ङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।
निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुँदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम ब्यबस्थापिका सन्सदले पहिले नै घोशणा गरिसकेकोसंघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भएको हो।
भाषा
नेपाली भाषा नेपालको राष्ट्र भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो।यसबाहेक नेपालमा मैथली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ्ग, शेर्पा, तामाङ आदि भाषा पनि बोलिन्छन्।
इतिहास
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाण्डौ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[१]
ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।
ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छबीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरुमा उनिहरूको सत्ता उदयमान भयो, तर त्यापछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ठ पार्ने मात्र काम गरे । १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरु एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाण्डौ, पाटन, र भादगाँउ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।
१७६५मा, गोरखाका राजा पृथ्वी नारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाइ छिमेकी राज्यहरू, (खासगरी लम्जुंग,कास्की रत तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाँईहरू पश्वात, उनी ३ वर्षपछि काठमाण्डौ उपत्यका लाइ बिशाल नेपाल भित्र एकिकरण गर्ने अभियान मा सपलता प्राप्त गरे ।तथापि उनले तत्कालीन राजा जयप्रकास मल्लले राज्य गरीरहेको काठमाण्डौ राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाण्डौ उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाए साँस्कृतीक सम्मानको अवधारणा प्रश्तुत गरे । यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्यो।
तिब्बतसङ्ग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्यो। नेपालको सीमा नजिकका स-साना राज्यहरूलाई हड्पेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनि सङ्गको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्यो। ती क्षेत्रहरू हुन हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले ईस्ट इण्डिया कम्पनिसङ्ग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जीलिङ, गुमाउनु पर्यो। कांगाडमासम्म पुगेका नेपाली र सतलजदेखी टिष्टा सम्मको विशाल नेपाल मेची र काली मा सिमाङित हुन पुग्यो, तर पनि पछी १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासङ्ग खुसी भइ अङ्ग्रेजले नेपाललाई राप्तदेखी कालीसम्मको तराइ फर्काइदीएका थिए ।
राज परिवार बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरु गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतंत्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपलको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्यो ।
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे । त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो । राजा र सरकार विच वर्षौंको शक्ति खिचातानि पश्चात, १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरि "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरि राज्य गरे। सन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[२] र मे १९९१मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधानको निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव गराए। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।
वि. सं. २०६५, जेठ १५ गते बसेको सम्विधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्यो।
भूगोल
नेपालको भूगोल र नेपालको खनिजशास्त्र
नेपाल अन्दाजी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० मा) र चौडाई २०० किलोमिटर (१२५ मा) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq मा)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराइ क्षेत्र। यी क्षेत्रहरु पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरुलाई नेपालका प्रमुख नदीहरुले ठाउँ-ठाउँमा विभाजन गरेका छन् । तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षीणमा चुरे तथा उत्तरमा माहाभारत श्रृङखलाले घेरीएका बिभिन्न सात वटा उपत्यका हरूको समुह छ जसलाइ भित्री मधेश पनी भनिन्छ ।
भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्।
पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्। यो क्षेत्रमा महाभारत लेख र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरुको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृखलाहरु पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा, संसारको तेश्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसंग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरु छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रुपमा पनि काम गर्दछन्।
नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ|
संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ। जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ।
प्राकृतिक सम्पदा
नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छ। नेपाली चराको विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।
अर्थतन्त्र
नेपालको अर्थतन्त्र
कृषिले जनसङ्ख्याको ७६% धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[३]
नेपालको भूपरिवेष्ठित स्थिति[४] र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नीतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।
जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।
नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषी उत्पादनहरू —— मुख्यतया भारत सीमा नजिकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषी प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरुप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरिबी चर्को छ।[५] भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।
सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).
प्रशासनिक विभाजन
नेपालका अञ्चलहरु, नेपालका जिल्लाहरु, नेपालका विकास क्षेत्रहरु, and नेपालका शहरहरू
नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित छ| प्रत्येक जिल्ला एक निश्चित जिल्ला प्रमुखद्वारा निर्देशित हुन्छ| जिल्ला प्रमुखको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरुको काम सघाउनु हो|
नेपालका १४ अञ्चलहरु:
1 मेची 8 लुम्बिनी
2 कोशी 9 धवलागिरी
3 सगरमाथा 10 राप्ती
4 जनकपुर 11 कर्णाली
5 बागमती 12 भेरी
6 नारायणी 13 सेती
7 गण्डकी 14 महाकाली
संस्कृति
नेपाल सांस्कृतिक बिबिधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरुमा धेरै समानताहरू पाईन्छन्।
खाना
नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरुको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरु सेवन गर्दछन्।
शिक्षा
नेपालमा आधुनिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कुल (हाल को रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको शुरूवात सन् १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सर्वशुलभ थिएन। तर देशका बिभिन्न भागमा केही बिद्यालय दरवार हाइस्कुलको शुरूवात सँगै खुल्न शुरू भए। नेपालमा पहिलो उच्च शिक्षा केन्द्र चाँहि काठमाण्डूमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्सेर ले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन् १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछी राणा शासन मुक्त देशले अन्तत: सन् १९५९मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षा को सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, बिभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलय विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन।
नेपालका विश्वविद्यालयहरू
त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो र ठुलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कृतीपुर काठमान्डौमा छ । हाल यो विश्वविद्यालयमा १,५०,००० विधार्थी अध्यनरत छन् । कृषी तथा पसु अध्यान संस्थान, वनबिज्ञान, इन्जीनीयरिङ, बिज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजबिज्ञान, मानवशास्त्र, ब्यवस्थापन, शिक्षा शास्त्र ,कानुन तथा मानविकीमा यो विश्वविद्यालय ले शिक्षा प्रदान गरिरहेको छ । यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६सम्वन्धन प्राप्त क्याम्पस रहेकाछन । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा 75 प्रतीसत भन्दा बढीको भार बोकीरहेको छ । साथै यो विश्वविद्यालय नेपालको थिंकटेङक को रूपमा पनि चिनिन्छ ।
महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको )
नेपालको दोश्रो पुरानो र काठमाण्डू उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय सन् १९८६ मा स्थापना भएको हो । संस्कृत शिक्षाको उच्च तह आयुर्बेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको काठमाण्डू कार्यालय बसन्तपुर मा रहेको छ ।
काठमाडौं विश्वविद्यालय
सन् १९९१ को डिसेम्बर मा स्थापित नेपालको पहिलो निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलीखेलमा रहेको छ ब्यवस्थापन वाणिज्य, विज्ञान तथा चिकीत्साशास्त्रको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ। हाल काठमाडौ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्ययनरत छन् ।
पुर्वाञ्चल विश्वविद्यालय
पुर्वी नेपालको विराटनगर शहर मा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो। www.purbuniv.edu.np
पोखरा विश्वविद्यालय
पश्चिम नेपालको पोखरा शहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्ययनरत छन्। यो विश्वविद्यालयमा आङ्गीक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन्।
लुम्विनी विश्वविद्यालय
सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउँदो शैक्षिक सत्रदेखी मात्र वुद्ध दर्शनमा पढाइ शुरू हुनेछ। यो विश्वविद्यालय भगवान वुद्धको जन्मस्थल लुम्विनी मा स्थापना भएको छ।
नेपाल कृषि तथा वन विश्वविद्यालय (निकट भविश्यमा स्थापना गरिने)
कृषिप्रधान नेपालमा कृषि तथा वातावरण जोगाउन वनको अझ महत्व दर्शाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान का भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लीहवा भैरहवाको पक्लीहवा कृषि क्याम्पस, हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस र पोखरा अवस्थित वन विज्ञान क्याम्पस लाई मिलाइ कृषि तथा वन विश्वविद्यालय भरतपुरमा निकट भविश्यमा स्थापित हुँदैछ ।
मध्यश्चिमाञ्चल विश्वविद्यालय(निकट भविश्यमा स्थापना गरिने)
सुर्खेतको वीरेन्द्रनगर मा उपकुलपतिको कार्यालय राखी मध्यश्चिमाञ्चल विकासक्षेत्र भरि क्याम्पस बिस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय
डोटीको दिपायल वा कैलालीमा मा उपकुलपतीको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरि क्याम्पस बिस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
खुल्ला विश्वविद्यालय
सरकारले खुल्ला विश्वविद्यालयको विश्वभरि सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।
स्वास्थ्य
नेपालमा धेरैपहिले देखि आयुर्वेद प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधीका श्रोतहरू नेपालको हिमाल देखि तराई सम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको शुरूवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछी दरवार भित्र शुरू भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्सेरको पालमा काठामाण्डौमा सन १८८९ मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र समसेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ।
सेना तथा सुरक्षा अंग
नेपालमा नेपाली सेना,नेपाली सैनिक विमान सेवा,नेपाल ससस्त्र प्रहरी बल,नेपाल प्रहरी,नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रीय अनुसन्धान विभाग नेपाल गरी सस्सत्र, तथा गुप्तचर सुरक्षा निकाय रहेका छन । दक्षिण एशिया
दक्षिण एशिया एशिया को एक भाग हो, जुन भारतीय उपमहाद्वीप को नामले पनि चिनिन्छ । दक्षिण एशिया का देशहरू:
1. भारत
2. पाकिस्तान
3. नेपाल
4. बंगलादेश
5. श्रीलंका
6. भूटान
7. मालदीव
8. अफगानिस्तान
अफगानिस्तान सन् २००७ को अप्रिल महिना देखि यस सार्कको आठौ देशको रूपमा देखा परेको छ । भूपरिवेष्ठित
संसारका भूपरिवेष्ठित राष्ट्रहरू
यदि कुनै राष्ट्र सबैतिरबाट जमिनले घेरिएको छ अथवा समुद्र वा महासागर सँग पहुँच छैन भने त्यसलाई भूपरिवेष्ठित राष्ट्र भनिन्छ। उदाहरणका लागि नेपाल, भुटान र अष्ट्रिया।
यदि कुनै समुद्रको सवैतिर जमिनले घेरेर कुनै महासागरसँग पहुँच छैन भने त्यसलाई पनि भूपरिवेष्ठित भनिन्छ। उदाहरणका लागि क्यासपियन सागर। हिमालय
हिमालय एशियामा अवस्थित एक हिमशृङखला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्थान, भारत हुँदै तिब्बत, नेपाल र भूटानसम्म फैलिएको छ । हिमालय अफगानिस्थानको हिन्दूकुश हिमशृङखलासँग जोडिएको छ । हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" (संस्कृत हिम् "हिउँ", र आलय "बासस्थान") ।
सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरु हिमालयमै अवस्थित छन ।हिमाल
हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केहि हिमशृङ्खलाहरु:
* अन्नपूर्ण हिमाल
* गणेश हिमाल
* खुम्बु हिमाल
* लाङ्टाङ हिमाल
* मनाङ हिमाल
* रोल्वालिङ् हिमाल
उल्लेख्य शिखरहरुसगरमाथा
सगरमाथा
सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउँछ। सगरमाथा हिमाल सगरमाथा अञ्चल
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा सर एवरेष्टको नाममा Mt. Everest नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा [२] पनि भन्ने गरेको पाईन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए।
अन्य प्रयोगहरु
सगरमाथा नेपालको १४ अञ्चल मध्ये एक अञ्चल हो ।
कञ्चनजङ्घा
कञ्चनजङ्घा संसारको तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमाल हो। यसको उचाइ ८५८६ मि. छ
महाभारत श्रृङ्खला
महाभारत श्रृङ्खला नेपालको पूर्व देखि पश्चिम सम्म फैलिएको एक पर्वत श्रृङ्खला हो।
भित्री मधेश
भित्री मधेस भनेको नेपालको पाहाडी क्षेत्र र तराइ क्षेत्रका बिच बिभिन्न ७ वटा उपत्यका हरूको समुह हो यस समुहका उपत्यका लाइ भित्री तराइ अथवा भित्री तराइका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराइ भनिने उपत्यका हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पस्चीम राप्ती उपत्यका) ४. चितवन (नारायणी पुर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)यि भित्री मधेस भनीने उपत्यका हरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छ भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यि उपत्यका हरू पाहाडी उपत्यका (काठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानी का लागी तराइक्षेत्रसंग केही समानता रहेपनी अन्यकुराहरूमा पाहडी क्षेत्रसंग बढीमेल खान्छ किनकी नेपालको धेरै ठांउमा यि उपत्यका पाहड र तराइ बिचका सांघुपनी हुन।
* १ जोगबुढा उपत्यका
* २ दाङ उपत्यका (बबइ उपत्यका)
* ३ देउखुरी (राप्ती उपत्यका)
* ४ चितवन उपत्यका (नरायणी पुर्वी राप्ती उपत्यका)
* ५ माडी उपत्यका (चितवन) (रिउ उपत्यका)
* ६ सिन्धुली (मरीनखोला उपत्यका )
* ७ उदयपुर (कमला उपत्यका)
जोगबुढा उपत्यका
डडेल्धुरा जील्लामा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसीध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जील्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भएतापनी क्रमश बिकसीत हुदैछ ।जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाइ जोगबुढा उपत्यका पनी भनीन्छ ।
दाङ उपत्यका (बबइ उपत्यका)
दाङ उपत्यकाको मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका (त्रिभुवननगर र तुल्सीपुर)रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन । दुर संचारमा टेलीफोन एस टि डि , अाइ एस टि डि तथा इमेल इन्टरनेटको सुबीधा पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुइ शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तीर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन ।
देउखुरी (राप्ती उपत्यका)
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठुला नदी तथा खोला हरू पनी अन्तत उपत्यका भित्रै या उपत्यका बहीर निस्केर राप्तीमै मिल्दछन । दाङ उपत्यकाको पुर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनी अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाइ नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा शव्स्थ को पनी बिकास हुदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनी बिकास हुदै गइरहेको छ ।
चितवन उपत्यका (नरायणी पुर्वी राप्ती उपत्यका)
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइ नारायणी पुर्बी राप्ती उपत्यका पनी भनीन्छ । पुर्वमा मकवानपुर जील्लाको हेटौडा देखी पस्चीममा दाउन्ये पाहाड तथा दक्षीणमा माडी उपत्याका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइ मुख्यनदी हरू नरायणी उत्तरबाट पस्चीम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइ प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोला हरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनी नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनी पस्चीम बाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, विस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांको बिसहजारी ताल बिश्व प्रिसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल ले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका मा रहेकाले चितवन काठमाण्डु र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइ अन्चल नारायणी र लुम्वीनी तथा तिन जील्ला चितवन,नवलपरासी तथा मकवानपुर मा प्रसासनीक बिभाजन मा परेको छ । पुर्वको हेटुडा बाट शुरू भइ पस्चीम दाउन्य पाहडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीम को भुभाग लुम्वीनी अंचल तथा नवलपरासी जील्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जील्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जील्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुइ नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरू खेत हरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।
नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा भरतपुर रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर उपरदांग गढी साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका भरतपुर,हेटौडा र रत्ननगर रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको साताै ठुलो सहर हो ।
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेश्रो केन्द्र रत्ननगर पयर्टक हरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो ।
माडी उपत्यका (चितवन) (रिउ उपत्यका)
मध्यनेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाइ रिउ उपत्यका पन भनिन्छ यस उपत्यका को प्रमुखनदी रिउहो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पुर्व उत्तर तथा पस्चीममा चुरेपाहाड दक्षीणमा सोमेस्वर पाहडले घेरीएको माडी उपत्यका प्रसासनी संरचनामा चीतवन जील्ल अन्तर्गत पर्दछ र याहां चार वटा गांउ बिकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनी यो उपत्यका को समुचीत बिकास हुन सकेको छैन । तर केही बिधालय उच्चमाध्यामीक बिधालय तथा एक क्यमपस समेत रहेको यस उपत्यका को केन्द्र बसन्तपुर बजार हो । भरतपुर लाइ जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यका को याता यात केही सहज भएको छ भने रिउ नदी मा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनी पुल बनउन बाकीनै छ । यस उपत्यका लाइ पुर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
सिन्धुली (मरीनखोला उपत्यका )
सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनी भनीन्छ वाग्मती नदी काटेपछीको पाहडी क्षेत्रको पुर्वपट्टी मरीनखोला उपत्यका शुरूहुन्छ मरीन खोला ले बनाएको यो सांगुरो उपत्यका पुर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जील्ला (पस्चीम)तथा सिन्धुली जील्ल (पुर्व ) मा विभाजीत छ ।
उदयपुर (कमला उपत्यका)
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनी कमलानै हो तर त्रियुगा लगायतका अन्य नदी हरू पनी याहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरेपाहाडको सबैभन्दा होचो खन्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुइ जील्लको प्रसासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाइ) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन महेन्द्रराजमार्गको लाहान बाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पस्चीम खन्डमा काठमाण्डु जोडन बनइदै गरेको वि पि कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुइर् महत्वपुर्ण सहरी क्षेत्र सिन्धुली माढी (कमलामाइ) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोश्रो ठुलो सहर हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
तराई
तराई ("भिजेको जमिन") हिमालयको फेदिमा, भारत, नेपाल र भूटान समेटेको, पश्चिममा यमुना नदी देखि पूर्वमा ब्रम्हपुत्र नदी सम्मको समथल, घाँसे मैदान र जङ्गलहरू भएको जमिनको क्षेत्र हो। तराई देखि माथि (उत्तर) को क्षेत्रलाई भाबर भनिन्छ।
मध्यमाञ्चल
मध्यमाञ्चल बिकास क्षेत्र अरु बिकस क्षेत्रहरुको तुलानामा जनघनत्व सबभन्दा बढि भएको बिकास क्षेत्र हो। राजधानी काठमान्डौ यसै बिकास क्षेत्रमा पर्दछ। काठमान्डौ सहित अरु ७ जिल्ला यस बिकास क्षेत्रमा पर्दछ।
नेपाली
नेपाली शव्दको निम्न लिखित अर्थहरू लाग्छन्:
* नेपाल राष्ट्रका नागरिक ।
* नेपाली भाषा; आधुनिक नेपाल र भारत तथा भुटानका केही भागको आधिकारिक भाषा ।
* नेपाल भाषा वा नेवारी — काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा बस्ने रैथानेहरूको मातृभाषा ।
नागरिक
कुनैपनि राजनैतिक समुदाय (राष्ट्र या नगर)को सदस्य भई राजनैतिक क्रियकलाप गर्न पाउने अधिकारलाई नागरिकता भनिन्छ । कुनैपनि राष्ट्र य नगगरको नागरिकता प्राप्त गरेको ब्यक्तिलाई नागरिक भनिन्छ । नागरिकता र राष्ट्रियता धेरै हद सम्म मिल्दा जुल्दा शब्दहरू हुन् तर पनि ती दुई शब्दहरूमा फरक छ । जस्तै: कुनै ब्यक्तिको राष्ट्रियता भएपनि नागरिकता नहुन सक्तछ । कुनैपनि देशमा गैर्ह नागरिकलाई बिदेशी भन्ने गरिन्छ ।
माथिको परिभाषा अनुसार नागरिकता भनेको कुनै ब्यक्तिले समाजमा पाउने राजनैतिक अधिकार हो । त्यसैले एउटा देशको राष्ट्रियता भएको ब्यक्ति अर्को देशको नागरिक बन्न सक्तछ ।
नेपाली भाषा
नेपाली भाषा आर्य-भारोपेली समुहको भाषा हो जुन नेपाल लगायत भारत, भुटान र बर्माको केहि भागमा बोलिन्छ | यो भाषा नेपाल र सिक्किम (भारत) को आधिकारीक (सरकारी काम काजको) भाषा हो | नेपालक करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् ।
नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि । यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो । खस जातीहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकशित भएर पूर्व तर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको अर्को भाषा खाम कुरा, जुन नेपालका मगर जातीहरूले बोल्ने गर्दछन्, संगै विकशित हुँदै अगाडी बढ्यो ।
खस
खस आर्य समुहको एक जातीय समुदाय हो जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरू पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाती हाल भारतमा पर्ने हिमाञ्चल प्रदेस तथा उतराखंड का साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखी बसोबास गरेको हो । त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरूको मुख्य स्थान भनेको नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, बार्मा र आसमको पहाडी क्षेत्र आदि पर्दछन् ।
खसहरूको मातृभाषा खस कुरा अथवा नेपाली भाषा हो ।
खस जाती का मुख्य हांगा
* बाहुन
* क्षेत्री
* ठकुरी
* कामी
* दमाइ
* सार्की
* गान्धर्व
* योगी
कर्णाली अञ्चल
कर्णाली अञ्चल
नेपालको प्रशासनिक विभाजन
पूर्वाञ्चल
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ
कोशी : मोरङ सुनसरी धनकुटा तेरथुम भोजपुर सङ्खुवासभा
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु
मध्यमाञ्चल
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक
धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन
पश्चिमाञ्चल
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्घाखाँची गुल्मी
धवलगिरी : पर्वत वाग्लुङ म्याग्दी मुस्ताङ
मध्यपश्चिमाञ्चल
राप्ती : दाङ । प्युठान । रोल्पा । सल्यान । रुकुम
कर्णाली : डोल्पा । जुम्ला । कालिकोट । मुगू । हुम्ला
भेरी : बाँके । बर्दिया । सुर्खेत । दैलेख । जाजरकोट
सुदुरपश्चिमाञ्चल
सेती : कैलाली । डोटी । अछाम । बाजुरा । बझाङ
महाकाली : कञ्चनपुर । डडेलधुरा । बैतडी । दार्चुला
हे • छ • स
कर्णाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सबैभन्दा ठूलो अञ्चल हो। यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरुमा वर्गिकरण गरिएको छ।
नामाकरण
कर्णाली नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो देशकै ठूलो नदी हो ।
जिल्लाहरु
* डोल्पा
* जुम्ला
* हुम्ला
* कालिकोट
* मुगू
No comments:
Post a Comment