Friday, April 10, 2009

याहु अकाउण्ट टर्मिनेट गर्ने तरिका

भर्खर ईन्टरनेट सिकेको जोशमा धेरै अकाउण्ट खोलिएछ अहिले आएर काम न काजको भई रहेको छ ति अकाण्टहरु अनि म कम्मर कसेर लागेको छु ति अकाण्ट डिलिट गर्न. मेरो hi5 Facebook Hotmail पछि म yahoo अकाउण्ट डिलिट गर्ने मुडमा छु । याहु डिलिट गर्ने काम चाही अली ट्रिकी रहेछ । मैले के गरे हेर्नुस त
याहु मेल लगईन गरे
अकाउण्ट टर्मिनेशन पेजमा क्लिक गरे
क्लिक गरे पछी पासवर्ड मागेर र क्याप्चा भ्यालिडेशन माग्छ त्यो पनि गरे पछि सबमिट बटनमा क्लिक गरे।
अब याहु अकाउण्ट डिलिट गर्ने प्रोसेस मा गयो र ९० दिन भित्रमा डिलिट भै सक्छ रे।

No comments: