कतिपय मान्छेहरु बांचेर पनि मरेतुल्य छन् भने कतिपय मान्छेहरु मरेर पनि सधैं बांचिरहेका हुन्छन् । कृष्ण सेन इच्छुक यस्तै एउटा महान् मान्छे हुनुहुन्थ्यो । प्रगतिवादी साहित्य, जनपक्षीय पत्रकारिता र राजनैतिक क्षमताको एकीकृत व्यक्तित्व हुनुहुन्थ्यो कृष्ण सेन 'इच्छुक' । तत्कालीन फासीवादी सत्ताले पक्राउ पछि क्रुर यातना दिएर उहांको हत्या गर्यो । आफ्नो आस्थाप्रति अडिग कृष्ण सेन दुष्मनका सामु आत्मर्समर्पण गरेर आस्थाको अपमान गर्न अस्विकार गरेबापत मारिनु पर्यो । एउटा गरिमामय मृत्यु वरण गर्नुभयो उहांले ।
आफ्नो विचारको रक्षाको लागि जीवन बलिदान गर्न अग्रसर हुने महान् व्यक्तित्व कृष्ण सेनको जन्म वि.स.२०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा पिता याम बहादुर सेन र माता भीम कुमारी सेनको कोखबाट भएको थियो । उहाँको पुख्र्यौली गाउं प्युठान जिल्लाको साराङकोट भन्ने गाउं हो । उहाँको स्थायी घर भने अर्घर्ााँची जिल्लाको जलुके गाविसको सातमारामा पर्छ, जुन स्थान दाङको प्रसिद्ध राप्ती नदीको पुलनेरको ठाउँ भालुवाङदेखि राप्ती नदीको पर्ूवतिरको छेउमा पर्छ । त्यसैले सो गाउँलाई प्रायः भालुवाङ भनेर चिनिन्छ ।
आफ्नो विचारको रक्षाको लागि जीवन बलिदान गर्न अग्रसर हुने महान् व्यक्तित्व कृष्ण सेनको जन्म वि.स.२०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा पिता याम बहादुर सेन र माता भीम कुमारी सेनको कोखबाट भएको थियो । उहाँको पुख्र्यौली गाउं प्युठान जिल्लाको साराङकोट भन्ने गाउं हो । उहाँको स्थायी घर भने अर्घर्ााँची जिल्लाको जलुके गाविसको सातमारामा पर्छ, जुन स्थान दाङको प्रसिद्ध राप्ती नदीको पुलनेरको ठाउँ भालुवाङदेखि राप्ती नदीको पर्ूवतिरको छेउमा पर्छ । त्यसैले सो गाउँलाई प्रायः भालुवाङ भनेर चिनिन्छ ।
गांसबासको समस्या र्टार्न बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । त्यसैले उहाँको प्रारम्भिक जीवन देहरादुनमै बित्यो । त्यहाँको प्राकृतिक मनोरम दृष्य, सुन्दर पहाडको भूगोल, हरियाली एवं स्वच्छ वातावरणमा सरल र इमान्दार मानिसहरुका बीच वहाँका प्रारम्भिक दिनहरु बिते ।पछि बुबा जागिरको सिलसिलामा गोरखपुर पुगेपछि त्यहंीको एउटा सरकारी स्कूलमा उहाँको औपचारिक अध्ययन शुरु भयो ।
गोरखपुरको स्कूलमा राम्रोसंग अक्षर चिन्न नपाउँदै वहाँ परिवारसंग प्युठान फर्किनु भयो वि.सं. २०१९ सालमा ।
त्यही साल उहाँकी आमा भीम कुमारीको पनि असामयिक निधन भयो । नाबालक कृष्ण सेनले मातृ वियोगको कठोर पीडा सहनु पर्यो । लगत्तै बुबाले अर्को बिहे गर्नुभयो, मातृ वात्सल्यको अभावमा जन्मिने पीडासंगै वहाँका जीवनमा दुःखका दिनहरु शुरु भए । अभावका दिनहरु शुरु भए ।
बाल्यकालका दिनहरु पीडा, वेदना र दुःखका बीचबाट गुज्रिन थाले । त्यही भौतिक परिवेशले वहाँलाई सानैदेखि भावुक, प्रकृत्रि्रेमी र गम्भीर बनाउँदै लग्यो । नेपाल फर्किएपछि उहाँको व्यवस्थित अध्ययन दाङ जिल्लाको देउखुरीस्थित श्री आदर्श माध्यामिक विद्यालयबाट भयो । त्यहाँ उहाँले ८ कक्षासम्म अध्ययन गर्नुभयो । ९ र १० का कक्षा त्यहाँ नभएकाले दाङकै लालमटियाको श्री सरस्वती हाइस्कुलबाट माध्यामिक तहको पढाइ पुरा गर्नुभयो । १९ वर्षो उमेरमा २०३२ सालमा प्रवेशिका परिक्षा - ) दोस्रो डिभिजनमा उत्तर्ीण्ा गरेपछि केही समय उहाँले पढाइ स्थगित गर्नुभयो । त्यसलगत्तै उहाँले दाङको कोइलावासमा रहेको साल्ट ट्रेडिङ्गको कार्यालयमा जागिर खानुभयो । त्यहाँ उहाँले करिब दर्ुइ वर्षकाम गर्नुभयो । नेतिकता र जागिरबीच द्वन्द्व शुरु भयो । कमिसन नखांदा समकक्षीहरुसंग बसेर काम गर्न अप्ठ्यारो पर्न थालेपछि जागिरबाट बिदा लिनुभयो ।
जागिर छोडेपछि कृष्ण सेन भारतको बनारस जानु भयो र पवीणता प्रमाणपत्र तहको अध्ययन शुरु गर्नुभयोा कोइलावासमा जागिरे हुँदा नेकपा-मशाल)संग जोडिएको वहाँको सम्बन्ध बनारस पुगेपछि वामपन्थी नेता निर्मल लामासंग अझ प्रगाढ बन्यो । यो सम्बन्ध पार्टर्ीीबन्धमा पेरियो । त्यसैबेला अर्थात् वि.स.२०४४ सालमा नै उहाँले नेकपा-मशाल)को सदस्यता लिनभयो । ।
वि.स.२०३२-३३ तिर। अर्थात् वामपन्थी पार्टर्ीीतिको झुकावसंगै उहाँका साहित्यिक सृजना प्रकाशित हुनथालेका थिए । त्यहीबेला २०३२ सालमा मातृभूमि साप्ताहिकमा 'भोल्रि्रति' शर्ीष्ाकको कविता प्रकाशित भएको हो । उहांसित एकातिर देहरादुनको सुन्दर प्राकृतिक वातावरणले ािरेको प्रभाव थियो, अकर्ेर्ाार नेपालबाट जागिरको खोजीमा भारतको गोरखपुर पुगेका नेपालीको पीडा पनि उहांको वाल्यजीवनले अनुभूत गर्दै थियो । अझ मातृशोकको गहिरो पीडा , गरिबी र अपमानले थिल्थिलिएको छाती पनि उहांसित थियो । यस्ता सबै दर्ुदमनीय स्थिति झेल्दै बालापन गुजारेका कृष्ण सेनको मनमश्तिष्कमा भावना र संवेदनाले चुलिनु स्वभाविक थियो । यस्तैयस्तै परिवेशबीच लालमटियाको स्कूलमा हुने साहित्यिक वातावरणले वहाँभित्र जन्मिदै गएको काव्यचेत र सौर्न्दर्यचेतले चेतना प्रष्फुटित हुने अवसर पायो ।
दाङका पत्रकार तथा सात्यिकार नारायणप्रसाद शर्माको विशेष प्रभावले कृष्ण सेन क्रकिक रुपमा साहित्यिक यात्रातर्फअग्रसर हुनुभयो । २०३२ सालतिरैबाट कविता लेखेपनि कृष्ण सेनलाई कविको रुपमा चिनाउने कविता भने 'त्यो प्यारोप्यारो गाउँको नाम थवाङ हो' हो । यो कविता सेनले २०३८ सालमा रच्नु भएको थियो र त्यतिबेलाको चर्चित पत्रिका त्रिकेाण मा छापिएको थियो । वर्गसंर्घष्ाप्रति समर्पित र क्रान्तिकारी आशावादिताले भरिएको यो एउटै कविताले कृष्ण सेनलाई प्रगतिवादी कविताको फाँटमा राम्रोसित स्थापित गरायो ।
बनारसबाट प्रवीणता प्रमाणपत्र तह उत्तर्ीण्ा गरेर नेपाल र्फकंदा यहाँ राजनैतिक आन्दोलन उत्कर्षा थियो । वि.स. २०३६ सालको आन्दोलनले उहाँमा एकातिर राजनैतिक चेतना अभिवृद्धि हुने परिवेश जन्माइदियो भने त्यही बेलातिरबाट वहाँले वर्गीय साहित्य लेखनको शुरुआत गर्नुभयो ।
वि.स. २०३६ मा दाङको महेन्द्र क्याम्पसमा स्नातकको अध्ययन गर्न थाल्नुभयो । अध्ययनकै क्रममा पार्टर्ीी विद्यार्थी संगठनको जिम्मा दिएपछि अनेरास्ववियूको नेतृत्वमा सकृय भएर काम गर्न थाल्नुभयो । त्यसबेला विद्यार्थी संगठन निर्माणका क्रममा वहाँमा देखिने सक्रियता र दृढताबाट अत्तालिएका सामन्त र जमिन्दारहरुले वहाँलाई पटकपटक गुण्डा लगाएर गाली-बेइज्जती र कुटपिटसम्म गरे । उहाँमा विकसित भएको चेतना देखेर पञ्चायती शासकहरु अत्तालिन थाले र उहाँर्को निरन्तर निगरानी गर्नथाले । वि.सं. २०३९ साल बैशाख ११ गते उहाँलाई क्याम्पसभित्रै गएर प्रहरीले गिरफ्तार गर्यो र शान्ति सुरक्षा ऐनअर्न्तर्गत हरेक ९-९ महिनामा रिहा गरेको कागज गराउँदै र फेरि पक्रदै गरी ५ वर्ष३ महिनासम्म दाङको कारागारमा राखे । उहाँ कारागारमै रहेको अवस्थामा सेनका सहयोद्धा तथा विद्यार्थी नेता मित्रमणि आचार्यलाई वि.सं २०४२ बैशाख १८ गते नेबिसंका गुण्डाहरुले निमर्मतापर्ूवक हत्या गरे । सहयोद्धा मित्रमणिको शोकमा डुबेर सेनले जेलभित्रै शोकाञ्जली खण्डकाव्य लेख्नुभयो । वि.सं. २०४२ सालमै दाङको घोराही कारागारमै लेखिएको यस खण्डकाव्यको प्रकाशन भने २०४८ सालमा मात्रै सम्भव भयो ।
वि.संं. २०४४ असारमा उहाँ कारागारबाट रिहाइ हुनुभयो । त्यसपछि पार्टर्ीी उहांलाई अनेरास्ववियूको संयोजक बनायो । विद्यार्थीको केन्द्रीय संयोजकका रुपमा उहाँले पश्चिम नेपालका धेरै जिल्लामा संगठन निर्माणका क्रममा महत्वपर्ूण्ा योगदान दिनुभयो । अहिले पनि राप्ती क्षेत्रका पुराना कार्यकर्ताहरु त्यस क्षेत्रमा संगठन निर्माणको कुरा गर्दा उहांको नाम गर्वका साथ सम्झना गर्ने गर्छन् ।
२०४६ सालको राजनैतिक परिवर्तनका समयमा उहाँले पश्चिम नेपालमै बसेर जनचेतना जगाउने र संगठन निर्माण गर्ने काममा महत्वपर्ूण्ा भूमिका खेल्नुभयो । आन्दोलन संझौतामा टुङ्गयिो । त्यो आन्देालनपछि विकास भएको सापेक्षित खुल्ला परिवेशसंगै कृष्ण सेन अझै सक्रियापर्ूवक पार्टर्ीींगठनको काममा सक्रिय हुनुभयो र २०४७ सालमा उहाँ तत्कालीन नेकपा-मशाल)को राप्ती क्षेत्रको पार्टर्ीीचिव हुनुभयो ।
क्रान्तिकारी वामपन्थी पार्टर्ीीबीच २०४८ सालमा एकता राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनमा राप्तीबाट प्रतिनिधित्व गरेर आउनु भएका कृष्ण सेनलाई केन्द्रीय समितिको सदस्य बनाउने पार्टर्ीीे योजना थियो र पार्टर्ीी प्रस्ताव पनि गर्यो उहाँलाई । तर उहाँले मान्नु भएन । आफू मूलतः एक स्रष्टा भएकाले राजनैतिक कामको चटारोबीच सिर्जनात्मक कार्य गर्न असहज हुने भएकाले पार्टर्ीीे केन्द्रीय सदस्य हुन अस्वीकार गर्नुभयो ।
पार्टर्ीीकीकरण पछि २०४७ सालमा , क्रान्तिकारी साँस्कृतिककर्मीहरुको मोर्चा अखिल नेपाल राष्ट्रिय जनसाँस्कृतिक संघ नेपाल, एकता संयोजन समितिको संयोजक बन्नुभयो । २०४८ सालमा भएको जनसांस्कृतिक संघको पहिलो राष्ट्रिय भेलाले उहांलाई अध्यक्षको रूपमा चयन गर्यो ।
पार्टर्ीीकीकरण पछि बनेको नेकपा-एकता केन्द्र) को जिल्ला सदस्यको रुपमा क्रियाशील भएर २०४८ देखि कृष्ण सेन काठमाडौंमै बस्न थाल्नुभयो । त्यसबेला राजधानीबाट प्रकाशित साप्ताहिक पत्रिका जनादेश, महिमा, योजना र पृष्ठभूमिमा उहाँले सक्रियापर्ूवक सहयोग गर्न थाल्नुभयो ।
त्यही साल वि.सं. २०४८ माघ ११ मा उहाँको तक्मा के.सी.संग विवाह भयो । दाङ १२ कुनेदहमा गरिएको विवाह पार्टर्ीीे पहलमा भएको थियो । उहाँहरुबीच पहिल्यैदेखि चिनाजानी भएपनि प्रेम विवाह भने पार्टर्ीीे अगुवाइमा भएको थियो ।
जनसार्ंर्स्कक संघको निणयअनुसार२०५० सालमा प्रगतिवादी साहित्यको प्रतिनिधिमूलक, पत्रिका कलम त्रैमासिकको सम्पादक बनायो ।२०५५सालमा भएको संघको प्रथम सम्मेलनले उहांलाई अध्यक्षको रुपमा चयन गर्यो ।
त्यसअघि नै वहाँको भाई गंगा बहादुर सेनको उपचारको अभावमा वि.सं २०४८ सालमा मृत्यु भएको थियो । पैसाको अभावमा भाइको मृत्यु भएको विषयले धेरै दिनसम्म उदास बनिरहनु भएको थियो ।
वहाँले 'कलम' साहित्यिक पत्रिका पटकपटक गरी वि.सं. २०५६ सम्म सम्पादन गर्नुभयो ।
वि.सं. २०५० सालमा छोरी समीक्षाको जन्म भयो । छोरी जन्मेपछि परिवारप्रतिको जिम्मेवारी बोधले निकै गम्भिर बन्न थाल्नु भएको थियो । साहित्य र राजनीतिमा सक्रिय भएर होला व्यावहारिक जीवनका पाटाहरु मिलाउन खोज्दाखोज्दै पनि असरल्लै परेका हुन्थे । उहाँ असल पति र स्नेही बाबु हुनुहुन्थ्यो । श्रम नगरी एकछिन पनि बस्न नसक्ने कृष्ण सेन परिवारका लागि असल अभिभावक हुनुहुन्थ्यो ।
वि.सं. २०५२ सालमा वहाँ साहित्यिक पत्रकारिताबाट साप्ताहिक राजनैतिक पत्रकारितातिर लाग्नुभयो र जनादेश साप्ताहिकको सम्पादक बन्नुभयो । तीन वर्षन्दा बढी जनादेश साप्ताहिकको सम्पादकका रुपमा रहँदा थुप्रै नयाँ लेखक, र्सजकहरुलाई प्रोत्साहित र संरक्षण गर्नुभयो । जनादेशको सम्पादक बने पछि वि.सं. २०५ सालमा वहाँ पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केा केन्द्रीय पार्ष बन्नुभयो ।
वि.सं. २०५६ सालमा उहांको देस्रो पुस्तक इतिहासकेा यस घडीमा प्रकाशित भयो । यस पुस्तकभित्र उहांका २०३८ देखि ०५ सालसम्म लेखिएका कविताहरु समेटिएका छन् । समयको त्यही अन्तरालमा नेकपा-माओवादी) को उपत्यका क्षेत्रीय ब्यूरोको सदस्य समेत हुनुभयो र जनअधिकार सरोकार अभियान नामक मानव अधिकारवादी संगठनमा बसेर समेत काम गर्नुभयो ।
वि.सं. २०५६ बैशाख ६ गते पत्रिकामा समाचार सम्प्रेषण गरेकै कारणले प्रहरीले सेनलाई पक्राउ गर्यो । काठमाडौं उपत्यका नजिक रहेको भट्टेडाँडा प्रहरी चौकीमा माओवादीका छापामारले गरेको आक्रमणको समाचार लेखेबापत समातेर गैरकानुनी रुपमा राखिएका सेनलाई बिनापर्ुर्जी भद्रगोल जेलमा राखियो र पछि षड्यन्त्रपर्ूवक खरखजना तथा हातहतियार सम्बन्धी मुद्दा लगाएर सिराहा जेलमा पठाइयो । त्यतिबेला सेनको गैरकानुनी पक्राउका विरुद्ध नेपाल पत्रकार महांसंघका सुरेस आचार्यको नेतृत्वमा गरेको संर्घष्ा विशेष स्मरणीय रहेको छ ।
प्रगतिशील लेखक संघका राष्ट्रिय पार्षसमेत रहेका सेनको रिहाइका लागि विभिन्न लेखक, साँस्कृतिक संघ-संस्थाहरुले गरेका संर्घष्ा पनि विशेष स्मरणीय रहेका छन् ।
जेल बसाइका क्रममा उहाँले रचना गरेको ेलामा कविताकृति ,जसलाई खण्डकाव्य पनि भन्न सकिन्छ , बन्दी र चन्द्रागिरी २०५८ सालमा प्रकाशित भयो । मार्क्सवादी समीक्षक डा.ऋषिराज बरालद्वारा भूमिका लेखिएको यो काव्यकृतिले कृष्ण सेनलाई प्रगतिवादी साहित्यको अग्रणी र्सजकको कोटीमा लगेर उभ्यायो ।
कवितामा ग्राम्य जीवनसंग जोडिएका बिम्ब, सरल प्रतीक एवं कला र भावको सुन्दर संयोजन गर्ने कवि कृष्ण सेन २०५८ सालमा साहित्य सन्ध्या पुरस्कारद्वारा पुरष्कृत हुनुभयो ।
कृष्ण सेनको गैरकानूनी थुना विरुद्ध व्यापक जनमत बढ्दै जान थाल्यो र दर्ुइ वर्षछि बाध्य भएर अदालतले सफाइ दियो । लामो संर्घष्ापछि अन्ततः वहाँ २०५७ चैत्र दर्ुइ गते रिहाइ हुनुभयो । रिहाइ भएर काठमाडौं आएपछि फेरि जनादेश को सम्पादनको काममा लाग्नुभयो ।
जनताले चलाएको न्यायपर्ूण्ा युद्धका विरुद्ध प्रायोजित दुष्प्रचार अभियान चलाइरहेका बेला सबै भ्रम चिर्न जनपक्षीय दैनिक पत्रिकाको अभाव खटि्कदै गएको अवस्थामा जनदिशा दैनिकको प्रकाशन प्रारम्भ भयो र कृष्ण सेन त्यसको प्रधान सम्पादक बन्नुभयो । २०५८ साल भाद्र १४ गतेदेखि मंसिर ११ गतेसम्म करिब तीन महिना जनदिशा दैनिकको सम्पादन गरेपछि संकटकालको नाममा राज्यले जनपक्षीय पत्रिकाहरुमाथि रोक लगाइदियो र जनदिशा को प्रकाशन पनि बन्द भयो ।
संकटकालको लगत्तै राज्यले कृष्ण सेनमाथि पनि रेड कर्नर जारी गरयो । त्यसपछि उहंाले भूमिगत भएर पार्टर्ीं कामलाई निरन्तरता दिनुभयो । त्यसरी संर्घष्ारत भएको बेला आफ्नै साथीहरुको अन्तर्घर्ााा कारण उहां काठमाडौंबाटै २०५९ जेष्ठ ६ गते पक्राउ पर्नुभयो । उहाँकेा अवस्था अज्ञात रहेकै अवस्थामा काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकले 'कृष्ण सेन पशुपतिमा खरानी' शर्ीष्ाकमा समाचार प्रकाशित गर्यो । जसमा भनिएको थियो ....................... जेष्ठ ६ गते पक्राउ पर्नुभएका पत्रकार सेन प्रहरी हिरासतभित्रै चरम यातनाका कारण मारिनु भएको छ ।
उहाँको हत्या महेन्द्र पुलिस क्लबभित्र जेष्ठ १३,०५९ मा भएको मानिन्छ ।
यसरी सहजै एउटा स्थापित पत्रकार र चर्चित स्रष्टाको हत्या गर्यो राज्यले । विचार र आफ्नो आस्थाप्रति प्रतिबद्ध रहेकै कारण कृष्ण सेन 'इच्छुक' मारिनु पर्यो । इच्छुकको हत्या भयो । तर पनि इच्छुकको हत्यासंगै अपराधीहरुले वहाँको आदर्शलाई हत्या गर्न सकेनन् । इच्छुक भौतिक रुपमा त रहनु भएन तर इच्छुकको आदर्श हाम्रो युगको आदर्श बनेर अजर-अमर बनिरहेको छ ।।
उहां सम्बद्ध सांस्कृतिक मोर्चा र नेकपा-माओवादी)ले उहाँलाई महान् साँस्कृतिक सहिदको रुपमा उच्च सम्मान प्रदान गरेको छ । उहाँकै स्मृतिमा २०६० साल भदौदेखि कृष्णसेन अनलाइन सञ्चालनमा छ र अमर योद्धा कृष्ण सेनका नाममा जनमुक्ति सेना नेपालले २०६२ सालमा कृष्ण सेन स्मृति ब्रिगेड समेत निर्माण गरेको छ । साथै उहांका नाममा कृष्ण सेन स्मृति प्रतिष्ठान पनि स्थापना गरेको छ ।
कृष्ण सेन त्याग, आदर्श र बलिदानको प्रतीक बनेको छ । उहाँले पार्टर्ीीे केन्द्रीय सदस्य भन्दा एउटा साहित्यिक र्सजक बनेर आफ्नो जमानाको माक्सिम गोर्की र लु शुनभन्दा माथि उठेर श्रमजीवी जनताको सेवा गर्ने अठोट गर्नुभयो ।
साहित्य-साधनामै कृष्ण सेनले जीवनका महत्वपर्ूण्ा दिन बिताउनुभयो । उहाँ बाँचुञ्जेल क्रान्तिकारी आदर्श बोकेर हिड्नु भयो र जीवनको अन्तिममा दुश्मनका सामु उहाँले पर््रदर्शन गरेको दृढताले उहाँलाई एउटा जब्बर कम्युनिस्ट योद्धाका रुपमा स्थापित गरायो ।
सरल र शालीन व्यक्तित्वका धनी कृष्णसेन 'इच्छुक' र्सवहारा वर्गप्रति प्रतिबद्ध मूलतः एक सकंस्कृतिककर्मी नै हुन् । बहुमुखी व्यक्तित्वका धनी इच्छुक सिर्जना र विचारको गहिराइ र उचाइ दुबैलाई छुन सक्ने र समयलाई आफ्नो पछि लगाउन सक्ने गतिवान गायक नै हुन् ।
गहंुगोरो र हसिलो चेहरा, मध्यम कद, पातलो शरीर, मिठासपर्ूण्ा बोली, उदात्त भावना, उच्च विचार र र्सवहारा जीवनशैलीका धनी कृष्ण सेनले सामाजिक जीवनमा सक्रिय भूमिकाको शुरुआत राजनैतिक कार्यकर्ताको रुपमा गनुभयो । त्यही राजनैतिक चेतनाको जगमा उभिएर उहांले साहित्य सृजनामा निरन्तर आफूलाई कृयाशील तुल्याउनु भयो । कवितालाई बराबर परिष्कृत गरेर चित्त बुझ्दो लागेपछि मात्रं त्यसलाई पाठकसमक्ष लैजाने उहांको विशिष्ट स्वभाव थियो । सृजना आफैमा साधान पनि हो । कठोर साधनाका कारण नै उहांको सृजनशील व्यक्तित्व बनेको हो । कविताको लय र भावलाई सुन्दर शैलीमा अभिव्यक्त गर्ने उहांको विशिष्टता यही निरन्तर साधनाकै उपज हो ।
जीवनलाई हर्ेर्ने सुन्दर दृष्टिकोण अनुरुप सुन्दर विषयवस्तु, सुन्दर भाव, सुन्दर शब्द बिम्ब-शिल्प र सुन्दर शब्द रचनाले कृष्ण सेनका कविता-काव्यले प्रगतिवादी साहित्यका क्षेत्रमा अलग चिनारी बनाएका छन् ।
२०४८ सालमा शोकाञ्जली प्रकाशित भएपछि इच्छुकको स्रष्टा व्यक्तित्वले थप मुखरित हुो मौका पायो ।। केही समालोचकहरुले उनको त हुने अवसर पायो । काव्यात्मक शैलीमा तीन खण्डमा लेखिएको यो खण्डकाव्यले सहिद मित्रमणि आचार्यको वीरता र व्यक्तित्वलाई कलात्मक रुपमा सरल र सुन्दर शब्दमा अभिव्यक्त मात्रै गरेको छैन राजनीति र साहित्यको भावनात्मक सम्बन्धलाई पनि सुन्दर ढंगले संयोजन गरेको छ ।
वि.संं. २०३५ देखि २०५५ सम्म रचेका कविता इतिहासको यस घडीमा संग्रहित छन् । यसभित्र संग्रहित कविताहरु पढ्दा विषयलाई नजिकबाट अनुभूत गर्ने, स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गरी नवीन बिम्ब र प्रतिक मार्फ नविन आदर्शको उद्बोधन गर्ने उहांको विशिष्टता राम्रोसित अभिव्यक्त भएको पाइन्छ ।
इच्छुकका अधिकांश कविताहरु जेलबसाइका क्रममा लेखिएका छन् र जेलभित्रका कविताहरु विचार र कलाकैाशलताका दृष्टिले झन् बढी प्रवाभावकारी पनि छन् । बन्दी र चन्द्रागिरी त्यही क्रमको उत्कृष्ट सृजना हो । लामालामा नौवटा कविता-खण्डमा समेटिएको जेल, संर्घष्ा र प्रतिरोधका बीचबाट जन्मेको कालजयी कृति हो यो । बन्दी र चन्द्रागिरी मा भावुकता पनि छ । तर भावुकतालाई विचारको चमकले उज्यालो पारेको छ । क्रान्तिकारी आशावाद छ । यसको लयात्मकता, यसको प्रवाहपर्ूण्ा अभिव्यक्ति र चेतना प्रवाहात्मक शैली जस्ता विशेषताका कारण काव्य आप+mैमा विशिष्ट कृति बन्न पुगेको छ । विचार र कलाको उच्च नमूना बनेको यो कृति प्रगतिवादी काव्यिक आन्दोलनको इतिहासमा एउटा कोशेढुंगा हो ।
इच्छुकको अप्रकाशित रुपमा रहेको 'जेलभित्रका बन्द आवाजहरु' को पाण्डुलिपि हराएको छ भनिएको भने कथा, निबन्ध र कतिपय फुटकर कविता, लेखहरु विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
राजनीत्रि्रति सचेत एक कुशल र्सजक कृष्णसेनको व्यक्तित्व जीवनको उत्तर्रार्द्धमा आएर एक स्थापित पत्रकारका रुपमा समेत छ । कलम समाएर निरंकुश शक्तिका विरुद्ध जुट्ने साँस्कृतिक सिपाहीको पहिचान बनाएका कृष्ण सेन जीवनभर गरिबवर्गका रुपमा संर्घष्ारत रहनु भयो ।जीवनदेखि मृत्युसम्मको संर्घष्ाशील प्रक्रियाले इच्छुकलाई नीडर योद्धा र स्वाभिमानी कविमान्छेका रुपमा स्थापित गर्यो । क्रान्तिकारी आदर्श र क्रान्तिकारी आशावाद मार्फ मान्छेलाई उद्देलित पार्न सक्ने कवि इच्छुकको व्यक्तित्वको उत्कर्षा कवि व्यक्तित्वमै बढी प्रदर्शित छ । कवि इच्छुक हाम्रो जमानाका आदर्श बिम्ब हुनुहुन्छ । काव्यमा सुन्दर बिम्बहरुको प्रयोग गर्ने कवि कालान्तरमा आफै एउटा अनुपम बिम्ब बनेर बाँचिरहनु भएको छ । । कृष्ण सेन 'इच्छुक'को जीवन आफैमा एउटा रोचक महाकाव्य बनेको छ ।
कृष्ण सेन आफैमा एउटा सामान्य मानिस हुनुहुन्थ्यो । उहांलाई मानिसको तहबाटमाथि उठाउन खोज्नु आफैंमा उनको व्यक्तित्वको अपमान मात्रै हुनेछ । एउटा मानिसमा स्वाभाविक रुपमा हुने र देखिने कमजोरी उहांमा पनि थिए । एउटा योद्धाले परिवारसंगको सम्बन्धलाई युद्धकालीन परिस्थितिमा कसरी बुझ्ने भन्ने क्ुरामा उहांमा पनि केही समस्याहरु थिए । यसो भन्दा उहांको अवमूल्यन होइन वस्तुवादी मूल्यांकन नै र्ठहर्छ ।
समग्रमा मानवीय स्वभाविक कमजोरी सहित कृष्ण सेन इच्छुक इतिहासको एउटा आदर्श पात्र हो र्।वर्तमानमा कृष्ण सेन एउटा युगीन मूल्य हो र यो युगको ,कवितामार्फ सबैभन्दा बढी सुनिने व्रि्रोहको आवाज हो ।
No comments:
Post a Comment