Sunday, February 22, 2015

बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु म ।

शान्ति प्रेमी नेपालीको
आज किन यस्तो हाल भो ?
बुद्ध जन्मेको नेपालमा
बुद्धिको किन अनिकाल भो ?
पहरा गर्ने स्वयम्भुको तिनै नेत्र
कहीं बन्दै त भएनन ?
रक्षा गर्ने पशुपतिले शक्ति बोकी
कहि अन्तै त गएनन ?

बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु म ।
स्वयम्भुको मौन आँखामा पनि
विवशताको आँशु देख्छु म ।
विशाल हिमालको छातीमा
आजभोलि बिजुली चम्किन्छरे ।
संधै शान्त हुने ती गाउँ बेसिमा
पनि चट्टान थर्किन्छरे ।
मन उदाँश छ,सोच्दै छु
कहीं शाहीदको बलिदान
त्यसै खेर जाने त हैन ?
लुटेरा हरु तयार छन बस्ती लुट्न

No comments: