Wednesday, February 23, 2011

के हो ब्लू-रे डिस्क (BD) ?

भिसिडी र डिभिडीको आविस्कारले संगित र चलचित्र उद्योगमा एक नयाँ युगको प्ररम्भ भएको थियो । त्यस्तै, अहिले यो क्षेत्र एक अर्को आविस्कारको कारण निकै हौसिएको छ । त्यो हो- ब्लू-रे डिस्क अथवा बिडि (BD) ।


बिडि विज्ञानको यस्तो चामत्कारिक आविस्कार हो, जसमा आजका सिडि र डिभिडिभन्दा कयौँ गुणा बढी डाटा भण्डारण गर्न सकिन्छ । आधुनिक सिडि तथा डिभिडिहरूमा डाटा रिड तथा राइट गर्न रातो लेजर (Red Laser)को प्रयोग गरिन्छ । रातो लेजरको तरङ्ग लम्बाइ ६५० नानोमिटर हुन्छ । तर बिडिले डाटा रिड तथा राइट गर्न नीलो वैजनी लेजरको प्रयोग गर्छ जसको तरङ्ग लम्बाइ ४०५ नानोमिटर हुन्छ । रातो लेजरको भन्दा नीलो बैजनि लेजरको तरङ्ग लम्बाइ छोटो हुने भएकाले सिडि वा डिभिडिमा भन्दा बिडिमा बढी डाटा भण्डारण गर्न सकिन्छ । साधारण डिभिडिको भण्डारण क्षमता ४ गिगावाइट हुन्छ, तर उस्तै आकारको एक पत्रीय बिडिको भण्डारण क्षमता २५ गिगावाइट हुन्छ भने दुइ पत्रीय बिडिको ५० गिगावाइट ।


एप्पल, डेल, हिटाची, एच. पी., जे. भि. सि., एल. जि., मित्सुबिसी, पानासोनिक आदि जस्ता विश्वकै उत्कृष्ट इलेक्ट्रोनिक कम्पनीहरूको संगठन ब्लू-रे डिस्क एसोसियसन (बिडिए) ले संयुक्त रुपमा निकालेको यो बिडिको आविस्कारको मूल उद्देश्य भनेको हाइ डेफिनेशन (एच. डि.) भिडियो भण्डारण गर्नुरहेको छ ।


बिडि-रिराइटेबल (BD-RE), बिडि रिड ओन्ली (BD-ROM), बिडि रेकर्डेबल (BD-R), जस्ता थुप्रै फर्मेटहरूमा उपलब्ध ब्लू-रे डिस्कहरूले अहिले संसारभर चर्चा बटुलिरहेको छन । पुराना डिभिडिको ठाँउमा बिडिको प्रयोग गरिन थालिएको छ । डिज्नी, फक्स, वार्नर, प्यारामाउन्ट, सोनी, लायन्सगेट र एमजिएमजस्ता विश्वकै उत्कृष्ट चलचित्र उद्योगहरूले ब्लू-रे फर्मेटलाइ साथ दिइरहेका छन । अरू थुप्रै चलचित्र उद्योगहरूले पनि नयाँ चलचित्र ब्लू-रे फर्मेटमै निर्माण गर्ने जनाइसकेका छन ।


No comments: