Thursday, March 3, 2011

परेली झिम्काईबाट थाहा हुन्छ व्यक्तित्वको रहस्य

भनिन्छ आंखा हृदयको ऐना हो । कुनैपनि व्यक्तिको हृदयको हाल उसका आंखाले बताएको हुन्छ । सांच्ची भन्ने हो भने जस्ले आंखालाई पढन जान्दछन उसले कसैको पनि हृदयको हाल सजिलैसंग सम्झन सक्छन् । आंखाको भाषा पढन त धेरैले जानेका हुन्छन तर तपाई त्यस्ता कति जना मानिसलाई जान्नुहुन्छ जो आंखाका परेला झिम्काउने तरिकाबाट उसको स्वभावलाई बताउन सक्छन् । तर ज्योतिष विज्ञानमा यो पनि संभव छ । आउनोस हामीले पनि जानौं आंखाका परेला झिम्काईबाट उस्को व्यक्तित्वको रहस्य … ।
१. पांच सेकेण्डमा एक पटक परेला झिम्काउने व्यक्ति आफ्नो जीवनबाट दुखित, वैभव र सम्बृद्धिहीन हुन्छन् ।
२. दश सेकेण्डमा परेला झिम्काउने मानिस अर्को व्यक्तिमा आश्रित रहने स्वभावका हुन्छन् र यिनीहरु आफ्नो काम अरुबाट गराएर आफुलाई खुशी अनुभव गर्छन ।
३. पन्ध्र सेकेण्डमा परेला झिम्काउनेहरु छिटो निर्णय लिन सक्ने र चतुर हुन्छन् ।
४. बीस सेकेण्डमा एक चोटी परेला झिम्काउने व्यक्तिहरु स्थिर बुद्धि भएका र प्रभावशाली हुन्छन् ।
५. पच्चिस सेकेण्डमा परेला झिम्काउनेहरु आफैमा एक अद्भूत आकर्षण भएका हुन्छन् । यिनीहरुमा सम्मोहित गर्ने क्षमता हुन्छ ।

No comments: