Monday, January 2, 2012

आफ्नो कम्प्युटरको specific Drive कसरी Hide गर्ने ?

Windows Xp मा यदि तपाईंले आफ्नो कम्प्युटरको Drive लाई Hide (लुकाउन) पर्‍यो भने के यो सम्भब छ त ? अबस्य पनि सम्भब छ र त्यो पनि एकदम सजिको तरिका सँग । यो तरिका बाट तपाईंले कम्प्युटरको Drivers हरु लुकाउन र देखाउन (Hide and show) दुबै गर्न सक्नु हुन्छ । यो तरिका अपनाएर तपाईंले आफ्नो कम्प्युटरको महत्वपूर्ण Data हरु अरुले कम्प्युटर चलाऊदा पनि safe गर्न सक्नुहुन्छ ।
यो Example मा म drive D लाई Hide गराउन सिकाउनेछु , तपाईंले यो Method को प्रयोग गरेर अरु drive हरु पनि Hide गर्न सक्नु हुन्छ त्यसको लागि मात्र Value लाई change गर्नु पर्ने हुन्छ ।

सर्बप्रथम
@ स्टार्ट अनी Run मा क्लिक गर्नुहोस्
@ त्यहा टाईप गर्नुहोस् regedit
@ अब यो path सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\
Explorer
@ दाँया तिरको खाली भागमा Right क्लिक गर्नुहोस् र New > DWORD Value मा क्लिक गर्नुहोस्
@ नाम दिनुहोस् NoDrives
@ NoDrives लाई Double क्लिक गर्नुहोस्
@ Drive Value विन्डोमा Decimal लाई select गर्नुहोस्
@ अब तपाईंले drive D लाई hide गर्नु पर्ने भएको ले त्यहा Value राखीदिनुहोस् 8
यदि तपाईंलाई अरु drive hide गर्नु पर्ने छ भने तपाइले यही value लाई चेन्ज गर्नु पर्ने हुन्छ
कुन drive को लागि कती value तल दिईएको छ

A=1, B=2, C=4, D=8, E=16, F=32, G=64, H=128, I=256, J=512, K=1024, L=2048, M=4096, N=8192, O=16384, P=32768, Q=65536, R=131072, S=262144, T=524288, U=1048576, V=2097152, W=4194304, X=8388608, Y=16777216, Z=33554432, All drive=67108863

जस्तै : तपाईंलाई drive J लाई hide गर्नु पर्ने छ भने Decimal मा value लाई 512 राखी दिनुहोस् र यदि तपाईंलाई एक भन्दा धेरै drive हरु hide गर्नु पर्ने छ भने पनि तरिका सजिलो छ । drive C र E लाई hide गर्नको लागि C को Value 4 र E को 16 दुबै value plus गर्दा 20 त्यसैले value 20 राखी दिनु भयो भने C र E drive hide हुनेछ ।

@ ok गर्नुहोस्
@ अब Registry Editor Program (gpedit) लाई बन्द गरिदिनुहोस्
@ LogOff गर्नुहोस् र LogOn गर्नुहोस्
@ अब हेर्नुहोस् तपाईंले hide गर्नु भएको drive hide भयो कि भएन ?

Hide गर्नु भएको drive लाई फेरी देखाउन चाहनु हुन्छ भने अघी बनाउनु भनेको NoDrive भन्ने Dword value मा double क्लिक गरेर value Data लाई 0 राखीदिनुहोस् ।


*** आफ्नो कम्प्युटरको Registry Editor Program (gpedit) चलाऊदा एकदम ध्यान पुर्‍याउनु होस् । यदि तपाईंलाई कम्प्युटरको राम्रो ज्ञान छैन भने सके सम्म Registry Editor Program (gpedit) लाई नचलाऊनुहोस् । धन्यवाद

No comments: