Sunday, March 22, 2009

राष्ट्रविकासको आधार ऊर्जाविकास

हाम्रो देश नेपाल प्राकृतिक स्रोत र मानव संशाधनका आधारमा अति धनी हुँदाहुँदै पनि हाम्रो संस्कार, संस्कृति र बौद्धिक दरिद्रताको कारण अन्य देशहरूको तुलनामा सम्पूर्ण रूपमा पछि पर्नु परेको छ । आज विश्वमा कुन राष्ट्र धनी, कुन राष्ट्र गरिब भनेर चिन्ने थुप्रै आधारहरू छन् त्यस मध्येको प्रतिव्यक्ति उर्जा खपत पनि एक हो । विकसित र अग्रस्थानमा रहेका विकासशील राष्ट्रको कुरा गर्ने हो भने उनीहरू उर्जा खपतको दृष्टिले निकै अगाडि छन् । जुन राष्ट्रले सबै भन्दा बढी उर्जा खपत गरेको छ आज त्यही राष्ट्र विकासको गतिमा अग्रस्थानमा रहेको छ । मानव विकास सूचाङ्कले पनि त्यही कुरा पुष्टि हुन्छ ।

नेपालको सन्दर्भमा नेपाल नवीकरणीय ऊर्जाको लागि धनी मुलुक हो । नेपालमा नवीकरणीय ऊर्जाका प्रायः सबै स्रोतहरू छन् र तिनीहरूको क्षमता पनि ठूलो छ । नेपालमा प्रयोग भैरहेको ऊर्जालाई दुई भागमा बाँडेर हेर्न सकिन्छ । परम्परागत ऊर्जा, बायोमास, दाउरा बायोग्यास इत्यादि र नवीकरणीय ऊर्जा सौर्य, जल, वायु र यस बाहेक प्राकृतिक ग्यास र कोइलाको पनि सम्भावना छ ।आज पनि नेपालीमा ऊर्जा मागको प्रमुख हिस्सा -वायोमास) परम्परागत ऊर्जाले पूर्ति गरिरहेको छ । जसकै कारण नेपालका वनहरू क्रमशः पातलिंदै गइरहेका छन् । सिद्धान्ततः नेपालमा ऊर्जा स्रोतको सम्भावना झण्डै १९७० मिलियन गिगाजुर प्रतिवर्ष दिगो रूपमा उपयोग गर्न सकिन्छ । जुन नेपालको ऊर्जा खपतको केयौं गुणा बढिरहेको छ । तर आज देशमा ऊर्जा सङ्कट पैदा भएको छ । जसका कारण देशमा १० वर्षको जनयुद्धको मारमा परेका साना, मझौला तथा ठूला उद्योगहरू पुनः ऊर्जा सङ्कटको मार खेप्न बाध्य छन् । विद्युत् पुगेका गाउँ-सहरका बासिन्दा अन्धकारमा बाँच्न विवश छन् । लोडसेडिङ्गले सञ्चार माध्य व्यवसायी, विद्यार्थी, शिक्षक, कृषक, कर्मचारी सबैलाई प्रभावित पारेको छ । हिउँ पग्लने क्रम नबढेसम्म र वषर्ा नभएसम्म लोडसेडिङ्ग हृवातै घट्ने आशा गर्न सकिन्न् । विडम्बनाको कुरा के छ भने हाम्रा नदी नालामा हजारौं मेघावाट विद्युत उत्पादन गर्न सकिने पानी कही कतै सिंचाइ गर्ने बाहेक प्रयोगविहीन रूपमा बगिरहेको छ ।

प्राकृतिक ग्याँस प्रयोगविहिन अवस्थामा यथावस्थामै रहिरहेको छ । मनाङ्ग मुस्ताङका बासिन्दा अन्धकारमा बस्न विवश छन् तर त्यहाँ वायु बहिरहेको छ । ऊर्जाको प्रमुख स्रोत सूर्य नै हो भन्नेपुष्टि भए पनि सौर्य ऊर्जाको न्यूनतम प्रयोग गर्न नसकिरहेको अवस्था छ । कोइला खानीहरूबाट कोइला निकाल्न नसक्दा र खानीहरू पहिचान नहुँदा यथास्थानमै भण्डारण भैरहेको अवस्था छ । फोहरबाट ऊर्जा र मल उत्पादन गर्न सकिने कुरा पुष्टि भैसक्दा पनि फोहरलाई आम समस्याको रूपमा लिन हामी बाध्य भएका छौं । वयोग्याँसको प्रयोगले वातावरण, स्वास्थ्यलाई नबिगार्ने ग्रामीण एवं सहरीया जीवनस्तरलाई उकस्नुको साथै कार्बन उत्सर्जन गरि नासिँदै गएको ओजन तह जोगाउन सकिन्छ भने कार्बनबाट ठूलो आर्थिक लाभ लिन सकिने सम्भावना छ । थुप्रै घरेलु ऊर्जाका स्रोतहरू पहिचानको अभावमा उपयोगविहीन भई यथास्थानमै रहिररहेको अवस्था छ भने प्रयोगमा आएका घरेलु ऊर्जाका स्रोतहरू व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । यी सबै कुरा हुनुमा मुख्यतया योजनाविद्हरू, राजनीतिकर्मी, ऊर्जा क्षेत्रमा काम गर्नेको ढिलासुस्ती र अदूरदर्शीता मुख्य भए पनि सहायक दोषी हामी पनि हौं ।

हाल प्रयोगमा आएको ऊर्जाका कृषिन्जय वस्तु, दाउरा गुइँठा, पेट्रोलियम पदार्थ, कोइला, विद्युत, गोबर-ग्याँस -वायोग्याँस), सौर्य ऊर्जा आदि छन् । जसमध्ये कृषिजन्य वस्तु दाउरा, गुइँठा प्रमुख हुन र ऊर्जाको प्रयोगको आधारमा करिब ८२ प्रतिशत यिनै ऊर्जाका स्रोतले ओगटेको छ । बाँकी १८ प्रतिशत मात्र विद्युत्, कोइला, पेट्रोलियम पदार्थ, बायोग्याँस र सौर्य उर्जाले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी करिब ७२ प्रतिशत दाउरा, १० प्रतिशत पेट्रालियम पदार्थ, ४ प्रतशित कोइला र केवल २ प्रतिशत जति विद्युतबाट खपत भइरहेको छ । अहिले जस्तो विकराल स्थिति भावी दिनमा कहिल्यै नेदेखियोस् भनी राज्यले राष्ट्रिय ऊर्जा सङ्कट निराकरण गर्न स्वास्थ, स्वच्छ वातावरण निर्माण गर्न समयमा नै ध्यान पुर्‍याउन आवश्यक छ । संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २००० को तुलनामा सन् २०५० मा ऊर्जाको माग र प्रयोग विश्वमा दोब्बर हुनेछ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने एक अर्ब ८० करोड मानिसलाई व्यापारिक ऊर्जा सेवा उपलब्ध हुने छैन । यस विषयमा हामीहरूले पनि समयमा नै सोच्नुपर्छ ।

वायु उर्जा भनेको बगिरहेको हावाबाट वायु टर्वाइन तथा वायु मिलद्वारा प्राप्त गर्न सकिने ऊर्जा हो । वायु ऊर्जाको प्रयोग इजिप्ट, नेदरल्याण्ड, अमेरिका, डेनमार्क लगायतका देशहरूले १९ औँ शाताब्दीदेखि गर्दै आएका भए पनि नेपालमा भने केवल ३० वर्ष अघि युएसएआइडीको सहयोगमा रामपुर क्याम्पसमा वायु पम्प जडान गरे पश्चात् भएको पाइन्छ । त्यसपछि नेपालका मुस्ताङ, रामेछाप, पाल्पा, नगरकेाट, उदयपुर लगायतका विभिन्न जिल्लामा जडान गरिएको भए पनि अधिकांश अहिले प्रयोगविहित अवस्थामा छन् । विश्वमा वायु ऊर्जाको उत्पादन क्षमता करिब ५०० गेगावाट छ, जसमध्ये मध्य तथा दक्षिण एसियामा १८ गेगावाट रहेको छ । नेपालका थुप्रै जिल्लाहरू पाल्पा, मोरङ, मुस्ताङ, रामेछाप, अर्घाखाँची लगायतका थुप्रै ठाउँमा वायु ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । मुस्ताङ जिल्लामा मात्र २०० मेगावाट वायु ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । अन्य ठाउँको पनि उत्पादन क्षमता कम छैन ।

ऊर्जाको सन्दर्भमा कुरा गरिरहँदा परमाणु ऊर्जाको चर्चा गर्नु पनि आवश्यक छ । तीव्रगतिमा भइरहेको विज्ञान प्रविधिको विकासले आज विश्वका २६ देशहरूमा ४३७ परमाणु ऊर्जा उत्पादन संयन्त्रले काम गरिरहेका छन् जसबाट करिब ३ लाख ५० हजार मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जुन विश्वको कुल ऊर्जा उत्पादनको करिब १७ प्रतिशत हो । आठ राष्ट्रमा ४० प्रतिशत ऊर्जा उत्पादन आणविक भट्टीबाट उत्पादन हुन्छ । विश्वमा नै ऊर्जाको बढ्दो मागका कारण करिव सयको हाराहारीमा परमाणु ऊर्जा उत्पादन संयन्त्र निर्माण हुँदैछन् । जसको विद्युत् उत्पादन क्षमता करिब ८० हजार मेघावाट रहेको उल्लेख छ । परमाणु ऊर्जाको विश्वमा भरपुर उपयोग भइरहेको छ । परमाणु ऊर्जाको प्रयोग गर्नेमा हाम्रै दक्षिण छिमेकी राष्ट्र भारत पनि छ ।

जैविक ऊर्जाको कुरा गर्दा केही समयअघि मात्र पाल्पाका युवक केशव कार्कीले सजिवनको तेलबाट गाडी गुडाएको समाचार पत्रपत्रिकामा आएको थियो । नेपालमा सजिवनको तेललाई ऊर्जाको रूपमा प्रयोग गर्ने परिकल्पना र अनुसन्धान झण्डै दुई दशक अघि त्रि.वि.वि. अन्तर्गत व्यवहारिक विज्ञान प्रयोगशाला रिकास्टले गरेको थियो । त्यसको केही वर्षपछि बुटवल टेक्निकल इन्स्िटच्यूटका इन्जिनियर रामेशवर महर्जनले सजिवन तेलले डिजलको काम गर्ने ल्याव परीक्षणबाट प्रमाणित गरेका थिए । ०५५ सालतिर 'रिकास्ट' वैदेशिक सहयोगको परियोजनामार्फत् विस्तृत अनुसन्धान गरी स्थिर अवस्थाको डिजल इन्जिन सजिवन तेलले सफलतासाथ सञ्चालन गरेको थियो । नेपालमै यसका लागि थुप्रै अध्ययन अनुसन्धान गरिएको भए पनि बायो डिजलले चिनिने सजिवन तेलको सफल परीक्षणपछि 'रिकास्ट' ले सरकारसँग अनुरोध गर्‍यो -'वायो डिजेलको व्यापक उत्पादनमा सरकारले सुरूमा लगानीद्वारा प्रोत्साहन गर्छ भने देशलाई क्रमशः इन्धनमा आत्मनिर्भर बनाउन सकिन्छ तर सरकारले त्यसबेला उपेक्षा गर्‍यो । जसका कारण केही बौद्धिक युवाहरू विदेशिन बाध्य भए । सजिवन लगायत वायो ऊर्जाको प्रयोगमा केही देशहरू निकै अघि बढिसकेका छन् । भारतले पनि यसतर्फ केही समय पहिलेदेखि नै पाइला चलाइसकेको छ भने मेलेसिया लगायत केही देशले पामको तेललाई ऊर्जाको रूपमा प्रयोग गर्दै आएका छन् । त्यस्तै दक्षिण अपि|mकामा नेल्सन मण्डेलाको पालोमा सजिवन तेलको प्रयोगलाई निकै प्रोत्साहित गरियो । थाइल्याण्ड, इन्डोनेसिया, ब्राजिल आदि देशहरूले पनि सजिवनको तेललाई ऊर्जाको रूपमा प्रयोग गर्ने मात्रालाई बढाउँदै लगेका छन् । नेपालको प्रायः हिमाली क्षेत्र बाहेक सबै ठाउँमा उत्पादन गर्न सकिने सजिवनलाई ऊर्जाको रूपमा प्रयोग गर्ने कुरा राज्यको नीतिकै रूपमा ल्याउन सकियो र उद्योगी व्यापारीहरूलाई लगानी मैत्री वातावरण निर्माण गर्न सकियो भने डिजल, पेट्रोल, ग्याँस, बाहेकको अर्को भरपर्दो सर्वसुलभ इन्धनको आविष्कार र विकास नभएसम्म यसलाई हाम्रो देशको बिजुली पछिको भरपर्दो ऊर्जा स्रोतको रूपमा विकास र विस्तार गर्न सकिन्छ ।

नेपालमा प्राकृतिक ग्याँसको सम्भावना रहेको छ । नेपालको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने मुक्तिनाथ क्षेत्र दैलेखको शिरस्थान र नाभिस्थानमा बलिरहेका ज्वालाहरू पनि प्राकृतिक ग्याँस नै हुनुपर्छ भन्ने तर्क भूगर्भशास्त्रीहरूको रहेको छ । त्यस्तै केही वर्ष पहिले नेपाल इन्जिनियरिङ कलेज निर्माण गर्ने क्रममा निर्माणस्थलमा प्राकृतिक ग्याँस निस्केर निर्माण कार्यमा बाधा पुर्‍याएको तथ्य र खानी तथा भूगर्भ विभागले काठमाडौँको विभिन्न स्थानहरू त्रिपुरेश्वर, टेकु, विष्णुमती नदी छेउमा इनार खनी मिथेन ग्याँस सङ्कलन गरेको थियो । जसले नेपालमा प्राकृतिक ग्याँस भएको कुरालाई पुष्टि गर्छ तर के कति छ भन्ने कुरा समग्र अध्ययन पछि मात्र भन्न सम्भव हुन्छ ।

परमाणु ऊर्जाको सम्भावना न्यून, पेट्रोलियम पदार्थमा परनिर्भर हुनुपर्ने स्थिति जुन हाम्रो देशमा छ । यसका विकल्पमा हाम्रा देशमा थुप्रै नवीकरणीय दिगो ऊर्जाका स्रोतहरू छन् उदाहरणका लागि जल, वायु, सूर्य, कृषिजन्य वस्तु, जैविक वस्तुहरू - सविवल, चिनी मीलबाट निस्कने मलाशेषहरू आदि । तर आज हाम्रो देशमा विभिन्न देशहरूले सहयोग स्वरूप देशका विभिन्न ठाउँहरूमा निर्माण गरिदिएका वायु ऊर्जा उत्पादन गर्ने यन्त्रहरू बिगि्रएर कामविहिन अवस्थामा रहेका छन्, जल विद्युत् उत्पादन क्षमता करिब ८३ हजार मेगावाट छ त्यसको १ प्रतिशत मात्र पनि उत्पादन हुनसकेको छैन, सौर्य ऊर्जाको विकास एवं विस्तार कार्यको सुरूवात भएको त्यति धेरै समय भएको छैन र यसको प्रयोग सहर बजारमा पानी तताउने कार्यमा र गाउँ घरमा बत्ति बाल्न र विद्युतीय उपकरण चलाउने कार्यमा हुँदै आएको छ तर पनि सन्तोषजनक छैन । कृषिजन्य वस्तुको कुरा गर्दा परम्परागत रूपमा नै प्रयोग हुँदै आएको अवस्था छ । त्यसको सुधारतर्फ सरकारी र गैरसरकारी तवरबाट केही नमूना सार्वजनकि भए पनि व्यापकता पाउन सकेको छैन जसको कारण धेरै ऊर्जाका स्रोतहरू प्रयोग गरेर कम ऊर्जा उत्पादन गर्नुपर्ने स्थिति छ । राजनीतिरूपमा एउटा अध्यायबाट अर्को अध्यायमा प्रवेश गरेको वर्तमान अवस्थामा राज्यको ध्यान राजनीतिक उपलब्धिहरूलाई स्थायित्व प्रदान गर्दै दिगो आर्थिक विकासका लागि बलिया संरचना निर्माण गर्ने तर्फ लगाउनुपर्छ । नेपालको आर्थिक विकास गर्ने सन्दर्भमा राज्यभित्रका स्रोतहरू पहिचान गर्ने र पहिचान भइसकेका स्रोतहरू व्यवस्थित गर्ने, प्रयोग गर्ने कार्यमा राज्यको नीति नै बनाएर लाग्नुपर्छ ।

No comments: