Saturday, April 25, 2009

विश्वको सबैभन्दा पातलो TV


धेरैको चाहना र आकांक्षा लाई मध्य नजर राख्दै प्रख्यात ईलेक्ट्रोनिक सामानहरुको निर्माता दक्षिण कोरियाली कम्पनी Samsung Electronics ले पातलो TV सार्वजनिक गरेको छ। यसको मोटाई ६.५mm (0.26inches) रहेको छ। यो मोटाई भनेको एउटा सामान्य मोबाईलको मोटाई भन्दा पनी कम हो। हेर्दा निकै आकर्षक लाग्ने यो मोडलका LCD (liquid crystal display) Screen र LED (light emitting diode) backlighting system मुख्य feature हरु हुन। samsung Electronics ले यो नै अहिले सम्म संसारमा बनाइएको TV हरु मध्य सबै भन्दा पातलो भएको दाबी गरेको छ । यस बाहेक अर्को जापनिज कम्पनी JVC ले संसारको सबैभन्दा हलुको भनी दावी गरेको 32-inch LCD TV पनि सार्वजनिक गरिने भएको छ , JVC ले निर्माण गरेको यो TV संसारकै सबै भन्दा हलुको भनिएता पनि Samsung को भन्दा अली मोटो ७ mm (0.28inches ) रहेको छ ।
यस भन्दा पहिले नयाँ जेनेरेसनको TV भनेर Philips कम्पनीले गत बर्ष ८ mm र Sony ले ९.९ mm को TV सार्वजनिक गरी सकेको थियो ।
इलेक्ट्रोनिकस कम्पनीहरुले निकट भबिस्यमा यो भन्दा पनि भिन्न प्रबिधीको स्क्रिन र अझै पातलो Tv निर्माण गर्ने दाबी गरेका छन र यो प्रबिधीलाई उनिहरुले organic light emitting diode (OLED). हुने बताएका छन ।

No comments: