कांग्रेसले पनि पल्टन राख्नुपर्छ
बिपी कोइराला
दक्षिण भियतनाममा शैक्षिक विद्रोह भएर जियम र उनका भाइ न्हुँलाई पदच्यूत गरेको खबर छ । खबरले हर्ष विश्माद् दुवै भावनाको उदय हुन्छन् ममा । हर्ष यस कुराले कि राष्ट्रपति जियम कट्टर शासक र स्वेच्छाचारी साबित भइरहेका थिए, जसले प्रजातान्त्रिक देखौवा ढाँचाको शासन राखे तापनि प्रजातन्त्रका मूल कुराहरूलाई व्यक्तिगत स्वतन्त्रता र नागरिक स्वतन्त्रता -Press freedom of association, freedom of responsible opposition_ मखौल पारेको थियो र तिनीहरूको दमन गरेको थियो । तिनले आफ्नो पारिवारिक शासन कायम गरेको थियो र जब अमेरिकनहरू, जो कि दक्षिण भियतनाममा बडो Vital interests राख्छन्- ले प्रजातन्त्रलाई वास्तविक रूप दिने सल्लाह दिनथाले (तानाशाही शासकले कम्युनिस्टमाथि विजय प्राप्त गर्न सक्दैन भन्ने उनीहरूको सल्लाह), जियम अमेरिकाविरोधी हुनथाले । तर, साथै विश्मात् यस कुराले हुन्छ कि सैनिक शासनले त झन् बढी तानाशाही कायम गर्ने भयो । तातो कराइबाट उप|mेर आगोमा परेको जस्तो । यस विद्रोहमा स्पष्ट अमेरिकाको हात छ । रुसले यो विद्रोहलाई अमेरिकन कारबाही हो भन्ने छ । जियम पनि अमेरिकासँग रुष्ट भएर उत्तर भियतनामसँग सन्धि गर्ने सुरमा थिए क्यारे ।
नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट बचाउनका लागि प्रजातन्त्रलाई परेको सैनिक खतरा तलका उपाय आवश्यक छन् । नेपालको जो दुई ठुल्ठूला राष्ट्रहरूका बीचमा स्थित छ -जसका विरुद्धमा यहाँका सैनिकशक्ति यति नगण्य छ कि त्यसलाई निरर्थक भने पनि हुन्छ) सेना आन्तरिक सुरक्षा -Internal security_ का लागि मात्र काममा आउँछ । राणाका पालामा पुलिसको गठन नभएकाले पुलिसको काम सेनाद्वारा नै लिइने गरेको थियो आन्तरिक सुरक्षाका लागि । आजकाल पुलिसको गठन भइसके तापनि सेनाको त्यही परम्परा अझै कायम छ ।
१) सेनाको अफिसर -Corps_ दल)का लागि निम्न वर्ग र प्रजातन्त्रपक्षीय परिवारबाट मात्र अफिसरहरूका चुनाव र तिनीहरूको शिक्षण हुनुपर्छ । आजकाल अफिसरका र अप्रजातान्त्रिक परिवारहरूका व्यक्तिहरूले निर्मित भएको छ । 'बाहिरिया'लाई घुस्न दिँदैनन् । म प्रधानमन्त्री छँदा १-२ जना 'बाहिरिया'लाई चुनाउन खोज्दा बडो विरोध भएको थियो- सेनाका उच्च पदाधिकारीहरूको चुनाव बोर्डद्वारा ।
२) सेनालाई Over armed -अतिशय शस्त्रअस्त्र) सुसज्जित पार्नुहुन्न ।
३) दरबारमा स्थायी रूपबाट सेनाको ठूलो टुकडी राख्नुहुन्न ।
४) त्यहाँ २-३ कम्पनी, जो शोभाका लागि चाहिन्छ, तिनीहरूको हात-हतियार साधारण मात्र हुनुपर्छ, र त्यहाँ जाने पल्टन चक्रानुक्रमबाट साटोफेरो भइरहनुपर्छ ।
५) आमजनतालाई अमेरिकाको जस्तो विनालाइसेन्स हतियार राख्ने अधिकार हुनुपर्छ, विशेष किसिमको सामरिक हतियारबाहेक । व्यक्ति-विशेषलाई कानुनबाट मात्र यो अधिकारबाट सरकार वञ्चित पार्न सक्छ- अर्थात् चोर, डाँकु र गुण्डाहरूलाई यो अधिकार दिनुहुन्न ।
६) सेनालाई नै खारेज गर्नुपर्छ ।
७) सबै वयस्क नागरिकलाई सैनिक तालिम दिनुपर्छ, जुन व्यक्तिहरूलाई समयमा सेनामा परिणत गर्न सकियोस् । -इजरायल र क्यानाडा, स्विट्जरलैन्ड इत्यादि)
८) हेडक्वाटरर्सलाई चलाउने सानो स्थायी अफिसर कोर मात्र राख्नुपर्छ । अरू सबै खारेज हुनुपर्छ ।
९) प्रधानमन्त्री, जो पार्लियामेन्टका प्रति बफादार हुन्छ, त्यसको घरमा पनि सेनाको २-३ कम्पनी रहनुपर्छ, दरबारको जस्तो । यदि, दरबारमा ठूलो टुकडी रहन्छ भने प्रधानमन्त्रीको निवासमा ताट्टश टुकडी रहनुपर्छ ।
१०) नेपाली कांग्रेसले पनि आपmनो पल्टन राख्नुपर्छ । सेनाको शक्तिको एकहठ्ठी -Monopoly_ एकाधिकार रहन दिनुहुन्न । यदि, सेनालाई राख्ने हो भने भन्ने तात्पर्य के हो भने या त सेना खारेजै गर्नुपर्छ किनभने नेपालको भौगोलिक स्थितिलाई विचार गर्ने हो भने यो राख्नुपर्ने आवश्यक छैन । र Disarmament को प्रचार युगमा नेपालको यो कदमले यसको मर्यादा बढ्नेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा यसले धेरै भाग लिन सक्छ । तर, यदि सेना राख्ने नै हो भने सेनाको पुनर्गठन हुनुपर्छ, अफिसरहरूको भर्तीमा पूरा ध्यान दिएर, जसले कि सेनाको भावना प्रजातन्त्रपक्षीय होस्, न कि दरबारपक्षीय । र, साथै सेनाको शस्त्र-अस्त्रको एकाधिकार पनि झिक्नुपर्छ ः हतियारको लाइसेन्सप्रथा खारेज गरेर, सबै नागरिकलाई सैनिक तालिम दिएर, प्रजातान्त्रिक पार्टीले आपmनो सैनिक संगठन कायम गरेर, सेनालाई इखभच बrmभम हुन नदिएर र साथै दरबारले प्रजातन्त्रको विरुद्ध सेनालाई प्रयोग गर्ने खतरा भइरहेकाले दरबारको स्थायित्व र चुनिएका मन्त्रिमण्डलको अस्थायित्वले गर्दा दरबारलाई सेनालाई चलाउने --Manupulate_ मौका रहन्छ- दरबारभित्रको सेनालाई झिक्ने र, रहन दिएका खण्डमा प्रधानमन्त्रीकहाा पनि उत्ति नै शस्त्रास्त्रले सुसज्जित सेना राख्ने व्यवस्था हुनुपर्छ । दरबारमा ठूलो सेनाको टुकडी राखेका खण्डमा सेनालाई पूरा नियन्त्रणमा राख्ने क्षमता त्यसको भएर जान्छ ।
(साभार 'जेल जर्नल'बाट)
No comments:
Post a Comment