Showing posts with label सामान्य जानकारी. Show all posts
Showing posts with label सामान्य जानकारी. Show all posts

Wednesday, March 25, 2009

विश्व विकास प्रतिवेदन दक्षिण एसियामा नेपालको स्थिति

विश्व बैंकबाट हालै प्रकाशित विश्व विकास प्रतिवेदन, सन् २००९ को विषयवस्तु आर्थिक भूगोलको पुनःरेखाङ्कन रहेको छ । शहरीकरणको वृद्धिसँगै आर्थिक घनत्व बढी भएको स्थलसम्म व्यवसाय तथा श्रमको घट्दो दूरी र बढ्दो उत्पादन तथा व्यापारबाट लाभ लिन मुलुकहरूबीच बढ्दो एकीकरणबाट आर्थिक रूपान्तरणमा ठोस योगदान पुगेको वा पुग्न जाने प्रतिवेदनको निष्कर्ष रहेको छ । प्रस्तुत लेखमा भने उक्त प्रतिवेदनमा दिइएका केही प्रमुख परिसूचकहरूबारे दक्षिण एसियाको तुलनामा नेपालको स्थिति सम्बन्धमा केही प्रकाश पार्ने प्रयास गरिएको छ ।
प्रतिवेदनले नेपालको स्थिति समग्रमा कमजोर रहेको देखाएको छ । सन् २००७ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ०.८ प्रतिशतले मात्र बढेको छ । यो वृद्धिदर बङ्गलादेशमा ४.८ प्रतिशत भुटानमा १७.५ प्रतिशत भारतमा ७.७ प्रतिशत, माल्दिभ्समा ३.८ प्रतिशत, पाकिस्तानमा ४.२ प्रतिशत र श्रीलङ्कामा ६.५ प्रतिशत रहृयो । सन् २०००-२००७ को अवधिमा कुल गार्हस्थ उत्पादनको औसत वृद्धिदर नेपालको ३.२ प्रतिशत रही अन्य मुलुकको तुलनामा कम रहेको छ । सो अवधिमा कुल गार्हस्थ उत्पादनको औसत वृद्धिदर अफगानिस्तानमा ११.५ प्रतिशत, बङ्गलादेशमा ५.८ प्रतिशत, भारतमा ७.८ प्रतिशत, पाकिस्तानमा ५.८ प्रतिशत र श्रीलंकामा ५.३ प्रतिशत रहृयो ।
सन् २००७ मा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय ३४० अमेरिकी डलर -अ.ड.) रहेको छ । नेपालको बराबर नै प्रति व्यक्ति आय भएको मुलुक जिम्बाब्बे रहेको छ । प्रति व्यक्ति आयको हिसाबले नेपाल विश्वको सबैभन्दा गरिब १४ औं मुलुक बनेको छ । नेपालको भन्दा कम प्रति व्यक्ति आय भएका सबै १३ मुलुक अपिmका महादेशका छन् । तिनीहरूमा मडागास्कर, मोजाम्बिक, रुआण्डा र द गाम्बिया -सबै ३२० अ.ड.), नाइजर -२८० अ.ड.), सियरा लियोन -२६० अ.ड.), मलावी -२५० अ.ड.), एरिटिया -२३० अ.ड.) इथियोपिया -२२० अ.ड.), गिनी-बिसाउ -२०० अ.ड.) लाइब्रेरिया -१५०अ.ड.) प्रजातान्त्रिक गणतन्त्र कङ्गो -१४० अ.ड.) र बुरुण्डी -११० अ.ड.) रहेका छन् ।
दक्षिण एसियामा समेत नेपालको प्रति व्यक्ति आय सबभन्दा कम रहेको छ । अन्य दक्षिण एसियाली मुलुकको प्रति व्यक्ति आय -अ.ड.मा) हेर्दा बङ्गलादेशको ४७०, भुटानको १,७७०, भारतको ९५०, माल्दिभ्सको ३,२००, पाकिस्तानको ८७० र श्री लङ्काको १,५४० रहेको छ । दक्षिण एसियाको कुल जनसंख्यामा विभिन्न मुलुकको अंश -प्रतिशतमा) भारतमा ७५.२२, पाकिस्तानमा १०.८५, बङ्गलादेशमा १०.६५, नेपालमा १.८८, श्रीलङ्कामा १.३४, भुटानमा ०.०४ र माल्दिभ्समा ०.०२ प्रतिशत रहेको छ । सोहीअनुसार कुल राष्ट्रिय आयमा यी मुलुकहरूको अंश -प्रतिशतमा) भारतमा ८०.५१, पाकिस्तानमा १०.६२, बङ्गलादेशमा ५.६५, श्रीलङ्कामा २.३२, नेपालमा ०.७३, भुटानमा ०.०९ र माल्दिभ्समा ०.०८ प्रतिशत रहेको छ । भारत, श्रीलङ्का, भुटान र माल्दिभ्समा जनसङ्ख्याको अंशको तुलनामा राष्ट्रिय आयको अंश बढी रहेको छ भने पाकिस्तान, ब्गलादेश र नेपालमा जनसङ्ख्याको अंशको तुलनामा राष्ट्रिय आयको अंश कम रहेको छ । राष्ट्रिय आयको अंशको तुलनामा जनसङ्ख्याको अंश नेपालमा १५७.५ प्रतिशतले बढी रहेको छ भने बङ्गलादेशमा ८८.५ प्रतिशतले र पाकिस्तानमा २.२ प्रतिशतले बढी छ । यसरी जनसङ्ख्याको अंशको तुलनामा राष्ट्रिय आयको अंश सापेक्षिक रूपमा सबभन्दा कम नेपालको रहेको छ ।
नेपालको जनसङ्ख्याको वृद्धिदर पनि उच्च नै छ । सन् २०००-२००७ को औसत जनसङ्ख्या वृद्धिदर पाकिस्तान र भुटान दुबैमा २.३ प्रतिशत रहेको छ । त्यसपछि २.० प्रतिशतको उच्च वृद्धिदर नेपालको रहेको छ भने बङ्गलादेशकेा १.८ प्रतिशत, माल्दिभ्सको १.६ प्रतिशत, भारतको १.४ प्रतिशत र श्रीलङ्काको ०.४ प्रतिशतको जनसङ्ख्या वृद्धिदर रहेको छ ।
त्यस्तै, सन् २००७ मा ०-१४ वर्ष उमेर समूहका जनसङ्ख्याको कुल जनसङ्ख्यामा अंश नेपालमा सबैभन्दा बढी -३८ प्रतिशत) रहेको छ । यो अंश पाकिस्तानमा ३६, बङ्गलादेशमा ३४,भारत तथा माल्दिभ्स दुवैमा ३२, भुटानमा ३१ र श्रीलङ्कामा २३ प्रतिशत रहेको छ ।
अर्थतन्त्रको संरचना हेर्दा सन् २००७ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको अंश नेपालमा ३५ प्रतिशत रहेको छ भने बङ्गलादेशमा १९,भारतमा १८, पाकिस्तानमा ३६, बङ्गलादेशमा ३४, भारत तथा माल्दिभ्स दुवैमा ३२, भुटानमा ३१ र श्रीलङ्कामा २३ प्रतिशत रहेको छ ।
अर्थतन्त्रको संरचना हेर्दा सन् २००७ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको अंश नेपालमा ३५ प्रतिशत रहेको छ भने बङ्गलादेशमा १९, भारतमा १८, पाकिस्तानमा २० र श्रीलङ्कामा १२ प्रतिशत छ । यसरी नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अंश उच्च रहेको छ । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको अंश भने नेपालमा सबैभन्दा कम -१६ प्रतिशत) रहेको छ । उद्योग क्षेत्रको अंश बङ्गलादेशमा २९,भारतमा पनि २९, पाकिस्तानमा २७, र श्रीलङ्कामा ३० प्रतिशत रहेको छ । कृषि क्षेत्रको उत्पादकत्व भने नेपालमा सबभन्दा कम छ । प्रति श्रमिक मूल्य अभिवृद्धि -अ.ड.) मा नेपालमा २०७ मात्र छ भने बङ्गलादेशमा ३३८, भारतमा ३९२, पाकिस्तानमा ६९५ र श्रीलङ्कामा ७०२ रहेको छ । कुल गार्हस्थ उत्पादनमा कुल गार्हस्थ बचतको अंश नेपालमा सबभन्दा कम -९ प्रतिशत) रहेको छ भने यो अनुपात बङ्गलादेशमा १७,भारतमा ३५, पाकिस्तानमा १५ र श्रीलङ्कामा १७ प्रतिशत रहेको छ । यसको अर्थ कुल गार्हस्थ उत्पादनमा कुल उपभोगको अंश -प्रतिशतमा ) नेपालमा ९१, बङ्गलादेशमा ८३,भारतमा ६५, पाकिस्तानमा ८५ र श्रीलङ्कामा ८३ रहेको छ । त्यस्तै, आर्थिक असमानताको समग्र स्थिति नेपालको कमजोर रहेको छ । आर्थिक रूपले सबैभन्दा कमजोर २० प्रतिशत जनसङ्ख्याको कुल राष्ट्रिय उपभोग वा आयमा अंश हेर्दा नेपालको अंक ६.० प्रतिशत मात्र छ भने बङ्गलादेशको ८.८ भारतको ८.१, पाकिस्तानको ९.१ र श्रीलंकाको ७.० प्रतिशत छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा पनि नेपालको स्थिति कमजोर रहेको छ । देशको कुल क्षेत्रफलमा मोटरयोग्य सडक लम्बाइको अंश हेर्दा बङ्गलादेशमा १८३.८ प्रतिशत, श्रीलंकामा १५०.५ प्रतिशत भारतमा ११३.८ प्रतिशत पाकिस्तानमा ३३.५ र भुटानमा १७.१ प्रतिशत रहेकोमा नेपालमा १२.२ प्रतिशत मात्र छ । पक्की धावनमार्ग रहेका विमानस्थलहरूको संख्या हेर्दा भारतमा २४३, पाकिस्तानमा ९१,भुटानमा १६, बङ्गलादेशमा १५ र श्रीलङ्कामा १४ रहेकोमा नेपालमा १० मात्र रहेको छ । शहरीकरणको प्रगति पनि नेपालमा सुस्त रहेको छ । कुल जनसङ्ख्यामध्ये सहरी क्षेत्रमा बस्ने जनताको अंश -प्रतिशत) भारतमा २८.७ प्रतिशत, बङ्गलादेशमा २५.१ प्रतिशत र पाकिस्तानमा ३४.९ प्रतिशत रहेकोमा नेपालमा १५.८ प्रतिशत मात्र रहेको देखिन्छ ।
उपरोक्त परिसूचकहरूको आधारमा हेर्दा नेपालको अर्थतन्त्र र विकासको अवस्था अति कमजोर रहेको स्पष्ट हुन्छ । त्यसैले देशको अर्थतन्त्रको आधुनिकीकरण प्रक्रियालाई द्रुततर पार्नुपर्ने चुनौती प्रबल बनेको छ । खासगरी देशको विकासका सम्भावना र अवसरहरूलाई परिचालन गरी आर्थिक वृद्धिदरलाई दिगो रूपमा उच्च पार्नुपर्ने अपरिहार्यता रहेको छ । नेपालमा जनसङ्ख्याको वृद्धिदर उच्च रहेको तर आय आर्जन एवं रोजगारीका अवसरहरूको वृद्धि सुस्त रहेको कारण निरन्तर रूपमा निम्न प्रतिव्यक्ति आयको अवस्था कायम रहेको छ । त्यसैले जनसङ्ख्या वृद्धि नियन्त्रण तथा मानव स्रोत व्यवस्थापन पनि उच्चतम प्राथमिकताको विषय बन्नुपर्ने देखिन्छ । कृषि क्षेत्रको उत्पादकत्व बढाउन यस क्षेत्रको आधुनिकीरण र व्यावसायीकरण कार्यलाई सुदृढ ढङ्गले अगाडि बढाउनुपर्ने देखिन्छ । कुल आय र उपभोगमा सीमान्त जनसङ्ख्याको अंश बढाई सन्तुलित विकासको अवधारणालाई चरितार्थ पार्नु आजको आवश्यकता रहेको छ । भौतिक संरचनाको कमजोर अवस्थाले गर्दा पनि अर्थतन्त्रलाई गतिशील बनाई विकासको लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको सन्दर्भमा यातायात लगायतका आधारशिलाको विकास कार्यलाई अभियानका साथ तीव्रता दिनुपर्ने देखिन्छ । उपरोक्त कार्यका लागि अर्थतन्त्रमा उत्पादनशील लगानी अभिवृद्धि गर्न उपयुक्त वातावरण सुनिश्चित गराउनुपर्ने तथा सार्वजनिक क्षेत्रको कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने चुनौती छ ।

Sunday, March 22, 2009

मानव वधशालामा सत्ताइस महिना

जेलमा बस्न पाएको भए त्यो जस्तो रमाइलो र आनन्दको क्षण हुँदैनथ्यो उहाँलाई । जेल चलान गरेको भए स्वर्गमा पुगेजस्तै महसुस हुने थियो । सुरक्षाकर्मीले तँ जेल जाँदैछस् अब ढुक्क भएर यो कागजमा हस्ताक्षर गर् भन्दा उहाँलाई लाग्यो, पुनः मैले यो संसार देख्न पाउने भएँ । त्यत्तिखेर त हर्षको सीमा पनि रहेन उहाँमा !

दुईवर्ष आँखाबाट पट्टी खोल्नै पाउनु भएको थिएन उहाँले । कहाँ के बुझ्नै नपाउँदै आँखामा पट्टी बाँधेको बाँध्यै हस्ताक्षर गर्नुभयो । तर कुरा उल्टो परेछ । मानवअधिकारवादीले सर्वोच्च अदालतमा रिट हालेपछि उहाँ -बिना मगरलाई) सर्वोच्चमा हाजिर गराउन आदेश दिएको थियो । सर्वोच्चमा हाजिर गराउन बिरामी परेकाले म आउँदिन भन्ने कागजमा यो हस्ताक्षर गराइएको रहेछ । जेल जाउँला अनि आँखाको पट्टी खोलिदेला र उज्यालो देख्न पाउँला भन्ने उहाँको सपना त्यत्तिकै रहृयो । सबैभन्दा अचम्मको कुरा त कुनै बिरामी नै नभई तीन महिनासम्म वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी आइसीयुमा राखियो । कारण सर्वोच्चमा उपस्थित गराउनुपर्छ भनेर रहेछ ।

आतङ्ककारीको बिल्ला भिरेर २७ महिनासम्म नारकीय जीवन जिउनुपर्‍यो उहाँले । त्यो पनि मानव वधशालाको रूपमा परिचित तत्कालीन शाही नेपाली सेनाको महाराजगञ्जस्थित भैरवनाथ गण र युद्ध भैरव गणमा । कैयौँ मान्छे त्यही गणबाट बेपत्ता पारिएका छन् । कैयौँ मानिसहरू थाहै नपाई त्यही गणबाट मारिएका छन् । त्यस गणमा बिताउनुपरेको नारकीय जीवन सम्झदा बिना अहिले पनि झसङ्ग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ - २७ महिनासम्मको कठोर यातना म आधा घण्टामा कसरी

सुनाउँ ? "हुन त प्रत्येक मानिसले आˆनो जीवन सुखमय ढङ्गबाट व्यतीत गर्न खोज्छ । त्यो सुख र शान्तिको अनुभव गर्न बिना मगरले भने कहिल्यै पनि पाउनुभएन । बिना त्यतिखेरको पीडा सुनाउँदै भन्नुहुन्छ -"धन्न मृत्युको मुखबाट बाँचियो ।"

बिना मगरलाई भैरवनाथ गणमा विभिन्न प्रलोभन देखाएर प्राइभेट भ्यानमा चढ्न लगाइएछ । अन्य साथीहरूलाई पनि त्यस्तै आश्वासन देखाएर ट्रक -भ्यान) चढ्न लगाइयो । त्यतिखेरको पीडा सम्झदै आँखाबाट आँसु झार्दै बिना मगर भन्नुहुन्छ, "ट्रकमा मान्छे बढी भएर म लगायत अन्य साथीहरूलाई अर्को ट्रकमा लाने भनेर ओरालियो । पहिलो ट्रकमा लगेका साथीहरूलाई शिवपुरी जङ्गलमा लगेर खाल्टो रोज्न लगाउँदै अन्तिम इच्छा के छ ? भन् भन्दै जिउँदै खाल्टोमा पुरेर मारियो भन्ने बाहेक अरू केही पनि बुझ्न पाइएन" बिनाले भन्नुभयो । ड्युटीमा आएका कुनै-कुनै सिपाहीले तिमीहरूका साथीहरू जिउँदै मरे । अब तिमीहरूको पालो आउँदैछ भनेर मानसिक तनाव दिन्थे । कहाँ लगेर कसरी साथीहरूलाई मारियो सबै जानकारी भने बिनालगायत अन्य साथीलाई थाहा थिएन । आखिर त्यसको पाँच दिनपछि बिना मगरलगायतको टोलीलाई पुनः ट्रकमा कोचेर शिवपुरीतिर लगियो । माघ महिनाको कठाङ्गि्रलो जाडोमा त्यही पनि रातीको समयमा । "दैवसंजोग त्यही दिन राती अलि अलि पानी परेको थियो । पछाडि हात बाँधिएका छन्" बिनाले भन्नुभयो । पछाडिबाट हात घुमाएर अगाडिको साथीको कपडामा समाउँदै कुद्नुपथ्र्यो । गाडीबाट अलिपर पुर्‍याएपछि बिनालगायतको टिमलाई खाल्टो रोज्न लगाइयो । एक, दुई, तीन, चार नम्बर, कुन खाल्टो रोज्ने ? भगवान् भरोसा भन्नुपर्छ । त्यो राती ठूलो पानी दर्कियो र जङ्गलमा हिउँ पर्न थाल्यो । सायद बाँच्नुपरेको रहेछ त्यो रात । उनीहरूको सेल्टरमा लगेर एउटै कोठामा पछारे । बिना भन्नुहुन्छ - "शत्रु पनि कहिले काहीँ त ठूलो मित्रु बन्न पुग्दो रहेछ । श्रेष्ठ थरको सिपाहीले मानवअधिकारवादी तथा सञ्चारमाध्यममा खबर गरेर शिवपुरीमा जिउँदै मान्छे गाडिँदैछ भन्ने प्रचार गरेछन् । जसले गर्दा म लगायत अन्य साथीहरूको बाँच्ने दिन पलाएर गयो । भोलिपल्ट एक दैनिकमा उक्त खबर प्रकाशित भयो । मानवअधिकारवादीहरूले थाहा पाएपछि मृत्युको मुखबाट जोगियो" बिनाले भन्नुभयो । कैयौँ रातपछि पुनः भैरवनाथ गणमा ल्याइयो । कतिलाई मार्‍यो, कतिलाई बेपत्ता बनायो । कुनै पनि साथीसँग चिनजान हुँदैनथ्यो । कारण कहिल्यै पनि मुखमा बाँधेको कसिलो पट्टी २७ महिनामा एकपल्ट पनि राम्रोसँग खोलिएको थिएन । नुहाउन कहिल्यै पनि पाइँदैनथ्यो । चार-पाँच महिनामा एकपल्ट त्यही पनि फोहोर पानीमा नुहाउने बाध्यता थियो । आˆनो जिउ आफैंलाई गन्हाउँथ्यो । जुम्रा शरीरभरि हिँड्थे । जुम्रा मार्न पाइँदैनथ्यो । हात बाँधिएका हुन्थे । सुत्ने ठाउँ पनि त्यत्तिकै फोहोर हुन्थ्यो । महिला-पुरुष दुवैलाई एउटै कोठामा कोचिन्थ्यो । बोलेको सुने सेनाले मारिहाल्थ्यो । जीवन-मरणको निश्चितता नै थिएन । त्यो स्थितिको स्मरण गर्दै बिना मगर भन्नुहुन्छ । "आठ महिनाको गर्भवती महिलालाई पनि जुत्ताले हानेको सुनिन्थ्यो । त्यतिखेर गर्भवती महिलाले सेनासँग गरेको चित्कार ती महिलालाई उद्धृत गर्दै बिना भन्नुहुन्छ- '' मेरो बच्चाको जन्म भएपछि मलाई मार्नुस् । अहिले केही नगर्नुस्, नपिट्नुस् भन्दा पनि ड्याम-ड्याम कुटेको आवाज सुनिन्थ्यो । ती महिला को हुन् बिनाले चिन्नुभएन । बिनाले सुनेको साथीको स्वर थिएन । अन्त्यमा ती महिलाको पनि निधन भयो । नाम जुधेको भरमा ड्राइभर, शिक्षक, विद्यार्थी, महिलालाई सो गणमा ल्याउने र माओवादीको बारेमा सोध्दै पिट्ने गर्थे । अनाहक कैयौंँ मानिसले नाम जुधेकैले माओवादी भएर मर्नुपर्‍यो । भावविहृवल हुँदै बिनाले भन्नुभयो ।

''म लगायत कोही साथी भैरवनाथ गणमा रहेर पनि के गरी बाँचियो, आफैं नयाँ संसारमा आएको जस्तो अनुभव भएको छ ।'' बिनाले भनुभयो । ''हामीलाई पनि बाँच्ने नियतबाट यातना दिइएको थिएन । सेनाले पिटेको भए मात्र त भैहाल्थ्यो, त्यस बाहेक कस्तो-कस्तो कठोर यातना दिन्थ्यो सुनाउनै सकिँदैन ।''

बिनाको राजनीतिक जीवनको सुरुवात भने बेग्लै किसिमको छ । पाँच कक्षा पढ्दा पढ्दै सांस्कृतिक कार्यक्रम मार्फत सङ्गठित भएकी बिनाले ५५ सालमा कञ्चनपुर जिल्लामा एउटा जमिनदारको अन्न कब्जा गरेर पहिलो आक्रमण सुरु गर्नुभयो । त्यतिखेर उहाँको भागमा एउटा खुकुरी मात्र परेको थियो । सबभन्दा खुसीको क्षण थियो त्यसबेला उहाँको । कञ्चनपुरमा राजनीति गर्दागर्दै राजधानी छिर्नुभएकी बिनाको काठमाडौं बसाइ पनि त्यति राम्रो हुनसकेन । आर.आर. क्याम्पसमा भर्ना भएर फेरि राजनीतिक क्षेत्रलाई नै अगाडि बढाउनुभयो । आतङ्ककारीको बिल्ला भिरेपछि कठोर यात्रा सुरु भयो उहाँको । २०५७ सालमा क्याम्पसभित्रै छिरेर सिभिल ड्रेसका सेनाले पक्राउ गर्न खोजे उहाँलाई ''त्यतिखेरको क्षण स्मरण गर्दै बिना भन्नुहुन्छ'' एउटा क्याप्टेनले आफू पनि माओवादी भएको बहाना गरेर अलि गोप्य कोठामा लगेर गोर्खाबाट साथीहरूसँग छुटेर आएको बहाना बनायो । तर बिनालाई थाहा थियो । आफूलाई गिरˆतार गर्न आएको भनेर । अरु सेना क्याम्पसको छतमा थिए । त्यो क्याप्टेनबाट छुट्ने जुक्ति सोच्दासोच्दै एउटा साथीका मद्दतबाट क्याप्टेनलाई पिटेर भागेँ -बिना भन्नुहुन्छ । ''त्यो क्याप्टेनको एउटा दाँत नै भाँचिएको थियो । अहिले उहाँलाई राजनीतिक क्षेत्रमा एक साहसी महिलाको रूपमा लिने गरिन्छ । त्यसपछि उहाँलाई सरस्वती क्याम्पसको जिम्मा दिइयो । राजनीतिक कामलाई अगाडि बढाउने सन्दर्भमा उहाँसँगैका साथीहरू सुशीला पाण्डे र दिनेश शर्मालाई पाटी कामका सिलसिलामा नुवाकोटबाट गिरˆतार गरी बलात्कारपछि बर्बरतापूर्ण तरिकाले मारियो । सुशीला र दिनेशको स्मृतिमा हाल सरस्वती क्याम्पसमा बिना मगर सालिक र पार्क बनाउने काममा व्यस्त हुनुहुन्छ । २७ महिने कालकोठरीबाट उम्किएपछि पनि बिना मगर पुनः राजनीतिक क्षेत्रमा नै सक्रिय रहेर सर्वहारावर्गको सुदिनका निमित्त तल्लीन हुनुहुन्छ । हाल उहाँ अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य, एकीकृत नेकपा -माओवादी) नेवा राज्य समिति सदस्य तथा अखिल -क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेर बस्नुभएको छ । उहाँ अहिले स्ववियु निर्वाचनमा सरस्वती बहुमुखी क्याम्पसबाट सभापति पदमा उठ्नुभएको छ । लामो सङ्घर्षशील जीवन बिताउनुभएकी बिना मगरको २७ महिनासम्म भैरवनाथ गणको हिरासतमा रहँदाको पीडा झनै चर्को छ । भैरवनाथ गणमा बिताएका २७ महिना उहाँका लागि नारकीय रूपमा नै बित्यो । सेनाले दिएको यातना अहिले उहाँ कल्पना गर्न पनि सक्नुहुन्न । खाल्टोमा पानी त्यो पनि बरफ मिसाएको । नाङ्गै पारेर पानीमा डुबाउँदै-निकाल्दै गरिन्थ्यो । फलाम र पाइपका रडहरूले कुटाइ खानु त सामान्य मानिन्थ्यो । त्यति मात्र होइन उहाँलाई सेनाले दिएको थप पीडा अर्कै छ । मानसिक यातना त्यत्तिकै मात्रामा दिन्थे । बलात्कार गर्ने धम्की दिइन्थ्यो । सेनालाई उद्धृत गर्दै बिना भन्नुहुन्छ, ''तेरा कमाण्डरहरू कहाँ

छन् ? हिमाल शर्मा, कृष्ण केसी कहाँ बस्छन् । भन् । त्यति भनिस् भने तँलाई केही गर्दैनौँ बरु छाडिदिन्छौं । यदि भनिनस् भने तँलाई सयौं सिपाही लगाएर पालैपालो बलात्कार गरेर यहीँ मारिदिन्छौँ । त्यस गणमा भएका महिलाहरूलाई कर्णेलले भन्ने मात्र होइन, आफैँ गर्ने र सिपाही लगाएर संवेदनशील अंगहरू चिमोट्ने, रौंहरू उखेली दिने, बलात्कार गरेर बेहाल बनाइदिन्छु भन्ने, मनपरी बोल्ने जस्ता क्रियाकलाप गर्थे । दिउँसो बङ्करमा लगेर मानसिक र शारीरिक यातना दिने । राती सुत्नै नदिई सबै साथीलाई एक घण्टा पानीमा उभ्याएर राखिन्थ्यो ।

खानेकुराको प्रसङ्ग झन् भिन्न खालको छ । भातका सिताहरू भुँइमा खसे भने साथीहरूबीच तानातान हुन्थ्यो । खानेकुरा तानेको देख्यो भने सिपाहीले पिटी हाल्थ्यो । चिया खाने सिसाको गिलासको एक गिलास दाल/भात त्यहीँ मिसाएर दिन्थ्यो । थप्ने चलन थिएन । अघाउँजी भात कहिले खान पाइएला जस्तो हुन्थ्यो । विगतको स्मरण गर्दै बिनाले भन्नुभयो । सिपाहीहरू बिहान-बिहानै दूध, चना, अण्डा बिस्कुट खान्थे । र भन्थे तिमीहरू पनि यसैगरी खाने भए तिमीहरूका कमाण्डर, साथीहरू कहाँ छन् भन अनि छोड्दिन्छौं । बिनालगायतका साथीहरूलाई भने २४ घण्टामा एक छाक । त्यो पनि एक गिलास खान दिन्थे । सिपाहीहरू भन्ने गर्थे तिमीहरूलाई मार्दैनौँ पनि र बाँच्न पनि दिंदैनौँ । बिनाले थप्नुभयो ।'' ''तीनजना साथीहरू त अघाउँजी खान नपाई नै सहिद हुनुभयो । बिरामी भए उपचार हुँदैनथ्यो । जिउमा घाउ हुन्थ्यो तर उपचार गर्दिदैनथे ।अत्यन्त कष्टकर जीवन बिताउँदा-बिताउँदै सर्वोच्चमा बिनाका बुबाले रिट हाल्दासमेत छोरी मारिदिने धम्की दिएर रिट खारेज गर्न लगाइयो । २७ महिना भैरबनाथ गणमा बिताएर कहिले छाउनी, कहिले गोरखा गर्दै जनआन्दोलन पश्चात् उहाँ मुक्त हुनुभयो । बिना काठमाडौंका कतिपय मोर्चाहरूमा प्रत्यक्ष रूपमा भिड्नु भएको छ । युद्धरत समयको स्मरण गर्दै बिना भन्नुहुन्छ, काठमाडौंको मनमैजु, टोखा जस्ता गाविसहरू पड्काउँदा मेरै कमाण्डमा पड्काइएको थियो । यस्तै महाराजगञ्ज प्रहरी बिटमा अगो लगाउने कृष्णमोहन श्रेष्ठको कारबाहीमा सर्वेक्षणको भूमिका खेल्नमा बिनाले ठूलो सहयोग गर्नुभएको थियो । बिनालाई पार्टीप्रति पूर्ण विश्वास छ । सर्वहारा वर्गको लागि एकमात्र पार्टी माओवादी मात्र हो । ''बिना भन्नुहुन्छ'', एक दुई जनाले वैचारिक विचलन भएर पार्टी छोड्दैमा केही पनि हुँदैन । एकपटक मरेर बाँचेको बाँकी जीवन देश र जनताकै निमित्त सुम्पने उहाँको प्रतिबद्धता छ ।