Thursday, May 14, 2009

कसरी गर्दैछ ‘ब्रेनवास’ भारतीय लगानीको नेपाली पत्रिकाले ?

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता विभागमा प्रस्तुत गरिएको एक कार्यपत्रको सार संक्षेप-
-४० प्रतिशत समाचार कुनै खास शक्ति र राजनीतिक प्रभाव विस्तारको अभिप्रायले प्रकाशित भएको देखिन्छ। १५ प्रतिशत समाचार भारतीय उपनिवेश विस्तार गर्ने धेयले आएको देखिन्छ। २५ प्रतिशत समाचारले चीन र पाकिस्तानको राष्ट्रिय अखण्डतामाथि आँच आउने किसिमबाट प्रकाशित भएका छन्।
- भारतीय सम्वृद्धि र विकासका कार्यहरुको बर्ढाई-चर्ढाई गर्ने एवं भारतीय संस्कृतिको विस्तार गर्नमा सहयोग पुग्ने हेतुले समेत समाचारहरु प्रकाशनमा आएको पाइएको छ।
- भारतीय राजनीतिको प्रभाव विस्तार, पाकिस्तान तथा चीनप्रति लक्ष्यित भारतको योजनाबद्ध प्रोपोगान्डालाई लक्ष्यित गर्ने किसिमले समाचारहरु प्रकाशित हुने गरेको पाइयो।
- सो क्याप्सनले चीनमा सडकमा हिँड्ने जो कोहीलाई पनि समातिन्छ भन्ने सन्देश फैलाएको छ। अर्कोतिर चीनका शासकहरु त्यस्तो कार्यमा संलग्न छन् है भनेर उनीहरुको हुर्मत लिने मनसायबाट पनि यो क्याप्सन प्रेरित भएको देखिन्छ।
- यो समाचारले दिल्ली अब यूरोपका सहरहरु जस्तै भइसकेको र पर्यटकहरुका लागि हिँड्दै ब्रेड र खाजा खान सक्ने सुविधा रहेको सन्देश दिन्छ। सोही पृष्ठमा बेइजिङ डेटलाइनको अर्को समाचारको शीर्षक छ- दक्षिणी चीनका तीन हजार उद्योग संकटमा। यसले चीनको उद्योग चाहिँ धरासायी हुँदैछ र भारतको पर्यटन उद्योग चाहिँ फस्टाउँदैछ भन्ने किसिमको सन्देश बोक्दछ।
- भारतसम्बन्धी स-सना गतिविधिहरुको पनि राम्रो कभरेज गर्ने पोष्टले महात्मा गान्धीले प्रयोग गरेका सामानहरु भारतीयले नै किनेको विषयलाई समेत २२ गतेको दोस्रो प्रमुख समाचार बनाएको छ। यसले महात्मा गान्धी महान् हुन् किनभने उनी भारतीय स्वतन्त्रता संग्रामका महान नायक थिए भन्ने मात्र चित्रित गर्दैन कि भारत महाशक्ति राष्ट्र हो र उसका हरेक क्रियाकलाप अन्य मुलुकका अडियन्सका लागि खुराक बन्नुपर्छ भन्ने मान्यता रहेको बुझ्न सकिन्छ। पूर्ण विवरणभित्र
छापामार्फत् अन्तर्राष्ट्रिय सञ्चारअन्नपूर्ण पोष्ट एक अध्ययनकृष्ण ढुंगाना
पृष्ठभूमिअन्तर्राष्ट्रिय मिडियाहरुले आजको स्वरुप पाउनुभन्दा अघि पनि विश्वमा धर्म, संस्कृति र आइडोलोजी विस्तारका विभिन्न स्वरुपहरु अस्तित्वमा रहेको पाइन्छ। समाज आधुनिक बन्दै जाँदा सञ्चारको स्वरुप र त्यसका प्रक्रियाहरु बद्लिएका छन्। सञ्चारका साधनहरु शक्ति राष्ट्रहरुका राजनीतिक अभिष्ट पूरा गर्ने धेरै साधनमध्येको एक हुँदै आएको छ। तर, यो विषयमाथि बहसको थालनी भने सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध पछि मात्र भयो। युद्धका बेला एक-अर्का मुलुकप्रति लक्ष्यित प्रोपोगान्डाका कारण अन्तर्राष्ट्रिय सञ्चार अध्ययन आरम्भ भएको हो। शीत युद्धको अन्त्यतिर अन्तर्राष्ट्रिय सञ्चारमार्फ् गरिने संस्कृति र आइडोलोजी विस्तारको विषय चर्चामा रहृयो। फ्रेङ्कर्फट स्कूल अफ थटका विद्वान्हरुले अमेरिका केन्द्रित पूँजीवादी आइडोलोजी विस्तारको प्रक्रियालाई ‘साम्राज्यवादी’ भनेर व्याख्या गरे। यही सर्न्दर्भमा बर्मिङ्घम विश्वविद्यालयका स्टुवार्ट हलले सन् १९७० मा मिडियामार्फ् आउने सूचना फगत जानकारी मात्र नभई त्यसका अन्तरवस्तुभित्र शक्ति, राजनीति र अन्य राष्ट्रलाई प्रभाव पार्ने तथा सांस्कृतिक उपनिवेश लाद्ने भित्री सन्देश लुकेको समेत हुन्छ (थुसु २०००ः ७१)। मार्शल म्याकलुहानले ‘माध्यम नै सन्देश हो’ भनेको विषय मिडियाहरुको यस्तै चरित्रका कारण अझै सान्दर्भिक मान्न सकिन्छ। वास्तवमा माध्यम कदापि विशुद्ध माध्यम मात्र हुन सक्दैन र स्वतन्त्र रुपमा शुद्ध सत्यको अस्तित्व छ भन्ने कुरा पनि आधारहीन छ। किन कि शक्तिले ज्ञान र सत्यको उत्पादन समाजको ‘डिस्कोर्स’भित्र नै गर्दछ र मिडिया एउटा मान्यता प्राप्त डिस्कोर्स हो -फुको सन् १९७७ः २७)। त्यसैले माध्यमले सधैँ सन्देशलाई असर गरिरहेको हुन्छ, तोडमोड गरेर प्रस्तुत गरेको हुन्छ।
नेपालमा अन्तर्राष्ट्रिय सञ्चारको थालनी वि.सं. १९५८ को गोर्खापत्रदेखि नै सुरु हुन्छ। गोर्खापत्र प्रकाशनपूर्व वि.सं. १९५८ बैसाख ११ गते तत्कालीन राणा सरकारले जारी गरेको सनदमा समेत ‘अनोठा अनोठा कुरा अर्थात् आकासमा उडेर जाने समुद्रभित्र जहाज लगेको देषका दायामा आयाको र यहाँ भयको कुरा छाप्नु हुने..’ भन्ने उल्लेख भएबाट नेपालमा अन्तर्राष्ट्रिय सञ्चार पत्रकारिताको सुरुवात देखि नै प्रचलनमा आएको मान्न सकिन्छ -दाहाल सन् २००२)। अन्तर्राष्ट्रिय समाचारलाई स्थान दिने भनिए पनि त्यसबेला अन्तरवस्तुभित्र लुकेर रहने शक्ति, राजनीति र अन्य राष्ट्रलाई प्रभाव पार्ने तथा सांस्कृतिक उपनिवेश लाद्ने भित्री सन्देश बुझ्नसक्ने अवस्था नेपालमा थिएन। न त विश्वका सञ्चारमाध्यमहरुले नेपालमा प्रतिनिधि नै राखेका थिए। वि.सं. २००५ सालसम्म पनि नेपालमा विदेशी सम्वाददाता आई बस्ने चलन थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि मात्र एक दर्जन विदेशी समाचार संस्थाका प्रतिनिधि काठमाडौं केन्द्रित भएर बस्न थाले -देवकोटा २०२४ः १९२)। वि.सं.२०६० बाट बोर्डसिट आकारमा प्रकाशित हुन थालेको अन्नपूर्ण पोष्ट दैनिकले एक पृष्ठ अन्तर्राष्ट्रिय समाचारका लागि छुट्याउने गरेको छ।
अध्ययन विधिछापामार्फत् अन्तर्राष्ट्रिय सञ्चारका लागि फागुन २१ देखि २८ गतेसम्मका अन्नपूर्ण पोष्ट दैनिकको ११ औं पृष्ठमा प्रकाशित हुने अन्तर्राष्ट्रिय पृष्ठलाई लिइएको छ। अन्तर्राष्ट्रिय पृष्ठको अन्तरवस्तुलाई शक्ति, राजनीति र अन्य राष्ट्रलाई प्रभाव पार्ने वा उपनिवेश लाद्ने कोणबाट केलाउने प्रयास गरिएको छ। यसका अतिरिक्त समाचारका स्रोतहरु र तिनका सम्भावित प्रभाव बारे मूल्याङ्कन गर्ने कोशिष समेत अध्ययनमा गरिएको छ। यो अध्ययन यस विषयको पहिलो र अन्तिम अध्ययन हैन। भविष्यमा सो पृष्ठका बारेमा हुने अनुसन्धानलाई समेत यो अध्ययनले सघाउ पुर्‍याउनसक्छ।
परिणामहरुफागुन २० देखि २७, २०६५ मा अन्तर्राष्ट्रिय पृष्ठमा कूल ५८ वटा समाचार प्रकाशित भएका छन्। र, ती मध्ये ४० प्रतिशत समाचार कुनै खास शक्ति र राजनीतिक प्रभाव विस्तारको अभिप्रायले प्रकाशित भएको देखिन्छ। १५ प्रतिशत समाचार भारतीय उपनिवेश विस्तार गर्ने धेयले आएको देखिन्छ। २५ प्रतिशत समाचारले चीन र पाकिस्तानको राष्ट्रिय अखण्डतामाथि आँच आउने किसिमबाट प्रकाशित भएका छन्। १० प्रतिशत समाचारहरु भारतीय राजनीतिक स्वार्थ रहेका बंगलादेश, अफगानिस्तान र म्यान्मारका हत्या, हिंसा र राजनीतिक उतारचढावका घटनाहरुले भरिएका छन्। १० प्रतिशत समाचारहरुमा महाशक्ति राष्ट्र अमेरिका र राष्ट्रसंघ र अन्य मुलुकका घटनाहरुले स्थान पाउने गरेका छन्।
भारतका राजनीतिक स्वार्थ राख्ने चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश एवं अफगानिस्तानका समाचारहरुले सो पृष्ठमा प्राथमिकता पाउने गरेका छन्। चीन भारतको परम्परागत शत्रु तथा व्यापारिक प्रतिस्पर्धी हो। पाकिस्तानसँग भारतको कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ। श्रीलंकामा जारी गृहयुद्धमा भारतको समेत अप्रत्यक्ष भूमिका रहेको मानिन्छ। यसैगरी कुनै पनि छिमेकी मुलुकमा राजनीतिक स्थायित्व देख्न नचाहने भारतले बंगलादेशको राजनीतिमा समेत अप्रत्यक्ष भूमिका निर्वाह गरेको मानिन्छ। दुइ परम्रागत शत्रु मुलुकसँग कुम जोडेर रहेको अफगानिस्तान त्यही भएर पनि भारतका लागि महत्वको मुलुक हो। र्सार्कमा अफगानिस्तानलाई निम्त्याउने प्रमुख खेलाडीको रुपमा रहेको भारतका लागि अफगानिस्तानका गतिविधि समेत चासोको विषय हुने गर्दछन्।
भारतीय उपमहाद्वीपका भारतका प्रतिस्पर्धीहरुको राष्ट्रिय छवि धुमिल, उपनिवेश विस्तार तथा राजनीतिक स्वार्थपूर्ति गर्ने आशयबाट बढी समाचार प्रकाशित भएका छन्। यसैगरी अन्य राष्ट्रहरुको राष्ट्रिय अखण्डतामा सोझै असर गर्ने हिसाबले समेत समाचार प्रकाशित भएका छन्। जब कि सन् १९७८ मा युनेस्कोद्वारा अन्तर्राष्ट्रिय रुपमा जारी घोषणा अनुसार अन्तर्राष्ट्रिय सञ्चारले राष्ट्रिय स्वतन्त्रताको मान्यतालाई कुल्चनु हुँदैन। अन्तर्राष्ट्रिय सञ्चार मानवता, शान्ति, प्रजातन्त्र मानवअधिकार, सामाजिक प्रगतिमा अग्रसर हुनुपर्दछ न कि कुनै एक पक्षको स्वार्थपूति गर्ने जस्तो। यसैगरी भारतीय सम्वृद्धि र विकासका कार्यहरुको बर्ढाई-चर्ढाई गर्ने एवं भारतीय संस्कृतिको विस्तार गर्नमा सहयोग पुग्ने हेतुले समेत समाचारहरु प्रकाशनमा आएको पाइएको छ।
छवि धुमिल्याउने कामभारतीय राजनीतिको प्रभाव विस्तार, पाकिस्तान तथा चीनप्रति लक्ष्यित भारतको योजनाबद्ध प्रोपोगान्डालाई लक्ष्यित गर्ने किसिमले समाचारहरु प्रकाशित हुने गरेको पाइयो। विलियम गोल्डिङ का अनुसार मिडियाको प्रभाव योजनाबद्ध र गैरयोजनाबद्ध हुनर्ेगर्दछ। प्रोपोगान्डा प्रयोजनका लागि लामो समयसम्म गरिने योजनाबद्ध मिडिया क्याम्पेनिङले सामाजिकीकरण, सामाजिक नियन्त्रण, वास्तविकता पहिचान, संस्थागत विकास, सांस्कृतिक तथा सामाजिक परिवर्तन र सामाजिक एकीकरणमा समस्या पैदा गराउँदछ -म्याक्वेल सन् २००१)। १० मार्च तिब्बतलाई चीनले कब्जा गरेको वर्षाँठ हो। तिब्बतीहरुले यसलाई चीनविरोधी कदमको रुपमा विरोध प्रदर्शन गरी मनाउने गर्दछन्। तर, २८ फागुनको अंकमा अन्नपूर्ण पोष्टको प्रथम पृष्ठमा प्रकाशित मुख्य तस्वीरको क्याप्सनमा भनिएको छ- तिब्बतमा असफल व्रि्रोह भएको पचास वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंको बौद्धमा चीन विरोधी प्रदर्शनमा उत्रिएका तिब्बती शरणार्रर्थी गिरफ्तार गर्दै प्रहरी। प्रदर्शनकारीलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको थियो। तस्वीरको क्याप्सनले पाठकलाई सोझै दिग्भ्रमति पारिदिन्छ। चीनले कब्जा गरेको वर्षागाँठ हो अथवा तिब्बतमा भएको असफल विद्रोह हो - पाठकलाई ठम्याउन गाह्रो पर्छ। क्याप्सने चीनले तिब्बतलाई नियन्त्रण लिएको विषय कतै पनि स्वीकार्दैन। यो भारतीय विदेश मन्त्रालयको कुटनीतिक दृष्टिकोणबाट निर्देशित देखिन्छ। किनभने भारत सरकारले अझैसम्म पनि तिब्बतलाई चीनको भूमिको रुपमा स्वीकार गरेको छैन। अन्नपूर्ण पोष्टले तिब्बतसम्बन्धी सबै समाचारहरुमा ‘असफल विद्रोह’को वर्षगाँठ भन्ने शब्दावली प्रयोग गरेको छ। यसैगरी सोही दिनको अन्तर्राष्ट्रिय पृष्ठको मुख्य समाचारमा ‘तिब्बतलाई नर्कमा बदलेको दलाई लामाको आरोप’ शीर्षकमा भारतको धर्मशाला डेटलाइनको समाचार प्रकाशित छ। यसैगरी ‘दबाव नदिन आग्रह’ शीर्षकमा अर्को बक्स समाचार पनि बेइजिङ डेटलाइनमा प्रकाशित छ। यो समाचारले चीनको राष्ट्रिय छवि धुमिल गराउन सघाउ पुर्‍याउँदछ। यसैगरी २३ फागुनको अंकमा ‘आर्थिक वृद्धि कायमै रहन्छः वेन’ भन्ने समाचारको शीषक तल दुई तस्वीर समेत राखिएका छन्। तस्वीरको क्याप्सन यस्तो छ-
चीनका राष्ट्रपति हु जिन्ताओ (दायाँ) र प्रधानमन्त्री वेन जियाबाओ बिहीबार बेइजिङस्थित ग्रेटहल अफ पिपुलमा राष्ट्रिय जनकांग्रेसलाई सम्बोधन गर्ने क्रममा। बेइजिङकै सडकमा हिँड्दै गरेका एक वृद्धलाई पक्राउ गर्दै सुरक्षाकर्मी।
सो क्याप्सनले चीनमा सडकमा हिँड्ने जो कोहीलाई पनि समातिन्छ भन्ने सन्देश फैलाएको छ। अर्कोतिर चीनका शासकहरु त्यस्तो कार्यमा संलग्न छन् है भनेर उनीहरुको हुर्मत लिने मनसायबाट पनि यो क्याप्सन प्रेरित भएको देखिन्छ।
यसैगरी पत्रिकाको २८ गतेकै अंकमा ‘होली पर्वका अवसरमा भारतको अहमदावादमा रङ खेलेर रमाइलो गर्दै बालबालिका’ क्याप्सनको तीन कोलमको मुख्य तस्वीर पनि प्रकाशित छ। यसले भारतीय केन्द्रित होली संस्कृतिको विस्तार गरेको छ। केही वर्षघिसम्म पनि नेपाली जनज्रि्रोमा यो पर्वलाई फागु भनिन्थ्यो। तर अहिले होली भनिनुमा भारतीय मिडियाहरुको भूमिका कम मान्न सकिँदैन। श्रीलंका र अफगानिस्तानमा भएका हत्या, हिंसा र जर्जजर मानवीय अवस्था झल्काउने किसिमका समाचारहरुलाई अन्नपूर्णले प्रकाशित गर्ने गरेको छ। के भारतको अमदावादमा रङ खेलिरहेजस्तै अफगानिस्तानमा बालबालिकाहरु खेल्दैनन् होला - के अफगानिस्तानमा अन्य कुनै सुधारका कार्यक्रम भएका छैनन् होला त - तर अन्नपूर्णपोष्टले भारत सम्वृद्ध र शान्त छ तर अन्य मुलुकहरु जर्जर छन् भन्ने एङ्गलबाट समाचार सम्प्रेषण गर्ने गरेको छ।
यसैगरी पाकिस्तानमा भएका हिंसाका खबरलाई पोष्टले विशेष प्राथमिकताका साथ स्थान दिने गरेको छ। अझ पाकिस्तान खत्तम नै भइसक्यो अब पाकिस्तान असफल राष्ट्र नै बन्न लाग्यो भन्ने आसयका समाचारहरु पनि अध्ययन अवधिमा पोष्टमा पाइयो। २५ फागुनको अंकमा छापिएको एउटा समाचार
पाकिस्तान असफल राष्ट्र बन्न सक्छ: भारतनयाँ दिल्ली/भारतले पाकिस्तान असफल राष्ट्र बन्नसक्ने खतरा बढेको जनाएको छ। पाकिस्तानलाई हाल कसले नियन्त्रण गर्दै आएको छ भन्ने स्पष्ट हुन नसकेकाले यो खतरा बढेको भारतीय उच्च अधिकारीहरुलाई उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले शनिबार जनाएको छ।विदेशमन्त्री प्रणव मुखर्जीले पाकिस्तान असफल हुँदै गए विश्वलाई नै खतरा हुने बताएका छन्। गृहमन्त्री पी चिदम्बरम्ले पनि पाकिस्तानको भविष्यमाथि प्रश्न उठाएका छन्। ‘पाकिस्तान असफल राष्ट्र बन्ने खतरा बढेको छ’- शुक्रबार मुर्म्बईमा आयोजित कार्यक्रम गृहमन्त्री चिदम्बरमले भने। पाकिस्तानमाथि कसको नियन्त्रण छ अझै स्पष्ट हुन नसकेको पनि उनले बताए। उनले भने, ‘पाकिस्तानमा राष्ट्रपति, सेना वा सरकार कसको नियन्त्रण छ भन्ने अझै स्पष्ट हुन सकेको छैन।’ -तस्वीर सहितको ६ कोलमको मुख्य समाचार)
इमेज सुधार्ने काममिडियाबाट आउने लगातारको एकै किसिमको सामग्रीले मान्छेको मनोविज्ञान फेर्न मद्दत पुर्‍याउँदछ। मिडियामा रहेको यही असर र प्रभावको शक्तिलाई शक्तिशाली मुलुकहरुले आफ्नो पक्षमा प्रयोग गर्दै आएका छन्। अन्नपूर्ण पोष्टले पनि भारतीय समाचार संस्थाहरुको सहयोगमा प्राप्त यस किसिमका विविध समाचारहरुलाई आफ्नो सामग्रीको मुख्य हिस्सा बनाउने गरेको छ। २८ गतेको अंकमा अहमदावादको तस्वीर छापे जस्तै २७ गते अंकमा ‘बेड एन्ड ब्रेक फास्टको सुविधा अब भारतमा पनि’ शीर्षकको ६ कोलमको मुख्य समाचार प्रकाशित गरेको छ। यो समाचार मुख्यतः पर्यटन व्यवसायसँग सम्बन्धित छ। र, यो समाचारले दिल्ली अब यूरोपका सहरहरु जस्तै भइसकेको र पर्यटकहरुका लागि हिँड्दै ब्रेड र खाजा खान सक्ने सुविधा रहेको सन्देश दिन्छ। सोही पृष्ठमा बेइजिङ डेटलाइनको अर्को समाचारको शीर्षक छ- दक्षिणी चीनका तीन हजार उद्योग संकटमा। यसले चीनको उद्योग चाहिँ धरासायी हुँदैछ र भारतको पर्यटन उद्योग चाहिँ फस्टाउँदैछ भन्ने किसिमको सन्देश बोक्दछ। यसैगरी भारतका विभिन्न स्थानका सम्वृद्धि तथा सामाजिक रीति रिवाजसम्बन्धी समाचारलाई पनि पोष्टले आफ्नो अन्तर्राष्ट्रिय पृष्ठमा राख्ने गरेको छ। २१ गतेको अंकमा प्रकाशित आठ सय जोडीको सामूहिक विवाहसम्बन्धी समाचारले भारतमा पनि यूरोपमा जस्तै सामाजिक उदारता रहेको संकेत गर्न खोजिएको छ।
यसरी एक साताभरिका समाचार हर्ेदा अन्नपूर्ण पोष्ट दैनिकमा भारत सम्बन्धी समाचारहरु मात्र बढी सकारात्मक देखिए भने उसका छिमेकी मुलुकहरुका हत्या, हिंसा, दुर्घटना जस्ता समाचारहरुले मात्र प्राथमिकता पाएको देखियो।
उपनिवेश विस्तारभारत दक्षिण एशियाको उदाउँदो महाशक्तिको रुपमा विश्व रंगमञ्चमा प्रवेश गरिसकेको ठान्छ। र, उसकै हेर्राईबाट अमेरिका सहित पश्चिमा मुलुकहरुको दक्षिण एशिया दृष्टिकोण बन्नुले पनि त्यसलाई थप बल पुगेको छ। यसैअनुसार उसको मिडिया नीति पनि दक्षिण एशियाको महाशक्ति बनाउने किसिमको रहँदै गएको मान्न सकिन्छ। यसै अनुसार उसले आफ्ना सरकार प्रमुख तथा राष्ट्राध्यक्षसम्बन्धी समाचारलाई विश्वव्यापी बनाउने नीति लिएको देखिन्छ। र, २२ फागुनको प्रधानमन्त्री सिंह कामम फर्के शर्ीष्ाकको अन्नपूर्ण पोष्टको समाचार त्यही लाइनबाट आएको मान्न सकिन्छ।
भारतीय प्रधानमन्त्री सिंह काममा फर्केनयाँ दिल्ली/भारतका प्रधानमन्त्री मनमोहन सिंह ६ साता लामो आरामपछि बुधबार पहिलो पटक र्सार्वजनिक समारोहमा देखिएका छन्। उनी आफ्नो कार्यालयमा आयोजित समारोहमा सहभागी भएको दृश्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन्। ६ साता अघि प्रधानमन्त्री सिंहको मुटुको वाइपास र्सजरी गरिएको थियो।७६ वषर्ीय सिंहले प्रधानमन्त्री कार्यालयमा बोनिनका राष्ट्रपति बोनी यायीसँग हात मिलाउँदै गरेको दृश्य टेलिभिजनले प्रसारण गरेका छन्।मुलुकमा आमनिर्वाचन हुन दर्ुइ महिना पनि बाँकी नरहेकाले सिंहको महत्व बढेको छ। भारतमा आगामी अप्रिल १६ देखि आमनिर्वाचन हुँदैछ।मधुमेहका रोगी सिंहको मुटुमा पनि समस्या देखिएको छ। गत फेब्रुअरी १ मा अस्पतालबाट डिस्चार्ज गरिएका सिंहलाई चिकित्सकहरुले चार देखि ६ सातासम्म आराम गर्न सल्लाह दिएका थिए।
भारतसम्बन्धी स-सना गतिविधिहरुको पनि राम्रो कभरेज गर्ने पोष्टले महात्मा गान्धीले प्रयोग गरेका सामानहरु भारतीयले नै किनेको विषयलाई समेत २२ गतेको दोस्रो प्रमुख समाचार बनाएको छ। यसले महात्मा गान्धी महान् हुन् किनभने उनी भारतीय स्वतन्त्रता संग्रामका महान नायक थिए भन्ने मात्र चित्रित गर्दैन कि भारत महाशक्ति राष्ट्र हो र उसका हरेक क्रियाकलाप अन्य मुलुकका अडियन्सका लागि खुराक बन्नर्ुपर्छ भन्ने मान्यता रहेको बुझ्न सकिन्छ।
समाचार स्रोतअन्नपूर्ण पोष्टले अन्तर्राष्ट्रिय समाचार प्राप्त गर्नका लागि अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस -एपी) र फ्रान्सेली समाचार संस्था एएफपी प्रयोग गर्दछ। यी समाचार संस्थाबाट आउने समाचारहरु पश्चिमा दृष्टिकोण समेत बोकेर आउने गर्दछन्। चीन र पाकिस्तानका विषयमा पश्चिमा दृष्टिकोण पनि भारतसँग मिल्दोजुल्दो भएको हुनाले उसले त्यस्ता समाचारहरुलाई जस्ताको तस्तै राख्ने गरेको छ। तर, भारतका विकास र सम्वृद्धिका समाचारहरु ती समाचार संस्थामा नआउने हुनाले उसले भारतीय समाचार संस्था पीटीआई तथा अन्य भारतीय समाचारपत्रबाट समेत राख्ने गरेको पाइएको छ। २३ फागुनको ‘काउली फलाउने किसानको सपना’ शीर्षकमा प्रकाशित समाचारको स्रोतको रुपमा एजेन्सी मात्र लेखिएको छ। यसरी हेर्दा भारतीय नीतिलाई पक्षपोषण गर्ने किसिमका सूचना इन्टरनेटको खुला सञ्जालबाट समेत लिने नीति अख्तियार गरेको देखिन्छ।
सुझाव• अन्तर्राष्ट्रिय सञ्चारको प्रक्रियालाई भारतीय नीति अनुसार नभई नेपाली परिस्थिति अनुसार अघि बढाउन पर्दछ जसले नेपालको परिस्थिति र अन्य मुलुकसँग रहेको नेपालको सम्बन्धलाई समेत सुमधुर पार्ने काम गरोस्।• उदाउँदो भारत हैन कि विकासोन्मुख राष्ट्रहरुले उठाउँदै आएका मुद्दाहरुलाई बढी प्रथामिकता साथ उठाउन जरुरी छ।• तिब्बत र पाकिस्तानसम्बन्धी समाचार छान्दा पश्चिमा एजेन्सीहरुले आफ्नो स्वार्थअनुसार ‘हिडन मेसेज’ पनि पठाउन सक्ने खतरातर्फसदैव सचेत रहनु पर्दछ। ती देशहरुसँग नेपालको सम्बन्धलाई ध्यानमा राख्दै समाचारको एङ्गलिङ गरिनु पर्दछ।• शान्ति र सम्वृद्धिका समाचारहरु सम्प्रेषण गर्दा भारत केन्द्रित नभई अन्य मुलुकलाई समेत समान प्राथमिकता दिनु पर्दछ।• मानवीय चाखका समाचार छनौट गर्दा अन्धविश्वास, कुरीती, कुसंस्कार र मानवताविरोधी समाचारलाई समावेश गरिनुहुन्न।
निष्कर्षसञ्चारको अन्तर्राष्ट्रिय स्वरुपले विश्वलाई नै एउटा गाउँमा परिणत गरिसकेको अवस्थामा पृथ्वीको कुनै एउटा कुनामा भएको घटनाको पनि विश्वव्यापी असर र प्रभाव रहन्छ। त्यसैले अन्तर्राष्ट्रिय समाचारलाई आफ्नो स्थानीय सम्वेदनशीलता विचार गरेर सम्प्रेषण गरेमा त्यसबाट सामाजिक उन्नति, आर्थिक लाभ र राजनीतिक सिकाई समेत प्राप्त गर्न सकिन्छ। यर्सथमा नेपाली अखबारहरुका अन्तर्राष्ट्रिय पृष्ठहरुलाई एउटा गतिलो स्रोतका रुपमा विकसित गर्न सकिन्छ। कुनै एउटा समाचार सेन्डिगेट वा एजेन्सीमा मात्र निर्भर रहनुपर्ने परिस्थितिको अन्त्य नभइन्जेलसम्म यी विषय व्यवहारमा लागू हुन गाह्रो देखिन्छ। अन्तर्राष्ट्रिय समाचार पढ्ने र त्यसप्रति टिका टिप्पणी गर्न नेपालीहरु अभ्यस्त भइसकेका छन्। यो भन्दा महत्वपूर्ण पक्ष त अन्तर्राष्ट्रिय सञ्चार दर्ुइ वा बहु पक्षीयबीच कुटनीतिक तथा वाणिज्य सम्बन्ध सुमधुर पार्ने दिशामा अग्रसर हुनु आजको आवश्यकता हो।

No comments: