नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आज निगमले पेट्रोलमा प्रतिलिटर रु ३, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु २-२, ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धनमा प्रतिलिटर रु ५ घटाएको हो ।
मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर ७७, डिजेलको रु ५७.५० मा झरेको छ । ग्यासको रु १ हजार १ सय २५ कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा व्यापक मूल्य घटेपछि निगम संचालक समितिको बैठक बसी मूल्य समायोजन गरिएको हो । मूल्य समायोजनपछि पनि निगमलाई मासिक पौने अर्ब नाफा हुनेछ । यसअघि मासिक एक अर्ब नाफा थियो ।
निगमको करिव १३ अर्व रुपैयाँ ऋण बाँकी छ। अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटले असोजयता निगमले ४ पटक मूल्य घटाएको छ। भारतले हालै तेलको मूल्य घटाएको थियो । लोडसेडिंगले डिजेलको खपत बढेको निगमले जनाएको छ।
No comments:
Post a Comment