Thursday, March 12, 2009

डिलिट भएको फाइल कसरी recover हुन्छ - I

के तपाईंलाई थाहाछ तपाईंको डाटा डिलिट भएको छ भने पुन निकाल्न मिल्छ भनेर ? सजिलो जवाफ, थाहा छ Recycle Bin मा जाने अनी Restore गर्ने । तर नि recycle bin बाट पनि डिलिट गरेको फाइल लाई कसरी पुन ल्याउने ? त्यस्तै partition नै format गरेपछी कसरी restore गर्ने ? अझ partition नै डिलिट गरेको ठाउँ बाट कसरी फाइल निकल्ने ? कहिले कही के हुन्छ भने जनी नजानी शिफ्ट डिलिट अर्थात recycle bin मा न पठाइ सिधै डिलिट गरिन्छ अनी पछी थाहा हुन्छ ओ हो !! महत्वपूर्ण फाइल डिलिट भयो । त्यस्तै partition बिग्रेर format गर्नु पर्ने भयो अथवा कम्प्युटर बनाउन लगेको बनाउने ठाउँमा जानेर अथवा नजानेर अर्को partition डिलिट गरिदिए जस्मा महत्वपूर्ण फाइल थियो । त्यसपछी त टाउको दु:खाइ सुरु भयो । यावत कुराहरुको बारेमा आज चर्चा गर्न मन लाग्यो । शायद तपाईंले यो लेख पढेर आँफैले त्यस्ता फाइल recover गर्न सक्नु होस् भन्ने मेरो लेख को मुख्य लक्ष्य हो । साथै जस्ले प्रयोग गरी रहनु भएको छ उहा मध्य कतिलाई यो कसरी सम्भब छ भन्ने थाहा छैन तर प्रयोग गरी रहनु भएको छ उहा हरुको लागि शायद केही ज्ञान हुने छ ।

मेरो कथा सुनाउन मन लाग्यो जहिले म यो क्षेत्रको लागि नयाँ थिए त्यस समय मलाई पत्ता लगाउन गर्हो परेको कुरा भनेको यो कसरी सम्भब छ भन्ने नै थियो । मैले धेरै सँग सोधे तर धेरै ले धेरै प्रकारले जवाफ दिए । कोहिले के भने "हार्डडिस्कमा compress भएर फाइल बसेको हुन्छ त्यहा बाट नै recover हुन्छ" कतिले चाँही "खोइ यार थाहा भएन" भने भने कतिले चाँही जुन recover गर्ने सफ्टवेर ले नै पुन फाइल बनाएर recover गरिदिन्छ भन्ने सम्म भेटियो तर यस्मा कुनै सत्यता भेटिन भने ईन्टरनेट गूग्लिङ गर्दा पनि पाउन निक्कै मुस्किल परेको बिषय को रुपमा रह्यो । शायद तपाईं लाई यो समस्या न आएको हुन सक्छ । केही परिश्रम पस्चात पत्ता लगाउन सफल भय किनकी मजबुरी थियो किन कि मैले प्रयोग गरेर मात्र भएन किन कि मेरो काम भनेको कसरी भन्ने प्रश्नको उत्तर पनि दिनु पर्ने हुन्छ । शायद तपाईं मध्य कोही हुनुहुन्छ होला अथवा हुनुहुनेछ भने सजिलोको लागि यो लेख महत्वपूर्ण हुने छ ।
कसरी recover हुन्छ भने कुरा जान्न को लागि तपाईंले किताब को बिषय सुची र किताबको समग्री लाई लिना सक्नु हुन्छ । डिलिट गर्नु भनेको बिषय सुची बाट मेटाउनु मात्र हो तर किताबको पाना च्यातेर अथवा पानामा लेखिएको कुरालाई नमेटाउनु हो । यस्को प्रमाण को लागि तुल्ना गरेर हेर्नुस् त 1GB डाटा डिलिट गर्न १ मिनेट भन्दा कम लाग्छ भने 1GB कपि गर्नु पर्‍यो भने १० मिनेट लाग्ने हुन्छ यस बाट के प्रष्ट हुन्छ भने डिलिट गर्दा विषय सुची मात्र डिलिट हुन्छ तर लेखिएको सामग्री जस्ता को त्यस्तै रहन्छ । त्यसो हो भने नयाँ सामग्री चै नी ? त्यो भने लेखिने बेलामा पुरनो सामग्री मेटिन्दै नयाँ लेखिने हुन्छ । तपाइँले माइ कम्प्युटर खोल्दा र ड्राइभ खोलेर हेरदा देखिने सामाग्री भनेको त्यही बिषय सुची बाट देखाइन्छ भने स्पेस को हिसाब पनि त्यही बाट गरिएको हुन्छ जस्ले गर्दा बिषय सुची बाट डिलिट हुँदा नै हार्डडिस्क मा स्पेस बढ्ने हुन्छ ।
अब format नै गरेको चाँही नि ? यस्को पनि साधारण उत्तर रहन्छ । त्यस्को लागि तपाईंलाई format गर्नु भनेको केहो भन्ने बारेमा जानकारी हुनु पर्छ साथै partition डिलिट गर्दा पनि recover हुनु भनेको जसरी फाइल डिलिट गरेको recover भयो सोही प्रकृयाहो तर यस्को लागि partition delete र partition delete गर्नु भनेको केहो भन्ने कुराको जानकारी भये बुझ्नु हुने छ । आगामी लेख हरुमा यस्को पनि चर्चा अवश्य गर्ने छु । यस्तो सफ्टवेर मा प्रचारको लागि यस्तो लेखिएको हुन्छ ।

Feature overview
* Recover data after accidental deletion
* Recover data after an accidental format
* Recover data from an inaccessible volume (logical drive)
* Recover data after FAT corruption
* Recover data after repartition (fdisk)
* Recover data from a crashed physical device
* Recover data after an MBR corruption
* Recover data from a hard disk drive, camera card, USB drive, Zip, floppy disk
* Recover data for any error except physical damage

Key Features
* Supports FAT 12/16/32
* Supports NTFS
* Supports NTFS compressed and encrypted files
* Supports Dynamic Volume including Simple Volume, Spanned Volume, Stripe Volume, Mirror Volume and Raid Volume.
* Supports RAW data recovery
* Built-in preview function
* Built-in resume recovery function
* Built-in Recovery Wizard

अब तपाईं लाई सफ्टवेरको लिन्क दिउँ ।
http://www.4shared.com/file/76195041/da160a22/GetDataBack.html
अथवा
http://www.easy-share.com/1903938989/Power

No comments: