Saturday, May 16, 2009

ब्लग खोजीको नयाँ विकल्प- झन सरल ! अझ छिटो !!

“आफ्नै घरबाट छिमेकीको चियो गर्नुस् ।”
ब्लग पोष्टका संख्या कम हुँदा त सायद समस्या नपर्ला, तर ब्लगमा टाँसोको संख्याले ५०-१०० वा त्यो भन्दा बढीको आँकडा नाघीसकेको छ भने चाहीँ, कहिलेकाहि आफ्नै ब्लगमा कुनै समयमा लेखिएको कुनै लाईन वाक्यांश वा शब्द खोज्नु पर्‍यो भने आफैंलाई पनि गाह्रो हुन सक्छ ।
आजको यो पोष्टमा म, आफ्नो ब्लग वा आफ्नो ब्लगरोलमा भएका साथीहरुको ब्लगको कुनै पनि पोष्टमा रहेका कुनै पनि हरफ, वाक्य वा शब्द समेत एकैछिनमा खोज्न मिल्ने ग्याजेटको बारेमा चर्चा गर्दै छु । त्यसो त ब्लगमा राख्न मिल्ने खोजीको सुबिधा भएका वाईजेटहरु कुनै नौलो कुरा होईनन, तर आफ्नो ब्लगको पाना नछोडिकन वा आफ्नै ब्लग भित्रबाटै मित्रहरुको ब्लगको अन्तर-कुन्तर समेत छान मार्न मिल्ने नयाँ ग्याजेट भने भर्खरै उपलब्ध भएको छ ।
मानौं, कुनै समयमा तपाईको ब्लगरोलमा भएका कुनै मित्रले ‘यति’ को बारेमा कुनै पोष्ट लेखेका थिए र तपाईलाई अचानक सो सुचना चाहियो । तपाईको साथीको ब्लगमा खोजीका कुनै अनुप्रयोग वा विकल्पहरु पनि छैनन भने अब सर्च ईन्जिनको सहारा लिनु बाहेक अरु विकल्प नहुन सक्छ । अनी अहिलेको समयमा गुगल वा याहु जस्ता सर्च ईन्जीनमा तपाईले कुनै सुचना खोज्नु भयो भने २१ पुस्ताले पढेर नसकिने पन्नाहरु भेटिनेछन ।
तर यो नयाँ ग्याजेटको प्रयोग पछि भने तपाईले आफ्नो ब्लग वा साथिहरुको ब्लगमा भएका कुनै पनि सूचना, अनुच्छेद्, वाक्य वा एक एक शब्द समेत, आफ्नै ब्लग भित्रबाटै केहि सेकेण्ड मै प्राप्त गर्न सक्नु हुनेछ । यो गुगल कै ग्याजेट भएकोले बिना कुनै सन्देह निर्धक्क प्रयोग पनि गर्न सक्नु हन्छ ।
अब यो ग्याजेट ईन्स्टल गर्ने तर्फ लागौं :
हाल यो Blogger in Draft मा उपलब्ध भएकोले पहिला http://draft.blogger.com मा जानुहोस र आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी Dashboard हुँदैं Layout मा । अब तपाईले त्यहाँ “Add a Gadget” मा दबाउनु भयो भने तल चित्रको जस्तै “Search Box (New!)” भन्ने ग्याजेट देखिने छ ।

बस, त्यसैलाई दबाउनुहोस र आफुलाई चाहिने विकल्पहरुको चयन गर्नुहोस, आफुलाई मन लागेको एउटा नाम राख्नुहोस र "SAVE" थीच्नुहोस ।
अब तपाईको आफ्नो निजी खोजी अनुप्रयोग तयार भयो । अब तपाई आफ्नो ब्लग नछाडी, साथीहरुको ब्लग मात्रै हैन, ट्याबमा आउने नतीजा द्वारा पुरै ईण्टरनेटका पानाको कुना- काप्चा समेत आरामले खोजी गर्न सक्नु हुनेछ ।
आफ्नो ब्लगमा ईन्स्टल गर्नु अगाडि यही ब्लगको माथि देब्रेपट्टी “यो ब्लग र छिमेकी ब्लगमा खोज्नुस…” शिर्षकमा राखीएको यो अनुप्रयोगको परीक्षण गरेर हेर्नुहोस ।

No comments: