Sunday, February 1, 2009

माल्दाइ-माइक्रोबस

त्रिशुलीबाट माइक्रोमा र्फकंदै थिए“,बालाजु बाइपासनिर माइक्रो रोकियो । झर्नेहरु झरिसकेपछि चढ्नेहरु चढ्न थाले। ति मध्ये एकजना भैंसी झैं मोटाएको र मलमा सप्रिएको मुलाजस्तो मानिस मस“गैको सिटमा टासिन आइपुग्यो । शुरुमा त मैले चासो दिएको थिईंन,तर गाडी चक्रपथपितर लाग्न थालेपछि उ गित गुनगुनाउन थाल्यो-'कस्तो मोडमा ल्याई....छोडी दियौं ।'

एकैछिनमा उसले गीतको ट्र्याक परिवर्तन भयो-'फेरी त्यो दिन सम्झन चाहान्न, त्यही कथामा दोहोर्याउन चाहन्न...।' उसले गुन्गुनाएका गीतहरु सुन्ने जोसुकैले सजिलै अनुमान लगाउन सक्थ्यो-यो मानिस डरलाग्दो ट्रेजडीबाट गुज्रिरहेको छ ।

मैले उतिर हर्ेर्दै नहेरी सोधें-'तपाईं सिंगर हो कि क्या हो -' उसले पलमै जवाफ फर्कायो -'सिंगर हैन, कसिंगर ।'उसको जवाफबाट मैले हा“सो थाम्नै सकिंन, र सोधें-'आर, यु जोकिङ् -' उसले अर्को मिठो जवाफ फर्कायो-'नो आइ एम एक्स-किङ्ग -' यो दोश्रो जवाफबाट भने म अलि सशंकित भए“ र अनुहारतिर हेरें-पर्ुव राजा ज्ञानेन्द्र पो माइक्रोमा मस“गै बसिरहेका रहेछन् । नागरिक भनिएपनि ज्ञानेन्द्रको हैसियत राजा भन्दा कम अझैं पनि छैन ।

ल्याईते आमा नारायण हिटीमा, ब्याइते आमा महेन्द्र मञ्जिलमा, घाइते छोरो निर्मल दरबारमा, घाइते आफु नार्गाजुन दरबारमा बसिरहेका सम्पन्न र शक्तिशाली ज्ञानेन्द्र माइक्रोमा चढेको देखेर मैले अचम्म मान्दै सोधें-'यो के हो माल्दाई, तपाईं पब्लिक गाडीमा -' माल्दाई मुसुक्क मुस्कुराए-'रिपब्लिकले दिएको सुबिधा उपयोग गर्दैछु ।' कुरो सजिलै बुझ्न सकिन्थ्यो उनले गणतन्त्रमा पनि पेट्रोल नपाएको कुराप्रति ब्यंग्य गर्दैथिए । मैले सोधें-'महेन्द्र प्रकृति संरक्षण कोश लगायतबाट पच पारेका त्यत्रा गाडीहरु थिए, ति मध्ये कुनैमा पेट्रोल थिएन र - ' उनले भने-'आजकाल सिपाहीले पनि हेप्छ, के थाहा सरकारी गाडी भनेर लगे भन्ो हिड्दै घर फर्किनु पर्छ । मलाई घुडा दुख्ने समस्या छ क्या ।'

मैले सोधें-'जनतामा लोकप्रिय हुने माल्दाइ उपाय त हैन -' उनी मुस्कुराए-'त्यस्तो हैन, अजिंगरको आहारा दैवले पुर्याईहाल्छ नि ।' सोधें-'फेरी राजा बनौंला भन्ने आश छ कि क्या हो -' उनि आत्म बिस्वासका साथ बोले-'अहिलेको राजनैतिक खेल हेरेरै पनि थाहा पाउनु पर्ने हो यह दोसती हम नही तोडेंगे ।' पुनः प्रश्न राखें-'भनेपछि राजा बन्ने इच्छा छ -' उनी बोले-'पहिलापनि इच्छाले राजा भएको कहा“ हो र -' मैले सोधें-'अति इच्छाले ।' 'राजा बन्ने बित्तिकै म दाजुजस्तो चुप लागेर बस्नेवाला हैन, भन्नु भएको थियो । यो भनाईलाई त जनताहरु दालमें कुछ काला है भन्छन् नि ।' मेरो प्रश्नमा उनि बोले-'दालमे कुछ कालामात्रै हैन, दाल नै काला है नि ।' मैले सोधें-'कुन दाल -' जवाफ दिए-'पुष्पकमल दाहाल ।' सोधें-'मतलब -' उनले भने-' शाह वंशमाथी कालो भएको त्यो दाहालले राजतन्त्र समाप्त पार्छर्ुुनकोले त्यसलाई थर्काउनु त पर्यो नि ।' 'जति थकाएपनि आखिर राजतन्त्र त समाप्त भयो नि, हैन र -' मेरो विस्वासमाथी धावा बोले-'त्रि्रो आंखा फुटेको छ - अघि भनिसकें नि, ल्याइतेृ,घाइते, ब्याइते र काइते सबै राजारानी दरबारमै रहेको अवस्थामा राजतन्त्रको अन्त्य कसरी भयो -' नजवाफ भए“ । 'बरु भन,तिमीलाई मेरो पत्रकार सम्मेलन कस्तो लाग्यो -' मैले सोेधें-'कहिले गर्नुभयो -' प्रष्ट्याए-'क्या त, नारायणहिटि छोड्नु अगाडी गरेको ।' 'ए, पत्रकार सम्मेलन हैन,पत्रकार प्रवचन भन्नोस् न ।'

मेरो ब्यंग्यले उनि मर्माहत भए-'कसरी प्रबचन -' पत्रकार सम्मेलन भए त प्रश्नोत्तर पो हुनपर्दथ्यो ।' उनले प्रष्ट्याए-'प्रश्नोत्तर गरेर आफ्नो खुट्टामा कसैले बन्चरो हाल्ना त -' मैले प्रसंग बदलें-'तपाईको पत्रकार प्रवचन त झुठ नै झुठको पोको भन्छन् नि ।' उनि गंभीर भए-'इश्वरलाई सा“ची राखेर बोलेको कुरो पनि झुठो हुन्छ र मनोज बाबु ।' मैले जिज्ञासा राखें-'आफ्नो प्रवचनमा आफ्नो परिवार -पारस)लाई बदनाम गरिएको जिकिर गर्नुभएको रहेछ, तर बदनाम हुने थुप्रै काम पारसले गरेका थिए नि , जस्तो प्रविण गुरुंग हत्या काण्ड पनि इश्वरलाई सांची राखेर हैन भन्नुहुन्छ -' उनि अलिकति अतालिए-'हो,त्यो केशमाको यथार्थता इश्वरलाई थाहा छ ।' मैले सोधें-' कुन् इश्वर -' उनले भने इश्वर गुरुंग । दाम काम मिलाउने सबै उनले गरेको हो । इश्वरले गरेको कुरो पनि कहिं गलत हुन्छ र -' मेरो जिज्ञासा बढ्दै गयो-'दरबार हत्याकाण्डमा आफुलाई बदनाम गरेको पनि तपाईंको आपत्ती रहेछ । राजा परिवार बाहेक अरुको पहु“च नपुग्ने ठा“उमा कसले गर्यो हत्या - यदी तपाईंको संलग्नता थिएन भने त्यो पत्रकार प्रवचनमा त्यस बिषयमा त्यति धेरै किन बोल्नु पर्या त - ' राजा बोलें-'गणतन्त्र आएपछि चोरको खुट्टा काट्छौं भनेका थिए, खुट्टा झिक्नु परेन त !'

माल्दाईको प्रवचनप्रति मेरा थुप्रै जिज्ञासा थिए, मैल सोधें-'अनि त्यो विदेशमा कुन्ौपनि संपति छैन भन्ने कुरो सुनेर दुनिया“ हा“से त -' उनले भने-'ए हो र πत्यो भन्दा पनि मिठो जोक सुन्ने हो -' मैले सहमतीमा टाउको हल्लाएपछि उनि बोले-' हो, बिदेशमा मेरो एकपैसा पनि संपति छैन । ध्यान रहोस्, मैले संपति छैन भनेको छु-डलर छैन भनेको हैन नि ।' यस बेलासम्ममा हामी रत्नपार्क आइपुगेका थियौं । मैले सोधें-'जुनसुकै स्वरुपमा भएपनि म देश भित्र सक्रिय रहन्छु भन्नु भएको थियो । तर पारसजी त बाटो लागे त -' मेरो जिज्ञासा शान्ती पार्दै उनि बोले-'दुइटा घाइते बाघ एउटै ओडारमा बस्न सक्दैनन् भन्ने कुरो बाबुलाई थाहा छैन र -' माइक्रो रत्नपार्कमा रोकिइसकेकेा थियो । आ-आफनो बाटो लाग्नुअघि मैले सोधें-माल्दाई अहिलेाचाहीं कहा“सम्म नि -' मुन्टो हल्लाउंदै बोले-' संबिधानसभाको हलमा नाटक हु“दैछ रे, यसो मनोरञ्जन गरौं भनेर नि ।'

यति भनेर उनि कोटेेश्वरको बसमा चढेभने म लागें मूल्यांकनको अफिसतिर ।

No comments: