Monday, April 20, 2009

रोमान्टिक प्रेमी र प्रेमिकाहरुको लागि केही उपयोगी टिप्सहरु


१ प्राय:सुर्यास्त सँगै बसेर हेर्ने
२ एक अर्कामा कानेखुशी गर्ने
३ एकले अर्कोलाई खाना पकाएर ख्वाउने

४ पानी परेको बेलामा सँगै हिंड्ने

५ सँगै हिंड्ने बेलामा एक अर्काको हात समात्ने
६ एकले अर्काको लागि उपहार दिने

७ गुलाफको फुल साटासट गर्ने
८ हरेक पल्ट सँगै हुँदा एकले अर्कालाई मन पर्ने पर्फ्युम लगाउने
९ एकले अर्काको बारेमा कबितामा प्रशँसा गर्ने

१० अङगालो नै संसारको सबै भन्दा ठुलो औसधि हो , अङगालोमा बाधेर निधारमा किस गर्ने
११ एक अर्का प्रति माया भए पनि म तिमीलाई अति माया गर्छु भनी रहने
१२ तिमीनै मलाई मनपर्ने एउटै केटी \ केटा हो भनेर भन्ने
१३ सके सम्म एक एक सेकेण्ड एक अर्का सँग बिताउ भन्ने चाहना राख्नने

१४ एक अर्काको आँखामा हेर्ने
१५ एक अर्कालाई थाहा नदिईकन म तिमीलाई माया गछु भन्ने लेखेर खल्तीमा राखिदिने गर्ने
१६ प्रेमिकालाई औठी उपहार दिने
१७ एक अर्कालाई रोमन्टिक गीत गाएर सुनाउने
१८ प्रेमिकालाई बेला बेलामा बाहिर डिनरमा लैजाने

१९ प्रेमिकाको हात समाउने, आँखामा आँखा जुधाएर उनको दुबै हात पालो पाको चुम्ने र एउटा हात लगेर आफ्नो छातीमा राख्नने

२० रोमन्टिक गीतमा हल्का डान्स गर्ने

२१ आफ्नो प्रेमिकालाई आफ्नो काखमा टाउको राख्न लगाइ सुताउने
२२ उनले हेर्ने एनामा उनले थाहा नदिईकन i love you भनेर लेखिदिने
२३ हरेक ५ मिनटमा फोन कल गर्ने कोशीस गर्ने नत्र मिस कल भए पनि दिने
२४ एदि तपाईं कुनै काममा बिजी हुनु हुन्छ वा कतै टाढा हुनु हुन्छ भने पनि कल गरेर i love you भनेर भन्ने
२५ एक अर्का बाट टाढा हुनु हुन्छ भने फोन गरेर i miss you भनेर भन्ने र आफ्नो सपनाको बारे भन्ने
२६ केटीहरु आफ्नो प्रशँसा गरेको मन पराउछन त्यसैले प्रेमिकालाई सधैं जसो आज तिमी कस्तो राम्री देखेकी भनेर भन्ने
२७ बारम्बार उनको कपाललाई उनको अनुहार बाट हटाएको जस्तो गर्ने
२८ मन्दिरहरुमा सँगै जाने र एकले अर्काको लागि pray गर्ने
२९ प्रेमिकालाई रोमान्टिक फ्लिम देखाउन लैजाने र उनलाई मन परेको सिनलाई याद गर्ने र पछि त्यो सिन बारे कुरा निकाल्ने
३० एक अर्कालाई बुझ्ने प्रयास गर्ने र सके सम्म एउटै गल्ती नदोहर्याउने कोशीस गर्ने
३१ अर्कै भाषामा रमाइला रमाइला शब्दहरु याद गर्ने र उनिलाई बेला बेलामा सुनाउने
३२ रेडियोहरुमा एक अर्कालाई गीतहरु डेडिकेसन गर्ने

३३ राती सुत्ने बेलामा गूड् नाइट भन्न नबिर्सिने र यो भन्न याद राख्नने "ह्याभ अ स्वीट ड्रिम्स"

No comments: