लौ न के अनिष्ट हुनलाग्यो?
आज बिहान पौने पाँच बजे ठूलो आवाज आयो। सामान्यतया चट्याङ पर्दा आउने आवाजभन्दा भिन्न थियो त्यो आवाज। दुई पटक आएको आवाजमा पहिलो पटकको आवाज यति भीषण थियो कि बस्ती नजिकै कतै चट्याङ खसेको भान हुन्थ्यो।
धन्न, बस्तीमा खसेको हैन रहेछ। स्वयम्भू चैत्यको अगाडितिर प्रताप मल्लको पालामा बनेका दुई शिखर शैलिका मन्दिरमध्ये एउटा प्रतापपुरमा चट्याङ खसेको रहेछ। चट्याङले मन्दिरमा प्वाल परेको छ। अन्धविश्वासीहरुले कुरा गर्ने एउटा अर्को मौका पाइहाले- लौ न के अनिष्ट हुन लाग्यो भन्दै। यसअघि यही मन्दिर आगलागीबाट भत्केको केही समयपछि दरबार हत्याकान्ड भएको रे भन्नेहरु पनि निस्किहाल्छन् अब। हेरौँ केही फोटोहरु
No comments:
Post a Comment