दै !

लाङ्टाङ पदयात्राको रमाइलो गन्तब्यमा रहेको केन्जिङबारे केही लेख्नु अघी नै भनु - एक जना शुभचिन्तकले यो ब्लगको शिर्षकको मौलिकता नभएको र कथाको ठाउमा गन्तब्य हुनु पर्‍यो भन्ने सुझाव रहेछ । हे हे ! यती राम्रो प्रतिकृयाको लागि धन्यवाद !तर ब्लगको मास्ट हेड नै चेन्ज गर्नु भन्दा अर्को ब्लग नै खोल्नु सरल होला जस्तो लाग्यो मलाई त ! हेरौ , अब यसलाई अपडेट गर्दा भने अब कथा नै खोज्नु पर्ला जस्तो छ , ति सुभेच्छुक अनलाइन भिजिटरको लागि ।
सम्झदै लाङ्टाङ सधैं !

धेरै पछी ब्लग अपडेट गर्दा रमाइलो लागिरहेको छ । फेसबुक चलाऊने बानीले गर्दा बिर्सिएको लाङ्टाङ ब्लग अपडेट नभएकोले केही साथी, दाईहरुले सल्लाह दिएकोले पनि पुरानो तस्बिर खोजी गर्नु पर्‍यो । हुन त हिमाल पुरानो नहोला ।


गोसाइकुन्ड : फ्लास ब्याक !

गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
बुद्द मन्दिर , अब ४ हजार मिटर यात्रा सुरु होला जस्तो छ
केही क्षण बिश्राम गर्ने कि ?
यो गन्तब्य गोसाइकुण्ड पुग्न अझै बाँकी नै छ !
अब सास फेर्न पनि गाह्रो होला जस्तो छ , माने समुद्र सतह बाट ४ हजार भन्दा बढी भईसक्यो , लसुन चबाउदै लेक छल्नु पर्ला जस्तो छ ।
सलाम अमरसिँह थापा ।
बल्ल आइपुगियो धर्म कमाउने ठाउँ , बम्भोले !
मौसम सफा हुँदा त गोसाइकुण्ड आकाशको ऐना नै हुने रछ नि त हौ !
लौरिबिनायक बाट देखिएको हिमलहर !
सफा आकास भएकै बेला फर्कनु पर्ला जस्तो छ , नत्र फेरी पानी मा भिजिएला .
लाङ्टाङ फिभर सुरु !

बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
सयौ दिनसम्म पनि बर्शेनी सदरमुकामको बाटो अवरुद्द हुने चलन धेरै भाईसक्यो , अब नयाँ नेपालको खाका कोर्नेहरुले रसुवाको बाटोबाट नेपालको मुहार फेर्ने दिन बनाउन अबेर नगरे पो रमाइलो हुने थियो कि ?

No comments: