Tuesday, May 12, 2009

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय मैले भेट्टाएको छु , यो उपाय अरु भन्दा एकदम रमाइलो र सजिलो छ । यो तरिका प्रयोग गरेर तपाईंहरुले भिडियो लाई mp4 फरम्याटमा डाउनलोड गर्न सक्नु हुन्छ । मैले अगाडि दिएको तरिका भन्दा यो भिन्दै छ । यो तरिका बाट भिडियो डाउनलोड गर्न न कुनै software को आवश्यकता पर्छ न कुनै साईट नै खोली राख्नु पर्छ । तपाईंहरु youtube का भिडियो डाउनलोड नभएर दिक्क मानी रहनु भएको छ भने ल यो उपाय पनि प्रयोग गरेर हेर्नुहोस् न त है ।भिडियो डाउनलोड गर्ने तरिका :जब तपाईंहरुले youtube को कुनै भिडियो हेर्न शुरु गर्नु हुन्छ ( भिडियो लाई क्लिक गर्नु हुन्छ ) भिडियो buffering हुँदै गर्दा तल दिईएको javascript कोडलाई कपि गरेर Address Bar मा पेस्ट गरी दिनुहोस् र Enter हान्नुहोस् , एक्छिन पर्खनुहोस्, video डाउनलोड फाइल आउनेछ र location दिएर save गर्नुहोस् ।javascript:if(document.location.href.match(/http:\/\/[a-zA-Z\.]*youtube\.com\/watch/)){document.location.href='http://www.youtube.com/get_video?fmt='+(isHDAvailable?'22':'18')+'&video_id='+swfArgs['video_id']+'&t='+swfArgs['t']}छैन त सजिलो ?? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त , यसले काम गर्छ कि गर्दैन भनेर ....

No comments: