Saturday, April 18, 2009

yahoo messenger मा को Invisible mode मा बसेको छ पत्ता लगाउने कि ??

के तपाईंले पत्ता लगाउन सक्नु हुन्छ कि तपाईंको yahoo messenger को साथीहरुको list मा को को Invisible mode मा बसेको छ ? Invisivle mode मा बसे पछि तपाईंलाई थाहा हुँदैन को को online मा छ भनेर । के तपाईंलाई आफुले कुरा गर्न चाहेको साथी online मा छ कि ? online मै भएर पनि Invisible mode मा बसेको छ कि थाहा पाउन मन छ ? यदि मन छ भने तपाईंले एउटा Simple Trick लगाउन सक्नु हुन्छ , यो Trick बाट तपाईंलाई अबश्य थाहा हुनेछ कि तपाईंको उक्त साथी online मै भएर पनि Invisible mode मा छ भनेर ।
सबै भन्दा पहिले तपाईंले जो साथी सँग कुरा गर्न चाहनु भएको छ त्यो साथीको ID मा double क्लिक गर्नुस् यसो गर्दा त्यो साथी सँगको conversation window खुल्छ । अब तपाईंले IMvironments मा क्लिक गर्नुस् र doodle लाई चुज गर्नुस् । अब तपाईंले यो लेखेको देख् नु हुनेछ "Waiting for your buddy to load doodle" । एक छिन कुर्नुस् र यदि window मा यो load भयो भने Sure तपाईंको साथी online मै छ तर उ Invisible mode मा छ र शायद तपाइ सँग कुरा गर्न चाहनु भएको छैन ?? र यदि load भएन भने तपाईंको साथी साचिकै online मा छैन भन्नेमा पक्का हुनुस् । लौ अब हेर्ने हैन त को कसले तपाईं लाई झुक्काउदै छ offline मा बसेर ???

No comments: