|
यी सब जानकारी फेसबुकले तपाईँलाई एउटा जिप फाइलमा राखेर डाउनलोडका लागि उपलब्ध गराउँछ।
जो पायो उहीले तपाईँको खाता खोलेको बेला जानकारीहरु डाउनलोड नगरुन् भनेर फेसबुकले सुरक्षा अपनाएको छ। यी जानकारी डाउनलोड गर्न तपाईँसित आफ्नो परिचय भेरिफाइ गर्न लगाइन्छ।
त्यसपछि तपाईँको सामाग्री डाउनलोड गर्न तपाईँको इमेलमा पठाइन्छ।
डाउनलोड गर्न के गर्नुपर्छ त ? सुरुमा फेसबुकको दायाँ छेउमा भएको एकाउन्टमा क्लिक गरी एकाउन्ट सेटिङ्ग्स रोज्नुपर्छ। त्यसपछि खुल्ने पेजको सबैभन्दा मुनि डाउनलोड योर इन्फरमेसनको लिङ्क हुन्छ। त्यसको नजिकै रहेको लर्न मोरमा क्लिक गरेपछि तपाईँले आफ्नो जानकारी डाउनलोड गर्ने प्रक्रिया थाल्न सक्नुहुन्छ।
No comments:
Post a Comment