भदौ १८ गते साँझ पाँच बजेतिर करीव एउटै समयमा एउटा अडियो सिडी र प्रिन्ट गरिएको चार पेज लामो कागज केही टेलिभिजन च्यानल र राष्ट्रिय दैनिक पत्रिकामा पुर्याएइयो। शुरुमा लैनचौरस्थित भारतीय दूतावासकी प्रेस प्रमुख अपुर्वा श्रीवास्तावले सम्बन्धित समाचार संस्थाका प्रमुखहरुसँग टेलिफोनमा ''चीन र माओवादीबीच ५० करोडको लेनदेनको संवाद सिडी छ, समाचार बनाउने हो भनें दिन्छु'' भनेकी थिइन्। केही पत्रिकाका सम्पादकले हेरेर, छानबीन गरेपछिमात्र निर्णय गर्ने बताए भनें केहीले चाहिँ तत्कालै त्यसलाई प्रसारण तथा प्रकाशन गर्ने तत्परता देखाए।
Tape Video Watch
केही टेलिभिजन च्यानलले भने प्रसारण गर्ने भनेर लिए पनि अन्तिममा त्यो अडियो शंकास्पद र नेपाल विरोधीहरुको अँध्यारो काठाको षडयन्त्र भएको ठहरगरी प्रसारण नगर्ने निधो गरे। शुरुमा अपूर्वा श्रीवास्तवले टेलिफोन गरेपछि सो अडियो टेप वितरण गर्ने र समाचार प्रकाशन तथा प्रसारण गराउने जिम्मा नेपालीस्थित भारतीय राजदूतावासका विश्वास पात्र तथा रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलालाई दिइएको थियो। तर धमलाले एकाध टेलिभिजन च्यानललाई जानकारी दिने बाहेक टेप वितरण गर्ने जिम्मेवारी लिन अस्वीकार गरेको थाहा भएको छ। यसअघि पनि प्रचण्डको संवाद भएको भनिएको टेप प्रकरणकै कारण मानव अपहरण केसमा माओवादी सरकारको बेला जेल परेका धमलाले सायद पुनः माओवादीको निशाना बन्छु भनेर हो वा कुन कारणले हो सो टेप वितरण गर्नु भन्ने राजदूतावासको आदेश मानेन्। सो अडियो टेप र प्रिन्ट गरिएको कागज भदौ १९ गते सााझ ७ बजेभन्दा अघिनै एबीसी र सगरमाथा बाहेक प्रायः सबै टिभी च्यानलमा पुगिसकेको थियो। सो शंकास्पद सिडी बारे केही टिभीका समाचार प्रमुखहरुले आपसमा सल्लाह पनि गरेका थिए। कतिपयले सो संवादनै नक्कली भएको अनुमान गरे भने कतिपयले यो भारतीय डिजाइन भएकाले यसमा फस्न नहुने निष्कर्ष निकाले।
अन्ततः भारतीय च्यानल नेपाल वानले सो सिडी प्रसारण गरिहाल्यो, सागसागै एभिन्यूज टेलिभिजनले पनि प्रसारण गरेपछि अरु टिभी झसंग भए। अझ रोचक कुरा त के छ भने भोलिपल्टको भारतीय लगानीको अन्नपूर्ण पोष्टमा त्यसलाई प्रमुख समाचार बनाइयो भने नेपाली नागरिक विनोद ज्ञवाली मालिक रहेको नागरिक दैनिकले पनि नेपाल वान टेलिभिजनलाई उधृत गर्दै सो समाचार दियो। समाचार लिने, दिने र ग्रहण गर्ने तीन वटै पक्षलाई सो अडियो संवाद भारतीय राजदूतावासमा डबिङ गरिएको भन्नेमा कुनै शंका थिएन भनेर अहिले आएर पत्रकारबीच चर्चा हुन थालेको छ। एमाओवादीले सभासद किन्नकालागि करोडौं खर्च गरेको समाचार अवश्य पनि नयाा थिएन। त्यसको एक दिनअघिमात्र नेकपा मालेका महासचिव सीपी मैनालीले आफूलाई एमाओवादीले ५ करोडको अफर गरेको कथित 'खुलासा' गरिसकेका थिए।
एमाओवादीका लागि सभासद किन्न आवश्यक पर्ने रकम जोहो गर्न पूर्व राजाका ज्वाइा राजवहादुर सिंह, प्रचण्डका नजिकका व्यापारी अजय सुमार्गी, विकेमान सिंह लगायतका व्यक्तिहरु लागिपरेको समाचार पनि आइसकेकै हो। तर एमाओवादीका विदेश विभाग प्रमुख कृष्णवहादुर महरा र चिनिया अधिकारी भनिएका व्यक्तिबीचको कथित अडियो संवाद यस्तो बेला सार्वजनिक गरियो, जुन बेला एमाओवादी अध्यक्ष प्रचण्ड छैटौं पटकको निर्वाचनबाट प्रधानमन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो। मधेशी मोर्चाका दुई फोरम विजय गच्छेदार र उपेन्द्र यादवले प्रचण्डलाई मत दिने बताइसकेका थिए भनें तराइ मधेश लोकतान्त्रिक पार्टी पनि सकारात्मक देखिएको थियो। ठीक त्यही बेला चीनसाग ५० करोड मागेको अडियो टेप प्रकरण मच्चाएर एक तीरले दुई शिकार गरेको चर्चा पनि चलेको छ। एउटा त चीनलाई विवादमा तान्ने र अर्कोतिर एमाओवादीलाई कुनै पनि हालमा सरकारमा पुग्न नदिने दुवै खेलमा भारत एक हदसम्म सफल भएको छ।
यसअघि पनि प्रचण्डको पक्षमा मधेशी मोर्चा सकारात्मक हुन लागेपछि अचानक भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहका विशेषदूतका रुपमा श्यामशरण काठमाडौं आए र मधेशी शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर दारुपानी पिलाएर झपारेको समाचार आयो। अहिले पनि तीन उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय मधेशी मोर्चालाइ दिएर एमाओवादीले सरकारको नेतृत्व लिने अवस्थामा जुन ढंगले भारतीय राजदूतावासले टेप काण्ड मच्चायो, यसलाई एमाओवादीको भाषामा 'कलाविहीन नाटक' भन्न सकिन्छ। त्यो टेप अविश्वसनीय छ भन्ने पहिलो आधार त, 'महरा र चिनियाबीच भएको संवाद' भारतीय राजदूतावासले डबिङ गरेर वितरण गरेको खुल्ला सत्य हो। यदि टेप प्रकरणलाई नै सही मान्ने हो भने पनि सामान्यतः यस्ता खालका डिल टेलिफोनमा हुदैनन् भन्ने कुरा भारतीय राजदूतावासले पनि बुझेको हुनुपर्छ। किनकि सभासद किन्ने, त्यो पनि ५० करोड चाहिने जस्ता कुरा एमाओवादीका वरिष्ठ नेता र चिनिया अधिकारीबीच टेलिफोनमा कुरा हुने भन्ने कुरा लगभग असम्भव हो।
चीनजस्तो शान्त कुटनीति र अहस्तक्षेपको नीतिमा प्रतिबद्ध मुलुकका अधिकारीले खुल्लेआम यस्तो संवाद गर्ने कुरा लगभग कल्पना बाहिरको कुरा हो। त्यो संवादमा प्रयोग भएका कुराहरुलेनै यसको पुष्टि गर्छन्। अर्को कुरा यदि एमाओवादीलाई चीनले पैसा दिनेनै हो भनें, प्रचण्ड र महरा जस्ता नेतालाई बोलाएर दिनुपर्दैन, काठमाडौंबाटै सबै काम तमाम हुन्छ। अझ महत्वपूर्ण कुरा त, ५० करोड रुपैयाकालागि एमाओवादीले चीनसाग लम्पसार पर्नुपर्दैन। सभासद शालिकराम जम्कट्टेलले मात्रै चाहे भनें पनि प्रचण्डका लागि ५ घण्टामा ५० करोड रुपैया चुट्कीको भरमा उठाइदिने हैसियत राख्छन्। प्रचण्डले आफैं चाहदा ५० होईन १०० जना ब्यापारीसंग सय करोड रुपैया सजिलै जम्मा गर्न सक्छन् भन्ने तर्क पनि आएका छन्, जुन अस्वभाविक पनि होइनन्।
अहिले त्यो अडियो टेप प्रकरणमा भारतीय राजदूतावास नराम्रोसंग मुछिएपछि, सो टेप नेपाली सेनाको गुप्तचर विभागले रेकर्ड गरेको र एमाओवादीभित्रकै प्रचण्ड विरोधी तप्काले मिडियालाई उपलव्ध गराएको भन्ने प्रचारबाजी पनि अर्को षडयन्त्रको रुपमा गराउन थालिएको छ। भारतीय राजदूत राकेश सूद एकपछि अर्को घटनामा आफू पनि एक्पोज हुने र मित्र राष्ट्र भारतलाई समेत विवादमा तान्ने गतिबिधिमा फस्दै गएका बेला पछिल्लो पटक राजदूतावासले रचना गरेको कलाविहीन नाटकको पनि चााडै पटाक्षेप हुन जरुरी छ।
No comments:
Post a Comment