Thursday, May 15, 2014

टप १० नेपाली नेपाली एन्ड्रोइड एप्सहरु - Top Ten Nepali Android Apps

पछिल्लो समय नेपालमा स्मार्टफोनको बजार उकासिदैं छ । प्रयोगकर्ता बढका छन् भने फरक स्वादका एप्सहरु पनि बन्दैछन् । गुगलले विकास गरेको एन्ड्रोइड सिस्टमबाट लाखौं एन्ड्रोइड फोन प्रयोगकर्तालाई लक्षित गदै नयाँ नयाँ एप्लिकेशनहरु पनि बन्दै आएक छन् । यसैबीच गुगल प्लेबाट धेरै भन्दा धेरै डाउनलोड भएका र उपयोगी उत्कृष्ट १० नेपाली एप्सहरुको चर्चा यहाँ गरिएको छ :

1. NepaliPatro
www.nepalipatro.com.np ले विकास गरेको यो एप्लिकेशन (डाउनलोड : १ लाख+, रेटिङ: ४.७/५) प्रत्यक नेपालीका लागि उपयोगी र आवश्यक क्यालेन्डर हो । यसमा अरु क्यालेन्डरमा हुने सबै विशेषताका साथै थप सुविधा पनि राखिएको छ ।

2. Nepal Load Shedding Schedule
चन्द्र र एलिजा श्रेष्ठले विकास गरेको यो एप्स डाउनलोड र उपयोगीताका आधारमा उत्कृष्ट २ मा पर्ने एप्स हो (डाउनलोड : १ लाख+, रेटिङ: ४.६/५) । नेपालमा समय समयमा लोडसेडिङ तालिका परिवर्तन भइरहने भएकाले यो एप्सले तपाइलाई निकै सजिलो पार्न सक्नेछ । एप्स इन्टर गरेको भरमा एलइडी टर्च समेत प्रदान गरी सजिलै सबै समूहको लोडसेडिङ समय हेर्न सकिन्छ ।

3. Radio Nepali
सचिन शाक्यले विकास गरेको यो एप्स (डाउनलोड : १ लाख, रेटिङ: ४.५/५)ले नेपालका ८० भन्दा बढी रेडियो स्टेशनका कार्यक्रम तपाइको एन्ड्रोइड डिभाइसमा कनेक्ट गराउँदछ ।

4. My Nepal – My FM
दिपक खनालले बनाएको यो एप्स (डाउनलोड : ५० हजार+, रेटिङ: ४.६/५)मा नेपालभर चर्चित भएका अडियो भिडियो, नेपाली एफएम, जोक्स, अडियो स्टोरी, डेली होरोस्कोप, अन्तर्वार्ता सहित सिंगल एप्समा तपाइको मन पर्ने नेपाली टिभी सेरिज पनि प्राप्त गर्न सकिन्छ ।

5. NepaliFlagLive WallPaper

ब्एएद्धव्इथ्ले विकास गरेको यो वालपेपर हालसम्म १० हजार भन्दा बढीले डाउनलोड गरिसकेका छन(रेटिङ: ४.६/५) ।

6. Nepali Zonal maps
तपाई आफ्नै देश नेपालको विभिन्न अन्चल वा जिल्ला बारे थाहा पाउन चाहानुहुन्छ भने Sanjaal Corps ले बनाएको एप्स Nepali Zonal mapsको सहयोग लिन सक्नुहुनेछ । जुम गरेर सजिले विभिन्न ठाउ हर्न सकिने यो एप्सलाई हालसम्म १० हजार भन्दा बढीले डाउनलोड गरिसकेका छन् (रेटिङ: ४.०/५) ।

7. Newc of Nepal
Gundruk Apps ले विकास गरेको Newc of Nepal (डाउनलोड : १० हजार+, रेटिङ: ४.४/५)ले नेपालका समाचारहरु प्राप्त गर्न सकिन्छ । यसबाट इकान्तिपुर, हिमालायन टाइम्स, नेपाली न्युज तथा बिबिसीका समाचारहरु सजिलै पढ्न सकिन्छ ।

8. Nepal Bhasa Dictionary
एनपी ले विकास गरेको यो एप्स (डाउनलोड : १० हजार+, रेटिङ: ४.५/५) ले नेवारी भाषा भाषा सिक्न चाहनेका लागि सामान्य रुपमा नै अंग्रेजी भाषाबाट नेवारी भाषामा रुपमान्तर गर्न सक्दछ ।

9. nLocate
Gundruk Apps ले विकास गरेको nLocateभ एप्सबाट तपाई वरपरको ठाउ सजिलै पत्ता लगाउन सकिने छ । आफ्नो लोकालिटीलाई एक्स्प्लोर गर्न का लागि यो एप्स उपयोगी छ । (डाउनलोड : १० हजार+, रेटिङ: ४.३/५)

10. Taxi Fares Nepal
सबैलाई थाहा भएकै कुरा हो हामी सधै ट्याक्सीबाट ठगिइरहेका छौं । APPI KALI को Taxi Fares Nepal ले ट्याक्सीको भाडादर र ठाउँको दुरी अनुसार सही रकम निकाल्दछ । (डाउनलोड : १० हजार+, रेटिङ: ४.४/५) स्रोत : livingwithict.com

No comments: